उत्पत्ति 46:11

अनलक शाब्दिक बाइबल

लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 29:34 : 34 तिनी फेरि गर्भवती भइन्‌ र एक जना छोरो जन्‍माइन् । तिनले भनिन्, “अब त मेरा पति मप्रति आकर्षित हुनुहुनेछ, किनभने मैले उहाँको निम्‍ति तिन जना छोरा पाइसकेँ ।” यसकारण त्‍यसको नाउँ लेवी राखियो ।
  • उत्प 49:5-7 : 5 शिमियोन र लेवी दाजुभाइ हुन् । हिंसाका हतियार नै तिनीहरूका तरवार हुन् । 6 ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको बैठकमा नबस् किनकि मेरो हृदयमा त्यसको निम्ति अत्यन्तै श्रद्धा छ । किनकि तिनीहरूलेआफ्‍नो रिसमा मानिसहरूलाई मारे । तिनीहरूले आफ्नो आनन्दको निम्ति गोरुहरूका ढोडनसा काटेका छन्‌ । 7 तिनीहरूको रिस श्रापित् होस्, किनभने त्‍यो भयानक छ, र तिनीहरूको क्रोध पनि श्रापित् होस् किनकि त्‍यो निष्‍ठुर छ । तिनीहरूलाई म याकूबमा विभाजन गर्नेछु, इस्राएलमा तितरबितर पार्नेछु ।
  • निर्ग 6:16 : 16 लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्‍न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे ।
  • गिन 3:17-22 : 17 लेवीका छोराहरूका नाउँहरू गेर्शोन, कहात र मरारी थिए । 18 गेर्शोनका छोराहरूबाटका वंशहरू लिब्‍नी र शिमी थिए । 19 कहातका छोराहरूबाटका वंशहरू अम्राम, यिसहार, हिब्रोन र उज्‍जीएल थिए । 20 मरारीका छोराहरूबाटका वंशहरू महली र मूशी थिए । कुल-कुलअनुसारका लेवीका कुलहरू यिनै हुन् । 21 लिब्‍नी र शिमीका कुलहरू गेर्शोनबाट आउँछ । गेर्शोनीहरूका कुलहरू यिनै हुन् । 22 एक महिना र त्यसभन्दा माथिका गनिएका सबै पुरुष जम्मा ७,५०० थिए ।
  • गिन 4:1-9 : 1 ¶ परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, 2 “लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू र परिवार-परिवारअनुसार गन्ती गर् । 3 तिसदेखि पचास वर्षसम्मका पुरुषहरूको गन्ती गर् । यी मानिसहरू भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुनुपर्छ । 4 कहातका सन्तानहरूले भेट हुने पालको निम्ति मेरो निम्ति राखिएका अति पवित्र थोकहरूको देखरेख गर्नुपर्छ । 5 छाउनी सार्न तयारी हुँदा हारून र तिनका छोराहरू भित्र जानुपर्छ, अति पवित्र स्थानलाई पवित्र स्थानबाट छुट्‌ट्याउने पर्दा झिक्‍नुपर्छ र गवाहीको सन्दूकलाई त्यसैले ढाक्‍नुपर्छ । 6 तिनीहरूले सन्दूकलाई सीलको छालाले ढाक्‍नुपर्छ । तिनीहरूले यसमाथि निलो कपडाले ढाक्‍नुपर्छ । तिनीहरूले यसलाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ । 7 तिनीहरूले उपस्थितिको रोटीको टेबुललाई एउटा निलो कपडाले ढाक्‍नुपर्छ । यसमाथि तिनीहरूले थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राख्‍नुपर्छ । टेबुलमाथि रोटी सदैव हुनुपर्छ । 8 तिनीहरूले यिनीहरूलाई रातो रङको कपडाले र फेरि सीलको छालाले ढाक्‍नुपर्छ । टेबुललाई बोक्‍न डन्डीहरू हाल्नुपर्छ । 9 तिनीहरूले सामदानसाथै यसका बत्तीहरू, चिम्टाहरू, मोसोदानीहरू र बत्तीका निम्ति तेलका सबै भाँडालाई निलो कपडाले ढाक्‍नुपर्छ । 