निर्गमन 29:1

अनलक शाब्दिक बाइबल

¶ तिनीहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरूलाई मेरो लागि अलग गर्न तैँले गर्नुपर्ने काम यही हो । एउटा बाछा र दुईवटा निष्खोट भेडा लिएर आइज ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 12:5 : 5 त्यसैले सबैलाई खुवाउन तिनीहरूले पर्याप्‍त मासु तयार गर्नुपर्छ । तिमीहरूको थुमा वा पाठो खोटरहित हुनुपर्छ र यो एक वर्षको हुनुपर्छ । तिमीहरूले भेडा वा बाख्राहरूबाट त्यो लिनू ।
  • निर्ग 20:11 : 11 किनकि छ दिनमा परमप्रभुले स्वर्ग र पृथ्वी, समुद्र र तिनमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनमा चाहिँ उहाँले विश्राम लिनुभयो । त्यसकारण परमप्रभुले शबाथ-दिनलाई आशिष् दिनुभयो र यसलाई पवित्र तुल्याउनुभयो ।
  • निर्ग 28:3 : 3 मैले बुद्धिको आत्माले भरिपूर्ण पारेका सबै बुद्धिमान् मानिसहरूलाई तैँले भन्‍नू कि तिनीहरूले हारूनका निम्ति पोशाकहरू बनाऊन् जसले तिनलाई मेरो पुजारी भएर सेवा गर्न अलग गरून् ।
  • निर्ग 28:41 : 41 तैँले तेरा दाजु हारून र त्यसका छोराहरूलाई यी पोशाकहरू पहिराइदिनू । पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई अभिषेक गर्नू, नियुक्त गर्नू र मेरो निम्ति अलग गर्नू ।
  • निर्ग 29:21 : 21 तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरू अनि त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्यसका पोशाकहरू, त्यसका छोराहरूसाथै त्यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् ।
  • लैव्य 4:3 : 3 यदि मानिसहरूमा दोष ल्याउने गरी मुख्‍य पुजारीले पाप गर्दछ भने, आफूले गरेको पापको निम्ति त्यसले परमप्रभुको अगि पापबलिको रूपमा एउटा निष्‍खोट साँढे ल्याओस् ।
  • लैव्य 5:15-16 : 15 “यदि कसैले अजानमा परमप्रभुका कुराहरूको सम्बन्धमा पाप गर्दछ र अविश्‍वासपूर्वक काम गर्दछ भने, त्यसले परमप्रभुकहाँ आफ्नो दोषबलि ल्याओस् । यो बलिचाहिँ दोषबलिको रूपमा बगालको निष्‍खोट भेडा होस्; जसको मूल्य पवित्रस्थानको चाँदीको शेकेल बराबरको हुनुपर्छ । 16 जे पवित्र छ त्यसको विरुद्ध गरेको पापको कारण त्यसले परमप्रभुलाई प्रसन्‍न तुल्याउनुपर्छ, र त्यसमा पाँचौँ भाग थपेर पुजारीलाई दिनुपर्छ । त्यसपछि दोषबलिको त्यो भेडा लिएर पुजारीले त्यस मानिसको निम्ति प्रायश्‍चित्त गर्ने छ, र त्यसलाई क्षमा हुने छ ।
  • लैव्य 6:6 : 6 त्यसपछि त्यसले परमप्रभुको अगि बगालबाट प्रचलित मूल्य बराबरको एउटा निष्‍खोट भेडा दोषबलि ल्याओस् र पुजारीलाई दिओस् ।
  • लैव्य 8:2-9 : 2 “हारून र त्यसका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, पापबलिको साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालोसहित ल्याउनू । 3 भेट हुने पालको प्रवेशद्वारमा सबै समुदायलाई भेला गर्नू ।” 4 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ उनले गरे, र सबै समुदाय भेट हुने पालको प्रवेशद्वारमा भेला भए । 5 अनि मोशाले समुदायलाई भने, “परमप्रभुले गर्नू भनेर आज्ञा गर्नुभएको यही नै हो ।” 6 मोशाले हारून र तिनका छोराहरूलाई ल्याएर पानीले धोए । 7 उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए । 8 उनले तिनलाई छाती-पाता लगाइदिए, र छाती-पातामा ऊरीम र तुम्मीम राखिदिए । 9 उनले तिनको शिरमा फेटा लगाइदिए, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ त्यस फेटाको अगाडिपट्टि सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए । 10 मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका सबै कुरालाई अभिषेक गरे र परमप्रभुको निम्ति ती अलग गरे । 11 उनले सात पटक वेदीमा तेल छर्के, अनि वेदी र त्यसका सबै भाँडाकुँडाहरू, धुने बाटा र त्यसको फेदसमेत परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे । 12 उनले केही अभिषेक गर्ने तेल हारूनको शिरमा खन्याए र तिनलाई पनि परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे । 13 मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए । परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए र तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए । 14 मोशाले पापबलिको साँढे ल्याए, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस पापबलिको साँढेको टाउकोमाथि राखे । 15 उनले त्यो मारे, र रगत लिएर आफ्नो औँलाले वेदीका सिङहरूमा लगाए, अनि वेदीलाई पवित्र गराएर वेदीको फेदमा रगत खन्याए, र त्यसको निम्ति प्रायश्‍चित्त गर्नलाई वेदीलाई परमप्रभुको निम्ति अलग गरे । 16 मोशाले भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र तिनका बोसो लिए र ती सबै वेदीमा जलाए । 17 तर परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ उनले त्यो साँढे, त्यसको छाला, त्यसको मासु, र गोबरलाई छाउनीबाहिर जलाए । 18 मोशाले होमबलिको निम्ति भेडालाई अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे । 