एज्रा 6:18

अनलक शाब्दिक बाइबल

मोशाको पुस्तकमा लेखिएबमोजिम तिनीहरूले पुजारीहरू र लेवीहरूलाई यरूशलेममा परमेश्‍वरको सेवाको लागि तिनीहरूका विभाजनअनुसार नियुक्त पनि गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 3:6 : 6 “लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर् ।
  • १ इति 24:1 : 1 ¶ हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार ।
  • २ इति 35:4-5 : 4 इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै आआफ्‍ना पुर्खाका घरानाहरू र आआफ्‍ना विभाजनहरूअनुसार आफूलाई सङ्गठित गराओ । 5 तिमीहरूका दाजुभाइका पुर्खाका घरानाहरूका विभाजनहरू, मानिसहरूका वंश र लेवीहरूको पुर्खाका परिवारहरूका आफ्ना विभाजनहरूअनुसार पवित्र स्थानमा खडा होओ ।
  • गिन 8:9-9 : 9 तैँले लेवीहरूलाई भेट हुने पालको अघि ल्यानेछस् र इस्राएलका मानिसहरूको सारा समुदाय भेला हुनेछन् । 10 तैँले लेवीहरूलाई परमप्रभुको सामु ल्याउँदा इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्‍नुपर्छ । 11 हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ, ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून् । 12 लेवीहरूले साँढेहरूमाथि तिनीहरूका हात राख्‍नुपर्छ । 13 तैँले लेवीहरूका प्रायश्‍चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा । 14 १तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् । 15 त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न जानुपर्छ । तैँले तिनीहरूलाई शुद्ध पार्नुपर्छ । तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ । 16 यसो गर्, किनभने तिनीहरू इस्राएलका मानिसहरूबाट पूर्ण रूपमा मेरा हुन् । तिनीहरूले गर्भ खोल्ने इस्राएलका सबै सन्तानका पहिले जन्मेका हरेक पुरुष बालकको स्थान लिनेछन् । मैले लेवीहरूलाई आफ्नै निम्ति लिएको छु । 17 इस्राएलका मानिसहरूको पशु र मानिस दुवैबाट पहिले जन्मेकाहरू सबै मेरा हुन् । मैले मिश्र देशमा तिनीहरूका सबै पहिले जन्मेकाहरूलाई लिएको दिन नै मैले तिनीहरूलाई आफ्नै निम्ति अलग गरेँ । 18 मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट सबै पहिले जन्मेकाहरूको सट्टामा लिएको छु । 19 मैले लेवीहरूलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूबाट भेट हुने पालमा इस्राएलका मानिसहरूको काम गर्नलाई लिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्नलाई दिएको छु, ताकि तिनीहरू पवित्र स्थानको नजिक आउँदा मानिसहरूमाथि कुनै विपत्ति नआओस् । 20 मोशा, हारून र इस्राएलका मानिसहरूका सारा समुदायले लेवीसँगै यो गरे । परमप्रभुले लेवीबारे मोशालाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले सबै थोक गरे । इस्राएलका मानिसहरूले तिनीहरूसँग यसै गरे । 21 लेवीहरूले आफैलाई शुद्ध पारे र आ-आफ्ना लुगाहरू धोए, अनि हारूनले तिनीहरूलाई परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा चढाए र तिनले तिनीहरूलाई शुद्ध पार्न तिनीहरूको निम्ति प्रायश्‍चित्त गरे । 22 त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे । 23 परमप्रभुले मोशालाई भन्‍नुभयो, 24 “यो सबै पच्‍चिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूका निम्ति हो । तिनीहरू भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुनुपर्छ । 25 तिनीहरू पचास वर्षको भएपछि यसरी सेवा गर्न छोड्नुपर्छ । त्यस उमेरमा तिनीहरूले सेवा गर्नुहुँदैन । 26 तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन्, तर तिनीहरूले सेवा गर्नुहुँदैन । तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ ।”
  • १ इति 23:1-9 : 1 ¶ जब दाऊद वृद्ध भएका र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए । 2 पूजाहारीहरू र लेवीहरूसँगै तिनले इस्राएलका सबै अगुवाहरूलाई भेला गराए । 3 तीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका लेवीहरूको सङ्‍ख्‍याको गणना भयो । तिनीहरूको संख्या अठ्तीस हजार थियो । 4 “तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्‍यायकर्ताहरू थिए । 5 चार हजार द्वारपालहरू, र चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्‍तुतिगान गर्नपर्छ,” दाऊदले भने । 6 तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे । 7 लादान र शिमी गेर्शोनका वंशका थिए । 8 लादानका तीन छोराहरू: अगुवा यहीएल, जेताम र योएल थिए । 9 शिमीका तिन छोराहरू: शलोमोत, हजीएल र हारान थिए । लादानका वंशका मुखियाहरू यी नै थिए । 10 शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए । 11 यहत जेठा थिए, जीजा माइला, तर येऊश र बरीआका धेरै छोराहरू थिएनन्, त्यसैले तिनीहरू एउटै कामको निम्‍ति एकै वंशको रूपमा गनिए । 12 कहातका चार छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । 13 अम्रामका छोराहरू हारून र मोशा थिए । अति पवित्र कुराहरू अलग गर्न हारूनलाई चुनिएका थियो । तिनी र तिनका सन्तानहरूले परमप्रभुको सामु धूप चढाउनु, उहाँको सेवा गर्नु र उहाँको नाउँमा सधैं आशीर्वाद दिनुपर्थ्यो । 14 तर परमेश्‍वरका मानिस मोशाका छोराहरू भने लेवीकै कुलका मानिए । 15 मोशाका छोराहरू गेर्शोम र एलीएजर थिए । 16 गेर्शोमका सन्‍तानमा शूबाएल जेठा थिए । 17 एलीएजरका सन्‍तान रहब्‍याह थिए । एलीएजरका अरू छोरा थिएनन्, तर रहब्‍याहका धेरै सन्तानहरू थिए । 18 यिसहारका छोरा अगुवा शलोमीत थिए । 19 हेब्रोनका छोराहरू यरियाह जेठा, अमर्याह माइला, यहासेल साँइला र यकमाम कान्‍छ थिए । 20 उज्‍जीएलका छोराहरू मीका जेठा र यिशियाह माइला थिए । 21 मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए । 22 एलाजार छोराहरू नभै मरे । तिनका छोरीहरू मात्र थिए । कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे । 23 मूशीका तिन छोराहरू महली, एदेर र यरीमोत थिए । 24 आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए । परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए । 25 किनकि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो मानिसहरूलाई आराम दिनुभएको छ । उहाँले सदासर्वदाको निम्‍ति यरूशलेममा आफ्नो मन्दिर बनाउनुहुन्छ । 26 लेवीहरूले फेरि कहिल्‍यै पवित्र वासस्‍थान अथवा त्‍यसको सेवामा प्रयोग गरिने भाँडाहरू बोक्‍नुपर्दैन ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 10यसैले सेवाको तयारी भयो, र पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए ।

