एज्रा 6:9

अनलक शाब्दिक बाइबल

तिनीहरूलाई आवश्यक हरेक कुरो अर्थात् स्वर्गका परमेश्‍वरको निम्ति होमबलि चढाउन साँढेहरू, भेडाहरू वा थुमाहरू र यरूशलेमका पुजारीहरूको आज्ञामुताबिक अन्‍न, नून, दाखमद्य वा तेल दिनहुँ तिनीहरूलाई नबिर्सी दिनू ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 1:10 : 10 यदि त्यसको होमबलि भेडाहरू वा बाख्राहरूमध्येबाट हो भने, त्यसले एउटा निष्‍खोट भाले चढाओस् ।
  • लैव्य 2:1-9 : 1 ¶ कसैले परमप्रभुको निम्ति अन्‍नबलि ल्याउँदा, त्यसको बलि मसिनो पिठोको होस्, र त्यसले त्यसमा तेल खन्याओस् र त्यसमा धूप हालोस् । 2 त्यसले त्यो भेटी हारूनका छोराहरू, अर्थात् पुजारीहरूकहाँ लगोस्, र त्यहाँ तेल र धूपसहित त्यस मसिनो पिठोबाट पुजारीले एक मुट्ठी निकालोस् । त्यसपछि बलिको रूपमा पुजारीले त्यसलाई जलाओस् । त्यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ; यो उहाँको निम्ति आगोद्वारा गरिएको बलि हुने छ । 3 अन्‍नबलिबाट जे बाँकी रहन्छ त्यो हारून र तिनका छोराहरूको हुने छ । परमप्रभुको निम्ति आगोबाट गरिएका बलिहरूमध्ये यो अति पवित्र हुने छ । 4 चुलोमा पकाइएको अखमिरी अन्‍नबलि चढाउँदा, त्यो तेल मिसाइएको मसिनो पिठोको नरम रोटी होस्, वा त्यो तेल लगाइएको अखमिरी कडा रोटी होस् । 5 यदि तिमीहरूको अन्‍नबलि च्याप्टो फलामको तावामा पकाइएको हो भने, त्यो तेल मिसाइएको अखमिरी मसिनो पिठोको होस् । 6 त्यसलाई टुक्रा-टुक्रा पार्नू र त्यसमा तेल खन्याउनू । यो अन्‍नबलि हो । 7 यदि तिमीहरूको अन्‍नबलि तावामा पकाइएको हो भने, त्यो मसिनो पिठो र तेलबाट बनाउनू । 8 यी कुराहरूले बनाइएको अन्‍नबलि तिमीहरूले परमप्रभुकहाँ ल्याउनू, र त्यो पुजारीकहाँ लगियोस्, अनि त्यसले त्यो वेदीमा लैजाओस् । 9 त्यसपछि पुजारीले त्यस अन्‍नबलिबाट केही झिकेर वेदीमा जलाओस् । यो आगोद्वारा गरिएको बलि हुने छ, र यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ । 10 अन्‍नबलिबाट बाँकी रहेका सबै हारून र त्यसका छोराहरूको हुने छ । आगोद्वारा परमप्रभुलाई चढाइएका बलिहरूमध्ये यो परमप्रभुको निम्ति अति पवित्र हुने छ । 11 तिमीहरूले परमप्रभुलाई चढाउने कुनै पनि अन्‍नबलि खमिरद्वारा बनाइनुहुँदैन, किनभने परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलिमा खमिर वा मह नजलाउनू । 12 तिमीहरूले ती परमप्रभुलाई पहिलो फलहरूको भेटीको रूपमा चढाउनू, तर वेदीमा मिठो सुगन्ध दिनलाई ती प्रयोग नहोऊन् । 13 तिमीहरूले आफ्ना सबै अन्‍नबलिहरूमा नून मिसाउनू । आफ्नो अन्‍नबलिमा आफ्ना परमेश्‍वरको प्रतिज्ञाको नून कहिल्यै नछुटाउनू । आफ्ना सबै भेटीहरूमा तिमीहरूले नून चढाउनू । 14 परमप्रभुलाई पहिलो फलहरूको अन्‍नबलि चढाउँदा, आगोमा सेकाइएको र पिसिएको ताजा अन्‍न चढाउनू । 15 त्यसपछि त्यसमा तेल र धूप राख्‍नू । यो अन्‍नबलि हो । 16 त्यसपछि पुजारीले पिसिएको अन्‍न, तेल र धूपबाट केही जलाओस् । यो परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलि हो ।
