यिर्मिया 37:8

अनलक शाब्दिक बाइबल

कल्दीहरू फर्केर आउनेछन् । तिनीहरूले यस सहरको विरुद्धमा युद्ध गर्नेछन्, यसलाई कब्जा गर्नेछन्, र जलाउनेछन् ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 38:23 : 23 किनकि तपाईंका सबै पत्‍नी र छोराछोरी कल्दीहरूकहाँ लगिनेछन्, र तपाईं आफै पनि तिनीहरूको हातबाट उम्कनुहुनेछैन । तपाईं बेबिलोनका राजाको हातबाट पक्राउ पर्नुहुनेछ, र यो सहरलाई जलाइनेछ ।”
  • यिर्मि 39:2-8 : 2 सिदकियाहको एघारौं वर्षको चौथो महिनाको नवौँ दिनमा सहरको पर्खाल भत्काइयो । 3 तब बेबिलोनका राजाका सबै अधिकारी अर्थात् नेबो-सर्सेकिम, सम्गर-नेबो र एक उच्‍च अधिकारी सर्सेचिम आएर मध्य ढोकामा बसे । नेबो-सर्सेकिम बेबिलोनका राजाका विशिष्‍ट अधिकारी थिए, र अरू बाँकी सबै अधिकारीहरू थिए । 4 जब यहूदाका राजा सिदकियाह र सबै योद्धाले तिनीहरूलाई देखे, तिनीहरू भागे । तिनीहरू रातमा दुई पर्खालको बिचमा भएको ढोकाबाट छिरेर राजको बगैँचाको बाटो भएर सहरबाट भागे । राजा अराबा जाने बाटोतिर लागे । 5 तर कल्दीहरूका सेनाले तिनीहरूलाई खेदे, र यरीहो नजिकै यर्दन नदीको बेँसीको मैदानमा सिदकियाहलाई भेट्टाए । तिनीहरूलाई तिनलाई पक्रे र हमात देशको रिब्ला भन्‍ने ठाउँमा बेबिलोनका राजा नबूकदनेसरकहाँ ल्याए, जहाँ नबूकदनेसरले तिनलाई दण्डाज्ञा दिए । 6 रिब्लामा बेबिलोनका राजाले सिदकियाहका आँखाकै सामु तिनका छोराहरूलाई मारे । तिनले यहूदाका सबै कुलीनहरूलाई पनि मारे । 7 तब तिनले सिदकियाहका आँखा निकाले, र तिनलाई बेबिलोनमा लान काँसाको साङ्लाले बाँधे । 8 अनि कल्दीहरूले राजदरबार र मानिसका घरहरू जलाए । तिनीहरूले यरूशलेमका पर्खालहरू पनि भत्काए ।
  • यिर्मि 32:29 : 29 यस सहरको विरुद्धमा लडाइँ गरिरहेका कल्दीहरू आउनेछन्, र यस सहरलाई र मलाई रिस उठाउनलाई मानिसहरूले छानाहरूमा बाल देवताको पुजा गरेको र अरू देवताहरूलाई अर्घबलिहरू चढाएका घरहरूलाई समेत आगो लगाउनेछन् ।
  • यिर्मि 34:21-22 : 21 म यहूदाका राजा सिदकियाह र त्यसका अगुवाहरूलाई तिनीहरूका शत्रुहरूका हातमा, र तिनीहरूको ज्यान लिन खोज्नेहरूका हातमा र तिमीहरूका विरुद्धमा खडा भएका बेबिलोनका राजाका सेनाको हातमा दिनेछु । 22 यो परमप्रभुको घोषणा हो, हेर् मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्‍जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्‍दाहरू हुनेछैनन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 83%

    9परमप्रभु यसो भन्‍नुहुन्छः यसो भनेर आफैलाई धोका नदिनुहोस्, 'निश्‍चय पनि कल्दीहरूले हामीलाई छाडेर जाँदैछन्,' किनकि तिनीहरू छोड्‍नेछैनन् ।

    10तपाईंको विरुद्धमा लड्ने सम्पूर्ण कल्दी सेनालाई तपाईंले जितेको, जसले गर्दा पालहरूमा घाइते मानिसहरू मात्र छाडिएको भए पनि तिनीहरू उठ्‍नेछन् र यस सहरलाई जलाउनेछन् ।”