10 तिनीहरूले सामदान र यसका सबै सरसामानलाई सीलको छालाले ढाक्‍नुपर्छ र तिनीहरूले यसलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । 11 तिनहरूले सुनको वेदीलाई निलो कपडाले ढाक्‍नुपर्छ । 12 तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ र बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ । तिनीहरूले पवित्र स्थानका सबै कामका सामानहरूलाई लिएर निलो कपडाले बेर्नुपर्छ । तिनीहरूले यसलाई सीलको छालाले ढाक्‍नुपर्छ र सामानहरूलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । 13 तिनीहरूले वेदीबाट खरानी हटाउनुपर्छ र वेदीलाई बैजनी रङको कपडाले ढाक्‍नुपर्छ । 14 तिनीहरूले वेदीको सेवामा प्रयोग गर्ने सबै सामानलाई बोक्‍ने भारमाथि राख्‍नुपर्छ । यिनीहरू आगो राख्‍ने पात्रहरू, काँटाहरू, बेल्चाहरू, बाटाहरू र वेदीका अन्य सबै सामान हुन् । तिनीहरूले वेदीलाई सीलको छालाले ढाक्‍नुपर्छ अनि बोक्‍नलाई डन्डीहरू हाल्नुपर्छ । 15 जब हारून र तिनका छोराहरूले पवित्र स्थान र यसका सबै सामानलाई ढाकी सक्छन् अनि छाउनी अगाडि बढ्छ त्यसपछि कहातका सन्तानहरू पवित्र स्थान बोक्‍न आउनुपर्छ । यदि तिनीहरूले पवित्र सामानहरू छोए भने तिनीहरू मारिऊन् । भेट हुने पालका सामानहरू बोक्‍ने काम कहातका सन्तानहरूको हो । 16 पुजारी हारूनका छोरा एलाजारले बत्तीको लागि तेल, सुगन्धित धूप, नियमित अन्‍नबलि, अभिषेक गर्ने तेलको देखरेख गरून् । तिनले सारा पवित्र वासस्थान र यसमा भएका सबै थोक अर्थात् पवित्र स्थान र यसका सामानाहरूको देखरेख गरून् ।” 17 परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो, 18 “कहाती वंशलाई लेवीहरूबाट बहिस्कृत हुन नदेओ । 19 तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा 20 तिनीहरू पवित्र स्थान हेर्न एक क्षणको निम्ति पनि जानुहुँदैन नत्रता तिनीहरू मारिनेछन् । हारून र तिनका छोराहरूले हरेक कहातीलाई त्यसको काम अर्थात् त्यसको विशेष कामहरू तोक्‍नुपर्छ ।” 21 परमप्रभु फेरि मोशासँग बोल्नुभयो, 22 “गेर्शोनका सन्तानहरूको आ-आफ्ना कुल र पुर्खाका परिवार-परिवारअनुसार गन्ती गर् । 23 तिसदेखि पचास वर्ष भएकाहरूको गन्ती गर् । भेट हुने पालको सेवा गर्न सहभागी हुन सक्‍ने दलको गन्ती गर् । 24 गेर्शोनीहरूले सेवा गर्दा र तिनीहरूले बोक्दा यो काम गेर्शोनी कुलको काम हो । तिनीहरूले पवित्र वासस्थानका पर्दाहरू, भेट हुने पाल, त्यसको छत, यसमाथिको सीलको छालाको छत र भेट हुने पालको प्रवेश-द्वारका पर्दाहरू बोक्‍नुपर्छ । 25 तिनीहरूले चोकका पर्दाहरू, पवित्र वासस्थान र वेदी नजिक भएका चोकको प्रवेश-द्वारका पर्दाहरू, 26 तिनीहरूका डोरीहरू र तिनीहरूका सेवाको निम्ति सबै सामान बोक्‍नुपर्छ । यिनीहरूसँग सम्बन्धित सबै थोक तिनीहरूले गर्नुपर्छ । हारून 27 र तिनका छोराहरूले गेर्शोनका सन्तानहरूले ओसारपसार गर्दा र तिनीहरूका सबै सेवामा निर्देशन दिनुपर्छ । तैँले तिनीहरूका सबै दायित्व निर्धारण गर् । 28 यो भेट हुने पालको निम्ति गेर्शोनका सन्तानहरूका कुलहरूको काम हो । पुजारी हारूनका छोरा ईतामारले तिनीहरूको कामको नेतृत्व गर्नुपर्छ । 