नहेम्याह 10:34

अनलक शाब्दिक बाइबल

पुजारीहरू, लेवीहरू र मानिसहरूले दाउराको बलिदानको लागि चिट्ठा हाल्ने गर्थे । व्यवस्थामा लेखिएबमोजिम परमप्रभु हाम्रा परमेश्‍वरको वेदीमा हरेक वर्ष तोकिएको समयमा हाम्रा परमेश्‍वरको मन्दिरमा बाल्न चिट्ठाले नै कसले दाउरा ल्याउने भनी हाम्रा परिवारहरूको छनोट गर्थ्यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नहे 13:31 : 31 हे मेरा परमेश्‍वर, सदासर्वदा मेरो सम्झना गर्नुहोस् ।
  • यशा 40:16 : 16 लेबनान दउराको निम्ति पर्याप्‍त छैन न त यसका जङ्गली जनावरहरू होम बलिको निम्ति पर्याप्‍त छन् ।
  • इब्रा 10:3-7 : 3 तर ती बलिदानहरूले वर्षैपिच्छे पापहरूको सम्झना गराउँछन् । 4 किनभने साँढे र बोकाहरूको रगतले पाप हटाउन असम्भव छ । 5 जब ख्रीष्‍ट संसारमा आउनुभयो, उहाँले भन्‍नुभयो, “तपाईंले भेटीहरू र बलिदानहरू चाहनुभएन, बरु तपाईंले मेरो लागि एउटा शरीर तयार पारिदिनुभएको छ । 6 पापका लागि न त पुरै होमबलि न बलिदानहरूमा तपाईं प्रसन्‍न हुनुभयो ।” 7 तब मैले भनेँ, “हेर्नुहोस्, पुस्तकको मुट्ठोमा मेरो बिषयमा लेखिएजस्तै तपाईंको इच्छा पुरा गर्न म यहाँ छु ।”
  • नीति 18:18 : 18 चिट्ठा हाल्नाले वादविवादलाई मिलाउँछ, र बलिया प्रतिद्वन्द्वीहरूलाई अलग गराउँछ ।
  • लैव्य 6:12-13 : 12 वेदीको आगोलाई भने बालिराख्‍नू । त्यो ननिभोस्, र पुजारीले हरेक बिहान त्यसमा दाउरा बालोस् । त्यसले आवश्‍यक भएअनुसार त्यसमा होमबलिलाई मिलाएर राख्‍ने छ, र मेलबलिको बोसोलाई त्यसमा जलाउने छ । 13 वेदीमा आगो निरन्तर बालिराख्‍नू । त्यो ननिभोस् ।
  • यहो 9:27 : 27 त्यस दिन यहोशूले गिबोनीहरूलाई समुदायको निम्ति र परमप्रभुले चुन्‍नुभएको ठाउँको निम्ति दाउरा काट्ने र पानी बोक्‍नेहरू बनाए ।
  • १ इति 24:5 : 5 तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍येबाट तिनीहरू पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए ।
  • १ इति 24:7 : 7 पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको,
  • १ इति 25:8-9 : 8 जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्‍ति चिट्ठा हाल्‍थे । 9 आसापका छोराहरूको बारेः पहिलो चिट्ठा योसेफको परिवारलाई पर्‍यो । दोस्रो चिट्ठा गदल्‍याहको परिवारलाई पर्‍यो, जम्मा १२ जना,
  • नहे 11:1 : 1 ¶ मानिसहरूका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दस जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्‍नलाई चिट्ठा हाले, अनि अरू नौ जना तिनीहरूका आ-आफ्नै सहरमा बसे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • नहे 10:31-33
    3 पदहरू
    78%

    31त्यस देशका मानिसहरूले शबाथ दिनमा कुनै वस्तु वा अन्‍न बेच्न ल्याए भने शबाथ वा कुनै पनि पवित्र दिनमा हामीले तिनीहरूबाट नकिन्‍ने प्रतिज्ञा पनि गर्‍यौँ । हरेक सात वर्ष हामीले हाम्रा खेतहरूलाई विश्राम दिने छौँ, र हाम्रा सबै ऋण माफी गरिदिने छौँ ।

    32हाम्रा परमेश्‍वरको मन्दिरको सेवाको लागि हरेक वर्ष शेकेलको एक तिहाइ दिनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ ।