  • लैव्य 9:2 : 2 उनले हारूनलाई भने, “पापबलिको निम्ति बगालबाट एउटा बाछो, र होमबलिको निम्ति एउटा निष्‍खोट भेडा लिएर परमप्रभुको अगि अर्पण गर्नू ।
  • गिन 15:4-9 : 4 तिमीहरूले परमप्रभुको निम्ति एक लिटर तेलमा मुछेको आधा पाथी पिठोको अन्‍नबलिसाथै होमबलि चढाउनुपर्छ । 5 तिमीहरूले होमबलि वा बलिदानको निम्ति हरेक थुमाको निम्ति एक लिटर दाखमद्य पनि चढाउनुपर्छ । 6 यदि तिमीहरूले थुमा चढाइरहेका छौ भने, तिमीहरूले डेढ लिटर तेलमा मुछेको आधा पाथी पिठोलाई अन्‍नबलिको रूपमा तयार पार्नुपर्छ । 7 अर्घबलिको निम्ति तिमीहरूले डेढ लिटर दाखमद्य तयार पार्नुपर्छ । यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍ना दिनेछ । 8 जब तिमीहरूले होमबलि वा भाकल पुरा गर्न बलिदानको रूपमा वा परमप्रभुको निम्ति मेलबलिको रूपमा साँढे तयार पार्छौ, 9 तिमीहरूले साँढेसँगै दुई लिटर तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ । 10 तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको रूपमा दुई लिटर दाखमद्यको अर्घबलि चढाउनुपर्छ । 11 हरेक साँढे, थुमा र भेडा वा बाख्राको निम्ति यसो गर्नुपर्छ । 12 तिमीहरूले तयार पार्ने र चढाउने बलिदान यहाँ उल्लेख गरेजस्तै गर्नुपर्छ । 13 कसैले परमप्रभुलाई प्रसन्‍न तुल्याउने सुगन्धको निम्ति आगोद्वारा चढाइने बलिदान ल्याउँदा स्वदेशी इस्राएलीहरू सबैले यी कुराहरू यसबमोजिम गर्नुपर्छ । 14 यदि विदेशी तिमीहरूसँग बसोबास गरेको छ भने वा तिमीहरूका मानिसहरूको पुस्तौँसम्म तिमीहरूसँग बसोबास गर्न सक्छ, त्यसले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिदान चढाउनुपर्छ । त्यसले पनि तिमीहरूले गरेझैँ नै गर्नुपर्छ । 15 समुदायको निम्ति र तिमीहरूसँग बस्‍ने परदेशीको निम्ति एउटै नियम हुनुपर्छ, तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्मको स्थायी नियम हुनुपर्छ । तिमीहरूमाझ बस्‍ने परदेशी पनि तिमीहरूजस्तै हुनुपर्छ । परमप्रभुको सामु त्यसले तिमीहरूले जस्तै गर्नुपर्छ । 16 तिमीहरू र तिमीहरू माझ बस्‍ने परदेशीलाई एउटै नियम र आदेश लागु हुनुपर्छ ।” 17 फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, 18 “इस्राएलका मानिसहरूलाई भन्, 'जब तिमीहरू मैले लैजाने भूमिमा आउँछौ, 19 जब तिमीहरूले त्यस भूमिमा उत्पादन भएको खानेकुरा खान्छौ, तिमीहरूले बलिदान चढाउनुपर्छ र मेरो निम्ति यसलाई चढाउनुपर्छ । 20 आफ्नो मुछेको पहिलो पिठोबाट खलाबाट नै उठाइएको बलिदानको रूपमा यसलाई उठाउन एउटा रोटी चढाउनुपर्छ । तिमीहरूले यसलाई यसरी उठाउनुपर्छ । 