यहेज्केल 17:15

अनलक शाब्दिक बाइबल

तर मिश्रदेशबाट घोडाहरू र फौज झिकाउनलाई यरूशलेमका राजाले उसको विरुद्धमा विद्रोह गरेर मिश्रदेशमा आफ्‍ना राजदूतहरू पठायो । के त्‍यो सफल हुनेछ र? के यस्‍ता कुराहरू गर्ने मानिस उम्‍कन सक्‍छ र? करार भङ्ग गरेपछि पनि के त्‍यो उम्‍कन सक्‍छ र?

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 24:20 : 20 परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।
  • २ इति 36:13 : 13 परमेश्‍वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे । तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए र आफ्नो हृदय कठोर पारे ।
  • व्यव 17:16 : 16 तर ती राजाले आफ्नो लागि घोडाहरूको वृद्धि नगरून् न त घोडाहरूको वृद्धिको लागि मानिसहरूलाई मिश्रमा फर्कन लगाऊन् किनकि 'तिमीहरू त्यसरी फेरि कहिल्यै नजाओ' भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ ।
  • यिर्मि 34:3 : 3 तँ उसको हातबाट उम्कनेछैनस्, किनकि तँ निश्‍चय नै समातिनेछस् र उसको हातमा दिइनेछ । तेरा आँखाले बेबिलोनका राजाको आँखालाई हेर्नेछन् । तँ बेबिलोनमा जाँदा उसले तँसित सिधै कुरा गर्नेछ ।'
  • यिर्मि 52:3 : 3 परमप्रभुले आफ्नो सामुबाट तिनीहरूलाई नधपाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा घटे । तब सिदकियाह बेबिलोनको विरुद्धमा विद्रोह गरे ।
  • यहे 17:7 : 7 तर त्यहाँ ठुला पखेटा र धेरै प्‍वाखले भएको अर्को एउटा ठुलो चील थियो । हेर, त्‍यस दाखको बोटले आफू रोपिएको ठाउँबाट आफ्‍ना जराहरू त्‍यो चीलतिर फर्कायो र आफ्‍ना हाँगाहरू त्‍यही चीलतिर नै फैलायो, यसरी त्‍यसले पानी पाउन सकोस् ।
  • यिर्मि 38:18 : 18 तर तँ बेबिलोनका राजाका अधिकारीहरूकहाँ गइनस् भने, यो सहरलाई कल्दीहरूको हातमा दिइनेछ । तिनीहरूले यसलाई आगो लगाउनेछन्, र तँ तिनीहरूको हातबाट उम्कनेछैनस् ।”
  • यिर्मि 38:23 : 23 किनकि तपाईंका सबै पत्‍नी र छोराछोरी कल्दीहरूकहाँ लगिनेछन्, र तपाईं आफै पनि तिनीहरूको हातबाट उम्कनुहुनेछैन । तपाईं बेबिलोनका राजाको हातबाट पक्राउ पर्नुहुनेछ, र यो सहरलाई जलाइनेछ ।”
  • यहे 17:9 : 9 मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के त्‍यो सप्रला त? के त्‍यो जरैसमेत उखेलिंदैन र त्‍यसका फलहरू टिपिंदैनन्, र त्‍यो ओइलाउनेछैन र? त्‍यसलाई जरैसमेत उखेल्‍नलाई बलियो हात वा धेरै मानिसहरू आवश्‍यक हुनेछैन्‌ ।
  • यहे 17:18 : 18 किनकि त्‍यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्‍यो । हेर, उसले प्रतिज्ञा गर्नको निम्ति आफ्‍नो हात पसार्‍यो तापनि उसले यी कामहरू गर्‍यो । ऊ उम्कनेछैन ।
  • यिर्मि 37:5-7 : 5 फारोको सेना मिश्रदेशबाट आयो, र यरूशलेमलाई घेराबन्दी गर्ने कल्दीहरूले तिनीहरूका बारेमा खबर सुने र यरूशलेम छाडे । 6 तब परमप्रभुको वचन यर्मिया अगमवक्ताकहाँ यसो भनेर आयो, 7 “परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यहूदाका राजाले मबाट सल्लाह लिन तँकहाँ मानिसहरू पठाएको हुनाले तैंले उसलाई यसो भन्‍नेछस्, 'हेर्नुहोस्, तपाईंलाई मदत गर्न आएको फारोको सेना आफ्नै देश, मिश्रदेशमा फर्केर जानै लागेको छ ।
  • व्यव 29:12-15 : 12 आज तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरको करारभित्र प्रवेश गर्न र परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूसित खान लाग्‍नुभएको शपथभित्र प्रवेश गर्दै छौ 13 ताकि आज उहाँले तिमीहरूलाई आफ्नै जाति बनाउनुभएको होस् र उहाँले भन्‍नुभएझैँ उहाँले तिमीहरूका पिता-पुर्खाहरू अब्राहाम, इसहाक र याकूबसित प्रतिज्ञा गर्नुभएअनुसार उहाँ तिमीहरूका परमेश्‍वर होऊन् । 14 किनकि मैले यो करार र यो शपथ आज परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु 15 यहाँ उभिनेहरूसित मात्र नभएर आज हामीसित यहाँ नहुनेहरूसित पनि बाँध्दै छु ।
