निर्गमन 28:41

अनलक शाब्दिक बाइबल

तैँले तेरा दाजु हारून र त्यसका छोराहरूलाई यी पोशाकहरू पहिराइदिनू । पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई अभिषेक गर्नू, नियुक्त गर्नू र मेरो निम्ति अलग गर्नू ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 29:7 : 7 त्यसपछि अभिषेक गर्ने तेल लिएर जा अनि त्यसको शिरमा खन्याइदिएर त्यसलाई अभिषेक गर् ।
  • निर्ग 29:9 : 9 हारून र त्यसका छोराहरूलाई पटुका र फेटाहरू लगाइदिनू । पुजारी पद तिनीहरूका लागि सदाको विधि हो । यसरी तैँले हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू ।
  • निर्ग 40:15 : 15 पुजारी बनेर तिनीहरूले मेरो सेवा गरून् भनेर तैँले तिनीहरूका पितालाई जस्तै तिनीहरूलाई अभिषेक गर्नू । तिनीहरूको अभिषेकले पुस्ता-पुस्तासम्म तिनीहरूलाई स्थायी पुजारीको पद प्रदान गर्छ ।”
  • लैव्य 10:7 : 7 तिमीहरूमाथि परमप्रभुका अभिषेकको तेल भएको हुनाले तिमीहरू भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू, नत्रता तिमीहरू मर्ने छौ ।” यसैकारण मोशाले आज्ञा गरेझैँ तिनीहरूले गरे ।
  • लैव्य 8:1-9 : 1 ¶ परमप्रभुले मोशालाई यसो भन्‍नुभयो, 2 “हारून र त्यसका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, पापबलिको साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालोसहित ल्याउनू । 3 भेट हुने पालको प्रवेशद्वारमा सबै समुदायलाई भेला गर्नू ।” 4 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ उनले गरे, र सबै समुदाय भेट हुने पालको प्रवेशद्वारमा भेला भए । 5 अनि मोशाले समुदायलाई भने, “परमप्रभुले गर्नू भनेर आज्ञा गर्नुभएको यही नै हो ।” 6 मोशाले हारून र तिनका छोराहरूलाई ल्याएर पानीले धोए । 7 उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए । 8 उनले तिनलाई छाती-पाता लगाइदिए, र छाती-पातामा ऊरीम र तुम्मीम राखिदिए । 9 उनले तिनको शिरमा फेटा लगाइदिए, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ त्यस फेटाको अगाडिपट्टि सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए । 10 मोशाले अभिषेक गर्ने तेल लिएर पवित्र वासस्थान र त्यसमा भएका सबै कुरालाई अभिषेक गरे र परमप्रभुको निम्ति ती अलग गरे । 11 उनले सात पटक वेदीमा तेल छर्के, अनि वेदी र त्यसका सबै भाँडाकुँडाहरू, धुने बाटा र त्यसको फेदसमेत परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे । 12 उनले केही अभिषेक गर्ने तेल हारूनको शिरमा खन्याए र तिनलाई पनि परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे । 13 मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए । परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए र तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए । 14 मोशाले पापबलिको साँढे ल्याए, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस पापबलिको साँढेको टाउकोमाथि राखे । 15 उनले त्यो मारे, र रगत लिएर आफ्नो औँलाले वेदीका सिङहरूमा लगाए, अनि वेदीलाई पवित्र गराएर वेदीको फेदमा रगत खन्याए, र त्यसको निम्ति प्रायश्‍चित्त गर्नलाई वेदीलाई परमप्रभुको निम्ति अलग गरे । 16 मोशाले भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र तिनका बोसो लिए र ती सबै वेदीमा जलाए । 17 तर परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ उनले त्यो साँढे, त्यसको छाला, त्यसको मासु, र गोबरलाई छाउनीबाहिर जलाए । 