निर्गमन 29:15

अनलक शाब्दिक बाइबल

तैँले एउटा भेडा पनि लिनू अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 29:19 : 19 त्यसपछि तैँले अर्को भेडा लिनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।
  • लैव्य 1:4-9 : 4 त्यसले आफ्नो हात त्यस होमबलिको टाउकोमाथि राखोस्, र त्यसपछि त्यसको खातिर त्यो प्रायश्‍चित्तको रूपमा ग्रहण हुने छ । 5 त्यसपछि त्यसले त्यो गोरुलाई परमप्रभुको अगि मारोस् । हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत भेट हुने पालको प्रवेशद्वारमा रहेको वेदीमा चढाई छर्कून् । 6 तब त्यसले त्यो होमबलिको छाला काढेर त्यसलाई टुक्रा-टुक्रा गरी काटोस् । 7 अनि पुजारी हारूनका छोराहरूले वेदीमाथि आगो लगाऊन् र त्यस आगोमा दाउराहरू राखून् । 8 हारूनका छोराहरू, अर्थात् पुजारीहरूले वेदीको दाउरामाथिको आगोमा ती टुक्राहरू, टाउको र बोसो मिलाएर राखून् । 9 तर त्यसका भित्री भागहरू र खुट्‍टाहरूलाई त्यसले पानीले धोओस् । त्यसपछि पुजारीले वेदीमा भएका सबै कुराहरूलाई होमबलिको रूपमा जलाऊन् । त्यसले मेरो निम्ति मिठो सुगन्ध निकाल्‍ने छ; त्यो मेरो निम्ति चढाइएको होमबलि हुने छ ।
  • लैव्य 8:18-21 : 18 मोशाले होमबलिको निम्ति भेडालाई अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे । 19 उनले त्यो मारे र त्यसको रगतलाई वेदीको सबैतिर छर्के । 20 उनले त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटे र त्यसको टाउको, ती टुक्राहरू र बोसोलाई जलाए । 21 उनले त्यसका भित्री भागहरू र खुट्टाहरूलाई पानीले पखाले, र पुरै भेडालाई वेदीमा जलाए । त्यो होमबलि थियो र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मिठो सुगन्ध दियो ।
  • निर्ग 29:3 : 3 बाबरहरू मसिनो गहुँको पिठोको प्रयोग गरी बनाउनू । तिनीहरूलाई एउटा टोकरीमा हालेर साँढे र दुईवटा भेडासँगै ती ल्याउनू ।
  • निर्ग 29:10 : 10 तिमीहरू सबैले भेट हुने पालको सामु बाछो ल्याउनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि हात राख्‍नेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 29:16-22
    7 पदहरू
    96%

    16भेडालाई मारेर त्यसको रगत वेदीका चारैतिर छर्कनू ।

    17त्यस भेडालाई टुक्रा-टुक्रा पारेर त्यसका आन्द्राभुँडी र खुट्टाहरूलाई धुनू अनि ती आन्द्राभुँडी, त्यसका टुक्राहरू र टाउकोसमेत

    18वेदीमा राखिदिनू । त्यसपछि सिङ्गै भेडालाई जलाउनू । यो परमप्रभुलाई आगोद्वारा चढाइने मिठो बास्‍ना भएको होमबलि हो ।

    19त्यसपछि तैँले अर्को भेडा लिनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।

    20अनि तैँले भेडालाई मारेर त्यसको थोरै रगत लिई हारूनको दाहिने कान, त्यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बुढी औँला र तिनीहरूका खुट्टाका बुढी औँलामा लगाइदिनू । त्यसपछि रगत वेदीको हरेक किनाराको वरिपरि छर्किदिनू ।

    21तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरू अनि त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्यसका पोशाकहरू, त्यसका छोराहरूसाथै त्यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् ।

    22तैँले भेडाको बोसो, बोसे पुच्छर, आन्द्रभुँडी ढाक्‍ने बोसो, कलेजोको मासु, दुईवटा मिर्गौला र तिनमा भएका बोसो अनि दाहिने साँप्रो लिनू किनकि यो भेडा मेरो लागि पुजारीको अर्पणको लागि हो ।