29 तैँले आ-आफ्ना कुलअनुसार मरारीका सन्तानहरूको गन्ती गर्, र तिनीहरूलाई आ-आफ्ना परिवार-परिवारअनुसार, 30 तिस वर्षदेखि पचास वर्षसम्मकालाई मिला । भेट हुने पालको सेवा गर्ने र त्यस दलमा सहभागी हुने सबैको गन्ती गर् । 31 यो भेट हुने पालको निम्ति तिनीहरूका सबै दायित्व र तिनीहरूका सेवाका काम हो । तिनीहरूले पवित्र वासस्थानका फल्याकहरू, 32 यसका बारहरू, खामाहरू र आधारहरू, साथै पवित्र वासस्थान वरिपरिका चोकका खामाहरू, तिनीहरूका आधारहरू, कीलाहरू, डोरीहरू तिनका सबै सरसामानको देखरेख गर्नुपर्छ । 33 तिनीहरूले बोक्‍नुपर्ने सामानहरूको नाउँसहित सूची बना । मरारीका सन्तानहरूले पुजारी हारूनका छोरा ईतामारको निर्देशनमा भेट हुने पालको निम्ति तिनीहरूले गर्नुपर्ने काम यही हो ।” 34 मोशा, हारून र समुदायका अगुवाहरूले कहातीहरूका सन्तानहरूको पुर्खाका आ-आफ्ना परिवारअनुसार गन्ती गरे । 35 तिनीहरूले तिस वर्षदेखि पचास वर्षसम्म पुगेकाहरूको गन्ती गरे । तिनीहरूले भेट हुने पालमा सेवा गर्ने दलमा सहभागी हुने सबैको गन्ती गरे । 36 तिनीहरूले तिनीहरूका कुलअनुसार २,७५० जना पुरुषको गन्ती गरे । 37 मोशा र हारूनले भेट हुने पालमा सेवा गर्ने कहातीहरूका कुल-कुल र परिवार-परिवारअनुसार सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे । 38 गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल र पुर्खाका परिवारअनुसार, भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्‍ने 39 तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरे । 40 आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो । 41 मोशा र हारूनले गेर्शोनका सन्तानहरूको गन्ती गरे, जसले भेट हुने पालमा सेवा गर्थे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे । 42 मरारीका सन्तानहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार, 43 तिसदेखि पचास वर्षसम्मका सबैको गन्ती गरियो जो भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुन्थे । 44 आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो । 45 मोशा र हारूनले मरारीका सन्तानहरूका सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे । 46 यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका 47 परिवारअनुसार तिस वर्षदेखि पचास वर्ष पुगेकाहरूको गन्ती गरे । तिनीहरूले पवित्र वासस्थानमा सेवा गर्ने र भेट हुने पालका सामानहरूको देखरेख गर्ने र बोक्‍न सक्‍ने सबैको गन्ती गरे । 48 तिनीहरूले ८,५८० पुरुषको गन्ती गरे । 49 परमप्रभुको आज्ञामा मोशाले सबै पुरुषलाई त्यसलाई खटाइएको कामको किसिमअनुसार गन्ती गरे । तिनले हरेक पुरुषलाई तिनले वहन गर्ने दायित्वको किसिमअनुसार गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।
