उत्पत्ति 46:10

अनलक शाब्दिक बाइबल

शिमियोनका छोराहरू: यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी पत्‍नीतर्फका छोरा शौल;

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 6:15 : 15 शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्‍त्रीका छोरा शौल थिए ।
  • उत्प 29:33 : 33 तिनी फेरि गर्भवती भइन् र अर्को छोरा जन्‍माइन्‌ । तिनले भनिन्, “म प्रेमविहीन छु भनी परमेश्‍वरले सुन्‍नुभएको हुनाले उहाँले मलाई यो छोरा पनि दिनुभयो,” र तिनले त्‍यसको नाउँ शिमियोन राखिन्‌ ।
  • उत्प 34:25 : 25 तेस्रो दिनमा तिनीहरू अझै दर्दमा हुँदा याकूबका दुई जना छोरा शिमियोन र लेवी (दीनाका दाजुहरू) ले आ-आफ्नो तरवार लिई आफ्नो सुरक्षामा ढुक्‍क रहेको सहरमाथि आक्रमण गरी सबै पुरुषलाई मारे ।
  • उत्प 34:30 : 30 याकूबले शिमियोन र लेवीलाई भने, “यस देशका बासिन्दाहरू अर्थात् कनानीहरू र परिज्‍जीहरूका सामु मलाई अप्रिय तुल्याएर तिमीहरूले ममाथि सङ्कष्‍ट ल्याएका छौ । मेरा मानिसहरू थोरै छन् तिनीहरू एकै ठाउँमा जम्मा भई ममाथि आक्रमण गरे भने म र मेरो घराना नष्‍ट हुनेछौँ ।
  • उत्प 49:5-7 : 5 शिमियोन र लेवी दाजुभाइ हुन् । हिंसाका हतियार नै तिनीहरूका तरवार हुन् । 6 ए मेरो प्राण, तिनीहरूको सभामा नआइज, तिनीहरूको बैठकमा नबस् किनकि मेरो हृदयमा त्यसको निम्ति अत्यन्तै श्रद्धा छ । किनकि तिनीहरूलेआफ्‍नो रिसमा मानिसहरूलाई मारे । तिनीहरूले आफ्नो आनन्दको निम्ति गोरुहरूका ढोडनसा काटेका छन्‌ । 7 तिनीहरूको रिस श्रापित् होस्, किनभने त्‍यो भयानक छ, र तिनीहरूको क्रोध पनि श्रापित् होस् किनकि त्‍यो निष्‍ठुर छ । तिनीहरूलाई म याकूबमा विभाजन गर्नेछु, इस्राएलमा तितरबितर पार्नेछु ।
  • गिन 1:6 : 6 कुलबाट सुरीशद्दैको छोरो शलूमीएल ।
  • गिन 1:22-23 : 22 शिमियोनका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूका अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए । 23 शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए ।
  • गिन 2:12-13 : 12 शिमियोनले रूबेनपछि छाउनी लगाओस् । शिमियोनका मानिसहरूको अगुवा सूरीशद्दैका छोरा शलूमीएल होस् । 13 तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ ।
  • गिन 26:12-13 : 12 शिमियोनका सन्तानहरू यिनै थिएः नमूएलबाट नमूएलीहरूको वंश, यामीनबाट यामिनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश, 13 जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश भए ।
  • १ इति 2:1 : 1 ¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,