    11त्‍यसैले फारोको सेना आउँदै गर्दा कल्दीको सेनाले यरूशलेम छाड्यो,

  • 22यो परमप्रभुको घोषणा हो, हेर् मैले एउटा आज्ञा दिनै लागेको छु, र यस सहरको विरुद्धमा युद्ध गर्न र यसलाई कब्‍जा गर्न र यसलाई जलाउनलाई म तिनीहरूलाई यहाँ फर्काएर ल्याउन लागेको छु । किनकि म यहूदाका सहरहरूलाई भग्‍नावशेषको ठाउँ बनाउनेछु, जसमा बासिन्‍दाहरू हुनेछैनन् ।”

  • 10किनकि भलाइ होइन र विपत्ति ल्याउनलाई मैले यस सहरको विरुद्धमा आफ्‍नो अनुहार फर्काएको छु, यो परमप्रभुको घोषणा हो । यसलाई बेबिलोनका राजाको हातमा दिइएको छ, र उसले यसमा आगो लगाउनेछ ।'

  • 81%

    28त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, ‘ हेर्, यो सहरलाई कल्दीहरू र बेबिलोनका राजा नबूकदनेसरको हातमा मैले दिनै लागेको छु । उसले यो कब्जा गर्नेछ ।

    29यस सहरको विरुद्धमा लडाइँ गरिरहेका कल्दीहरू आउनेछन्, र यस सहरलाई र मलाई रिस उठाउनलाई मानिसहरूले छानाहरूमा बाल देवताको पुजा गरेको र अरू देवताहरूलाई अर्घबलिहरू चढाएका घरहरूलाई समेत आगो लगाउनेछन् ।

  • 8अनि कल्दीहरूले राजदरबार र मानिसका घरहरू जलाए । तिनीहरूले यरूशलेमका पर्खालहरू पनि भत्काए ।

  • यिर्मि 38:2-3
    2 पदहरू
    81%

    2“परमप्रभु यसो भन्‍नुहुन्छः यस सहरमा बस्‍ने कुनै पनि व्‍यक्‍ति तरवार, अनिकाल र विपत्तिले मारिनेछ । तर निस्‍केर कल्दीहरूकहाँ जाने कुनै पनि व्‍यक्‍ति बाँच्नेछ । त्यसले आफ्नो प्राण बचाउनेछ, र जिउनेछ ।

    3परमप्रभु यसो भन्‍नुहुन्छः यो सहर बेबिलोनका राजाको सेनाको हातमा दिइनेछ, र उसले यसलाई कब्जा गर्नेछ ।”

  • यिर्मि 34:1-2
    2 पदहरू
    81%

    1¶ बेबिलोनका राजा नबूकदनेसर र तिनका सबै सेना, तिनको अधीनका पृथ्वीमा भएका सबै राज्य र तिनमा भएका सबै मानिसले यरूशलेम र यसका सबै सहरको विरुद्धमा युद्ध सुरु गर्दा यर्मियाकहाँ परमप्रभुको वचन यसो भनेर आयोः

    2“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका राजा सिदकियाहसँग बोल र यसो भन्, 'परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले यो सहरलाई बेबिलोनका राजाको हातमा दिनै लागेको छु । उसले यसलाई जलाउनेछ ।

  • 18तर तँ बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइनस् भने, यो सहरलाई कल्दीहरूको हातमा दिइनेछ । तिनीहरूले यसलाई आगो लगाउनेछन्, र तँ तिनीहरूको हातबाट उम्कनेछैनस् ।”

  • यिर्मि 37:5-7
    3 पदहरू
    78%

    5फारोको सेना मिश्रदेशबाट आयो, र यरूशलेमलाई घेराबन्दी गर्ने कल्दीहरूले तिनीहरूका बारेमा खबर सुने र यरूशलेम छाडे ।

    6तब परमप्रभुको वचन यर्मिया अगमवक्ताकहाँ यसो भनेर आयो,

    7“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ ।

  • 23किनकि तपाईंका सबै पत्‍नी र छोराछोरी कल्दीहरूकहाँ लगिनेछन्, र तपाईं आफै पनि तिनीहरूको हातबाट उम्कनुहुनेछैन । तपाईं बेबिलोनका राजाको हातबाट पक्राउ पर्नुहुनेछ, र यो सहरलाई जलाइनेछ ।”

  • 1¶ यहूदाका राजाको नवौँ वर्षको दसौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर यरूशलेमका विरुद्धमा आफ्ना सबै सेना लिएर आए, र यसलाई घेराबन्दी गरे ।

  • यिर्मि 33:4-5
    2 पदहरू
    76%

    4किनकि घेरा-मचान र तरवारको कारणले भत्काइएका यस सहरमा भएका घरहरू र यहूदाका राजाहरूका महलहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ,