18 मोशाले होमबलिको निम्ति भेडालाई अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे । 19 उनले त्यो मारे र त्यसको रगतलाई वेदीको सबैतिर छर्के । 20 उनले त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटे र त्यसको टाउको, ती टुक्राहरू र बोसोलाई जलाए । 21 उनले त्यसका भित्री भागहरू र खुट्टाहरूलाई पानीले पखाले, र पुरै भेडालाई वेदीमा जलाए । त्यो होमबलि थियो र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मिठो सुगन्ध दियो । 22 अनि मोशाले अर्को भेडा, अर्थात् पवित्रीकरणको भेडा पनि अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे । 23 हारूनले त्यो मारे, र मोशाले त्यसको केही रगत लिएर हारूनको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्टाको बुढी औँलामा लगाइदिए । 24 उनले हारूनका छोराहरूलाई ल्याए, र तिनीहरूका दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला र दाहिने खुट्टाको बुढी औँलामा केही रगत लगाइदिए । त्यसपछि मोशाले त्यसको रगत वेदीको सबैतिर छर्के । 25 उनले बोसो, बोसे-पुच्छर, भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र त्यसको बोसो, र दाहिने फिला लिए । 26 परमप्रभुको सामु भएको अखमिरी रोटीको डालोबाट उनले एउटा अखमिरी रोटी, एउटा तेल मिसाइएको रोटी र एउटा पापड लिएर बोसो र दाहिने फिलामा राखे । 27 उनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे र डोलाइने बलिस्वरूप परमप्रभुको अगि डोलाए । 28 त्यसपछि मोशाले ती सबै तिनीहरूका हातबाट लिए र होमबलिको निम्ति वेदीमा जलाए । मिठो सुगन्ध दिने अभिषेकको बलि यही थियो । 29 मोशाले रोटी लिए र परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा डोलाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ पुजारी-अर्पणको भेडा मोशाकै भाग थियो । 30 मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे । 31 यसैकारण मोशाले हारून र तिनका छोराहरूलाई भने, “भेट हुने पालको प्रवेशद्वारमा मासुलाई उमाल्नू, र मैले ‘हारून र तिनका छोराहरूले खाऊन्’ भनेर आज्ञा गरेझैँ अभिषेकको डालोमा भएको रोटीसहित त्यसलाई त्यहीँ खाओ । 32 मासु र रोटीबाट जे बाँकी हुन्छ त्यसलाई जलाउनू । 33 तिमीहरूको अर्पणको काम पुरा नभएसम्म अर्थात् सात दिनसम्म भेट हुने पालको प्रवेशद्वारभन्दा बाहिर नजानू । किनभने परमप्रभुले तिमीहरूलाई सात दिनसम्म अभिषेक गर्नुहुने छ । 34 आजको दिनमा जे गरियो, त्यो तिमीहरूको प्रायश्‍चित्तको निम्ति परमप्रभुले आज्ञा गर्नुभएको हो । 35 तिमीहरू भेट हुने पालको प्रवेशद्वारमा सात दिनसम्म दिन र रात बस्‍नू, र परमप्रभुको आज्ञा मान्‍नू, अनि तिमीहरू मर्ने छैनौ, किनभने मलाई यस्तै आज्ञा भएको छ ।” 36 यसैकारण हारून र तिनका छोराहरूले परमप्रभुले मोशाद्वारा आज्ञा गर्नुभएका सबै कुरा गरे ।
  • इब्रा 7:28 : 28 किनकि व्यवस्थाले मानिसहरूलाई प्रधान पुजारीको रूपमा नियुक्त गर्‍यो, जससँग कमजोरी हुन्थे । तर उहाँ व्यवस्थापछि आएको शपथको वचनले नियुक्त हुनुभएका पुत्र हुनुहुन्छ जो सदाकालका निम्ति सिद्ध बनाइनुभएको छ ।
  • १ यूह 2:20 : 20 तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबैले सत्‍य जान्दछौ ।
  • १ यूह 2:27 : 27 तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्‍छ र तिमीहरूलाई सिकाउन कसैको आवश्‍यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ, अनि त्‍यो सत्‍य हो, झुटो होइन । उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार, उहाँमा रहो ।