21 तिमीहरूले तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म पहिले आफ्नो मुछेको पिठोबाट उठाइएको बलिदानको रूपमा मलाई चढाउनुपर्छ । 22 मैले मोशासँग बोलेका यी सबै आज्ञा तिमीहरूले पालन नगर्दा तिमीहरूले कहिले काहीँ नचाहेर पनि पाप गर्नेछौ । 23 मैले तिमीहरूलाई आज्ञाहरू दिन सुरु गरेको दिनदेखि नै र तिमीहरूका मानिसहरूका पुस्तौँ-पुस्तासम्म मोशाद्वारा मैले आज्ञा गरेका सबै आज्ञाहरू पालन गर्नू । 24 समुदायले थाहा नपाई अजानमा गरेको पापको सवालमा परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति समुदायले एउटा साँढे होमबलिको रूपमा चढाउनुपर्छ । यहीसँगै आज्ञा गरेजस्तै अन्‍नबलि र अर्घबलिसाथै पापबलिको रूपमा बाख्रालाई पनि चढाउनुपर्छ । 25 पुजारीले सारा समुदायको निम्ति प्रायश्‍चित्त गर्नुपर्छ । तिनीहरूलाई क्षमा दिइनेछ, किनभने पाप गल्ति थियो । तिनीहरूले तिनीहरूको बलिदान अर्थात् आगोद्वारा चढाइने बलिदान ल्याएका छन् । तिनीहरूले आफ्नो गल्तिको निम्ति पापबलि ल्याएका छन् । 26 अनि इस्राएलका मानिसहरूका सबै समुदायलाई क्षमा दिइनेछ र तिनीहरूसँग बस्‍ने परदेशीलाई पनि क्षमा दिइनेछ, किनभने सबै मानिसहरूले अजानमा नै पाप गरे । 27 यदि कुनै मानिसले अजानमा पाप गर्छ भने, त्यसले एक वर्षे बाख्रीलाई पापबलिको रूपमा चढाउनुपर्छ । 28 अजानमा पाप गर्ने व्यक्‍तिको निम्ति पुजारीले प्रायश्‍चित्त गर्नुपर्छ । प्रायश्‍चित्त गरेपछि त्यस मानिसलाई क्षमा गरिनेछ । 29 अजानमा पाप गर्ने स्वदेशी इस्राएली मानिस र तिमीहरू माझ बसोबास गरेको परदेशीको निम्ति एउटै नियम हुनुपर्छ । 30 तर अवज्ञामा कुनै पनि कुरा गर्ने व्यक्‍ति स्वदेशी भए पनि परदेशी भए पनि त्यसले मेरो ईश्‍वर-निन्दा गर्छ । त्यसलाई आफ्‍ना मानिसहरूबाट बहिष्कार गर्नुपर्छ । 31 किनभने त्यसले मेरो वचनलाई घृणा गरेको छ, त्यो व्यक्‍तिलाई पूर्ण रूपमा बिलकुलै बहिष्कार गर्नुपर्छ ।
  • गिन 28:1-9 : 1 ¶ परमप्रभुले मोशालाई भन्‍नुभयो, 2 “इस्राएलका मानिसहरूलाई आज्ञा गर् र तिनीहरूलाई भन्, 'तिमीहरूले मेरो निम्ति सुगन्धित बास्‍ना दिने आगोद्वारा चढाइने बलिहरू तोकिएको समयमा मलाई चढाउनुपर्छ ।' 3 तैँले तिनीहरूलाई भन्‍नुपर्छ, 'तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाउने बलिदान यही होः नियमित होमबलिको रूपमा एक वर्षे निष्खोट थुमाहरू हरेक दिन दुई-दुईवटा । 4 तिमीहरूले एउटा थुमालाई बिहान चढाउनुपर्छ र अर्को थुमालाई साँझमा चढाउनुपर्छ । 5 तिमीहरूले एक लिटर कुटेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठोलाई होमबलिको रूपमा चढाउनुपर्छ । 6 यो परमप्रभुलाई सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने नियमित होमबलि थियो, जुन सीनै पर्वतमा आज्ञा गरिएको थियो । यसैसँगको अर्घबलि एउटा थुमाको निम्ति एक लिटर मद्य होस् । 7 तिमीहरूले परमप्रभुलाई कडा मद्यको अर्घबलि पवित्र स्थानमा खन्याउनुपर्छ । 