19 उनले त्यो मारे र त्यसको रगतलाई वेदीको सबैतिर छर्के । 20 उनले त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटे र त्यसको टाउको, ती टुक्राहरू र बोसोलाई जलाए । 21 उनले त्यसका भित्री भागहरू र खुट्टाहरूलाई पानीले पखाले, र पुरै भेडालाई वेदीमा जलाए । त्यो होमबलि थियो र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मिठो सुगन्ध दियो । 22 अनि मोशाले अर्को भेडा, अर्थात् पवित्रीकरणको भेडा पनि अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे । 23 हारूनले त्यो मारे, र मोशाले त्यसको केही रगत लिएर हारूनको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्टाको बुढी औँलामा लगाइदिए । 24 उनले हारूनका छोराहरूलाई ल्याए, र तिनीहरूका दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला र दाहिने खुट्टाको बुढी औँलामा केही रगत लगाइदिए । त्यसपछि मोशाले त्यसको रगत वेदीको सबैतिर छर्के । 25 उनले बोसो, बोसे-पुच्छर, भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र त्यसको बोसो, र दाहिने फिला लिए । 26 परमप्रभुको सामु भएको अखमिरी रोटीको डालोबाट उनले एउटा अखमिरी रोटी, एउटा तेल मिसाइएको रोटी र एउटा पापड लिएर बोसो र दाहिने फिलामा राखे । 27 उनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे र डोलाइने बलिस्वरूप परमप्रभुको अगि डोलाए । 28 त्यसपछि मोशाले ती सबै तिनीहरूका हातबाट लिए र होमबलिको निम्ति वेदीमा जलाए । मिठो सुगन्ध दिने अभिषेकको बलि यही थियो । 29 मोशाले रोटी लिए र परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा डोलाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ पुजारी-अर्पणको भेडा मोशाकै भाग थियो । 30 मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे । 31 यसैकारण मोशाले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासुलाई उमाल्नू, र मैले ‘हारून र तिनका छोराहरूले खाऊन्’ भनेर आज्ञा गरेझैँ अभिषेकको डालोमा भएको रोटीसहित त्यसलाई त्यहीँ खाओ । 32 मासु र रोटीबाट जे बाँकी हुन्छ त्यसलाई जलाउनू । 33 तिमीहरूको अर्पणको काम पुरा नभएसम्म अर्थात् सात दिनसम्म भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू । किनभने परमप्रभुले तिमीहरूलाई सात दिनसम्म अभिषेक गर्नुहुने छ । 34 आजको दिनमा जे गरियो, त्यो तिमीहरूको प्रायश्‍चित्तको निम्ति परमप्रभुले आज्ञा गर्नुभएको हो । 35 तिमीहरू भेट हुने पालको प्रवेशद्वारमा सात दिनसम्म दिन र रात बस्‍नू, र परमप्रभुको आज्ञा मान्‍नू, अनि तिमीहरू मर्ने छैनौ, किनभने मलाई यस्तै आज्ञा भएको छ ।” 36 यसैकारण हारून र तिनका छोराहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कुरा गरे ।
  • लैव्य 9:2 : 2 उनले हारूनलाई भने, “पापबलिको निम्ति बगालबाट एउटा बाछो, र होमबलिको निम्ति एउटा निष्‍खोट भेडा लिएर परमप्रभुको अगि अर्पण गर्नू ।
  • लैव्य 16:3 : 3 यसैकारण हारून महा-पवित्र स्थानभित्र यसरी प्रवेश गरोस् । त्यसले पापबलिको रूपमा एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा लिएर आओस् ।
  • लैव्य 22:20 : 20 तर खोट भएको कुनै कुरा पनि अर्पण नगर्नू । म त्यो तिमीहरूबाट स्वीकार्ने छैनँ ।
  • २ इति 13:9 : 9 तर के तिमीहरूले हारूनको वंशका परमप्रभुका पुजारीहरू र लेवीहरूलाई लखेट्‍ने र अरू देशका मानिसहरूले गरेझैं आफ्‍नै पुजारीहरूलाई नियुक्त गरेनौ र? जुनसुकै मानिस पुजारी भएर सेवा गर्नलाई एउटा बाछो र सात वटा भेडा लिएर आउँछ, त्यो जो देवताहरू नै होइनन्, त्यसको पुजारी बन्छ ।
  • मल 1:13-14 : 13 तिमीहरू यसो पनि भन्छौ, ‘यो कति थकानयुक्त छ,’ र आफ्नो नाक बङ्गाउँछौ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “जङ्गली पशुले लगेका र लङ्गडो वा रोग लागेको पशु तिमीहरू ल्याउँछौ, र तिमीहरू यी आफ्नो भेटीस्वरूप ल्याउँछौ । के म ती तिमीहरूका हातबाट अर्पण गरूँ?” परमप्रभु भन्‍नुहुन्छ । 14 “छलगर्नेचाहिँ श्रापित होस् जसले आफूसँग आफ्नो बगालमा भएको नर-पशु मलाई दिने प्रतिज्ञा गर्दछ, तर त्यसले परमप्रभुलाई खोट भएको पशु चढाउँछ! किनभने म महान् राजा हुँ, र सारा जातिहरूबिच मेरो नाउँको आदर हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।
  • मत्त 6:9 : 9 त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
  • इब्रा 7:26 : 26 किनकि यस्तै प्रकारको प्रधान पुजारी हाम्रा निम्ति सुहाउँदो छ । उहाँ पापरहित हुनुहुन्छ; उहाँ दोषरहित, शुद्ध, पापीहरूबाट अलग गरिनुभएका र आकाशभन्दा उच्‍च हुनुभएको छ ।
  • १ पत्रु 1:19 : 19 तर तिमीहरूले येशू ख्रीष्‍टको आदरयोग्य रगतद्वारा छुटकारा पाएका छौ, जो दोषरहित र दागरहित थुमा हुनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 2तिमीहरूले परमप्रभुको लागि सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा बलि चढाउनुपर्छ ।