  • निर्ग 28:1 : 1 ¶ इस्राएलीहरूमध्ये तेरा दाजु हरून र तिनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारले पुजारी भएर मेरो सेवा गर्नलाई तिनीहरूलाई तँकहाँ बोलाएर ले ।
  • निर्ग 28:4 : 4 तिनीहरूले बनाउनुपर्ने पोशाकहरू छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, फेटा र पटुका हुन् । तिनीहरूले यी पोशाकहरू बनाऊन् जसले तेरा दाजु हारून र त्यसका छोराहरूलाई मेरो निम्ति अलग गरून् ताकि तिनीहरूले पुजारी भएर मेरो सेवा गर्न सकून् ।
  • निर्ग 29:24 : 24 तैँले यी सबै हारूनका हात र त्यसका छोराहरूका हातमा राखिदिनू अनि परमप्रभुको सामु डोलाइने बलिको लागि मेरो सामु डोलाउनू ।
  • निर्ग 29:35 : 35 यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू । तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू ।
  • निर्ग 30:23-30 : 23 “तैँले यी असल-असल मसलाहरू अर्थात् ५०० शेकेल तरल मूर्र, २५० शेकेल बास्‍ना आउने दालचिनी, २५० शेकेल बास्‍ना आउने बोझो, 24 ५०० शेकेल तेजपात– सबैको नाप पवित्रस्थानको हिसाबले– र एक हीन भद्राक्षको तेल लिनू । 25 तैँले यी सामग्रीहरूबाट अभिषेक गर्ने पवित्र तेल अर्थात् सुगन्धित मसला बनाउनू । यो मेरो लागि सुरक्षित अभिषेक गर्ने पवित्र तेल हुनेछ । 26 तैँले यस तेलले भेट हुने पालसाथै गवाहीको सन्दुक, 27 टेबुल र यसका सबै भाँडाकुँडा, सामदान र यसका सामान, धूपको वेदी, 28 होमबलि चढाउने वेदीलगायत यसका सबै सामान र धुनलाई प्रयोग गरिने बाटालाई अभिषेक गर्नू । 29 ती मेरो लागि पवित्र होऊन् भनेर तिनलाई मेरो लागि अलग गर्नू । तिनलाई छुने कुनै पनि कुरो पनि पवित्र हुनेछ । 30 हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् ।
  • गिन 3:3 : 3 हारून पुजारीका छोराहरूका नाउँहरू यिनै हुन् जसलाई पुजारीको रूपमा अभिषेक गरिएको थियो र पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरिएका थिए ।
  • यशा 10:27 : 27 त्यस दिन, तिमीहरूका कुममा भएको त्यसको बोझ र तिमीहरूको काँधमा भएको जुवा हटाइनेछ र मोटोपनको कारणले जुवा नष्‍ट पारिनेछ ।
  • यशा 61:1 : 1 ¶ परमप्रभु परमेश्‍वरको आत्मा ममाथि हुनुहुन्छ, किनभने कष्‍टमा परेकाहरूलाई सुसमाचार घोषणा गर्न परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ । तोडिएका हृदय भएकाहरूलाई निको पार्न, कैदीहरूलाई छुटकाराको घोषणा गर्न र बन्धनमा परेकाहरूलाई कैदबाट छुटकारा दिन उहाँले मलाई पठाउनुभएको छ ।
  • यहे 43:26 : 26 तिनीहरूले वेदीको निम्ति सात दिनसम्म प्रायश्‍चित गरून् र त्यसलाई शुद्ध पारून् । यसरी तिनीहरूले त्यसलाई पवित्र पार्नुपर्छ ।
  • यूह 3:34 : 34 किनकि परमेश्‍वरले जसलाई पठउनुभएको छ, त्यसले उहाँको वचन बोल्छ । किनकि उहाँले पवित्र आत्मा नापतौल गरेर दिनुहुन्‍न ।
  • २ कोरि 1:21-22 : 21 अब परमेश्‍वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो । 22 उहाँले आफ्नो छाप हामीमा लगाउनुभयो र हामीलाई पछि दिने कुराको बैनाको रूपमा हाम्रो हृदयमा पवित्र आत्मा दिनुभयो ।
  • इब्रा 5:4 : 4 र कुनै पनि मानिस आफैँले आफ्नो आदर लिन सक्दैन । त्यसको सट्टामा, हारूनलाई जस्तै उसलाई परमेश्‍वरद्वारा बोलाइएको हुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 40:12-15
    4 पदहरू
    91%