    33उपस्थितिको रोटी, नियमित अन्‍नबलि, शबाथमा चढाइने होमबलिहरू, औँसीका चाडहरू र तोकिएका चाडहरू, पवित्र भेटीहरू, इस्राएलको निम्ति प्रायश्‍चित्तको लागि चढाइनुपर्ने पापबलिहरूसाथै हाम्रा परमेश्‍वरको मन्दिरका कामको लागि उपलब्ध गराउनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ ।

  • नहे 10:35-39
    5 पदहरू
    77%

    35हामीले हाम्रो माटोमा उम्रेका प्रथम फलहरू र वर्षैपिच्छे हरेक रुखका प्रथम फलहरू परमप्रभुको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्‍यौँ ।

    36व्यवस्थामा लेखिएबमोजिम हामीले हाम्रा छोराहरू र हाम्रा गाईवस्तुसाथै भेडा-बाख्राहरूका पहिले बियाएकाहरू परमेश्‍वरको मन्दिरमा ल्याउने प्रतिज्ञा गर्‍यौँ ।

    37हामी पहिले पिँधेको पिठो, हाम्रा अन्‍नबलिहरू, हरेक रुखको फल, नयाँ दाखमद्य र तेल हाम्रा परमेश्‍वरको मन्दिरका भण्डारहरूमा पुजारीहरूकहाँ ल्याउने छौँ । हामीले काम गर्ने सबै नगरमा लेवीहरूले दशांश उठाउने भएकाले हाम्रा माटोबाट हामी लेवीहरूकहाँ दशांशहरू ल्याउने छौँ ।

    38लेवीहरूले दशांश बटुल्दा हारूनको सन्तान अर्थात् पुजारी तिनीहरूसित हुनैपर्छ । लेवीहरूले दशांशहरूको दसौँ अंश हाम्रा परमेश्‍वरको मन्दिरको भण्डारण कोठाहरूमा ल्याउनुपर्छ ।

    39इस्राएलीहरू र लेवीका सन्तानहरूले अन्‍न, नयाँ दाखमद्य र तेलका दानहरू भण्डार कोठाहरूमा ल्याउनुपर्छ जहाँ पवित्रस्थानका भाँडाहरू राखिन्छन् र सेवा गर्ने पुजारीहरूसाथै द्वारपालहरू र गायकहरू बस्छन् । हामी हाम्रा परमेश्‍वरको मन्दिरलाई बेवास्ता गर्ने छैनौँ ।

  • २ इति 31:2-4
    3 पदहरू
    73%

    2पुजारीहरू र लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई, पुजारीहरू र लेवीहरू दुवैलाई आआफ्ना काममा लगाइदिए । तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए ।

    3तिनले आफ्नै भण्डारबाट बिहान र बेलुकाका होमबलिका निम्ति, अनि शबाथ, औंसी र तोकिएका चाडहरूका निम्ति परमप्रभुको व्यवस्थामा लेखिएबमोजिम जुटाइदिए ।

    4यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् ।

  • 12तिनीहरूले मोशाको पुस्तकमा लेखिएबमोजिम मानिसले परमप्रभुलाई होमबलिहरू चढाउन् भनी पुर्खाका घरानाका विभाजनअनुसार वितरण गर्नलाई तिनीहरूले ती छुट्‍याए । साँढेहरूका पनि तिनीहरूले त्यसै गरे ।

  • 13तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्‍ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्‍ति चिट्ठा हाले ।

  • 31आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्‍थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्‍तानहरूले गरेझैं चिट्ठा हाले ।

  • 10यसैले सेवाको तयारी भयो, र पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए ।

  • 44त्यस दिन भेटीहरू, अगौटे फलहरू र दशांशहरूका निम्ति भण्डार-कोठाहरूको जिम्मा लिन अनि लेवीहरू र पुजारीहरूका निम्ति व्यवस्थाले तोकेबमोजिम हिस्सा जम्मा गर्न मानिसहरू नियुक्त गरिए । सहरका नजिकका बस्तीहरूबाट काम गर्न हरेकलाई जिम्मा दिइएको थियो । किनकि यहूदा पुजारीहरू र लेवीहरूबाट प्रसन्‍न भए जो तिनीहरूका सामु खडा थिए ।

  • एज्रा 3:4-5
    2 पदहरू
    71%

    4लेखिएअनुसार तिनीहरूले छाप्रोवासको चाड पनि मनाए, र हरेक दिनको निम्‍ति आदेश भएअनुसार दिनदिनै होमबलिहरू चढाए ।