  • 30मैले तोकिएको समयमा दाउराको भेटी र अगौटे फलहरू उपलब्ध गराएँ ।

  • 16तब परमेश्‍वरका मानिस मोशाको व्‍यवस्‍थाले दिएको निर्देशनअनुसार तिनीहरू आआफ्‍नो स्‍थानमा दल-दल भएर खडा भए । पुजारीहरूले लेवीहरूबाट लिएको रगत वेदीमा छर्के ।

  • 18यहोयादाले परमप्रभुका मन्‍दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्‍नो समयदेखि नै स्‍तुतिगान गर्दै र आनन्‍द मनाउँदै मोशाको व्‍यवस्‍थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्‍ति होमबलि चढाउन र परमप्रभुको मन्‍दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए ।

  • 2पुजारीहरू र लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई, पुजारीहरू र लेवीहरू दुवैलाई आआफ्ना काममा लगाइदिए । तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए ।

  • 12तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसले परमप्रभुलाई होमबलिहरू चढाउन् भनी पुर्खाका घरानाका विभाजनअनुसार वितरण गर्नलाई तिनीहरूले ती छुट्‍याए । साँढेहरूका पनि तिनीहरूले त्यसै गरे ।

  • १ इति 6:48-49
    2 पदहरू
    73%

    48तिनीहरूका सहयोगी लेवीहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएको पवित्र वासस्‍थानका सबै कामको जिम्मा दिइयो ।