  • गिन 8:1-9 : 1 ¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, 2 “हारूनलाई भन् । 'तैँले सातवटा बत्ती बाल्दा तिनीहरूले सामदानको अघिल्तिर प्रकाश दिनुपर्छ ।' 3 हारूनले यसै गरे । परमप्रभुले आज्ञा गर्नुभएझैँ हारूनले सामदान अघिल्तिर प्रकाश दिनलाई बत्तीहरू बाले । 4 सामदान यस किसिमले बनाइएको थियो र परमप्रभुले मोशालाई यसको निम्ति नमुना देखाउनुभयो । यो आधारदेखि टुप्‍पोसम्म फूलजस्ता कचौरालाई पिटेको सुनको हुनुपर्थ्यो । 5 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, 6 “लेवीहरूलाई इस्राएलका मानिसहरूबाट ले र तिनीहरूलाई शुद्ध पार् । 7 तिनीहरूलाई शुद्ध पार्न यसो गर्ः तिनीहरूमाथि प्रायश्‍चित्तको पानी छर्किदे । तिनीहरूको पुरै शरीर, तिनीहरूको लुगा धुन लगा र यसरी तिनीहरूलाई शुद्ध पार् । 8 त्यसपछि तिनीहरूलाई एउटा बाछो र तेलले मुछेको मसिनो पिठोको अन्‍नबलि ल्याउन लगा । तिनीहरूले पापबलिको रूपमा अर्को एउटा बाछो पनि ल्याऊन् । 9 तैँले लेवीहरूलाई भेट हुने पालको अघि ल्यानेछस् र इस्राएलका मानिसहरूको सारा समुदाय भेला हुनेछन् । 10 तैँले लेवीहरूलाई परमप्रभुको सामु ल्याउँदा इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्‍नुपर्छ । 11 हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ, ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून् । 12 लेवीहरूले साँढेहरूमाथि तिनीहरूका हात राख्‍नुपर्छ । 13 तैँले लेवीहरूका प्रायश्‍चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा । 14 १तैँले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट यसरी अलग गर् । लेवीहरू मेरा हुन् । 15 त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न जानुपर्छ । तैँले तिनीहरूलाई शुद्ध पार्नुपर्छ । तैँले तिनीहरूलाई डोलाइने बलिको रूपमा चढाउनुपर्छ । 16 यसो गर्, किनभने तिनीहरू इस्राएलका मानिसहरूबाट पूर्ण रूपमा मेरा हुन् । तिनीहरूले गर्भ खोल्ने इस्राएलका सबै सन्तानका पहिले जन्मेका हरेक पुरुष बालकको स्थान लिनेछन् । मैले लेवीहरूलाई आफ्नै निम्ति लिएको छु । 17 इस्राएलका मानिसहरूको पशु र मानिस दुवैबाट पहिले जन्मेकाहरू सबै मेरा हुन् । मैले मिश्र देशमा तिनीहरूका सबै पहिले जन्मेकाहरूलाई लिएको दिन नै मैले तिनीहरूलाई आफ्नै निम्ति अलग गरेँ । 18 मैले लेवीहरूलाई इस्राएलका मानिसहरूबाट सबै पहिले जन्मेकाहरूको सट्टामा लिएको छु । 19 मैले लेवीहरूलाई हारून र त्यसका छोराहरूलाई उपहारको रूपमा दिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूबाट भेट हुने पालमा इस्राएलका मानिसहरूको काम गर्नलाई लिएको छु । मैले तिनीहरूलाई इस्राएलका मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्नलाई दिएको छु, ताकि तिनीहरू पवित्र स्थानको नजिक आउँदा मानिसहरूमाथि कुनै विपत्ति नआओस् । 20 मोशा, हारून र इस्राएलका मानिसहरूका सारा समुदायले लेवीसँगै यो गरे । परमप्रभुले लेवीबारे मोशालाई आज्ञा दिनुभएबमोजिम तिनीहरूले सबै थोक गरे । इस्राएलका मानिसहरूले तिनीहरूसँग यसै गरे । 21 लेवीहरूले आफैलाई शुद्ध पारे र आ-आफ्ना लुगाहरू धोए, अनि हारूनले तिनीहरूलाई परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा चढाए र तिनले तिनीहरूलाई शुद्ध पार्न तिनीहरूको निम्ति प्रायश्‍चित्त गरे । 22 त्यसपछि लेवीहरू हारून र तिनका छोराहरूको अधीनमा रहेर तिनीहरूको काम गर्न भेट हुने पालभित्र गए । यो परमप्रभुले लेवीहरूको बारेमा मोशालाई आज्ञा गर्नुभएअनुसार थियो । तिनीहरूले सबै लेवीलाई यसो गरे । 