    12तैँले हारून र त्यसका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारमा ल्याई तिनीहरूलाई पानीले नुहाइदिनुपर्छ ।

    13मेरो लागि अलग गरिएका पोशाकहरू तैँले हारूनलाई लगाइदिनू र त्यसले पुजारी बनेर मेरो सेवा गरोस् भनेर त्यसलाई अभिषेक गरी मेरो निम्ति अलग गर्नू ।

    14त्यसका छोराहरूलाई ल्याई तिनीहरूलाई लबेदा पहिराइदिनू ।

    15पुजारी बनेर तिनीहरूले मेरो सेवा गरून् भनेर तैँले तिनीहरूका पितालाई जस्तै तिनीहरूलाई अभिषेक गर्नू । तिनीहरूको अभिषेकले पुस्ता-पुस्तासम्म तिनीहरूलाई स्थायी पुजारीको पद प्रदान गर्छ ।”

  • निर्ग 30:29-30
    2 पदहरू
    90%

    29ती मेरो लागि पवित्र होऊन् भनेर तिनलाई मेरो लागि अलग गर्नू । तिनलाई छुने कुनै पनि कुरो पनि पवित्र हुनेछ ।

    30हारून र त्यसका छोराहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तैँले तिनीहरूलाई मेरो निम्त अलग गर् ।

  • निर्ग 29:4-9
    6 पदहरू
    86%

    4तैँले भेट हुने पालको प्रवेशद्वारमा हारून र त्यसका छोराहरूलाई उपस्थित गरा । हारून र त्यसका छोराहरूलाई पानीले नुहाइदिनू ।

    5आफूसित पोशाकहरू लैजा र हारूनलाई लबेदा, एपोदको अलखा, एपोद, छाती-पाता अनि राम्ररी बुनेको एपोदको कमरपेटी लगाइदिनू ।

    6त्यसको शिरमा फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट पहिराइदिनू ।

    7त्यसपछि अभिषेक गर्ने तेल लिएर जा अनि त्यसको शिरमा खन्याइदिएर त्यसलाई अभिषेक गर् ।

    8त्यसका छोराहरूलाई ल्याएर तिनीहरूलाई लबेदाहरू लगाइदिनू ।

    9हारून र त्यसका छोराहरूलाई पटुका र फेटाहरू लगाइदिनू । पुजारी पद तिनीहरूका लागि सदाको विधि हो । यसरी तैँले हारून र त्यसका छोराहरूलाई मेरो सेवा गर्न अभिषेक गर्नू ।

  • निर्ग 29:19-21
    3 पदहरू
    84%

    19त्यसपछि तैँले अर्को भेडा लिनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।

    20अनि तैँले भेडालाई मारेर त्यसको थोरै रगत लिई हारूनको दाहिने कान, त्यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बुढी औँला र तिनीहरूका खुट्टाका बुढी औँलामा लगाइदिनू । त्यसपछि रगत वेदीको हरेक किनाराको वरिपरि छर्किदिनू ।

    21तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरू अनि त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्यसका पोशाकहरू, त्यसका छोराहरूसाथै त्यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् ।

  • निर्ग 29:29-30
    2 पदहरू
    84%

    29हारूनपछि त्यसका पवित्र पोशाकहरू त्यसका छोराहरूका लागि सुरक्षित राख्‍नू । तिनीहरू तिनमा अभिषेक गरिएर तिनीहरूलाई मेरो निम्ति नियुक्त गर्नू ।

    30हारूनपछि त्यसका छोराहरूमध्ये पुजारी हुनेचाहिँ पवित्रस्थानमा मेरो सेवा गर्न भेट हुने पालमा आउँदा त्यसले सात दिनसम्म ती पोशाकहरू लगाओस् ।

  • निर्ग 28:1-4
    4 पदहरू
    84%

    1¶ इस्राएलीहरूमध्ये तेरा दाजु हरून र तिनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामारले पुजारी भएर मेरो सेवा गर्नलाई तिनीहरूलाई तँकहाँ बोलाएर ले ।