8 तिमीहरूले अर्को थुमालाई बिहान चढाइएको एउटा थुमालाई झैँ साँझमा अन्‍नबलिसँगै चढाउनुपर्छ । 9 शबाथको दिन तिमीहरूले निष्खोट एक वर्षे दुईवटा थुमा, तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ र यससँग अर्घबलि चढाउनुपर्छ । 10 यो नियमित होमबलि र यससँगको अन्‍नबलिको अतिरिक्‍त हरेक शबाथको निम्ति होमबलि हुनुपर्छ । 11 हरेक महिनाको सुरुमा तिमीहरूले परमप्रभुलाई अन्‍नबलि चढाउनुपर्छ । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र एक वर्षे निष्खोट सातवटा थुमा चढाउनुपर्छ । 12 तिमीहरूले हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा र एउटा भेडाको निम्ति तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ । 13 तिमीहरूले हरेक भेडाको निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ । यो परमप्रभुलाई सुगन्धित बास्‍न दिने आगोद्वारा चढाइने बलि अर्थात् होमबलि हुनुपर्छ । 14 मानिसहरूका अर्घबलि साँढेको निम्ति दुई लिटर दाखमद्य, भेडाको निम्ति डेढ लिटर दाखमद्य, थुमाको निम्ति एक लिटर दाखमद्य हुनुपर्छ । यो वर्षभरि हरेक महिनाको निम्ति होमबलि हुनुपर्छ । 15 एउटा बोका परमप्रभुको निम्ति पापबलिको रूपमा अर्पण गर्नुपर्छ । यो नियमित होमबलि र अर्घबलिको अतिरिक्‍त हुने छ । 16 पहिलो महिनाको चौधौँ दिनमा परमप्रभुको निस्तार-चाड आउँछ । 17 यो महिनाको पन्ध्रौँ दिनमा एउटा उत्सव मनाउनुपर्छ । सात दिनसम्म अखमिरी रोटी खानुपर्छ । 18 पहिलो दिन परमप्रभुको सम्मानमा एउटा पवित्र सभा हुनुपर्छ । तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । 19 तथापि, तिमीहरूले आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट दुईवटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ । 20 साँढेसँगै तिमीहरूले अन्‍नबलिको निम्ति तेलमा मुछेको डेढ पाथी मुछेको मसिनो पिठो र भेडासँग एक पाथी चढाउनुपर्छ । 21 सातवटा हरेक थुमासँग तेलमा मुछेको आधा पाथी मसिनो पिठो चढाउनुपर्छ, 22 र आफ्नो प्रायश्‍चित्तको निम्ति पापबलिको रूपमा एउटा बोका चढाउनुपर्छ । 23 तिमीहरूले यिनीहरूलाई हरेक बिहान आवश्यक पर्ने होमबलिको अतिरिक्‍त चढाउनुपर्छ । 24 यहाँ उल्लेख गरिएझैँ तिमीहरूले यी दैनिक बलिदानहरू निस्‍तार-चाडको सात दिनसम्म परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको भोजन चढाउनुपर्छ । यो नियमित होमबलि र योसँग चढाइने अर्घबलि अतिरिक्‍त चढाउनुपर्छ । 25 तिमीहरूले सातौँ दिनमा परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । 26 अगौटे फलको दिनमा तिमीहरूले साताहरूका चाडमा नयाँ अन्‍नबलि चढाउनुपर्छ, तिमीहरूले परमप्रभुको सम्मानमा पवित्र सभा राख्‍नुपर्छ, र तिमीहरूले त्यस दिन कुनै नियमित काम गर्नुहुँदैन । 27 परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुहुँदैन । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र सातवटा एक वर्षे थुमा चढाउनुपर्छ । 28 तिनीहरूसँगै अन्‍नबलि पनि चढाउनूः हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो र एउटा भेडाको निम्ति एक पाथी मसिनो पिठो चढाउनू । 29 हरेक सातवटा थुमाका निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पिठो,