23 परमप्रभुले मोशालाई भन्‍नुभयो, 24 “यो सबै पच्‍चिस वर्ष र त्यसभन्दा माथिका लेवीहरूका निम्ति हो । तिनीहरू भेट हुने पालमा सेवा गर्न दलमा सहभागी हुनुपर्छ । 25 तिनीहरू पचास वर्षको भएपछि यसरी सेवा गर्न छोड्नुपर्छ । त्यस उमेरमा तिनीहरूले सेवा गर्नुहुँदैन । 26 तिनीहरूले भेट हुने पालमा सेवा गरिरहने तिनीहरूका भाइहरूलाई सहायता गर्न सक्छन्, तर तिनीहरूले सेवा गर्नुहुँदैन । तैँले लेवीहरूलाई यी कुराहरूमा निर्देशन दिनुपर्छ ।”
  • गिन 26:57-58 : 57 वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए । 58 यिनीहरू लेवीका वंशहरू थिएः लिब्‍नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए ।
  • व्यव 33:8-9 : 8 लेवीको विषयमा मोशाले भनेः तपाईंको तुम्मीम र तपाईंको ऊरीम तपाईंको राजकीय जनसित छ, जसलाई तपाईंले मस्साहमा जाँच्नुभयो, जोसित तपाईंले मेरीबाको पानीमा झगडा गर्नुभयो । 9 तिनले आफ्ना बुबा र आमाको विषयमा भने, “मैले उहाँहरूलाई देखेको छैनँ ।” न तिनले आफ्ना दाजुभाइहरूलाई स्वीकर गरे, न त तिनले आफ्नै सन्तानको वास्ता गरे । किनकि तिनले तपाईंको वचनको रखवाली गरे, र तपाईंको सन्दूकलाई सुरक्षा दिए । 10 तिनले याकूबलाई तपाईंका विधिहरू र इस्राएललाई तपाईंको व्यवस्था सिकाउँछन् । तिनले तपाईंको सामु धूप बाल्छन्, र तपाईंको वेदीमा सबै होमबलि चढाउँछन् । 11 हे परमप्रभु, तिनका सबै सम्पत्तिमा आशिष् दिनुहोस्, र तिनका हातका काम स्वीकार गर्नुहोस् । तिनको विरुद्धमा खडा हुनेहरू र तिनलाई घृण गर्नेहरूका कम्मरमा हिर्काउनुहोस् ताकि तिनीहरू फेरि उठ्न नसकून् ।
  • १ इति 2:1 : 1 ¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,
  • १ इति 2:11 : 11 नहशोन सल्‍मोनका पिता बने, र सल्‍मोन बोअजका पिता बने ।
  • १ इति 2:16 : 16 तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।
  • १ इति 6:1-3 : 1 ¶ लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए । 2 कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । 3 अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।
  • १ इति 6:16 : 16 लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।
  • १ इति 22:1-9 : 1 ¶ तब दाऊदले भने, “इस्राएलको निम्‍ति होमबलिको वेदी सहितको परमप्रभु परमेश्‍वरका मन्‍दिरको ठाउँ यहीं हुनेछ ।” 2 यसैले दाऊदले आफ्ना सेवकहरूलाई इस्राएलमा बसोबास गर्ने परदेशीहरूलाई भेला गराउने हुकुम गरे । तिनले उनीहरूलाई परमेश्‍वरको मन्दिर बनाउन ढुङ्गा काटेर तयार गर्ने काममा खटाए । 3 तिनले ढोकाहरू र चौकोसहरूका लागि कीला बनाउनका निम्‍ति धेरै मात्रामा फलाम दिए । तिनले जोख्‍न सक्‍नेभन्‍दा धेरै काँसा, 4 र गन्‍न सक्‍नेभन्‍दा धेरै देवदारुका काठ पनि दिए (सीदोनी र टुरोसका मानिसहरूले गन्‍नै नसक्‍ने गरी प्रशस्‍त मात्रामा देवदारु दाऊदकहाँ ल्‍याइदिए) । 