    49हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।

  • 22त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे ।

  • 14आफ्‍ना पिता दाऊदको विधिहरू पालन गर्ने कुरामा सोलोमनले प्रतिदिनको लागि आवश्यक परेअनुसार पुजारीका दलहरूलाई आआफ्‍ना काममा र लेवीहरूलाई चाहिं परमेश्‍वरको स्‍तुति गर्ने र पुजारीहरूका अगि सेवा गर्ने तिनीहरूका दर्जामा नियुक्त गरे । हरेक ढोकामा तिनले ढोकाका रक्षकहरू आफ्‍ना दलअनुसार रहनलाई नियुक्त गरे, किनकि परमेश्‍वरका मानिस दाऊदले यसरी नै आज्ञा दिएका थिए ।

  • 6हेर्, लेवीहरूका तेरा सङ्गी सदस्यहरूलाई इस्राएलका सन्तानहरूबाट म आफैले चुनेको छु । तिनीहरू भेट हुने पालसँग सम्बन्धित काम गर्न मलाई दिइएका तेरो निम्ति उपहार हुन् ।

  • 2योसादाकका छोरा येशूअ र तिनका पुजारी दाजुभाइहरू, शालतिएलका छोरा यरुबाबेल र तिनका दाजुभाइहरू उठे, र परमेश्‍वरका मानिस मोशाको व्यवस्थामा लेखिएझैं होमबलिहरू चढाउन इस्राएलका परमेश्‍वरको वेदी निर्माण गरे ।

  • एज्रा 6:16-17
    2 पदहरू
    72%

    16इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरू र निर्वासनबाट फर्केर आएकाहरूले आनन्दसाथ परमेश्‍वरको यस मन्दिरको समर्पण-उत्सव मनाए ।

    17परमेश्‍वरको मन्दिरको समर्पणको निम्ति तिनीहरूले एक सयवटा साँढे, एक सयवटा भेडा र चार सयवटा थुमा बलि चढाए । इस्राएलका एक-एक कुलको लागि सारा इस्राएलीको लागि पापबलिको रूपमा बाह्रवटा बोका पनि चढाइयो ।

  • एज्रा 6:19-20
    2 पदहरू
    71%

    19यसरी निर्वासनबाट फर्केकाहरूले पहिलो महिनाको चौधौं दिनमा निस्तार-चाड मनाए ।

    20पुजारीहरू र लेवीहरूले आफूलाई शुद्ध पारे, र आफूलगायत निर्वासनबाट फर्केकाहरू सबैका लागि निस्तारको बलि चढाए ।

  • 2तिनले पुजारीहरूलाई आआफ्नो स्थानमा राखे र परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए ।

  • 6तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे ।

  • 11पुजारीहरू पवित्रस्‍थानबाट बाहिर निस्‍केर आए । त्‍यहाँ हाजिर भएका सबै पुजारीले आआफ्‍नो दलअनुसार क्रमवद्ध नगरीकनै आफैलाई पवित्र गरेका थिए ।

  • 5तिमीहरूका दाजुभाइका पुर्खाका घरानाहरूका विभाजनहरू, मानिसहरूका वंश र लेवीहरूको पुर्खाका परिवारहरूका आफ्ना विभाजनहरूअनुसार पवित्र स्थानमा खडा होओ ।

  • 36यहूदामा बसोबास गर्ने केही लेवीहरूलाई बेन्यामीनका मानिसहरूका निम्ति सेवा गर्न तोकिए ।

  • 19परमप्रभु इस्राएलका परमेश्‍वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्‍दिरमा गर्ने आफ्‍नो सेवाको कामको क्रम यही थियो ।

  • 5एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे ।

  • 6नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।

  • 20मोशा, हारून र इस्राएलका मानिसहरूका सारा समुदायले लेवीसँगै यो गरे । परमप्रभुले लेवीबारे मोशालाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले सबै थोक गरे । इस्राएलका मानिसहरूले तिनीहरूसँग यसै गरे ।

  • 13उनले तिनलाई लेवी र पुजारीहरूका दल-दलका निम्‍ति र परमप्रभुको मन्‍दिरका सेवामा गरिने सबै काम र त्‍यसमा प्रयोग गरिने सबै भाँडाहरूका निम्‍ति निर्देशनहरू दिए ।

  • 4यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् ।

  • 6“लेवीको कुललाई ले र तिनीहरूले पुजारी हारूनलाई सहायता गर्नको निम्ति तिनीहरूलाई तिनीकहाँ प्रस्तुत गर् ।