  • १ इति 4:24-43 : 24 शिमियोनका सन्‍तानहरू नमूएल, यामीन, यारीब, जेरह र शौल थिए । 25 शौलका छोरा शल्‍लूम थिए, शल्‍लूमका छोरा मिब्‍साम थिए, र मिब्‍सामका छोरा मिश्‍मा थिए । 26 मिश्‍माका सन्‍तानहरू तिनका छोरा हम्‍मूएल, तिनका नाति जक्‍कूर, तिनका पनाति शिमी थिए । 27 शिमीका सोह्र जना छोरा र छ जना छोरी थिए । तिनका भाइका धेरै छोराछोरी थिएनन् । यसैले तिनीहरूको वंश यहूदाको वंश जति धेरै संख्‍यामा बढेन । 28 तिनीहरू बेर्शेबा, मोलादा र हसर-शूआलमा बसे । 29 तिनीहरू बिल्‍हा, एसेम, तोलद, 30 बतूएल, होर्मा, सिक्‍लग, 31 बेथ-मर्काबोत, हसर-शूसीम, बेथ-बिरी र शारैममा पनि बसे । दाऊदले शासन नगरेसम्‍म तिनीहरूका सहरहरू यी नै थिए । 32 तिनीहरूका पाँच बस्‍तीहरू एताम, ऐन, रिम्‍मोन, तोकेन र आशान थिए, 33 साथै बालातसम्‍मै वरिपरि तिनीहरूका गाउँहरू थिए । तिनीहरूका बस्‍तिहरू यी नै थिए, र तिनीहरूले वंशाक्रमको लेख राखे । 34 वंशका अगुवाहरू मशोबाब, यम्‍लेक, अमस्‍याहका छोरा योशा, 35 योएल, योशिब्‍याहका छोरा येहू, जो सरायाहका नाति र असीएलका पनाति थिए, 36 एल्‍योएनै, याकोबा, याशोहायाह, असायाह, अदीएल, यसीमीएल, बनायाह, 37 र शिपीका छोरा जीजा, जो अल्‍लोनका नाति, यदायाहका पनाति, शिम्रीका खनाति र शमायाहका जनाति थिए । 38 माथि लेखिएका मानिसहरू आ-आफ्‍नो वंशका अगुवाहरू थिए, र तिनीहरूका वंश ज्यादै धेरै बढे । 39 तिनीहरू आफ्‍ना बगालहरूका निम्‍ति खर्क खोज्‍दै बेँसीको पूर्वपट्टि गदोरको छेउसम्म गए । 40 तिनीहरूले प्रसस्त र राम्रो खर्क भेट्टाए । त्यो भुभाग फराकिलो, शान्‍त र सूनसान थियो । अघि त्‍यो ठाउँमा हामका मानिसहरू बसेका थिए । 41 यहूदाका राजा हिजकियाको राजकालमा सूचीकृत यी मानिसहरू आए र त्‍यहाँ भएका हामका मानिसहरू र मोनीहरूलाई आक्रमण गरे । तिनीहरूले उनीहरूलाई पूर्ण रूपमा सखाप पारे र आफ्ना बगालका लागि खर्क पाएको हुनाले तिनीहरू त्यहाँ बसोबास गेर । 42 तिबाट, शिमियोनका छोराहरू पलत्‍याह, नार्याह, रपायाह र उज्‍जीएललाई आफ्‍ना अगुवा बनाएर पाँच सय जति मानिसहरू सेइर पहाडमा गए । 43 तिनीहरूले बाँचेका अमालेकी शरणार्थीहरू सबैलाई पराजित गरे, र आजको दिनसम्‍म त्‍यहाँ बसेका छन्‌ ।
  • उत्प 28:1 : 1 ¶ इसहाकले याकूबलाई बोलाएर आशीर्वाद दिए, र यसो भनेर आज्ञा गरे, “तैँले कनानी स्‍त्रीहरूबाट आफ्नो निम्ति पत्‍नी नलिनू ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 15शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्‍त्रीका छोरा शौल थिए ।