5 दाऊदले भने, “मेरो छोरो सोलोमन कलिलै र अनुभवहीन छ, र परमप्रभुको निम्‍ति निर्माण गरिने भवन विशेष रूपले भव्य हुनुपर्छ, ताकि यो अरू सबै देशमा प्रसिद्ध र महिमित हुनेछ । यसैले यसको भवन निर्माणको तयारी म नै गर्नेछु ।” यसैले दाऊदले आफ्‍नो मृत्‍यु हुनुअगि ठुलो तयारी गरे । 6 तब तिनले आफ्‍नो छोरा सोलोमनलाई बोलाए र परमप्रभु इस्राएलका परमेश्‍वरको निम्‍ति एउटा मन्‍दिर बनाउने आज्ञा दिए । 7 दाऊदले सोलोमनलाई भने, “ए मेरो छोरो, परमप्रभु मेरा परमेश्‍वरका नाउँको निम्‍ति एउटा मन्‍दिर बनाउने मेरो इच्‍छा थियो । 8 तर परमप्रभुले मकहाँ आउनुभयो र भन्‍नुभयो, ‘तैंले धेरै रक्तपात गरेको र धेरै युद्ध गरेको छस्‌ । मेरो नाउँको निम्‍ति मन्‍दिर तैंले बनाउनेछैनन्, किनभने मेरो दृष्‍टिमा तैंले पृथ्‍वीमा धेरै रगत बगाएको छस्‌ । 9 तापनि, तेरो एउटा छोरो हुनेछ जो शान्तिप्रिय मानिस हुनेछ । उसका चारैतिरका शत्रुहरूबाट म उसलाई आराम दिनेछु । किनकि उसको नाउँ सोलोमन हुनेछ, र उसको समयमा म इस्राएललाई शान्‍ति र चैन दिनेछु । 10 मेरो नाउँको निम्‍ति एउटा मन्दिर उसैले बनाउनेछ । ऊ मेरो छोरो हुनेछ, र म उसका पिता हुनेछु । म उसको राज्यको सिंहासन इस्राएलमा सदासर्वदाको स्थापित गर्नेछु ।’ 11 अब ए मेरो छोरो, परमप्रभु तँसँग रहनुभएको होस् र तँलाई सफलता दिनुभएको होस् । परमप्रभु तेरा परमेश्‍वरको मन्‍दिर तैंले नै बनाउनेछस् भनी उहाँले भन्‍नुभएझैं तैंले त्‍यो बनाउनेछस्। 12 परमप्रभुले नै तँलाई अन्तर्दृष्‍टि र समझ दिनुभएको होस्, ताकि उहाँले तँलाई इस्राएलमाथि अधिकार दिनुहुँदा तैंले परमप्रभु तेरा परमेश्‍वरको व्‍यवस्‍था पालन गर्नेछस् । 13 तब इस्राएलको निम्‍ति परमप्रभुले मोशालाई दिनुभएका विधि र नियमहरूलाई तैंले होशियारसाथ पालन गरिस् भने तँ सफल हुनेछस् । बलियो र साहसी हो । नडरा वा निरुत्‍साहित नहो । 14 अब हेर्, ज्‍यादै प्रयत्‍नका साथ मैले परमप्रभुका मन्‍दिरको निम्‍ति एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, धेरै मात्रामा काँसा र फलाम तयार गरेको छु । मैले काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु । यी सबैमा तैंले अरू थप्‍नुपर्छ । 15 तँसित धेरै कामगर्ने मानिसहरू छन्: ढुङ्गा काट्‌नेहरू, डकर्मीहरू, सिकर्मीहरू, र हरेक किसिमका शिल्पकारहरू अनगिन्ती छन्, 16 जसले सुन, चाँदी, काँसा र फलामका काम गर्न सक्छन् । उठ् र काम सुरु गर्, र परमप्रभु तँसित हुनुभएको होस् ।” 17 दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए, 18 “परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसँग हुनुहुन्‍छ र उहाँले तिमीहरूलाई चारैतिरबाट शान्‍ति दिनुभएको छ । उहाँले यस क्षेत्रका बासिन्‍दाहरूलाई मेरो हातमा दिनुभएको छ । यो क्षेत्र परमप्रभु र उहाँका मानिसहरूका अधीनमा छन्‌ । 19 अब आफ्‍नो सारा हृदय र आफ्‍नो प्राणले परमप्रभु आफ्‍ना परमेश्‍वरको खोजी गर । उठ र परमप्रभु परमेश्‍वरको पवित्रस्‍थान निर्माण गर । त्यसपछि तिमीहरूले परमप्रभुका करारको सन्‍दूक र परमेश्‍वरका पवित्र कुराहरू परमेश्‍वरको नाउँको निम्‍ति बनाइएको मन्‍दिरमा ल्‍याओ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 6:1-3
    3 पदहरू
    92%

