२ इतिहास 36:13

अनलक शाब्दिक बाइबल

परमेश्‍वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे । तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए र आफ्नो हृदय कठोर पारे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ इति 30:8 : 8 तिमीहरूका पुर्खाहरूझैं तिमीहरू पनि हठी नहोओ । बरू तिमीहरू आफूलाई परमप्रभुमा समर्पण गर, र उहाँले सदासर्वदाको निम्‍ति पवित्र पार्नुभएको उहाँको पवित्रस्‍थानमा प्रवेश गर, र परमप्रभु तिमीहरूका परमेश्‍वरको आराधना गर, ताकि उहाँको भयानक क्रोध तिमीहरूबाट हटोस्‌ ।
  • नहे 9:16-17 : 16 तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । 17 तिनीहरूले सुन्‍न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्‍चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, अनुग्रही, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्‍वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्‍नुभएन ।
  • नहे 9:29 : 29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे ।
  • यशा 48:4 : 4 किनभने तिमीहरू हठी भएको म जान्दथें, तिमीहरूका गर्दनका मांशपेशी फलामजस्तै कडा थियो, अनि तिमीहरूका निधार काँसाजस्तै थियो,
  • यिर्मि 52:2-3 : 2 परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका हरेक कुरा तिनले गरे । 3 परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे । तब सिदकियाह बेबिलोनको विरुद्धमा विद्रोह गरे ।
  • यहे 17:11-20 : 11 तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 12 “विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्‍छ भनी तिमीहरू जान्‍दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्‍यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्‍यो । 13 तब त्‍यसले राजकीय वंशमध्‍येको एक जनालाई लियो, ऊसित एउटा करार गर्‍यो र उसलाई शपथले बाँध्यो । उसले देशका शक्तिशाली मानिसहरूलाई लग्‍यो, 14 यसरी त्‍यो राज्‍य निर्बल रहोस्‌ र फेरि खडा हुन नसकोस् । उसको करार पालन गरेर देश रहन सकोस्‌ । 15 तर मिश्रदेशबाट घोडाहरू र फौज झिकाउनलाई यरूशलेमका राजाले उसको विरुद्धमा विद्रोह गरेर मिश्रदेशमा आफ्‍ना राजदूतहरू पठायो । के त्‍यो सफल हुनेछ र? के यस्‍ता कुराहरू गर्ने मानिस उम्‍कन सक्‍छ र? करार भङ्ग गरेपछि पनि के त्‍यो उम्‍कन सक्‍छ र? 16 जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्‍छ ठान्‍यो र जसको करारलाई उसले भङ्ग गर्‍यो । बेबिलोनको बिचमा ऊ मर्नेछ । 17 फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्‍यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्‍छन्‌ र घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्‌ । 18 किनकि त्‍यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्‍यो । हेर, उसले प्रतिज्ञा गर्नको निम्ति आफ्‍नो हात पसार्‍यो तापनि उसले यी कामहरू गर्‍यो । ऊ उम्कनेछैन । 19 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जस्‍तो म जीवित छु, मेरो शपथलाई उसले अपमान गरेको र मेरो करारलाई उसले भङ्ग गरेको होइन र? त्यसैले उसको दण्ड म उसकै शिरमा खन्‍याइदिनेछु । 20 म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्‍ति म उसको न्‍याय गर्नेछु ।