    2तैँले तेरा दाजु हारूनको निम्ति मेरो लागि अलग गरिएका पोशाकहरू लगाउनू । यी पोशाकहरू तिनको गौरव र शोभाको निम्ति हुनेछन् ।

    3मैले बुद्धिको आत्माले भरिपूर्ण पारेका सबै बुद्धिमान् मानिसहरूलाई तैँले भन्‍नू कि तिनीहरूले हारूनका निम्ति पोशाकहरू बनाऊन् जसले तिनलाई मेरो पुजारी भएर सेवा गर्न अलग गरून् ।

    4तिनीहरूले बनाउनुपर्ने पोशाकहरू छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, फेटा र पटुका हुन् । तिनीहरूले यी पोशाकहरू बनाऊन् जसले तेरा दाजु हारून र त्यसका छोराहरूलाई मेरो निम्ति अलग गरून् ताकि तिनीहरूले पुजारी भएर मेरो सेवा गर्न सकून् ।

  • 40हारूनका छोराहरूका गौरव र शोभाका लागि लबेदा, पटुका र फेटाहरू बनाउनू ।

  • निर्ग 31:10-11
    2 पदहरू
    83%

    10यसमा राम्ररी बुनेको पोशाकहरू अर्थात् हारून पुजारी र त्यसका छोराहरूका निम्ति पवित्र पोशाकहरू पनि पर्छन् । पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरू मेरो लागि अलग गरिएका हुन् ।

    11पवित्रस्थानको लागि अभिषेक गर्ने तेल र सुगन्धित धूप पनि यसमा पर्छन् । मैले तँलाई आज्ञा गरेबमोजिम यी कारीगारहरूले यी सबै थोक बनाऊन् ।”

  • 41तिनीहरूले पवित्रस्थानमा सेवा गर्नको लागि बुनेका मसिनो सुती कपडाका पोशाकहरू, पुजारी भएर सेवा गर्न हारून र तिनका छोराहरूका लागि पवित्र पोशाकहरू ल्याए ।

  • 30मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे ।

  • 3हारून पुजारीका छोराहरूका नाउँहरू यिनै हुन् जसलाई पुजारीको रूपमा अभिषेक गरिएको थियो र पुजारीको रूपमा सेवा गर्न नियुक्‍त गरिएका थिए ।

  • लैव्य 8:12-13
    2 पदहरू
    80%

    12उनले केही अभिषेक गर्ने तेल हारूनको शिरमा खन्याए र तिनलाई पनि परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे ।

    13मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए । परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए र तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए ।

  • 35यसरी मैले तँलाई आज्ञा गरेका सबै कुराबमोजिम हारून र त्यसका छोराहरूलाई गर्नू । तैँले सात दिन लगाएर तिनीहरूलाई तयार पार्नू ।

  • गिन 18:1-2
    2 पदहरू
    80%

    1¶ परमप्रभुले हारूनलाई भन्‍नुभयो, “तँ, तेरा छोराहरू र तेरा वंशकाहरू पवित्र स्थान विरुद्ध गरिने सबै पापका निम्ति जिम्मेवार हुनेछौ । तर पुजारीको पदमा कसैले गरेको सबै पापको निम्ति तँ र तेरा छोराहरू मात्र जिम्मेवार हुनेछौ ।

    2लेवी कुलका अर्थात् तेरा पुर्खाका वंशका तेरा सङ्गी सदस्यहरूको सवालमा, तिनीहरूलाई तँसँगै ले अनि तँ र तेरा छोराहरूले गवाही-पाटीको पालको सम्मुख सेवा गर्दा तिनीहरू सहभागी होऊन् र तिमीहरूलाई सहायता गरून् ।

  • 44म भेट हुने पाल र मेरो लागि मात्र प्रयोग हुने वेदीलाई पवित्र पार्नेछु । पुजारी भएर मेरो सेवा गर्नका निम्ति हारून र त्यसका छोराहरूलाई पनि म पवित्र पार्नेछु ।