    5'मेरो क्रोध र मेरो रिसमा लडाइँ गर्न र मैले मार्ने मानिसहरूका लाशहरूले म ती घरहरू भरिदिन कल्दीहरू आउँदैछन्, जति बेला तिनीहरूका सबै दुष्‍टताको कारणले म यस सहरबाट आफ्‍नो अनुहार लुकाउनेछु ।

  • 8यहूदाका मानिसहरू यरूशलेम सहरको विरुद्धमा युद्ध गरे र त्यसलाई कब्जामा लिए । तिनीहरूले त्यो सहरलाई तरवारको धारले आक्रमण गरे र त्यसमा आगो लगाइदिए ।

  • 36त्यसकारण अब, 'तरवार, अनिकाल, र विपत्तिद्वारा यो बेबिलोनका राजाको हातमा दिइएको छ,' भनेर तिमीहरूले भन्‍दै गरेको यस सहरको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ ।

  • 5त्यसले सिदकियाहलाई बेबिलोनमा लानेछ, र मैले त्यससित व्यवहार नगरेसम्म ऊ त्यहीँ रहनेछ, यो यो परमप्रभुको घोषणा हो । तैंले कल्दीहरूको विरुद्धमा लडाइँ गरे तापनि तँ सफल हुनेछैनस्' ।”

  • 75%

    27तब मुट्ठो र त्‍यसमा भएको यर्मियाको आवाज सुनेर बारूकले लेखेका वचनहरू राजाले जलाएपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,

    28“फर्केर जा, आफ्‍नो निम्‍ति अर्को मुट्ठा लि, अनि यहूदाका राजा यहोयाकीमले जलाएको पहिलेको मुट्ठामा लेखिएका सबै वचन त्‍यसमा लेख् ।

    29तब यहूदाका राजालाई तैंले यसो भन्‍नुपर्छ, 'तैंले त्यो मुट्ठोलाई यसो भनेर जलाइस्, “बेबिलोनका राजा निश्‍चय पनि आउनेछन् र यस देशलाई नष्‍ट पार्नेछन्, किनकि उसले मानिस र पशु दुवैलाई नष्‍ट पार्नेछन्” भनेर तैंले यसमा किन लेखेको छस्?’

  • यशा 37:33-34
    2 पदहरू
    75%

    33यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा यसो भन्‍नुहुन्छ, “यो सहरभित्र ऊ आउनेछैन र उसेले यहाँ एउटा वाण पनि हान्‍नेछैन । यसको सामु ऊ ढाल लिएर आउनेछैन वा यसको विरुद्धमा घेरा-मचान बनाउनेछैन ।

    34जुन बाटोबाट ऊ आयो त्‍यही बाटोबाट ऊ नै जानेछ । यस सहरभित्र ऊ पस्‍नेछैन— यो परमप्रभुको घोषणा हो ।

  • 24हेर्नुहोस्, यो सहर कब्जा गर्नलाई घेर-मचान सहरसम्मै आइपुगेको छ । तरवार, अनिकाल, विपत्तिको कारणले यो सहरको विरुद्धमा लडाइँ गर्ने कल्दीहरूको हातमा यसलाई दिइएको छ । किनकि जे हुनेछ भनी तपाईंले भन्‍नुभयो, त्यो हुँदैछ, र तपाईंले त्‍यो हेर्दै हुनुहुन्‍छ ।

  • २ राजा 24:10-11
    2 पदहरू
    74%

    10त्यस बेला बेबिलोनका राजा नबूकदनेसरका सेनाले यरूशलेमलाई आक्रमण गर्‍यो र सहरलाई घेरा हाल्‍यो ।

    11बेबिलोनका राजा नबूकदनेसरका सिपाहीहरूले सहरलाई घेरा हालेकै समयमा तिनी सहरमा आए,

  • 10अङ्गरक्षकहरूको सेनापतिको अधीनमा रहेका बेबिलोनका सबै सेनाले यरूशलेम वरिपरिको पर्खालहरू नष्‍ट पारिदिए ।

  • 1¶ यहूदाका राजा यहोयाकीमका शासनकालको तेस्रो वर्षमा, बेबिलोनका राजा नबूकदनेसर यरूशलेममा आए र यसका सबै आपूर्तिहरू बन्द गर्न सहरलाई घेरा हाले ।

  • 14यरूशलेमको वरिपरि भएका पर्खालहरूका सन्‍दर्भमा, अङ्गरक्षकहरूका कमान्‍डरको अधीनमा रहेका बेबिलोनका सबै सेनाले ती नष्‍ट पारे ।