  • १ इति 9:29 : 29 तिमध्‍ये कोहीचाहिं पवित्र सामानहरू, अन्य सामानहरू र पीठो, दाखमद्य, तेल, धूप र मसलाजस्ता सामानका रेखदेख गर्न खटिइएका थिए ।
  • भजन 50:9-9 : 9 तिमीहरूका घरका कुनै साँढे वा तिमीहरूका बगालका बोकाहरू म लिनेछैन । 10 किनकि वनका हरेक पशु मेरै हुन् र हजारौं पहाडका गाइवस्तु मेरै हुन् । 11 पर्वतहरूका सबै चरालाई म चिन्छु र मैदानका जङ्गली पशुहरू मेरै हुन् । 12 म भोकाएको भए पनि, मैले तिमीहरूलाई भन्‍ने थिएनँ । किनकि संसार मेरै हो र यसमा भएका हरेक कुरा मेरै हुन् । 13 के म साँढेको मासु खानेछु वा बोकाको रगत पिउनेछु?
  • यशा 49:23 : 23 राजहरू तेरा धर्म-बुबाहरू र रानीहरू तेरा धाइ-आमाहरू हुनेछन् । तिनीहरूले आफ्‍ना मुहार भुइँमा घोप्टो पारेर तँलाई दण्डवत गर्नेछन् र तेरा खुट्टाका धूलो चाट्नेछन् । अनि म परमप्रभु हुँ भनी तैंले जान्‍नेछस् । मेरो आशा गर्नेहरू लज्‍जित हुनेछैनन् ।”
  • मर 9:49 : 49 किनकि सबैलाई आगोले नुनिलो पार्नेछ ।
  • निर्ग 29:38-42 : 38 तैँले हरेक दिन वेदीमा नियमित रूपमा एक-वर्षे दुईवटा थुमा चढाउनू । 39 एउटा थुमा बिहान चढाइनुपर्छ भने अर्को बेलुका । 40 पहिलो थुमासँगै एक लिटर पेलेको भद्राक्षको तेलमा मुछेको आधा पाथी मसिनो पिठो र अर्घबलिको रूपमा एक लिटर दाखमद्य चढाउनू । 41 तैँले दोस्रो थुमा बेलुकी चढाउनू । बिहानजस्तै अन्‍नबलि र अर्घबलि पनि चढाउनू । यी कुराहरूले मेरो लागि मिठो बास्‍ना ल्याउनेछन् । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो । 42 मैले तिमीहरूसित बातचित गर्ने परमप्रभुको सामु भेट हुने पालको प्रवेशद्वारमा तिमीहरूका पुस्ता-पुस्तासम्म यी नियमित होमबलिहरू होऊन् ।
  • लैव्य 1:3-5 : 3 यदि त्यसको बलि गाई-गोरुको होमबलि हो भने, त्यसले निष्‍खोट गोरु ल्याओस् । परमप्रभुको अगि ग्रहणयोग्‍य होस् भनेर त्यसले त्यो भेट हुने पालको प्रवेशद्वारमा चढाओस् । 4 त्यसले आफ्नो हात त्यस होमबलिको टाउकोमाथि राखोस्, र त्यसपछि त्यसको खातिर त्यो प्रायश्‍चित्तको रूपमा ग्रहण हुने छ । 5 त्यसपछि त्यसले त्यो गोरुलाई परमप्रभुको अगि मारोस् । हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमा चढाई छर्कून् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 10यसै गर्नू ताकि तिनीहरूले स्वर्गका परमेश्‍वरको निम्ति भेटी ल्याऊन् र म राजा अनि मेरा छोराहरूका निम्ति प्रार्थना गरून् ।