  • १ इति 4:24-27
    4 पदहरू
    86%

    24शिमियोनका सन्‍तानहरू नमूएल, यामीन, यारीब, जेरह र शौल थिए ।

    25शौलका छोरा शल्‍लूम थिए, शल्‍लूमका छोरा मिब्‍साम थिए, र मिब्‍सामका छोरा मिश्‍मा थिए ।

    26मिश्‍माका सन्‍तानहरू तिनका छोरा हम्‍मूएल, तिनका नाति जक्‍कूर, तिनका पनाति शिमी थिए ।

    27शिमीका सोह्र जना छोरा र छ जना छोरी थिए । तिनका भाइका धेरै छोराछोरी थिएनन् । यसैले तिनीहरूको वंश यहूदाको वंश जति धेरै संख्‍यामा बढेन ।

  • गिन 26:12-14
    3 पदहरू
    81%

    12शिमियोनका सन्तानहरू यिनै थिएः नमूएलबाट नमूएलीहरूको वंश, यामीनबाट यामिनीहरूको वंश, याकीनबाट याकीनीहरूको वंश,

    13जेरहबाट जेरहातीहरूको वंश, शौलबाट शौलीहरूको वंश भए ।

    14यिनीहरू शिमियोनका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या २२,२०० थियो । यिनीहरू

  • 20शिमोनका छोराहरू अमनोन, रिन्‍ना, बेन-हानान र तीलोन थिए । यिशीका छोराहरू जोहेत र बेन-जोहेत थिए ।

  • 6कुलबाट सुरीशद्दैको छोरो शलूमीएल ।

  • 20यहूदाको कुलबाट यपून्‍नेका छोरो कालेब ।

  • १ इति 2:1-2
    2 पदहरू
    75%

    1¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

    2दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर ।

  • उत्प 46:11-14
    4 पदहरू
    75%

    11लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी ।

    12यहूदाका छोराहरू: एर्, ओनान, शेलह, फारेस र जेरह (तर एर्‌ र ओनानचाहिँ कनान देशमै मरे) । फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।

    13इस्‍साखारका छोराहरू तोला, पुवा, याशूब र शिम्रोन थिए ।

    14जबूलूनका छोराहरू सेरेद, एलोन र यहलेल थिए ।

  • 23याकूबले लेआबाट जन्माएका छोराहरू यिनै थिएः जेठो रूबेन, त्यसपछि शिमियोन, लेवी, यहूदा, इस्साखार र जबूलून ।

  • 24नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर, र शिल्‍लेम थिए ।

  • 10शिमीका चार छोराहरूः यहत, जीजा, येऊश र बरीआ थिए ।

  • 9रूबेनका छोराहरू: हानोक, पल्‍लु, हेस्रोन र कर्मी;

  • 19शमीदाका छोराहरू अहियन, शकेम, लिखी र अनीआम थिए ।

  • 31हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्‍कियाह, शमायाह, शिमेओन,

  • 13नप्‍तालीका छोराहरू यहसेल, गुनी, येसेर र शिल्‍लेम थिए । यी बिल्‍हाका नातिहरू थिए ।

  • 36सोपहका छोराहरू सूह, हर्नेपेर, शूआल, बरी, यिम्राह,

  • 17आशेरका छोराहरू यिम्‍ना, यिश्‍वा, यिश्‍वी र बरीआ थिए । तिनीहरूकी बहिनी सेरह थिइन्‌ । बरीआका छोराहरू हेबेर र मल्‍कीएल थिए ।

  • 37रूएलका छोराहरू नहत, जेरह, शम्‍मा र मिज्‍जा थिए ।

  • 40शोबालका छोराहरू अल्‍बान, मानहत, एबाल, शपो र ओनाम थिए । सिबोनका छोराहरू अय्‍या र अना थियो ।

  • 24याशूबबाट याशूबीहरूको वंश, शिम्रोनबाट शिम्रनीहरूको वंश भए ।

  • 2रूबेन, शिमियोन, लेवी र यहूदा,

  • 23शोबालका छोराहरू यिनै थिएः अल्बान, मानहत, एबाल, शपो र ओनाम ।

  • 25शिमियोनबाट लडाइँ गर्न सक्‍ने ७,१०० योद्धाहरू थिए ।

  • 19शिमोयोनका सन्तानहरूका फौजको नेतृत्व सूरीशद्दैका छोरा शलूमीएलले गरे ।

  • गिन 13:4-5
    2 पदहरू
    70%

    4तिनीहरूका नाउँ यिनै हुन्ः रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ;

    5शिमियोनका कुलबाट होरीका छोरा शाफात;

  • 46हिल्कियाह अम्सीका छोरा थिए । अम्सी बानीका छोरा थिए । बानी शेमेरका छोरा थिए ।

  • 20गेर्शोनका सन्‍तानहरू: तिनका छोरा लिब्‍नी थिए । लिब्‍नीका छोरा येहाथ तिए । तिनका छोरा जिम्‍माह थिए ।

  • 6जेरहाका सन्तानहरूमा यीएल पनि थिए । तिनीहरूका सन्तानहरूको संख्या ६९० थियो ।

  • 1¶ इस्‍साखारका चार छोराहरू तोला, पूवा, याशूब र शिम्रोन थिए ।

  • 7शमायाहका छोराहरू ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्‍याह पनि धेरै क्षमता भएका मानिसहरू थिए ।