  • रोमी 2:4-5 : 4 अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमीहरू जान्दैनौ? 5 तर तिमीहरूको कठोर र अपश्‍चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्‍वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
  • इब्रा 3:8 : 8 उजाड-स्थानमा परीक्षाको समयमा विद्रोह गरेजस्तै तिमीहरूका हृदयलाई कठोर नपार ।
  • इब्रा 3:13 : 13 बरु, जबसम्म “आजको दिन” भन्‍ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ । त्यसकारण, तिमीहरूमध्ये कसैले पनि छलकपटको पापद्वारा हृदय कठोर नपारोस् ।
  • निर्ग 8:15 : 15 तर शान्त भएको देखेपछि परमप्रभुले भन्‍नुभएझैँ फारोले आफ्नो ह्रदय कठोर पारे अनि मोशा र हारूनको कुरा सुनेनन् ।
  • निर्ग 8:32 : 32 तर फारोले यस पटक पनि आफ्नो ह्रदय कठोर पारे र तिनले मानिसहरूलाई जान दिएनन् ।
  • निर्ग 9:17 : 17 मेरा मानिसहरूलाई जान नदिएर तैँले अझै पनि आफूलाई उचालिरहेको छस् ।
  • यहो 9:15 : 15 यहोशूले उनीहरूसँग शान्ति सम्झौता गरे, उनीहरूसँग सन्धि गरे र उनीहरूलाई जीवित रहन दिए । मानिसहरूका अगुवाहरूले पनि उनीहरूसँग शपथ खाए ।
  • यहो 9:19-20 : 19 तर सबै अगुवाले मानिसहरूलाई भने, “हामीले उनीहरूको बारेमा परमप्रभु इस्राएलका परमेश्‍वरद्वारा शपथ खाएका छौँ र अहिले हामी उनीहरूको हानि गर्न सक्दैनौ । 20 हामी उनीहरूलाई यसो गर्ने छौँ: हामीले उनीहरूसँग शपथ खाएका कारण हामीमाथि आइपर्ने क्रोधबाट बच्‍न हामी उनीहरूलाई बाँच्‍न दिने छौँ ।”
  • २ शमू 21:2 : 2 अब गिबोनीहरूचाहिं इस्राएलका मानिसहरू थिएनन् । तिनीहरू बाँकी रहेका एमोरीमध्येका थिए । इस्राएलका मानिसहरूले तिनीहरूलाई नमार्ने शपथ खाएका थिए, तर शाऊलले इस्राएल र यहूदाको मानिसहरूको निम्तिको जोशले गर्दा तिनीहरू सबैलाई मार्ने कोसिस गरे ।
  • २ राजा 17:4 : 4 त्यसपछि आफ्‍नो विरुद्धमा होशियाले षड्यन्त्र गरेका कुराको जानकरी अश्शूरका राजाले थाहा पाए, किनकि होशियाले मिश्रका राजा सोकहाँ सन्देशवाहकहरू पठाएका थिए । साथै, तिनले अश्शूरका राजालाई वर्षैपिच्छे तिर्दै आएको कर पनि तिरेनन् । त्यसैले अश्शूरका राजाले तिनलाई बन्‍दी बनाए र झ्यालखानामा थुनेर राखे ।
  • २ राजा 24:20 : 20 परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 12तिनले परमप्रभु तिनका परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो त्यही गरे । परमप्रभुको वचन बोल्ने यर्मिया अगमवक्ताको सामु तिनले आफैलाई विनम्र पारेनन् ।