  • 8परमेश्‍वरको यस मन्दिर बनाउने यी यहूदी धर्म-गुरुहरूका लागि तिमीहरूले यसो गर्नू भनी म तिमीहरूलाई हुकुम दिंदैछुः तिनीहरूले आफ्नो काम रोक्‍न नपरोस् भनेर यूफ्रेटिस नदी पारिको राजकीय कोषबाट रुपियाँ-पैसा दिनू ।

  • एज्रा 7:15-23
    9 पदहरू
    77%

    15यरूशलेममा बास गर्नुहुने इस्राएलका परमेश्‍वरलाई तिनीहरूले सित्तैंमा चढाएका चाँदी र सुन लिएर जानू ।

    16बेबिलोनको प्रदेशभरि तिमीले लैजान सक्‍ने जति चाँदी र सुनसाथै यरूशलेममा आफ्‍ना परमेश्‍वरका मन्दिरको निम्ति मानिसहरू र पुजारीहरूले खुसीसाथ जुन भेटीहरू दिन्छन्, ती पनि तिमीले लैजानू ।

    17त्यसैले यस रकमले प्रशस्त मात्रामा गोरुहरू, भेडाहरू, थुमाहरू, अन्‍नबलि र अर्घबलि किन्‍नू । यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको वेदीमा ति चढाउनू ।

    18तिम्रा परमेश्‍वरलाई खुसी तुल्याउन तिमी र तिम्रा दाजुभाइलाई असल लागेअनुसार बाँकी चाँदी र सुनको प्रयोग गर्नू ।

    19तिमीलाई सित्तैंमा दिइएका चिजहरू यरूशलेममा तिम्रा परमेश्‍वरको मन्दिरको सेवाको लागि उहाँको सामु राख्‍नू ।

    20तिम्रा परमेश्‍वरको मन्दिरको लागि आवश्यक कुनै पनि थोक किन्‍नलाई मेरो कोषबाट पैसा लिनू ।

    21म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू,

    22अर्थात् एक सय तोडा चाँदी, एक सय कोर गहुँ, एक सय बाथ दाखमद्य, एक सय बाथ तेल र नूनचाहिं असिमित रूपमा दिनू ।

    23स्वर्गका परमेश्‍वरबाट आउने कुनै पनि आज्ञा आउँछ भने उहाँको मन्दिरको लागि भक्तिसहित पुरा गर्नू । किनकि म र मेरा छोराहरूको राज्यमाथि उहाँको क्रोध पर्न किन दिनू?

  • गिन 29:17-18
    2 पदहरू
    75%

    17सभाको दोस्रो दिनमा तिमीहरूले बाह्रवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    18तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 27तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 30तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 24तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 6यी बलिहरू तिमीहरूले हरेक महिनाको पहिलो दिनमा चढाउने बलिदानहरूका अतिरिक्‍त सातौँ महिनामा चढाउनूः विशेष होमबलि र यससँगै अन्‍नबलि चढाउनू । यिनीहरू नियमित होमबलि, यसको अन्‍नबलि र यसको अर्घबलिको अतिरिक्‍त हुनुपर्छ । तिमीहरूले यी बलिहरू चढाउँदा तिमीहरूले परमप्रभुलाई आगोद्वारा चढाइने सुगन्धित बास्‍नाको निम्ति आज्ञा गरेको कुरा पालन गर्ने छौ ।

  • एज्रा 3:4-5
    2 पदहरू
    74%

    4लेखिएअनुसार तिनीहरूले छाप्रोवासको चाड पनि मनाए, र हरेक दिनको निम्‍ति आदेश भएअनुसार दिनदिनै होमबलिहरू चढाए ।

    5यसैगरी, सबै स्वेच्छिक भेटीहरूका साथै परमप्रभुका सबै तोकिएका चाडका लागि दैनिक होमबलिहरू र मासिक होमबलिहरू र भेटीहरू पनि थिए ।

  • 33तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 18एउटा गोरु, छवटा मोटा-मोटा भेडा र कुखुराहरू हरेक दिन खानलाई जुटाइनुपर्थ्यो, र दस-दस दिनपछि चाहिँ सबै किसिमका दाखमद्य प्रचुर मात्रामा जुटाइन्थ्यो । यति हुँदाहुँदै पनि मैले राज्यपालको भोजनको भत्ताको माग गरिनँ किनकि मानिसहरूमाथि ठुलो बोझ परेको थियो ।