    1¶ लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।

    2कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।

    3अम्रामका छोराछोरी हारून, मोशा र मिरियम थिए । हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए ।

  • १ इति 6:16-20
    5 पदहरू
    91%

    16लेवीका छोराहरू गेर्शोन, कहात र मरारी थिए ।

    17गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए ।

    18कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।

    19मरारीका छोराहरू महली र मूशी थिए । आ-आफ्‍ना पुर्खाअनुसार लेखिएका लेवीका वंशहरू यी नै हुन्‌ ।

    20गेर्शोनका सन्‍तानहरू: तिनका छोरा लिब्‍नी थिए । लिब्‍नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्‍माह थिए ।

  • गिन 3:17-21
    5 पदहरू
    88%

    17लेवीका छोराहरूका नाउँहरू गेर्शोन, कहात र मरारी थिए ।

    18गेर्शोनका छोराहरूबाटका वंशहरू लिब्‍नी र शिमी थिए ।

    19कहातका छोराहरूबाटका वंशहरू अम्राम, यिसहार, हिब्रोन र उज्‍जीएल थिए ।

    20मरारीका छोराहरूबाटका वंशहरू महली र मूशी थिए । कुल-कुलअनुसारका लेवीका कुलहरू यिनै हुन् ।

    21लिब्‍नी र शिमीका कुलहरू गेर्शोनबाट आउँछ । गेर्शोनीहरूका कुलहरू यिनै हुन् ।

  • निर्ग 6:16-19
    4 पदहरू
    84%

    16लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्‍न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे ।

    17गेर्शोनका छोराहरू लिब्‍नी र शिमी थिए ।

    18कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए । कहात १३३ वर्षसम्म बाँचे ।

    19मरारीका छोराहरू महली र मूशी थिए । लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए ।

  • गिन 26:57-58
    2 पदहरू
    84%

    57वंश-वंशअनुसार गन्ती गरिएका लेवीका वंश यिनै थिएः गेर्शोनबाट गेर्शोनीहरूका वंश, कहातबाट कहातीहरूका वंश, मरारीबाट मरारीहरूका वंश भए ।

    58यिनीहरू लेवीका वंशहरू थिएः लिब्‍नीहरूका वंश, हेब्रोनीहरूका वंश, महलीहरूका वंश, मूशीहरूका वंश, कोरहीहरूका वंश । कहात अम्रामका पूर्खा थिए ।