  • 14यसबाहेक अरू जातिहरूका सबै घिनलाग्दा कामका अनुसरण गरेर परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको उहाँको मन्दिरलाई अपवित्र पारेर पुजारीहरू र मानिसहरूका सबै अगुवाहरू अत्यन्तै विश्‍वासघाती भए । तिनीहरूले परमप्रभुले यरूशलेममा पवित्र गर्नुभएको मन्दिरलाई अपवित्र पारे ।

  • 1¶ यहोयाकीमको समयमा बेबिलोनका राजा नबूकदनेसरले यहूदालाई आक्रमण गरे । तिन वर्षसम्म यहोयाकीम तिनका सेवक भए । त्यसपछि यहोयाकीम फर्किए र नबूकदनेसरको विरुद्धमा विद्रोह गरे ।

  • 14तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए ।

  • २ इति 36:5-7
    3 पदहरू
    72%

    5यहोयाकीमले राज्य गर्न सुरु गर्दा तिनी पच्‍चिस वर्षका थिए, र तिनले यरूशलेममा एघार वर्ष राज्य गरे । तिनले परमप्रभु आफ्ना परमेश्‍वरको दृष्‍टिमा जे खराब थियो, त्यही गरे ।

    6त्यसपछि बेबिलोनका राजा नबूकदनेसरले तिनलाई आक्रमण गरे र तिनलाई बेबिलोनमा लानलाई तिनलाई साङ्लाले बाँधे ।

    7नबूकदनेसरले परमप्रभुको मन्दिरका केही सामानहरू पनि बेबिलोनमा लगे र तिनले ती बेबिलोनको आफ्नै दरबारमा राखे ।

  • २ इति 32:16-17
    2 पदहरू
    72%

    16सनहेरीबका सेवकहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै धेरै बोले ।

    17परमप्रभु इस्राएलका परमेश्‍वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍ने छैनन् ।”

  • 3परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे । तब सिदकियाह बेबिलोनको विरुद्धमा विद्रोह गरे ।

  • 16तर तिनीहरू र हाम्रा पिता-पुर्खाहरू अटेरी र हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् ।

  • 23तर तिनीहरूले सुनेनन् वा ध्यानै दिएनन् । तिनीहरूले मेरा कुरा सुन्‍न नसकून् न त अनुशासनलाई स्वीकार गरून् भनेर तिनीहरू अटेरी भए ।

  • 15“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर्, मैले यो सहर र यसका सबै नगरहरूको विरुद्धमा घोषणा गरेका सबै विपत्ति ल्याउनै लागेकोछु, किनकि तिनीहरू अटेरी भए र मेरा वचन सुन्‍न इन्कार गरे' ।”

  • 29तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे ।

  • 2तर सिदकियाह, तिनका सेवकहरू र देशका मानिसले यर्मिया अगमवक्ताको हातद्वारा परमप्रभुले घोषणा गर्नुभएको उहाँको वचनलाई सुनेनन् ।

  • २ इति 32:25-26
    2 पदहरू
    70%

    25तर हिजकियालाई दिइएको मदतका निम्‍ति तिनी परमप्रभुप्रति कृतज्ञ भएनन्, किनकि तिनको हृदय अहङ्‍कारी भएको थियो । यसैले तिनीमाथि र यहूदा र यरूशलेममाथि क्रोध पर्‍यो ।

    26तापनि आफ्नो हृदयको अभिमानको निम्ति हिजकिया र यरूशलेमका बासिन्दा दुवैले पश्‍चात्ताप गरे, जसले गर्दा हिजकियाको समयमा परमप्रभुको क्रोध तिनीहरूमाथि परेन ।

  • २ राजा 24:19-20
    2 पदहरू
    70%

    19परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे । यहोयाकीमले गरेका सबै खराब काम तिनले गरे ।

    20परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।

  • 16तर जब उज्‍जियाह शक्तिशाली भए, तब तिनको हृदय अहंकारी भयो ताकि तिनले भ्रष्‍ट किसिमले काम गरे । तिनले परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरे, किनकि धूप-वेदीमा धूप बाल्‍नलाई तिनी परमप्रभुको मन्‍दिरमा पसे ।

  • 26तापनि परमप्रभु आफ्नो दन्किरहेको क्रोधको आगोबाट फकर्नुभएन किनकि मनश्शेले गरेका सबै कामको कारणले यहूदाको विरुद्धमा उहाँलाई भयङ्कर रिस उठेको थियो ।

  • २ इति 34:31-32
    2 पदहरू
    70%

    31राजा आफ्नो स्थानमा खडा भए र परमेश्‍वरलाई पछ्याउन र उहाँका आज्ञा, नियम, र विधिहरू आफ्नो सारा हृदय र प्राणले पालन गर्ने, र यस पुस्तकमा लेखिएका करारका वचनहरू पूरा गर्ने बाचा परमप्रभुको सामुन्‍ने गरे ।