  • लैव्य 8:22-25
    4 पदहरू
    89%

    22अनि मोशाले अर्को भेडा, अर्थात् पवित्रीकरणको भेडा पनि अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे ।

    23हारूनले त्यो मारे, र मोशाले त्यसको केही रगत लिएर हारूनको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्टाको बुढी औँलामा लगाइदिए ।

    24उनले हारूनका छोराहरूलाई ल्याए, र तिनीहरूका दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला र दाहिने खुट्टाको बुढी औँलामा केही रगत लगाइदिए । त्यसपछि मोशाले त्यसको रगत वेदीको सबैतिर छर्के ।

    25उनले बोसो, बोसे-पुच्छर, भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र त्यसको बोसो, र दाहिने फिला लिए ।

  • 18मोशाले होमबलिको निम्ति भेडालाई अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे ।

  • 10तिमीहरू सबैले भेट हुने पालको सामु बाछो ल्याउनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि हात राख्‍नेछन् ।

  • 14मोशाले पापबलिको साँढे ल्याए, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस पापबलिको साँढेको टाउकोमाथि राखे ।

  • 4त्यसले आफ्नो हात त्यस होमबलिको टाउकोमाथि राखोस्, र त्यसपछि त्यसको खातिर त्यो प्रायश्‍चित्तको रूपमा ग्रहण हुने छ ।

  • निर्ग 29:3-4
    2 पदहरू
    80%

    3बाबरहरू मसिनो गहुँको पिठोको प्रयोग गरी बनाउनू । तिनीहरूलाई एउटा टोकरीमा हालेर साँढे र दुईवटा भेडासँगै ती ल्याउनू ।

    4तैँले भेट हुने पालको प्रवेशद्वारमा हारून र त्यसका छोराहरूलाई उपस्थित गरा । हारून र त्यसका छोराहरूलाई पानीले नुहाइदिनू ।

  • 13त्यसले आफ्नो हात त्यस बाख्राको टाउकोमाथि राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

  • 5त्यसले इस्राएलका मानिसहरूको समुदायबाट पापबलिको रूपमा दुईवटा बोका र होमबलिको रूपमा एउटा भेडा लेओस् ।

  • 2उनले हारूनलाई भने, “पापबलिको निम्ति बगालबाट एउटा बाछो, र होमबलिको निम्ति एउटा निष्‍खोट भेडा लिएर परमप्रभुको अगि अर्पण गर्नू ।

  • निर्ग 29:31-32
    2 पदहरू
    80%

    31मेरो निम्ति पुजारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्यसको मासुलाई पवित्रस्थानमा उमाल्नू ।

    32हारून र त्यसका छोराहरूले भेट हुने पालको प्रवेशद्वारमा भेडाको मासु र टोकरीमा भएको रोटी खाऊन् ।

  • 1¶ तिनीहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरूलाई मेरो लागि अलग गर्न तैँले गर्नुपर्ने काम यही हो । एउटा बाछा र दुईवटा निष्खोट भेडा लिएर आइज ।

  • 8त्यसले बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

  • गिन 8:12-13
    2 पदहरू
    78%

    12लेवीहरूले साँढेहरूमाथि तिनीहरूका हात राख्‍नुपर्छ ।

    13तैँले लेवीहरूका प्रायश्‍चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा ।

  • 2त्यसले बलिको टाउकोमा आफ्नो हात राखोस् र त्यसलाई भेट हुने पालको प्रवेशद्वारमा नै मारोस् । त्यसपछि हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

  • निर्ग 29:24-27
    4 पदहरू
    77%

    24तैँले यी सबै हारूनका हात र त्यसका छोराहरूका हातमा राखिदिनू अनि परमप्रभुको सामु डोलाइने बलिको लागि मेरो सामु डोलाउनू ।

    25त्यसपछि तिनीहरूका हातबाट खाना लिएर होमबलिसँगै वेदीमा तिनलाई जलाइदिनू । यसले मलाई मिठो बास्‍ना दिनेछ । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो ।