  • यहे 21:25 : 25 ए इस्राएल अपवित्र र दुष्‍ट शासक, जसको दण्‍डको दिन आएको छ, र जसको अपराध गर्ने समय सकिएको छ,
  • मत्त 23:33 : 33 ए सर्पहरू हो, साँपका सन्तानहरू, तिमीहरू नरकको दण्डबाट कसरी उम्कनेछौ?
  • इब्रा 2:3 : 3 हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो ।
  • भजन 55:23 : 23 तर हे परमेश्‍वर, तपाईंले दुष्‍टलाई तल विनाशको खडलमा लानुहुनेछ । रक्‍तपात गर्नेहरू र छली मानिसहरू अरूभन्दा आधा आयुसम्म पनि बँच्दैनन्, तर म तपाईंमा नै भरोसा गर्छु ।
  • नीति 19:5 : 5 झुटो साक्षी दण्डविना उम्कने छैन, र झुटो कुरो बोल्ने फुत्कने छैन ।
  • यशा 30:1-4 : 1 ¶ यो परमप्रभुको घोषणा हो, “धिक्‍कार विद्रोही छोराछोरीलाई! तिनीहरू योजना बनाउँछन्, तर मबाट योजना होइन । तिनीहरूले अरू जातिहरूसँग मित्रता गाँस्छन्, तर तिनीहरू मेरो आत्माद्वारा निर्देशित भएनन्, त्यसैले तिनीहरूले पापमाथि पाप थप्छन् । 2 तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्रदेशको छायामा शरण लिन्छन् । 3 यसकारण फारोको सुरक्षा तिमीहरूको शर्म हुनेछ र मिश्रदेशको छायाको शरण तिमीहरूको अपमान हुनेछ, 4 यद्यपि तिनीहरूका शासकहरू सोअनमा र तिनीहरूका दूतहरू हानेसमा आएका छन् ।
  • यशा 31:1-3 : 1 ¶ सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्‍कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्‍ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् । 2 तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ । 3 मिश्रदेश मानिस हो र परमेश्‍वर होइन, तिनीहरूका घोडाहरू शरीर हुन् आत्मा होइनन् । जब परमप्रभुले आफ्‍नो हात पसार्नुहुन्छ, सहायता गर्नेले ठेस खानेछ र सहायता पाउनेचाहिं ढल्‍नेछ । दुवै एकसाथ नाश हुनेछन् ।
  • यशा 36:6-9 : 6 हेर, तिमीले मिश्रदेशमा भर पर्दैछौ, जुन फुटेको नर्कट हो, जसलाई तिमीले यसलाई हिंड्ने लट्ठीको रूपमा प्रयोग गर्छौ, तर एक जना मानिस यसमा ढल्किन्छ भने, त्यसको हातमा त्‍यसले घोच्‍नेछ र त्‍यसलाई छेड्नेछ । मिश्रदेशका राजा फारोमा भरोसा गर्नेहरूका निम्ति त्यो त्यस्तै नै हुनेछ । 7 तर, “परमप्रभु हाम्रा परमेश्‍वरमा हामी भरोसा गरिरहेका छौं” बनेर तिमी मलाई भन्छौ भने, के त्‍यो उही होइन जसका उच्‍च स्थानहरू र वेदीहरूलाई हिजकियाले हटाएका छन्, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, “तिमीहरूले यरूशलेमको यस वेदीको सामु आराधना गर्नुपर्छ”? 8 यसकारण, अब मेरो मालिक अश्शूरका महाराजाको तर्फबाट म तिमीलाई असल कुरा दिन चाहन्छु । तिमीले घोडचडीहरू भेट्टउन सक्‍छौ भने, म तिमीलाई दुई हजार घोडाहरू दिनेछु । 9 मेरो मालिकका सेवकहरूमध्‍ये सबाभन्दा सानो एक जना कप्‍तानको पनि तिमीले कसरी सामना गर्न सक्छौ र? तिमीले रथहरू र घोडचढीहरूका निम्ति मिश्रदेशमा भरोसा गरेका छौ ।
  • यिर्मि 22:29-30 : 29 ए देश, ए देश, ए देश! परमप्रभुको वचन सुन् । 30 परमप्रभु यसो भन्‍नुहुन्छ, 'यो मानिस यहोयाकीनको बारेमा लेखः ऊ सन्तानहीन हुनेछ । उसको आफ्नो जीवनकालमा उसले उन्‍नति गर्नेछैन, र उसका सन्तानहरूमध्ये कसैले पनि सफलता हासिले गर्नेछैनन्, वा फेरि कहिल्यै दाऊदको सिंहासनमा बस्‍नेछन् र यहूदामाथि राज्‍य गर्नेछन् ।”
  • यिर्मि 32:4 : 4 यहूदाका राजा सिदकियाह कल्दीहरूको हातबाट उम्कनेछैन, किनकि निश्‍चय नै ऊ बेबिलोनका राजाको हातमा दिइनेछ । उसले राजसित आमनेसामने कुरा गर्नेछ, र उसका आँखाले राजाका आँखालाई हेर्नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यहे 17:16-20
    5 पदहरू
    82%