  • 32आफ्नो पिताको स्थानमा प्रधान पुजारी हुनको निम्ति अभिषेक भएको र नियुक्‍त भएको प्रधान पुजारीले यसरी प्रायश्‍चित्त गरोस् र पवित्र लुगाहरू, अर्थात् सूतीका लुगाहरू लगाओस् ।

  • 19तिनीहरूले पवित्रस्थानमा सेवा गर्ने राम्ररी बुनेका पोशाकहरू, हारून पुजारी र तिनका छोराहरूले पुजारी भएर सेवा गर्दा लगाउने पवित्र पोशाकहरू ल्याए ।

  • निर्ग 28:42-43
    2 पदहरू
    79%

    42तिनीहरूका नग्‍नता ढाक्‍नलाई सुतीका भित्री पोशाकहरू बनाउनू जसले तिनीहरूको कम्मरदेखि जाँघसम्म ढाकून् ।

    43हारून र त्यसका छोराहरू पवित्रस्थानमा सेवा गर्नका लागि वेदीमा जाँदा वा भेट हुने पालमा प्रवेश गर्दा तिनीहरूले यी पोशाकहरू लगाऊन् । तिनीहरू दोषी ठहरिएर नमरून् भन्‍नाका लागि तिनीहरूले यी लगाउनैपर्छ । हारून र त्यसपछि त्यसका सन्तानहरूका लागि यो स्थायी विधि हो ।

  • 19तिनीहरूको सुरक्षा गर ताकि तिनीहरूले यसो गर्दा तिनीहरू नमरून् । तिनीहरू अति पवित्र स्थानको नजिक जाँदा

  • 4त्यसले सूतीको पवित्र दौरा, र सूतीको भित्री वस्‍त्र पहिरोस्, र सूतीको पटुका र सूतीको फेटा लगाओस् । यी पवित्र पोशाक हुन् । त्यसले आफ्‍नो शरीर पानीले नुहाएर यी पोशाक लगाओस् ।

  • 27तिनीहरूले हारून र तिनका छोराहरूका लागि मसिनो सुती कपडाका लबेदाहरू बनाए ।

  • 35पुजारीको कार्यमा परमप्रभुको निम्ति सेवा पुर्‍याउनलाई हारून र त्यसका सन्तानलाई मोशाले अर्पण गरेको दिनमा परमप्रभुको निम्ति आगोद्वारा चढाइएको बलिदानबाट तिनीहरूका निम्ति हिस्सा यही नै हो ।

  • लैव्य 8:6-7
    2 पदहरू
    77%

    6मोशाले हारून र तिनका छोराहरूलाई ल्याएर पानीले धोए ।

    7उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए ।

  • 8परप्रभुले हारूनलाई भन्‍नुभयो, “हेर्, मलाई चढाइने बलिदानहरू र इस्राएलका मानिसहरूले मलाई दिने पवित्र भेटीहरू सम्भाल्ने जिम्मा मैले तँलाई दिएको छु ।

  • 1¶ तिनीहरूले पुजारी भएर मेरो सेवा गरून् भनेर तिनीहरूलाई मेरो लागि अलग गर्न तैँले गर्नुपर्ने काम यही हो । एउटा बाछा र दुईवटा निष्खोट भेडा लिएर आइज ।

  • 27तैँले हारून र त्यसका छोराहरूका निम्ति दिइएको डोलाइने बलिको ह्याकुलो र साँप्रो मेरो लागि अलग गर् ।

  • 49हारून र तिनका सन्‍तानहरूले वेदीमा होमबलिहरू, अनि महापवित्र स्थानमा हुने सबै कार्यको निम्ति धूप वेदीमा भेटीहरू चढाए । यी भेटीहरू इस्राएलका पापका लागि प्रायश्‍चित गर्नलाई परमेश्‍वरका दास मोशाका आज्ञाअनुसार यी सबै भेटीहरू चढाइए ।

  • 17परमप्रभुले मोशा र हारूनलाई भन्‍नुभयो,

  • 13तैँले लेवीहरूका प्रायश्‍चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा ।

  • 19हारून र त्यसका छोराहरूले यो पानीले तिनीहरूका हात र खुट्टा धोऊन् ।