२ इतिहास 5:11
पुजारीहरू पवित्रस्थानबाट बाहिर निस्केर आए । त्यहाँ हाजिर भएका सबै पुजारीले आआफ्नो दलअनुसार क्रमवद्ध नगरीकनै आफैलाई पवित्र गरेका थिए ।
पुजारीहरू पवित्रस्थानबाट बाहिर निस्केर आए । त्यहाँ हाजिर भएका सबै पुजारीले आआफ्नो दलअनुसार क्रमवद्ध नगरीकनै आफैलाई पवित्र गरेका थिए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
14यसैले परमप्रभु इस्राएलका परमेश्वरको सन्दूकलाई तिनीहरूले ल्याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे ।
10पुजारीहरू पवित्रस्थानबाट बाहिर आउँदा परमप्रभुको मन्दिर बादलले भरियो ।
11बादलको कारणले पुजारीहरूले सेवा गर्न सकेनन् किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो ।
10यसैले सेवाको तयारी भयो, र पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए ।
34तर सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै थिए, यसैले तिनीहरूका दाजुभाइ लेवीहरूले त्यो काम नसिद्धिएसम्म र पुजारीहरूले आफूलाई पवित्र नपारेसम्म तिनीहरूलाई सघाए, किनकि आआफूलाई पवित्र पार्नलाई पुजारीहरूभन्दा लेवीहरू नै बढी होसियार भएका थिए ।
4इस्राएलका सबै धर्म-गुरु आए, र लेवीहरूले सन्दूक लगे ।
5तिनीहरूले सन्दूक र भेट हुने पाल र त्यसमा भएका सबै सामानहरू उठाएरमाथि लगे । लेवीका कुलका पुजारीहरूले ती बोकेर माथि लगे ।
12सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए ।
6सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्दिरभित्र पस्न नदिनू । तिनीहरू भित्र पस्न सक्छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन् । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्नुपर्छ ।
12तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्वरको सन्दूक राख्न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्यसलाई ल्याउन सक्छौ ।
14पुजारीहरू त्यहाँ प्रवेश गरेपछि, आफूले सेवा गर्ने वस्त्रलाई नफुकाली पवित्र-स्थानबाट तिनीहरू बाहिरी चोकमा जानुहुँदैन, किनभने ती पवित्र छन् । यसरी तिनीहरू मानिसहरूका नजिक जानुभन्दा अगाडि अरू वस्त्र लगाउनुपर्छ ।”
11सादोक वंशका पुजारीहरूका निम्ति यो पवित्र रूपमा अलग गरिनेछ, जसले विश्वस्ततासाथ मेरो सेवा गरेका छन् र इस्राएलका मानिसहरू अर्थात् लेवीहरूझैं तिनीहरू बरालिर गएनन् ।
14बादलले गर्दा पुजारीहरूले सेवा गर्न सकेनन्, किनकि परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको थियो ।
10मोशाले यहोशूलाई आदेश दिएबमोजिम परमप्रभुले मानिसहरूलाई बताउनू भनी आज्ञा गर्नुभएका सबै कुरा पुरा नभएसम्म सन्दुक बोक्ने पुजारीहरू यर्दनको बिचमा नै खडा भए । मानिसहरू छिटो-छिटो गरी तरे ।
11जब सबै मानिस तरी सके परमप्रभुको सन्दुक र पुजारीहरू मानिसहरूको अगिअगि तरे ।
6पुजारीहरू प्रत्येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए ।
3इस्राएलका सबै धर्म-गुरु आए, अनि पुजारीहरूले सन्दुक उठाए ।
4तिनीहरूले परमप्रभुको सन्दुक, भेट हुने पाल र पालभित्र भएका सजावटका सबै पवित्र सामान ल्याए । पुजारी र लेवीहरूले यी सामानहरू ल्याएका थिए ।
14त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि र बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति र पुजारीहरूका निम्ति बलिदान तयार गरे । यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे ।
15आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए । तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे ।
15तिनीहरूले आआफ्ना दाजुभाइलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे, अनि परमप्रभुको वचनको अनुसरण गर्दै राजाले हुकुम गरेबमोजिम परमप्रभुको मन्दिरलाई शुद्ध पार्न तिनीहरू त्यसभित्र पसे ।
16परमप्रभुको मन्दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे । तिनीहरूले परमप्रभुको मन्दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्दिरको चोकमा ल्याए । लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्सामा लगे ।
5तिनले तिनीहरूलाई भने, “ए लेवीहरू हो, मेरा कुरा सुन! आफू-आफूलाई पवित्र गर, र आफ्ना पुर्खाहरूका परमप्रभु परमेश्वरको मन्दिरलाई पवित्र पार, र पवित्रस्थानबाट अपवित्र कुरा हटाइदेओ ।
15पुजारीहरू र लेवीहरूलाई कुनै पनि विषयमा वा अनि भण्डारण कोठाहरूका विषयमा राजाले दिएका आज्ञाबाट यी मानिसहरू तर्किएनन् ।
18मोशाको पुस्तकमा लेखिएबमोजिम तिनीहरूले पुजारीहरू र लेवीहरूलाई यरूशलेममा परमेश्वरको सेवाको लागि तिनीहरूका विभाजनअनुसार नियुक्त पनि गरे ।
9तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पुजारीहरू र लेवीहरूलाई लखेट्ने र अरू देशका मानिसहरूले गरेझैं आफ्नै पुजारीहरूलाई नियुक्त गरेनौ र? जुनसुकै मानिस पुजारी भएर सेवा गर्नलाई एउटा बाछो र सात वटा भेडा लिएर आउँछ, त्यो जो देवताहरू नै होइनन्, त्यसको पुजारी बन्छ ।
10तर हाम्रा बारेमा त, परमप्रभु नै हाम्रा परमेश्वर हुनुहुन्छ, र हामीले उहाँलाई त्यागेका छैनौं । हामीसँग परमप्रभुको सेवा गर्ने हारूनका सन्तानहरू पुजारीको रूपमा छन्, र आफ्नो काम गर्ने लेवीहरू छन् ।
16तब परमेश्वरका मानिस मोशाको व्यवस्थाले दिएको निर्देशनअनुसार तिनीहरू आआफ्नो स्थानमा दल-दल भएर खडा भए । पुजारीहरूले लेवीहरूबाट लिएको रगत वेदीमा छर्के ।
17किनकि आफूलाई शुद्ध नपारेकाहरू समुदायमा धेरै जना थिए । यसैकारण आफैलाई शुद्ध नपारेका र परमप्रभुको सामुन्ने आआफ्नो थुमा अर्पण नगरेकाहरू सबैका निम्ति लेवीहरूले निस्तार-चाडका थुमाहरू मारे ।
5तिमीहरूका दाजुभाइका पुर्खाका घरानाहरूका विभाजनहरू, मानिसहरूका वंश र लेवीहरूको पुर्खाका परिवारहरूका आफ्ना विभाजनहरूअनुसार पवित्र स्थानमा खडा होओ ।
2पुजारीहरू र लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई, पुजारीहरू र लेवीहरू दुवैलाई आआफ्ना काममा लगाइदिए । तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए ।
6यी थोकहरूलाई तयार गरिसकेपछि पुजारीहरू नियमित रूपमा बासस्थानको बाहिरी कोठामा सधैँ आफ्ना सेवाको काम गर्न प्रवेश गर्दथे ।
37यसैले दाऊदले दिन-दिनको आवश्यक काम निरन्तर रूपमा गर्न त्यहाँ परमप्रभुका करारको सन्दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे ।
22त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे ।
3तिनीहरूले नियमित समयमा मनाउन सकेनन्, किनभने उत्सवको निम्ति पर्याप्त पुजारीहरूले आफूलाई शुद्ध पारेका र मानिसहरू यरूशलेममा एकसाथ भेला हुन सकेका थिएनन् ।
10इस्राएलका मानिसहरूले मिश्रदेश छोड्दा परमप्रभुले तिनीहरूसित करार बाँध्नुभएको ठाउँ होरेबमा मोशाले सन्दूकभित्र राखेका दुई वटा शिला-पाटीबाहेक त्यसमा अरू केही थिएन ।
5एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्नबलि, धूप, काठपातहरू, अन्नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्ने गर्थे ।
7पुजारीहरूले परमप्रभुका करारको सन्दूक मन्दिरको भित्री पवित्रस्थान, अर्थात् महा-पवित्रस्थानमा त्यसकै ठाउँमा ल्याएर करूबहरूका पखेटामुनि राखे ।
22मेरो नजिक आउने पुजारीहरूले पनि आ-आफूलाई शुद्ध तुल्याऊन्, मेरो आगमनको लागि तिनीहरू तयार रहून् ताकि मैले तिनीहरूलाई प्रहार गर्न नपरोस् ।”
28तिनीहरूको काम परमप्रभुका मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्वरका मन्दिरका सेवामा अरू काम गर्नुपर्ने थियो ।
32सोलोमनले यरूशलेममा परमप्रभुको मन्दिर नबनाएसम्म पवित्र वासस्थान, अर्थात् भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।
13जम्मै इस्राएलमा भएका चारैतिरबाट पुजारीहरू र लेवीहरू आआफ्ना सिमानाहरूबाट तिनीकहाँ गए ।
14किनकि लेवीहरूले यहूदा र यरूशलेममा आउनको निम्ति आफ्ना खर्कहरू र जग्गाजमिन छोडे, किनकि किनकि यारोबाम र तिनका छोराहरूले तिनीहरूलाई लखेटेका थिए, ताकि तिनीहरूले परमप्रभुको पुजारीको काम गर्न पाएनन् ।
2परमप्रभुको महिमाले उहाँको मन्दिर भरिएको हुनाले पुजारीहरू मन्दिरभित्र पस्न सकेनन् ।
9त्यसैले यहोयादा पुजारीले आज्ञा गरेअनुसार सयौं दलका कमान्डरहरूले सबै कुरा गरे । हरेकले आफ्नो दलका मानिसहरू अर्थात् शबाथमा सेवा गर्न खटाइएकाहरू र शबाथमा सेवा गर्नबाट फुर्सद भएकाहरूलाई लिएर तिनीहरू यहोयादा पुजारीकहाँ आए ।
8एक दिन आफ्नो कुलको पालोअनुसार जकरिया पुजारी सेवा गर्न परमेश्वरको उपस्थितिमा थिए ।
17आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू अनि बिस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू सबैलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।
1¶ किर्यत-यारीमका मानसिहरू आएर परमप्रभुको सन्दुकलाई उठाए र डाँडामा भएको अबीनादाबको घरमा त्यो ल्याए । परमप्रभुको सन्दुकको रेखदेख गर्न तिनको छोरा एलाजारलाई तिनीहरूले अलग गरे ।
10यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी र त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् ।
8यसैले यहोयादा पुजारीले आज्ञा गरेबमोजिम लेवीहरू र सबै यहूदाले सेवा गरे । हरेक जनाले शबाथमा सेवा गर्न आएका मानिसहरू, र शबाथमा सेवा गर्न छाडेकाहरूलाई लिए, किनकि यहोयादा पुजारीले कुनै पनि दललाई हटाएका थिएनन् ।