    16जस्‍तो म जीवित छु— यो परमप्रभु परमेश्‍वरको घोषणा हो— उसलाई राजा बनाउने राजाको देशमा नै ऊ मर्नेछ, जुन राजाको शपथलाई उसले तुच्‍छ ठान्‍यो र जसको करारलाई उसले भङ्ग गर्‍यो । बेबिलोनको बिचमा ऊ मर्नेछ ।

    17फारोले आफ्ना शक्तिशाली फौज र ठुलो दलको साथमा लडाइँमा उसलाई सहायता गर्नेछैन । त्‍यति बेला धेरै जना मानिसलाई नाश गर्न ठुला घेरा-मचान तयार गरिन्‍छन्‌ र घेरा हाल्‍नलाई पर्खालहरू बनाइन्‍छन्‌ ।

    18किनकि त्‍यो राजाले करार भङ्ग गरेर उसको शपथलाई अपमान गर्‍यो । हेर, उसले प्रतिज्ञा गर्नको निम्ति आफ्‍नो हात पसार्‍यो तापनि उसले यी कामहरू गर्‍यो । ऊ उम्कनेछैन ।

    19यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जस्‍तो म जीवित छु, मेरो शपथलाई उसले अपमान गरेको र मेरो करारलाई उसले भङ्ग गरेको होइन र? त्यसैले उसको दण्ड म उसकै शिरमा खन्‍याइदिनेछु ।

    20म आफ्‍नो जाल त्‍यसमाथि फिंजाउनेछु र मेरो शिकारी जालमा ऊ पर्नेछ । तब म उसलाई बेबिलोनमा लानेछु, र उसले मलाई धोका दिंदा उसले मप्रति गरेको विद्रोहको निम्‍ति म उसको न्‍याय गर्नेछु ।

  • यहे 17:11-14
    4 पदहरू
    80%

    11तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    12“विद्रोही घरानालाई भन्, 'यी कुराको अर्थ के हुन्‍छ भनी तिमीहरू जान्‍दैनौ? बेबिलोनको राजा यरूशलेममा आयो, र त्‍यसका राजा र शासकहरूलाई लियो र तिनीहरूलाई आफूसँग बेबिलोनमा लग्‍यो ।

    13तब त्‍यसले राजकीय वंशमध्‍येको एक जनालाई लियो, ऊसित एउटा करार गर्‍यो र उसलाई शपथले बाँध्यो । उसले देशका शक्तिशाली मानिसहरूलाई लग्‍यो,