  • २ इति 31:16-17
    2 पदहरू
    70%

    16आफ्‍ना पुर्खाहरूका विवरणमा नाउँ भएका परमप्रभुको मन्दिरमा आफूलाई तोकिएको काममा दिनदिनै खट्ने तिन वर्ष र त्यसभन्दा बढी उमेरका सबै पुरुषहरूलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।

    17आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू अनि बिस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरू सबैलाई आआफ्ना दल र जिम्माअनुसार तिनीहरूले भाग बाँडिदिए ।

  • 34पुजारीहरू, लेवीहरू र मानिसहरूले दाउराको बलिदानको लागि चिट्ठा हाल्ने गर्थे । व्यवस्थामा लेखिएबमोजिम परमप्रभु हाम्रा परमेश्‍वरको वेदीमा हरेक वर्ष तोकिएको समयमा हाम्रा परमेश्‍वरको मन्दिरमा बाल्न चिट्ठाले नै कसले दाउरा ल्याउने भनी हाम्रा परिवारहरूको छनोट गर्थ्यो ।

  • 4लेखिएअनुसार तिनीहरूले छाप्रोवासको चाड पनि मनाए, र हरेक दिनको निम्‍ति आदेश भएअनुसार दिनदिनै होमबलिहरू चढाए ।

  • 4परमप्रभुका सन्‍दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्‍वरको उत्‍सव मनाउन, धन्‍यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।

  • 19तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा

  • 14त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि र बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति र पुजारीहरूका निम्ति बलिदान तयार गरे । यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे ।

  • 47यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्ट्याउँथे, र लेवीहरूले हारूनका सन्तानहरूका निम्ति भाग छुट्ट्याउँथे ।

  • 32सोलोमनले यरूशलेममा परमप्रभुको मन्‍दिर नबनाएसम्‍म पवित्र वासस्‍थान, अर्थात्‌ भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।

  • 8त्‍यसपछि तिनीहरू यरूशलेममा परमेश्‍वरको मन्दिरमा आएको दोस्रो वर्षको दोस्रो महिनामा शालतिएलका छोरा यरुबाबेल, योसादाकका छोरा येशूअ, बाँकी पुजारीहरू, लेवीहरू र निर्वासनबाट यरूशलेममा फर्केकाहरूले काम गर्न सुरु गरे । तिनीहरूले बिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूलाई परमप्रभुको मन्दिरको निरीक्षण गर्ने जिम्मा दिए ।

  • 30यरूशलेममा हाम्रा परमेश्‍वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्‍मा लिएर राखे ।

  • 36तब तिनीहरूले यूफ्रेटिस नदीपारिको प्रान्तमा बस्‍ने राजाका उच्‍च अधिकारीहरू र गभर्नरहरूलाई राजाको आदेश दिए, अनि तिनीहरूले मानिसहरू र परमेश्‍वरको मन्दिरलाई मदत गरे ।

  • 28तिनीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्‍वरका मन्‍दिरका सेवामा अरू काम गर्नुपर्ने थियो ।

  • 16यसैले यो समयमा योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड मान्‍न र परमप्रभुको वेदीमा होमबलि चढाउनका निम्ति परमप्रभुको पूरा सेवा सन्‍चालन गरियो ।

  • 25परमप्रभुको करारको सन्दूक बोक्‍ने लेवीहरूलाई तिनले आज्ञा दिए,

  • 70यसरी पुजारी र लेवीहरू, मानिसहरू, मन्दिरका गायकहरू र द्वारपालहरूसाथै मन्दिरमा सेवा गर्न नियुक्त गरिएकाहरू आ-आफ्ना सहरहरूमा बसोबास गरे । इस्राएलका सबै मानिस आ-आफ्ना सहरहरूमा थिए ।

  • 9तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्‍वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्‍न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू ।

  • 19आफ्ना सहरहरूका छेउछाउका बस्तीहरूमा वा हरेक सहरमा बस्‍ने हारूनका वंशका पुजारीमध्ये सबै पुरुषलाई र लेवीहरूका आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू सबैलाई पनि आआफ्ना भाग दिन विशेष मानिसहरू खटाइए ।

  • 44त्यस दिन भेटीहरू, अगौटे फलहरू र दशांशहरूका निम्ति भण्डार-कोठाहरूको जिम्मा लिन अनि लेवीहरू र पुजारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए । सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो । किनकि यहूदा पुजारीहरू र लेवीहरूबाट प्रसन्‍न भए जो तिनीहरूका सामु खडा थिए ।