  • 19तथापि, तिमीहरूले आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले निष्खोट दुईवटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ ।

  • गिन 29:17-18
    2 पदहरू
    83%

    17सभाको दोस्रो दिनमा तिमीहरूले बाह्रवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    18तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • निर्ग 29:2-3
    2 पदहरू
    83%

    2अखमिरी रोटी र खमिर नहाली तेलमा मुछेको फुरौला अनि तेल दलेको खमिरविनाको बाबर पनि लिएर आइज ।

    3बाबरहरू मसिनो गहुँको पिठोको प्रयोग गरी बनाउनू । तिनीहरूलाई एउटा टोकरीमा हालेर साँढे र दुईवटा भेडासँगै ती ल्याउनू ।

  • गिन 29:13-14
    2 पदहरू
    83%

    13तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइएको बलिदान अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एक वर्षे थुमाहरू चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ । तिमीहरूले

    14तिनीहरूसँगै हरेक साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, दुईवटा भेडाको निम्ति एक पाथी,

  • गिन 29:8-9
    2 पदहरू
    82%

    8तिमीहरूले कुनै काम नगरी आफैलाई नम्र तुल्याउनुपर्छ । तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र एक वर्षे सातवटा थुमा चढाउनुपर्छ । तिनीहरू हरेक निष्खोट हुनुपर्छ ।

    9तिमीहरूले साँढेको निम्ति तेलमा मुछेको डेढ पाथी मसिनो पिठो, एउटा भेडाको निम्ति एक पाथी,

  • गिन 29:36-37
    2 पदहरू
    82%

    36तिमीहरूले परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति आगोद्वारा चढाइने अर्थात् होमबलि चढाउनुपर्छ । तिमीहरूले एउटा साँढे, एउटा भेडा र सातवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    37तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • गिन 29:20-21
    2 पदहरू
    82%

    20सभाको तेस्रो दिनमा तिमीहरूले एघारवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    21तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • गिन 29:32-33
    2 पदहरू
    82%

    32सभाको सातौँ दिनमा तिमीहरूले सातवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    33तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 23त्यसलाई तैंले शुद्ध गरिसकेपछि, बथानबाट एउटा निष्खोट साँढे र बगालबाट एउटा निष्खोट भेडो चढाउनु ।

  • लैव्य 9:2-3
    2 पदहरू
    81%

    2उनले हारूनलाई भने, “पापबलिको निम्ति बगालबाट एउटा बाछो, र होमबलिको निम्ति एउटा निष्‍खोट भेडा लिएर परमप्रभुको अगि अर्पण गर्नू ।