    14यसरी त्‍यो राज्‍य निर्बल रहोस्‌ र फेरि खडा हुन नसकोस् । उसको करार पालन गरेर देश रहन सकोस्‌ ।

  • 20मेरो मित्रले आफूसँग मिलापमा भएकाहरूका विरुद्धमा आफ्‍नो हात उठाएको छ । उसले बाँधेको करारलाई उसले आदर गरेको छैन ।

  • 59परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तँलाई जस्‍तो व्‍यवहार गर्नु उचित हुन्‍छ त्‍यस्‍तै व्‍यवहार म तँसित गर्नेछु । तैंले करार भङ्ग गरेर आफ्नो सपथलाई तुच्‍छ ठानेकी छस्‌ ।

  • 28अनि उत्तरका राजा धेरै धनदौलत लिएर, आफ्नो हृदयलाई पवित्र करारको विरुद्धमा उठाएर आफ्नै देशमा फर्कनेछ । उसले त्यस्तै काम गर्नेछ र आफ्नै देशमा फर्कनेछ ।

  • 24मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्‍तानको पनि तपाईं कसरी विरोध गर्न सक्‍नुहुन्छ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ ।

  • दानी 11:22-23
    2 पदहरू
    71%

    22उसको सामु एउटा सेनालाई बाढीले झैं बगाउनेछ । करार सेना र अगुवा दुवै नष्‍ट हुनेछन् ।

    23ऊसित मित्रता गरेको समयदेखि नै उसले छलपूर्ण ढङ्गले काम गर्नेछ । थोरै मानिसको साथमा पनि ऊ शक्तिशाली हुनेछ ।

  • 30किनभने कित्तिमका जहाजहरू उसको विरुद्धमा आउनेछन्, र ऊ डराउनेछ र पछि हट्नेछ । त्यो पवित्र करारको विरुद्ध ऊ रिसले चूर हुनेछ, र पवित्र करारलाई त्याग्‍नेहरूलाई उसले समर्थन गर्नेछ ।

  • 18त्यसपछि मेरो करार भङ्ग गरेका मानिसहरू, मेरो सामु गरेका करारका वचन पुरा नगर्ने ती मानिसहरूसँग म त्यही साँढेसित गरेजस्तै व्यवहार गर्नेछु, जसलाई तिनीहरूले दुई फ्याक पारे र त्यसको बिचबाट हिंडे,

  • 9मेरो मालिकका सेवकहरूमध्‍ये सबाभन्दा सानो एक जना कप्‍तानको पनि तिमीले कसरी सामना गर्न सक्छौ र? तिमीले रथहरू र घोडचढीहरूका निम्ति मिश्रदेशमा भरोसा गरेका छौ ।

  • दानी 11:16-19
    4 पदहरू
    70%

    16बरु, आउनेले चाहिं आफ्नो इच्छा अनुसार उनको विरुद्ध व्यवहार गर्नेर्छन् । तिनको मार्गमा कोही खडा हुनेछैन । सुन्दरताको देशमा तिनी खडा हुनेछन्, र विनाश तिनको हातमा हुनेछ ।

    17उत्तरको राजा आफ्नो सम्पूर्ण राज्यको शक्तिमा आउने निर्णय गर्नेछन्, र तिनीसित सम्झौताको एउटा दस्‍तावेज हुनेछ जुन तिनले दक्षिणको राजासँग गर्नेछन् । दक्षिणको राज्यलाई खत्तम गर्न तिनले एउटी स्‍त्रीको छोरीलाई उनीसित विवाहमा गरिदिनेछन् । तर त्यो योजनाले तिनलाई सफल वा मदत हुनेछैन ।

    18यसपछि, उत्तरको राजाले समुद्रतटका देसहरूमा ध्यान लगाउनेछ र तीमध्ये धेरैलाई अधीन गर्नेछन् । तर एक जना कमान्‍डरले तिनको घमण्डको अन्त्य गर्नेछन् र तिनको घमण्डलाई तिनैकहाँ फर्काउनेछन् ।

    19तब तिनले आफ्नै देशका किल्लाहरूतर्फ ध्यान दिनेछन्, तर तिनी ठेस खानेछन् र त्यो ढल्‍नेछन् । तिनी फेरि भेट्टाइनेछैनन् ।