  • 7नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।

  • 19उनीहरूले परमप्रभुको मन्दिर जलाइदिए, र यरूशलेमको पर्खाल भत्काइदिए, सहरका सबै महलहरू जलाइदिए, र त्यहाँ भएका सबै सुन्दर कुरा नष्‍ट गरे ।

  • 12“विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्‍छ भनी तिमीहरू जान्‍दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्‍यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्‍यो ।

  • 26मैले तिनीहरूका ज्यान लिन खोज्नेहरू र बेबिलोनका राजा नबूकदनेसर र उसका सेवकहरूका हातमा तिनीहरूलाई दिन लागेको छु । त्यसपछि मिश्रदेश पहिलेझैं आबादी हुनेछ,’ यो परमप्रभुको घोषणा हो ।

  • 14रब्बाका पर्खालहरूमा म आगो बाल्‍नेछु, र युद्धको दिनको चिच्‍याहट, र हुरीबतासमा हुने आँधीको दिनको, आवाज निकालेर दरबारहरूलाई भस्म पार्नेछ ।

  • 32नदीका जँघारहरू कब्जा गरिएका छन् । शत्रुले सिमसारहरूमा आगो लगाउँदैछ, र बेबिलोनका योद्धाहरू अलमलमा पारिएका छन् ।”

  • 6किनभने हेर्, म बेबिलोनीहरूलाई उठाउँदै छु, त्यो भयानक र उग्र जाति । तिनीहरू सारा भुमिमा अर्काको बासस्थान खोस्‍नको निम्ति अगि बढिरहेका छन् ।

  • 8त्‍यसैले बेबिलोनका राजा नबूकदनेसरको सेवा नगर्ने जाति वा राज्य र बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍न नमान्‍ने जोकसैलाई उसको हातद्वारा त्‍यो नष्‍ट नहुञ्जेल म तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, यो परमप्रभुको घोषणा हो ।

  • 9हेर्, मेरो दास बेबिलोनका राजा नबूकदनेसरसँगै उत्तरका सबै मानिसलाई जम्मा गर्न एउटा आदेश मैले दिनै लागेको छु, यो परमप्रभुको घोषणा हो, तिनीहरूलाई म यस देश र यसका बासिन्दाहरूको विरुद्धमा र तिमीहरूका वरिपरि भएका सबै जातिको विरुद्धमा ल्याउनेछु । किनकि म तिनीहरूलाई विनाशको निम्ति अलग गर्नेछु । म तिनीहरूलाई त्रास, गिल्ला र अनन्तको विनाशको पात्रमा परिणत गरिदिनेछु ।

  • 33जुन बाटोबाट ऊ आएको थियो ऊ त्‍यही बाटो फर्केर जानेछ । ऊ यस सहरमा पस्‍नेछैन— यो परमप्रभुको घोषणा हो ।

  • 5यहूदामा म आगो पठाउनेछु, र त्यसले यरूशलेमका किल्लाहरूलाई भस्म पार्नेछ ।”

  • 5म त्यसलाई यस सहरका सबै धनसम्पत्ति, यसका सबै बहुमूल्य थोकहरू र यहूदाका राजाहरूका सबै खजाना दिनेछु । म यी थोकहरू तेरा शत्रुहरूका हातमा राखिदिनेछु, र तिनीहरूले ती समात्‍नेछन् । तिनीहरूले तिनलाई लानेछन् र बेबिलोनमा पुर्‍याउनेछन् ।

  • 4'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः हेर्, तेरो हातमा लडाइँका जुन हतियारहरू छन्, जसद्वारा तैंले बेबिलोनका राजा र तँलाई पर्खालबाहिर घेराबन्दी गर्ने कल्दीहरूको विरुद्धमा लड्दैछस्, ती हतियारहरू म तेरै विरुद्धमा चलाउन लागेकोछु । किनकि म तिनलाई यस सहरको बिचमा जम्मा गर्नेछु ।

  • 15किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् ।

  • 7किनकि तेरो विरुद्धमा आउनलाई मैले विनाशकहरू तोकेको छु । मानिसहरूले आ-आफ्ना हतियारहरूले सबैभन्दा राम्रा-राम्रा देवदारुहरू काट्नेछन् र तिनलाई आगोमा जलाउने छन् ।

  • 58सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः बेबिलोनका चौडा पर्खालहरू पूर्ण रूपमा भत्काइनेछन्, र त्यसका अग्ला-अग्ला मूल ढोकाहरू जलाइनेछन् । तब त्यसलाई सहयोग गर्न आउने मानिसहरूले व्यर्थैमा परिश्रम गर्नेछन् । जातिहरूले त्यसको लागि गर्न खोज्ने हरेक कुरो जलाइनेछ ।”