  • गिन 29:36-37
    2 पदहरू
    74%

    36तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सातवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    37तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 21तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 5एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्‍नबलि, धूप, काठपातहरू, अन्‍नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्‍ने गर्थे ।

  • 33उपस्थितिको रोटी, नियमित अन्‍नबलि, शबाथमा चढाइने होमबलिहरू, औँसीका चाडहरू र तोकिएका चाडहरू, पवित्र भेटीहरू, इस्राएलको निम्ति प्रायश्‍चित्तको लागि चढाइनुपर्ने पापबलिहरूसाथै हाम्रा परमेश्‍वरको मन्दिरका कामको लागि उपलब्ध गराउनुपर्ने आज्ञालाई हामीले स्वीकार गर्‍यौँ ।

  • 6तिनीहरूका वरिपरि भएकाहरूले तिनीहरूको कामलाई चाँदी, सुनका चिजहरू, धन-सम्पत्ति, गाईवस्तु, मुल्यवान चिजहरू र स्वेच्छा भेटीहरू दिएर सहयोग गरे ।

  • 21तिनीहरूले सात वटा साँढे, सात वटा भेडा र सात वटा थुमा ल्‍याए, अनि राज्‍य, पवित्रस्‍थान र यहूदाको लागि पापबलिको निम्‍ति सात वटा बोका ल्‍याए । तिनले पुजारीहरू, हारूनका छोराहरूलाई यी सबै परमप्रभुको वेदीमा चढाउने हुकुम गरे ।

  • यहे 46:5-7
    3 पदहरू
    72%

    5भेडोसँग चढाइने अन्‍नबलि एक एपा हुनेछ, र थुमासँग चढाइने अन्‍नबलि तिनले दिन चाहेजति हुनेछ, र अन्‍नको हरेक एपासँग एक हीन तेल होस् ।

    6औंसीको दिनमा तिनले बथानबाट एउटा निष्खोट साँढे, छवटा थुमा, र एउटा निष्खोट भेडो चढाउन् ।

    7तिनले साँढेको निम्ति एक एपा, भेडोको निम्ति एक एपा, र थुमाहरूका निम्ति तिनले दिन चाहेजति अन्‍नबलि चढाउन्, र अन्‍नको हरेक एपाको निम्ति एक हीन तेल होस् ।

  • 4राज्यको कुनै पनि क्षेत्रमा भएका मानिसहरू जहाँ त्यस देशका बाँकी बचेकाहरू बसोबास गर्दैछन्, तिनीहरूले यरूशलेममा भएको परमेश्‍वरको मन्दिर बनाउनलाई चाँदी र सुन, धनदौलत र गाईवस्तु अनि स्वेच्छा भेटी दिनुपर्छ ।”

  • 39इस्राएलीहरू र लेवीका सन्तानहरूले अन्‍न, नयाँ दाखमद्य र तेलका दानहरू भण्डार कोठाहरूमा ल्याउनुपर्छ जहाँ पवित्रस्थानका भाँडाहरू राखिन्छन् र सेवा गर्ने पुजारीहरूसाथै द्वारपालहरू र गायकहरू बस्छन् । हामी हाम्रा परमेश्‍वरको मन्दिरलाई बेवास्ता गर्ने छैनौँ ।

  • यहे 46:14-15
    2 पदहरू
    72%

    14त्योसँगै तिमीहरूले हरेक बिहान अन्‍नबलि चढाउनु, एक एपाको छैटौं भाग र परमप्रभुको निम्ति चढाइने अन्‍नबलिको पिठोलाई भिजाउनको निम्ति एक हीन तेलको एक-तिहाई भाग चढाउने अनन्तको विधि होस् ।

    15तिनीहरूले थुमा, अन्‍नबलि र तेललाई हरेक बिहान तयार गर्नेछन् । यो सधैंको होमबलि हुनेछ ।

  • 24अनि शासकले हरेक साँढेको निम्ति एक एपा र हरेक भेडोको निम्ति एक एपा अन्‍नबलि र हरेक एपाको निम्ति एक हीन तेल तयार गर्नेछ ।