    32तिनले यरूशलेम र बेन्यामीनमा उपस्थित भएका सबैलाई त्यो करार अनुसार हिंड्न लगाए । यरूशलेमका बासिन्दाहरूले परमेश्‍वर, तिनीहरूका पुर्खाहरूका परमेश्‍वरको करारअनुसार काम गरे ।

  • यहे 17:15-16
    2 पदहरू
    69%

    15तर मिश्रदेशबाट घोडाहरू र फौज झिकाउनलाई यरूशलेमका राजाले उसको विरुद्धमा विद्रोह गरेर मिश्रदेशमा आफ्‍ना राजदूतहरू पठायो । के त्‍यो सफल हुनेछ र? के यस्‍ता कुराहरू गर्ने मानिस उम्‍कन सक्‍छ र? करार भङ्ग गरेपछि पनि के त्‍यो उम्‍कन सक्‍छ र?

    16जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्‍छ ठान्‍यो र जसको करारलाई उसले भङ्ग गर्‍यो । बेबिलोनको बिचमा ऊ मर्नेछ ।

  • 3तापनि इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापहरूमा तिनी लागे । तिनी तीबाट फर्केनन् ।

  • 17यसैले परमेश्‍वरले तिनीहरूका विरुद्धमा कल्दीका राजालाई ल्याउनुभयो, जसले पवित्रस्थानभित्रै तिनीहरूका जवान मानिसहरूलाई तरवारले मारे, र जवान मानिसहरू, कन्‍याहरू, वृद्धहरू वा कपाल सेतै फुलेकाहरू कसैलाई पनि तिनले छोडेनन् । परमेश्‍वरले ती सबैलाई तिनको हातमा सुम्पिदिनुभयो ।

  • 12यति बेला त्यहाँ कोही यहूदीहरू छन् जसलाई हजुरले बेबिलोनको प्रदेशका मामिलाहरू हेर्न नियुक्त गर्नुभएको छ । तिनीहरूका नाउँ शद्रक, मेशक, र अबेद्‍नगो हुन् । हे महाराजा, यी मानिसहरूले हजुरका कुरामाथि ध्यान दिंदैनन् । तिनीहरूले हजुरका देवताहरूलाई दण्डवत् गर्दैनन् वा हजुरले स्थापना गर्नुभएको सुनको मूर्तिको सामु आफूलाई लम्‍पसार पार्दैनन् ।”

  • 10अब इस्राएलका परमप्रभु परमेश्‍वरसँग एउटा करार गर्ने कुरा मेरो हृदयमा छ, ताकि उहाँको प्रचण्‍ड क्रोध हामीहरूबाट हटोस् ।

  • 25एल्नातान, दलायाह र गमर्याहले राजालाई मुट्ठो नजलाउन बिन्ती गरेका पनि थिए तर तिनले उनीहरूका कुरा सुनेनन् ।

  • 53तिनले आफ्ना पिताले गरेझैँ बालको सेवा गरे, त्यसको पुजा गरे अनि इस्राएलका परमेश्वर परमप्रभुलाई रिस उठाए ।

  • 14तिनले जे खराब थियो त्‍यही गरे, किनभने तिनले आफ्नो हृदय परमप्रभुको खोजी गर्न लगाएनन् ।

  • 7तर इस्राएलका घरानाले त तेरो कुरा सुन्‍ने इच्‍छा गर्नेछैनन्, किनभने तिनीहरू मेरो कुरा सुन्‍न इच्‍छा गर्दैनन् । यसैले इस्राएलका सारा घराना नै अटेरी र कठोर हृदयका छन्‌ ।

  • 10बसन्त ऋतुमा राजा नबूकदनेसरले मानिसहरू पठाएर परमप्रभुको मन्दिरका मूल्यवान सामानहरूको साथमा तिनलाई बेबिलोनमा ल्याए, र तिनका आफन्त सिदकियाहलाई यहूदा र यरूशलेममाथि राजा तुल्याए ।

