१ इतिहास 23:6
तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे ।
तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
16लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
11लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी ।
57वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए ।
17लेवीका छोराहरूका नाउँहरू गेर्शोन, कहात र मरारी थिए ।
19द्वारपालका दलहरू यी नै थिए । तिनीहरू कोरह र मरारीका सन्तानहरूबाट भरिएको थियो ।
3दाऊदले एलाजारका सन्तान सादोक र ईतामारका सन्तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे ।
7लादान र शिमी गेर्शोनका वंशका थिए ।
4दाऊदले हारूनका सन्तानहरू र लेवीहरूलाई एकसाथ भेला गराए ।
43शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए ।
14आफ्ना पिता दाऊदको विधिहरू पालन गर्ने कुरामा सोलोमनले प्रतिदिनको लागि आवश्यक परेअनुसार पुजारीका दलहरूलाई आआफ्ना काममा र लेवीहरूलाई चाहिं परमेश्वरको स्तुति गर्ने र पुजारीहरूका अगि सेवा गर्ने तिनीहरूका दर्जामा नियुक्त गरे । हरेक ढोकामा तिनले ढोकाका रक्षकहरू आफ्ना दलअनुसार रहनलाई नियुक्त गरे, किनकि परमेश्वरका मानिस दाऊदले यसरी नै आज्ञा दिएका थिए ।
1¶ दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्ये कसैलाई वीणा, सारङ्गी र झ्यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
2पूजाहारीहरू र लेवीहरूसँगै तिनले इस्राएलका सबै अगुवाहरूलाई भेला गराए ।
3तीस वर्ष र त्योभन्दा बढी उमेरका लेवीहरूको सङ्ख्याको गणना भयो । तिनीहरूको संख्या अठ्तीस हजार थियो ।
4“तिमध्येका चौबीस हजारको काम परमप्रभुका मन्दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्यायकर्ताहरू थिए ।
5चार हजार द्वारपालहरू, र चार हजारले मैले दिएका बाजा बजाएर परमप्रभुको स्तुतिगान गर्नपर्छ,” दाऊदले भने ।
27किनकि दाऊदका अन्तिम वचनद्वारा बीस वर्ष र त्यसभन्दा बढी उमेरका लेवीहरूको सङ्ख्या गनिए ।
41मोशा र हारूनले गेर्शोनका सन्तानहरूको गन्ती गरे, जसले भेट हुने पालमा सेवा गर्थे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
42मरारीका सन्तानहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार,
19मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन् ।
4परमप्रभुका सन्दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्वरको उत्सव मनाउन, धन्यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।
4इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै आआफ्ना पुर्खाका घरानाहरू र आआफ्ना विभाजनहरूअनुसार आफूलाई सङ्गठित गराओ ।
24लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।
16लेवीहरूका मुखियाहरूले आ-आफ्ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।
17यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्याहका छोरा आसापलाई नियुक्त गरे । तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्त गरे ।
38गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल र पुर्खाका परिवारअनुसार, भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्ने
36यहूदामा बसोबास गर्ने केही लेवीहरूलाई बेन्यामीनका मानिसहरूका निम्ति सेवा गर्न तोकिए ।
16लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे ।
12तब लेवीहरू खडा भएः कहातीहरूका मानिसहरूबाट अमासैका छोरा महत र अजर्याहका छोरा योएल, अनि मरारीहरूका मानिसहरूबाट अब्दीका छोरा कीश र यहललेलका छोरा अजर्याह, अनि गेर्शोनीहरूबाट जिम्माहका छोरा योआ र योआका छोरा अदन ।
24आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए । परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्योभन्दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए ।
29तैँले आ-आफ्ना कुलअनुसार मरारीका सन्तानहरूको गन्ती गर्, र तिनीहरूलाई आ-आफ्ना परिवार-परिवारअनुसार,
21मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए ।
31सन्दूक परमप्रभुको मन्दिरमा राखेपछि सङ्गीतको जिम्मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन् ।
20मरारीका छोराहरूबाटका वंशहरू महली र मूशी थिए । कुल-कुलअनुसारका लेवीका कुलहरू यिनै हुन् ।
6नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्तानबाट र ईतामारका सन्तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।
19मरारीका छोराहरू महली र मूशी थिए । लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए ।
47शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए ।
23अम्राम, यिसहार, हेब्रोन र उज्जीएलका वंशहरूबाटः
18मोशाको पुस्तकमा लेखिएबमोजिम तिनीहरूले पुजारीहरू र लेवीहरूलाई यरूशलेममा परमेश्वरको सेवाको लागि तिनीहरूका विभाजनअनुसार नियुक्त पनि गरे ।
12तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्ना आफन्तहरूझैं परमप्रभुको मन्दिरको सेवा गर्नुपर्थ्यो ।
46यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका
6तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्वरको मन्दिरको सेवा गर्दा झ्याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए ।
27यिनीहरू कहातका कुलहरू हुन्ः अम्रामीहरूका कुल, इसहारीहरूका कुल, हेब्रोनीहरूका कुल र उज्जीएलीहरूका कुल । यिनीहरू कहाती कुलका हुन् ।
1¶ द्वारपालहरूका विभाजन यसप्रकार थियोः कोरहीहरूबाट, कोरेका छोरा मेशेलेम्याह, जो आसापका छोरा थिए ।
6मरारीका सन्तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए ।
11दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्मीनादाबलाई बोलाए ।
2तब दाऊदले भने, “परमेश्वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्दूक बोक्न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्नुभएको थियो ।”
22“गेर्शोनका सन्तानहरूको आ-आफ्ना कुल र पुर्खाका परिवार-परिवारअनुसार गन्ती गर् ।
6पुजारीहरू प्रत्येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए ।
31आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्तानहरूले गरेझैं चिट्ठा हाले ।