  • 13परमेश्‍वरको नाउँमा तिनलाई शपथ खुवाउने राजा नबूकदनेसरसँग पनि तिनले बिद्रोह गरे । तर सिदकियाहले परमप्रभु इस्राएलका परमेश्‍वरतिर फर्किआउने कुराको विरुद्ध तिनी हठी भए र आफ्नो हृदय कठोर पारे ।

  • 20युद्धका गर्न मित्रहरू र शक्ति छन् भनेर तिमी व्‍यर्थका कुरा मात्र बोल्छौ । तिमीले कसमाथि भरोसा गरिरहेका छौ जसको कारणले तिमीले मेरो विरुद्धमा विद्रोह गर्नुपर्‍यो?

  • 10तिनीहरू आफ्‍ना पहिलेका पुर्खाहरूका अधर्मतर्फ लागेका छन् जसले मेरो वचन सुन्‍न इन्कार गरी अरू देवताहरूको पुजा गर्न तिनीहरूको पछि लागे । इस्राएलको घराना र यहूदाको घरानाले मैले तिनीहरूका पुर्खाहरूसित स्थापित गरेको मेरो करार तोडे ।

  • 16तिमीहरूले भन्यौ, ‘होइन, किनकि हामी घोडामा भाग्‍नेछौं,' यसरी तिमीहरू भाग्‍नेछौ । अनि 'हामी छिटो दौडने घोडाहरूमा चढ्नेछौं,' त्यसैले तिमीहरूलाई खेद्‍नेहरू झन् छिटो हुनेछन् ।

  • 3तिनीहरूलाई भन्, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस करारका वचनहरू नसुन्‍ने जोसुकै श्रापित होस् ।

  • 9“ए मानिसको छोरो, के इस्राएलका घराना, त्‍यो विद्रोही घरानाले, 'तिमी यो के गर्दैछौ?' भनेर सोधेन?

  • 15र मेरा विधि र नियमहरूलाई घृणा गरेर इन्‍कार गर्‍यौ, र मेरा सबै आज्ञाहरू पालन नगरेर मेरो करारलाई तोड्‍यौ भने,

  • 5युद्धको निम्ति सल्लाह र सामर्थ्य छ भनी तिमीले व्यार्थका शब्दहरू मात्र बोल्छौ । अहिले तिमीले कसलाई भरोसा गरिरहेका छौ? मेरो विरुद्धमा विद्रोह गर्न तिमीलाई कसले आँट दिएको छ?

  • 17परमप्रभु इस्राएलका परमेश्‍वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍ने छैनन् ।”

  • 9मानिसहरूलाई भन्, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः के त्‍यो सप्रला त? के त्‍यो जरैसमेत उखेलिंदैन र त्‍यसका फलहरू टिपिंदैनन्, र त्‍यो ओइलाउनेछैन र? त्‍यसलाई जरैसमेत उखेल्‍नलाई बलियो हात वा धेरै मानिसहरू आवश्‍यक हुनेछैन्‌ ।

  • 2तिनीहरू तल मिश्रदेशमा जान निस्कन्छन्, तर मेरो निर्देशन खोजेका छैनन् । तिनीहरूले फारोबाट सुरक्षा खोज्छन् र मिश्रदेशको छायामा शरण लिन्छन् ।

  • 13तिमी किन मर्ने—तिमी र तिम्रा मानिसहरू तरवार, अनिकाल र विपत्तिले किन मर्ने, जसरी बेबिलोनका राजाको सेवा गर्न इन्कार गर्ने जातिको विषयमा मैले घोषणा गरेको छु?

  • 23तेरा सन्देशवाहकहरूद्वारा तैँले परमप्रभुको गिल्ला गरेको छस्, र भनेको छस्, 'मेरा धेरै रथहरूसँगै म पर्वतहरूका टाकुराहरूमा, लेबनानका सबैभन्दा उच्‍च टाकुराहरूमा उक्लेको छु । म त्यहाँका अग्ला-अग्ला देवदारुका रुखहरू र सबैभन्दा असल सल्लाका रुखहरू काटेर ढाल्‍नेछु । म त्यसको पल्लो कुनामा, त्यसको सबैभन्दा फलदायी वनभित्र प्रवेश गर्नेछु ।