    5यसैगरी, सबै स्वेच्छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू र मासिक होमबलिहरू र भेटीहरू पनि थिए ।

  • नहे 13:30-31
    2 पदहरू
    71%

    30मैले तोकिएको समयमा दाउराको भेटी र अगौटे फलहरू उपलब्ध गराएँ ।

    31हे मेरा परमेश्‍वर, सदासर्वदा मेरो सम्झना गर्नुहोस् ।

  • २ इति 13:10-11
    2 पदहरू
    71%

    10तर हाम्रा बारेमा त, परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्‍छ, र हामीले उहाँलाई त्‍यागेका छैनौं । हामीसँग परमप्रभुको सेवा गर्ने हारूनका सन्तानहरू पुजारीको रूपमा छन्, र आफ्नो काम गर्ने लेवीहरू छन् ।

    11तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्‍ति होमबलि र सुगन्‍धित धूप चढ़ाउँछन्‌ । पवित्र टेबलमा उपस्‍थितिको रोटीलाई मिलाएर राख्‍ने काम पनि तिनीहरू गर्छन् । तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्‍दछन्‌ । हामी परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालना गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ ।

  • 34हरेक कुराको सङ्ख्या र तौल जाँच गरियो । त्यस बेला सबै कुराको तौल लेखेर राखियो ।

  • 8जवान र बूढा, गुरु र सिकारु दुवैले तिनीहरूका कामको निम्‍ति चिट्ठा हाल्‍थे ।

  • 40परमप्रभुको व्‍यवस्‍थामा लेखिएका सबै कुराबमोजिम तिनीहरूले बिहान र बेलुकी निरन्‍तर रूपमा परमप्रभुको निम्‍ति वेदीमा होमबलि चढाउनुपर्थ्यो । यो कुरा उहाँले इस्राएललाई आज्ञाको रूपमा दिनुभयो ।

  • 18मोशाको पुस्तकमा लेखिएबमोजिम तिनीहरूले पुजारीहरू र लेवीहरूलाई यरूशलेममा परमेश्‍वरको सेवाको लागि तिनीहरूका विभाजनअनुसार नियुक्त पनि गरे ।

  • लैव्य 1:7-8
    2 पदहरू
    70%

    7अनि पुजारी हारूनका छोराहरूले वेदीमाथि आगो लगाऊन् र त्यस आगोमा दाउराहरू राखून् ।

    8हारूनका छोराहरू, अर्थात् पुजारीहरूले वेदीको दाउरामाथिको आगोमा ती टुक्राहरू, टाउको र बोसो मिलाएर राखून् ।

  • 31र शबाथ र औंसीका चाडमा र चाडका दिनहरूमा परमप्रभुको निम्‍ति होमबलि चढाउने बेलामा पनि यसै गरे । तोकिएको संख्यामा नियमअनुसार जिम्मा दिइएकाहरू परमप्रभुको सामु उपस्‍थित हुनुपर्थ्यो ।

  • 5एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे ।

  • २ इति 29:34-35
    2 पदहरू
    70%

    34तर सबै होमबलिका छाला काढ्नका निम्ति पुजारीहरू साह्रै थोरै थिए, यसैले तिनीहरूका दाजुभाइ लेवीहरूले त्‍यो काम नसिद्धिएसम्‍म र पुजारीहरूले आफूलाई पवित्र नपारेसम्‍म तिनीहरूलाई सघाए, किनकि आआफूलाई पवित्र पार्नलाई पुजारीहरूभन्‍दा लेवीहरू नै बढी होसियार भएका थिए ।

    35यसबाहेक, त्यहाँ धेरै होमबलिहरू थिए । मेलबलिको बोसोको साथमा ती चढाइए र हरेक होमबलिको निम्ति त्‍यहाँ अर्घबलि थिए । यसरी परमप्रभुका मन्‍दिरको सेवा व्‍यवस्‍थित गरियो ।

  • 25राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्‍वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।

  • १ इति 24:5-6
    2 पदहरू
    70%

    5तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍येबाट तिनीहरू पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए ।

    6नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।

  • 1¶ मानिसहरूका अगुवाहरू यरूशलेममा बसोबास गरे, र बाँकी मानिसहरूले चाहिँ दस जनामध्ये एक जना पवित्र सहर यरूशलेममा बस्‍नलाई चिट्ठा हाले, अनि अरू नौ जना तिनीहरूका आ-आफ्नै सहरमा बसे ।