  • 12जब रहबामले आफूलाई विनम्र तुल्‍याए, तब तिनलाइ पुरै नष्‍ट नगर्नलाई परमप्रभुको क्रोध तिनीबाट हट्यो । यसका अतिरिक्त, यहूदामा केही असल कुरा अझै बाँकी थियो ।

  • 23आफ्ना पिता मनश्शेले गरेझैं तिनले परमप्रभुको सामुन्‍ने आफैलाई विनम्र पारेनन् । यसरी तिनी झन् बढी अनाज्ञाकारी भए ।

  • 6ए इस्राएलका मानिस हो, तिमीहरू जसबाट तर्किएका थियौ, उहाँतिर नै फर्क ।

  • 26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:

  • 8त्‍यसैले बेबिलोनका राजा नबूकदनेसरको सेवा नगर्ने जाति वा राज्य र बेबिलोनका राजाको जुवामुनि आफ्नो काँध थाप्‍न नमान्‍ने जोकसैलाई उसको हातद्वारा त्‍यो नष्‍ट नहुञ्जेल म तरवार, अनिकाल र विपत्तिले दण्ड दिनेछु, यो परमप्रभुको घोषणा हो ।

  • 33तिनले यरूशलेममा राज्‍य नगरून् भनेर फारो नेकोले तिनलाई हमात देशको रिब्लामा साङ्लाले बाँधेर राखे । तब नेकोले यहूदालाई एक सय तोडा चाँदी र एक तोडा सुन कर तिर्न लगाए ।

  • 9तर तैँले तँभन्दा अगिका सबैले भन्दा दुष्ट काम गरेको छस् । तैँले अरू देवताका मूर्तिहरू र ढालेर बनाएका धातुका प्रतिमूर्तिहरू बनाएर मलाई रिस उठाएको छस्, र मलाई तेरो पीठपछि राखेको छस् ।

  • 26तर तिनीहरूले मेरो कुरा सुनेनन् । तिनीहरूले ध्यानै दिएनन् । बरु, तिनीहरू अटेरी भए । आफ्‍ना पुर्खाहरूभन्दा तिनीहरू अझै दुष्‍ट भए ।’

  • 22तापनि योशियाह तिनीबाट फर्किन मानेनन् । तिनले उनको विरुद्ध युद्ध गर्न भेष बदले । आफू परमेश्‍वरको आज्ञाद्वारा आएको हो भन्‍ने नेकोको वचन तिनले सुनेनन् । यसैले तिनी मगिद्दोको बेसीमा युद्ध गर्न गए ।

  • 22तिनै राजा आहाजले आफ्‍नो कष्‍टको समयमा परमप्रभुको विरुद्ध झन्‌ धेरै पाप गरे ।

  • 6तापनि दाऊदका छोरा सोलोमनका सेवक नबातका छोरा यारोबाम उठ्‍यो र आफ्‍ना मालिकको विरुद्धमा बागी भयो ।

  • 31किनकि तिमीहरू सबैले गरेका अधर्मको दण्‍ड म तेरा सन्तानहरू र तेरा सेवकहरूलाई दिनेछु । तँ, यरूशलेमका सबै बासिन्‍दा र यहूदामा भएका हरेक व्यक्तिमाथि मैले ल्याउनेछु भनी घोषणा गरेका सबै विपत्ति म ल्याउनेछु, तर तैंले त्‍यसमा ध्यानै दिइनस्' ।”

  • 5तर तिनीहरूले सुनेनन् । अरू देवताहरूलाई धुप बाल्ने तिनीहरूको दुष्‍टताबाट ध्‍यान हटाउने वा फर्कने कुरालाई तिनीहरूले इन्‍कार गरे ।

  • 13यसबाहेक, परमप्रभुले मलाई भन्‍नुभयो, 'मैले यी मानिसहरूलाई देखेको छु र तिनीहरू हठी छन् ।