  • यशा 31:1-2
    2 पदहरू
    67%

    1¶ सहायताको निम्ति मिश्रदेशमा जाने, घोडाहरूमा भर पर्ने र रथहरूमा (किनकि ती धेरै छन्) र घोडचढीहरूमा (किनकि ती असंख्य छ्न्) भरोसा गर्नेहरूलाई धिक्‍कार! तर तिनीहरूले इस्राएलका परमपवित्रको वास्‍ता गर्दैनन्, न तिनीहरूले परमप्रभुको खोजी नै गर्छन् ।

    2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।

  • 7किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः हेर्, उत्तरबाट राजाहरूका राजा बेबिलोनको राजा नबूकदनेसरलाई घोडाहरू र रथहरू, र घोडचढीहरू र धेरै जना मानिससहित म टुरोसको विरुद्धमा ल्‍याउनेछु ।

  • 7त्यसैले परमप्रभु हिजकियासित हुनुभयो, र तिनी जहाँ गए तापनि तिनको उन्‍नति भयो । अश्शूरका राजाको विरुद्धमा तिनी बागी भए र उनको सेवा गरेनन् ।

  • 36राजाले आफ्नो इच्छाहरूअनुसार काम गर्नेछ । उसले आफैंलाई उठाउनेछ र सारा देवहरूमाथि आफूलाई महान् बनाउनेछ । देवहरूका परमेश्‍वरको विरुद्धमा उसले आश्‍चर्यलाग्दा कुराहरू भन्‍नेछ, किनभने क्रोधको समय पूरा नभएसम्म ऊ सफल हुनेछ । किनभने जे आदेश दिइएको छ, त्यो पूरा भएरै छोड्‍नेछ ।

  • 15तिनीहरूका राजा, त्योसँगै त्यसका अधिकारीहरू समेत कैदमा जानेछन्,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 15परमप्रभु सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “यो प्रशासक शेब्‍नाकहाँ जसले महलको रेखदेख गर्छ र भन्,

  • 7परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ, “त्‍यो कुरा हुन आउनेछैन । त्‍यस्‍तो हुनेछैन,

  • 17तिनीहरूको कुरा नसुन्‍नू । तिमीहरूले बेबिलोनका राजाको सेवा गर्नुपर्छ र बाँच्नुपर्छ । यो सहर किन भग्‍नावशेष हुने?

  • 16तर ती राजाले आफ्नो लागि घोडाहरूको वृद्धि नगरून् न त घोडाहरूको वृद्धिको लागि मानिसहरूलाई मिश्रमा फर्कन लगाऊन् किनकि 'तिमीहरू त्यसरी फेरि कहिल्यै नजाओ' भनी परमप्रभुले तिमीहरूलाई भन्‍नुभएको छ ।

  • 5परमप्रभुले भन्‍नुभयो, “वास्तवमा, तँ यर्मिया पैदल हिंड्ने सिपाहीहरूसित दगुरेको भए, र तिनीहरूले तँलाई थकाएका भए, तैंले कसरी घोडाहरूको विरुद्धमा प्रतिस्पर्धा गर्न सक्छन्? तँ सुरक्षित पाखामा खसेको छस् भने, यर्दननेरका झाडीहरूमा तैंले के गर्नेछस्?

  • 39तपाईंले आफ्नो सेवको करार त्याग्‍नुभएको छ । तपाईंले त्यसको मुकुटलाई जमिनमा अपवित्र पार्नुभएको छ ।

  • 18निश्‍चय नै उहाँले तँलाई हावामा फनफन घुमाउनुहुनेछ र ठुलो देशमा बल फालेझैं फाल्‍नुहुनेछ । तँ त्यहाँ नै मर्नेछस्, तेरा गौरवशालि रथहरू त्यहाँ हुनेछन् । तँ तेरो मालिकको महलमा तँ शर्ममा पर्नेछस् ।

  • 16तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

  • 25ऊ आफ्नो शक्ति र हृदयसहित ठुलो सेनाको साथमा दक्षिणको राजाको विरुद्धमा उठ्नेछ । दक्षिणको राजाले ठुलो, र धेरै शक्तिशाली सेनासँग युद्ध गर्नेछ, तर तिनको विरुद्धमा अरूले षड्यन्त्र गरेको कारणले गर्दा तिनी टिक्‍नेछैनन् ।