    26हारूनको अर्पणको भेडाको ह्याकुलो लिएर यसलाई परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाउनू, र योचाहिँ तेरो भाग हुनेछ ।

    27तैँले हारून र त्यसका छोराहरूका निम्ति दिइएको डोलाइने बलिको ह्याकुलो र साँप्रो मेरो लागि अलग गर् ।

  • 15त्यस समुदायका एल्डरहरूले परमप्रभुको अगि त्यस साँढेको टाउकोमाथि आफ्ना हातहरू राखून्, र त्यसलाई परमप्रभुको अगि मारून् ।

  • 3यसैकारण हारून महा-पवित्र स्थानभित्र यसरी प्रवेश गरोस् । त्यसले पापबलिको रूपमा एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा लिएर आओस् ।

  • 10तैँले लेवीहरूलाई परमप्रभुको सामु ल्याउँदा इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्‍नुपर्छ ।

  • 29त्यसले त्यस पापबलिको टाउकोमाथि आफ्नो हात राखोस् र होमबलिकै स्थानमा त्यस पापबलिलाई मारोस् ।

  • 21हारूनले आफ्ना दुवै हात त्यस जिउँदो बोकाको शिरमा राखोस् र त्यसमाथि इस्राएलका मानिसहरूका सबै दुष्‍टता, तिनीहरूका सबै विद्रोह, र सबै पापलाई मानिलिओस् । त्यसपछि त्यसले त्यस बोकाको शिरमाथि त्यो पाप राखोस् र त्यस बोकालाई उजाड-स्थानतर्फ डोर्‍याउन तयार भएको मानिसको जिम्मामा दिओस् ।

  • 2“हारून र त्यसका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, पापबलिको साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालोसहित ल्याउनू ।

  • 12बाछोको थोरै रगत लिएर तेरो औँलाले वेदीका सिङहरूमा छर्की, अनि बाँकी रगत वेदीको आधारमा खन्याइदिनू ।

  • 27उनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे र डोलाइने बलिस्वरूप परमप्रभुको अगि डोलाए ।

  • 14तर बाछोको मासु, यसको छाला र गोबरचाहिँ छाउनीबाहिर लगेर जलाइदिनू । यो पापबलि हो ।

  • 11त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्‍टिको भागमा मारोस् । हारूनका छोराहरू, अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

  • 41तैँले तेरा दाजु हारून र त्यसका छोराहरूलाई यी पोशाकहरू पहिराइदिनू । पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई अभिषेक गर्नू, नियुक्त गर्नू र मेरो निम्ति अलग गर्नू ।

  • 19हारून र त्यसका छोराहरूले यो पानीले तिनीहरूका हात र खुट्टा धोऊन् ।

  • 23तिनीहरूले पापबलिको निम्‍ति बोकाहरू राजा र समुदायको अघि ल्‍याए । तिनीहरूले तीमाथि आआफ्‍ना हात राखे ।

  • 33त्यसले आफ्नो हात त्यस पापबलिको टाउकोमाथि राखोस् र होमबलिलाई मार्ने स्थानमा त्यसलाई पापबलिको निम्ति मारोस् ।

  • 4त्यसले त्यो साँढेलाई परमप्रभुको अगि भेट हुने पालको प्रवेशद्वारमा ल्याओस्, त्यसको टाउकोमाथि आफ्नो हात राखोस्, र त्यस साँढेलाई परमप्रभुको अगि मारोस् ।

  • 30हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् ।

  • 8त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदाहरू लगाइदिनू ।

  • 1¶ इस्राएलीहरूमध्ये तेरा दाजु हरून र तिनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारले पुजारी भएर मेरो सेवा गर्नलाई तिनीहरूलाई तँकहाँ बोलाएर ले ।

  • 8हारूनका छोराहरू, अर्थात् पुजारीहरूले वेदीको दाउरामाथिको आगोमा ती टुक्राहरू, टाउको र बोसो मिलाएर राखून् ।