    3इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘पापबलिको निम्ति एउटा बोको र होमबलिको निम्ति एक-एक वर्षको निष्‍खोट बाछो र भेडाको बच्‍चा लिनू,

  • गिन 29:23-24
    2 पदहरू
    81%

    23सभाको चौथो दिनमा तिमीहरूले दसवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    24तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 11हरेक महिनाको सुरुमा तिमीहरूले परमप्रभुलाई अन्‍नबलि चढाउनुपर्छ । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र एक वर्षे निष्खोट सातवटा थुमा चढाउनुपर्छ ।

  • गिन 29:29-30
    2 पदहरू
    81%

    29सभाको छैठौँ दिनमा तिमीहरूले आठवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    30तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 31मेरो निम्ति पुजारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्यसको मासुलाई पवित्रस्थानमा उमाल्नू ।

  • 18रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् ।

  • गिन 29:26-27
    2 पदहरू
    80%

    26सभाको पाँचौ दिनमा तिमीहरूले नौवटा साँढे, दुईवटा भेडा र एक वर्षे चौधवटा थुमा चढाउनुपर्छ । ती हरेक निष्खोट हुनुपर्छ ।

    27तिमीहरूले तिनीहरूसँगै साँढेहरूका निम्ति, भेडाहरूका निम्ति र थुमाहरूका निम्ति आज्ञा गरिएजत्ति सबै अन्‍नबलि र अर्घबलि चढाउनुपर्छ ।

  • 25सात दिनसम्म तैंले पापबलिको निम्ति एउटा बोको दिनदिनै तयार गर्नू, र पुजारीहरूले पनि एउटा बथानका त्‍यो निष्खोट साँढे र बगालको त्‍यो निष्खोट भेडो तयार गरून् ।

  • 22तैँले भेडाको बोसो, बोसे पुच्छर, आन्द्रभुँडी ढाक्‍ने बोसो, कलेजोको मासु, दुईवटा मिर्गौला र तिनमा भएका बोसो अनि दाहिने साँप्रो लिनू किनकि यो भेडा मेरो लागि पुजारीको अर्पणको लागि हो ।

  • 15तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 21तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 27परमप्रभुको निम्ति सुगन्धित बास्‍नाको निम्ति होमबलि चढाउनुहुँदैन । तिमीहरूले दुईवटा साँढे, एउटा भेडा र सातवटा एक वर्षे थुमा चढाउनुपर्छ ।

  • 27तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 39तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 15तैँले एउटा भेडा पनि लिनू अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।

  • 8त्यसपछि तिनीहरूलाई एउटा बाछो र तेलले मुछेको मसिनो पिठोको अन्‍नबलि ल्याउन लगा । तिनीहरूले पापबलिको रूपमा अर्को एउटा बाछो पनि ल्याऊन् ।

  • 81तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 45तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 51तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 33तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 57तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 75तिनले होमबलिको रूपमा एउटा बाछो, एउटा भेडा र एउटा एक वर्षे थुमा दिए ।

  • 5त्यसले इस्राएलका मानिसहरूको समुदायबाट पापबलिको रूपमा दुईवटा बोका र होमबलिको रूपमा एउटा भेडा लेओस् ।

  • 13आन्द्रा-भुँडी ढाक्‍ने सबै बोसो र कलेजो ढाक्‍ने मासु अनि दुईवटा मिर्गोलासाथै तिनमा भएका बोसोसमेत लिएर ती सबैलाई वेदीमा जलाइदिनू ।

  • 19तिनीहरूले गाई-गोरू, भेडा, वा बाख्राहरूमध्ये निष्‍खोट भाले अर्पण गरोस्, अनि त्यो स्वीकारिने छ ।

  • 18वेदीमा राखिदिनू । त्यसपछि सिङ्गै भेडालाई जलाउनू । यो परमप्रभुलाई आगोद्वारा चढाइने मिठो बास्‍ना भएको होमबलि हो ।

  • 6औंसीको दिनमा तिनले बथानबाट एउटा निष्खोट साँढे, छवटा थुमा, र एउटा निष्खोट भेडो चढाउन् ।

  • 2“हारून र त्यसका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, पापबलिको साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालोसहित ल्याउनू ।

  • 14त्यसले आफ्नो बलि परमप्रभुलाई चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित एउटा थुमालाई होमबलिको रूपमा चढाउनुपर्छ । त्यसले एक वर्षको खोटरहित पाठीलाई पापबलिको रूपमा चढाउनुपर्छ । त्यसले एउटा खोटरहित थुमालाई मेलबलिको रूपमा ल्याउनुपर्छ ।