  • 14त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि र बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति र पुजारीहरूका निम्ति बलिदान तयार गरे । यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे ।

  • 30यरूशलेममा हाम्रा परमेश्‍वरको मन्दिरमा लैजानलाई तौलिएका ति चाँदी, सुन र वस्तुहरू पुजारीहरू र लेवीहरूले जिम्‍मा लिएर राखे ।

  • 9त्यहाँको परम्पराअनुसार चिट्ठाद्वारा पुजारीहरू आफ्नो सेवा गर्ने पालोअनुसार परमप्रभुको मन्दिरभित्र धूप बाल्नलाई छानिन्थे । त्यसैले, उनको नाउँ पर्‍यो ।

  • 12त्यसपछि त्यसले त्यो टुक्रा-टुक्रा गरी काटोस्, र पुजारीले त्यसको टाउको र बोसोलाई वेदीको दाउरामाथिको आगोमा मिलाएर राखोस्,

  • 17किनकि हामीले गर्नेछौं भनेका सबै कुरा हामी निश्‍चय नै गर्नेछौं, अर्थात् स्वर्गकी रानीलाई धुप बाल्नेछौं, अनि यहूदाका सहरहरू र यरूशलेमका सडकहरूमा हामी, हाम्रा पुर्खाहरू, हाम्रा राजाहरू र हाम्रा अगुवाहरूले गरेझैं हामी तिनको निम्‍ति अर्घबलिहरू खन्याउनेछौं । तब हामी भोजनले भिपूर्ण हुनेछौं, र कुनै विपत्तिविना हाम्रो उन्‍नति हुनेछ ।

  • 6तिमीहरूले भूमिलाई सातवटा खण्डमा वर्णन गर्ने छौ र मकहाँ ल्याउने छौ । म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामुन्‍ने यहाँ चिट्ठा हाल्ने छु ।

  • 18यहोयादाले परमप्रभुका मन्‍दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्‍नो समयदेखि नै स्‍तुतिगान गर्दै र आनन्‍द मनाउँदै मोशाको व्‍यवस्‍थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्‍ति होमबलि चढाउन र परमप्रभुको मन्‍दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए ।

  • 14त्यसैले हाम्रा अधिकारीहरूले सारा समुदायको प्रतिनिधित्व गरून् । हामीबाट हाम्रा परमेश्‍वरको क्रोध नहटेसम्म हाम्रा सहरहरूमा विदेशी स्‍त्रीहरूलाई बस्‍न दिएकाहरू सहरका सबै धर्म-गुरु र सहरका न्यायकर्ताहरूद्वारा तोकिएको समयमा आऊन् ।”

  • 16परमप्रभुको मन्‍दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे । तिनीहरूले परमप्रभुको मन्‍दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्‍दिरको चोकमा ल्‍याए । लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्‍सामा लगे ।

  • 47यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्ट्याउँथे, र लेवीहरूले हारूनका सन्तानहरूका निम्ति भाग छुट्ट्याउँथे ।

  • 3तिमीहरूको चाडमा बलिदान गाईवस्तु वा भेडा-बाख्राबाट परमप्रभुको निम्ति प्रसन्‍न पार्ने सुगन्धित बास्‍नाको निम्ति तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदान तयार पर्नुपर्छ ।

  • 16परमप्रभुले आज्ञा गर्नुभएझैँ तिनले होमबलिलाई अर्पण गरे ।

  • 10परमप्रभुको मन्दिरमा काम गर्नेहरूका सुपरिबेक्षण गर्नेहरूका हातमा तिनीहरूले त्यो पैसा दिए । ती मानिसहरूले मन्दिरको मरम्मत र त्यसलाई पुननिर्माण गर्ने कामदारहरूका ज्‍याला तिरे ।

  • 13दिन-दिनको सूचीअनुसार तिनले बलिदानहरू चढाए । मोशाको आज्ञामा भएका निर्देशनबमोजिम तिनले शबाथ दिन, औंसी र वर्षेनी तिन पल्‍ट चढाउने चाडहरूः अखमिरी रोटीको चाड, साताहरूको चाड र छाप्रो-वासको चाडमा तोकिएबमिजिम तिनले चढाए ।