गिन्ती 3:20

अनलक शाब्दिक बाइबल

मरारीका छोराहरूबाटका वंशहरू महली र मूशी थिए । कुल-कुलअनुसारका लेवीका कुलहरू यिनै हुन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 6:19 : 19 मरारीका छोराहरू महली र मूशी थिए । लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए ।
  • १ इति 6:19 : 19 मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्‌ ।
  • १ इति 6:29 : 29 मरारीका छोरा महली थिए । तिनका छोरा लिब्‍नी थिए । तिनका छोरा शिमी थिए । तिनका छोरा उज्‍जाह थिए ।
  • १ इति 6:44-47 : 44 हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्‍दीका छोरा थिए । अब्दी मल्‍लूकका छोरा थिए । 45 मल्लूक हशब्‍याहका छोरा थिए । हशब्याह अमस्‍याहका छोरा थिए । अमस्याह हिल्‍कियाहका छोरा थिए । 46 हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए । 47 शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए ।
  • १ इति 15:6 : 6 मरारीका सन्‍तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए ।
  • १ इति 23:21-23 : 21 मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए । 22 एलाजार छोराहरू नभै मरे । तिनका छोरीहरू मात्र थिए । कीशका छोराहरूले तिनीहरूलाई विवाह गरे । 23 मूशीका तिन छोराहरू महली, एदेर र यरीमोत थिए ।
  • १ इति 24:27-30 : 27 यजियाहबाट मरारीका छोराहरू: बनो, शोहम, जक्‍कूर र इब्री । 28 महलीबाट: एलाजार, जसका छोराहरू थिएनन्‌ । 29 कीशबाट: कीशका छोराः यरहमेल । 30 मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए ।
  • १ इति 25:3 : 3 यदूतूनका छोराहरूबाटः गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याह, आफ्‍ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्‍यवाद र स्‍तुति गर्नको निम्ति वीणा बजाउँथे ।
  • गिन 3:33 : 33 मरारीबाट दुईवटा कुल आएका छन्ः महलीहरूका कुल र मूशीहरूका कुल । यी कुलहरू मरारीबाट आएका हुन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 6:16-20
    5 पदहरू
    93%

    16लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।

    17गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए ।

    18कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।

    19मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्‌ ।

    20गेर्शोनका सन्‍तानहरू: तिनका छोरा लिब्‍नी थिए । लिब्‍नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्‍माह थिए ।

  • 19मरारीका छोराहरू महली र मूशी थिए । लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए ।

  • गिन 3:33-36
    4 पदहरू
    87%

    33मरारीबाट दुईवटा कुल आएका छन्ः महलीहरूका कुल र मूशीहरूका कुल । यी कुलहरू मरारीबाट आएका हुन् ।

    34एक महिना र त्यसभन्दा माथिका गनिएका पुरुषहरू ६,२०० थिए ।

    35अबीहेलका छोरा सूरीएलले मरारी कुलको नेतृत्व गर्नुपर्छ । तिनीहरूले पवित्र वासस्थानको उत्तरतिर छाउनी लाउनुपर्छ ।

    36मरारीका सन्तानहरूले पवित्र वासस्थानका फल्याकहरू, बारहरू, खामाहरू, आधारहरू, सबै सरसमान र तिनीहरूसँग सम्बन्धित सबै थोक, साथै

  • 47शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए ।

  • 21मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए ।

  • 30मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए ।

  • गिन 3:17-19
    3 पदहरू
    81%

    17लेवीका छोराहरूका नाउँहरू गेर्शोन, कहात र मरारी थिए ।

    18गेर्शोनका छोराहरूबाटका वंशहरू लिब्‍नी र शिमी थिए ।

    19कहातका छोराहरूबाटका वंशहरू अम्राम, यिसहार, हिब्रोन र उज्‍जीएल थिए ।

  • 42मरारीका सन्तानहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार,

  • १ इति 6:1-2
    2 पदहरू
    80%

    1¶ लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।

    2कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।

  • गिन 26:57-58
    2 पदहरू
    80%

    57वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए ।

    58यिनीहरू लेवीका वंशहरू थिएः लिब्‍नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए ।

  • 11लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी ।

  • १ इति 24:26-27
    2 पदहरू
    78%

    26मरारीका छोराहरू: महली र मूशी । यजियाहका छोराबाटः बनो ।

    27यजियाहबाट मरारीका छोराहरू: बनो, शोहम, जक्‍कूर र इब्री ।

  • 29तैँले आ-आफ्ना कुलअनुसार मरारीका सन्तानहरूको गन्ती गर्, र तिनीहरूलाई आ-आफ्ना परिवार-परिवारअनुसार,

  • 23मूशीका तिन छोराहरू महली, एदेर र यरीमोत थिए ।

  • गिन 4:44-46
    3 पदहरू
    76%

    44आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो ।

    45मोशा र हारूनले मरारीका सन्तानहरूका सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।

    46यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका

  • 21लिब्‍नी र शिमीका कुलहरू गेर्शोनबाट आउँछ । गेर्शोनीहरूका कुलहरू यिनै हुन् ।

  • 29मरारीका छोरा महली थिए । तिनका छोरा लिब्‍नी थिए । तिनका छोरा शिमी थिए । तिनका छोरा उज्‍जाह थिए ।

  • १ इति 6:43-44
    2 पदहरू
    74%

    43शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए ।

    44हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्‍दीका छोरा थिए । अब्दी मल्‍लूकका छोरा थिए ।

  • 27यिनीहरू कहातका कुलहरू हुन्ः अम्रामीहरूका कुल, इसहारीहरूका कुल, हेब्रोनीहरूका कुल र उज्‍जीएलीहरूका कुल । यिनीहरू कहाती कुलका हुन् ।

  • 14लेवीहरूमा शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो मरारीका सन्‍तानमध्‍येका थिए ।

  • निर्ग 6:16-17
    2 पदहरू
    74%

    16लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्‍न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे ।

    17गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए ।

  • 6मरारीका सन्‍तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए ।

  • 33तिनीहरूले बोक्‍नुपर्ने सामानहरूको नाउँसहित सूची बना । मरारीका सन्तानहरूले पुजारी हारूनका छोरा ईतामारको निर्देशनमा भेट हुने पालको निम्ति तिनीहरूले गर्नुपर्ने काम यही हो ।”

  • 45बरीआका सन्तानहरू यिनै थिएः हेबेरबाट हेबेरीहरूका वंश, मल्कीएलबाट मल्कीएलीहरूका वंश भए ।

  • 6तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे ।

  • 19तिनीसँगै हशब्याह पनि आए । त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए ।

  • 38गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल र पुर्खाका परिवारअनुसार, भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्‍ने

  • 40यी सबै सहर मरारी कुलका थिए जो लेवी कुलबाटका थिए, तिनीहरूलाई चिट्ठा हालेर बाह्रवटा सहर दिइयो ।

  • 2“लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू र परिवार-परिवारअनुसार गन्ती गर् ।

  • 22“गेर्शोनका सन्तानहरूको आ-आफ्ना कुल र पुर्खाका परिवार-परिवारअनुसार गन्ती गर् ।

  • 38कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए ।

  • 15मोशाका छोराहरू गेर्शोम र एलीएजर थिए ।

  • 34बाँकी लेवीहरू माकीरको कुललाई जबूलूनको कुलबाट यी सहरहरू दिइयोः यसको खर्कसहित योक्‍नाम, यसको खर्कसहित कर्तह,