  • 47शेमेर महलीका छोरा थिए । महली मूशीका छोरा थिए । मूशी मरारीका छोरा थिए । मरारी लेवीका छोरा थिए ।

  • १ इति 6:43-44
    2 पदहरू
    82%

    43शिमी यहतका छोरा थिए । यहत गेर्शोनका छोरा थिए । गेर्शोन लेवीका छोरा थिए ।

    44हेमानका बायाँतर्फ तिनका सहयोगीहरू मरारीका छोराहरू थिए । तिनीहरूमा कीशीका छोरा एतान थिए । कीशी अब्‍दीका छोरा थिए । अब्दी मल्‍लूकका छोरा थिए ।

  • १ इति 23:6-7
    2 पदहरू
    79%

    6तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे ।

    7लादान र शिमी गेर्शोनका वंशका थिए ।

  • गिन 4:45-46
    2 पदहरू
    78%

    45मोशा र हारूनले मरारीका सन्तानहरूका सबै पुरुषको गन्ती गरे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।

    46यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका

  • गिन 4:41-42
    2 पदहरू
    77%

    41मोशा र हारूनले गेर्शोनका सन्तानहरूको गन्ती गरे, जसले भेट हुने पालमा सेवा गर्थे । यसो गर्दा तिनीहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएको कुरा पालन गरे ।

    42मरारीका सन्तानहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार,

  • 38कोरह यिसहारका छोरा थिए । यिसहार कहातका छोरा थिए । कहात लेवीका छोरा थिए । लेवी इस्राएलका छोरा थिए ।

  • 27यिनीहरू कहातका कुलहरू हुन्ः अम्रामीहरूका कुल, इसहारीहरूका कुल, हेब्रोनीहरूका कुल र उज्‍जीएलीहरूका कुल । यिनीहरू कहाती कुलका हुन् ।

  • 1¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

  • 12कहातका चार छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।

  • 21मरारीका छोराहरू महली र मूशी थिए । महलीका छोराहरू एलाजार र कीश थिए ।

  • 26लेवीहरूबाट लडाइँ गर्न सक्‍ने ४,६०० योद्धाहरू थिए ।

  • 38गेर्शोनका सन्तानहरूलाई आ-आफ्ना कुल र पुर्खाका परिवारअनुसार, भेट हुने पालको सेवा गर्न दलमा सहभागी हुन सक्‍ने

  • 2रूबेन, शिमियोन, लेवी र यहूदा,

  • 2“लेवीहरूबाट कहातका पुरुष सन्तानहरूको आ-आफ्ना वंशहरू र परिवार-परिवारअनुसार गन्ती गर् ।

  • 23याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।

  • 14जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए ।

  • 29तैँले आ-आफ्ना कुलअनुसार मरारीका सन्तानहरूको गन्ती गर्, र तिनीहरूलाई आ-आफ्ना परिवार-परिवारअनुसार,

  • 33मरारीबाट दुईवटा कुल आएका छन्ः महलीहरूका कुल र मूशीहरूका कुल । यी कुलहरू मरारीबाट आएका हुन् ।

  • 14लेवीहरूमा शमायाह, जो हश्‍शूबका छोरा, जो अज्रीकामका छोरा, जो हशब्‍याहका छोरा, जो मरारीका सन्‍तानमध्‍येका थिए ।

  • 12यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।

  • 30मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए ।

  • 47तर लेवीका सन्तानहरूको गन्ती

  • 23लेवी परिवारका मुखियाहरूका नाउँचाहिँ एल्‍यासीबका छोरा योहानानको पालासम्‍मै इतिहासको पुस्‍तकमा लेखिएका थिए ।

  • १ इति 15:5-6
    2 पदहरू
    73%

    5कहातका सन्‍तानबाट मुखिया उरीएल र तिनका आफन्तहरू १२० जना थिए ।

    6मरारीका सन्‍तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए ।

  • 15मोशाका छोराहरू गेर्शोम र एलीएजर थिए ।