  • 7तिनीहरूले ढुङ्गा काट्ने र कारीगरहरूलाई चाँदी दिए, अनि फारसका राजा कोरेसले सीदोन र टुरोसका मानिसहरूलाई अधिकार दिएका हुनाले लेबनानदेखि योप्पासम्म समुद्राबाट उनीहरूले देवदारुका काठहरू ल्याइदिऊन् भनी तिनीहरूले उनीहरूलाई खाना, पानी र तेल दिए ।

  • 4यसको साथै पुजारीहरू र लेवीहरू तिनले यरूशलेममा बस्‍ने मानिसहरूलाई तिनीहरूले दिनुपर्ने भाग देऊन् भनी हुकुम गरे ताकि तिनीहरूले परमप्रभुको व्यवस्था पालन गर्ने कुरामा ध्‍यान दिन सकुन् ।

  • 25राजा, तिनका सल्लाहकारहरू र अधिकारीहरू अनि सारा इस्राएलीले परमेश्‍वरको मन्दिरको लागि सित्तैंमा दिएका चाँदी, सुन, चिजहरू र भेटीहरू मैले तिनीहरूका निम्ति तौलें ।

  • 24यहाँ उल्लेख गरिएझैँ तिमीहरूले यी दैनिक बलिदानहरू निस्‍तार-चाडको सात दिनसम्म परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने बलिको भोजन चढाउनुपर्छ । यो नियमित होमबलि र योसँग चढाइने अर्घबलि अतिरिक्‍त चढाउनुपर्छ ।

  • 14तिनीहरूसँगै हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, दुईवटा भेडाको निम्ति एक पाथी,

  • 5राजाले आफ्ना मीठा भोजन र आफूले पिउने दाखमद्यबाट तिनीहरूका निम्ति दैनिक भाग अलग गर्थे । ती जवान मानिसहरूलाई तिन वर्षसम्‍म तालिम दनुपर्थ्‍यो, र त्यसपछि, तिनीहरूले राजाको सेवा गर्नुपर्थ्‍यो ।

  • 2तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा बलि चढाउनुपर्छ ।

  • 37हामी पहिले पिँधेको पिठो, हाम्रा अन्‍नबलिहरू, हरेक रुखको फल, नयाँ दाखमद्य र तेल हाम्रा परमेश्‍वरको मन्दिरका भण्डारहरूमा पुजारीहरूकहाँ ल्याउने छौँ । हामीले काम गर्ने सबै नगरमा लेवीहरूले दशांश उठाउने भएकाले हाम्रा माटोबाट हामी लेवीहरूकहाँ दशांशहरू ल्याउने छौँ ।

  • 1¶ तिनीहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरूलाई मेरो लागि अलग गर्न तैँले गर्नुपर्ने काम यही हो । एउटा बाछा र दुईवटा निष्खोट भेडा लिएर आइज ।

  • 4चोकमा ठुला ढुङ्गाका छपनी तिन लहर र फल्‍याकका छपनी एक लहर होस्, अनि राजदरबाट यसको खर्च तिरियोस् ।

  • 11चाडहरूमा साँढेको निम्ति एक एपा, र भेडोको निम्ति एक एपा, र थुमाहरूका तिनले दिने गरेजति अन्‍नबलि होस्, र हरेक एपाको निम्त एक हीन तेल होस् ।

  • 11तिनीहरू हरेक बिहान र बेलुकी परमप्रभुको निम्‍ति होमबलि र सुगन्‍धित धूप चढ़ाउँछन्‌ । पवित्र टेबलमा उपस्‍थितिको रोटीलाई मिलाएर राख्‍ने काम पनि तिनीहरू गर्छन् । तिनीहरू बेलुकैपिच्‍छे सुनको सामदानमा भएका बत्तीहरू बाल्‍दछन्‌ । हामी परमप्रभु हाम्रा परमेश्‍वरका आज्ञा पालना गर्छौं, तर तिमीहरूले उहाँलाई त्यागेका छौ ।

  • 9शबाथको दिन तिमीहरूले निष्खोट एक वर्षे दुईवटा थुमा, तेलमा मुछेको एक पाथी मसिनो पिठो अन्‍नबलिको रूपमा चढाउनुपर्छ र यससँग अर्घबलि चढाउनुपर्छ ।