लैव्यव्यवस्था 8:22

अनलक शाब्दिक बाइबल

अनि मोशाले अर्को भेडा, अर्थात् पवित्रीकरणको भेडा पनि अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 8:2 : 2 “हारून र त्यसका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, पापबलिको साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालोसहित ल्याउनू ।
  • लैव्य 8:29 : 29 मोशाले रोटी लिए र परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा डोलाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ पुजारी-अर्पणको भेडा मोशाकै भाग थियो ।
  • यूह 17:19 : 19 तिनीहरूका खातिर म आफैँलाई समर्पण गर्दछु, ताकि तिनीहरू आफैँ पनि सत्यतामा तपाईंमा समर्पण गरिनेछन् ।
  • १ कोरि 1:30 : 30 परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो ।
  • २ कोरि 5:21 : 21 उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।
  • एफिसी 5:25 : 25 पतिहरू हो, जसरी ख्रीष्‍टले मण्डलीलाई प्रेम गर्नुभयो र आफैँलाई तिनको निम्ति समर्पित गर्नुभयो, त्यसरी नै आफ्ना पत्‍नीहरूलाई प्रेम गर ।
  • एफिसी 5:27 : 27 दागरहित वा चाउरी नभएको वा अन्य यस्ता कुनै थोक नभएको, तर पवित्र र दोषरहित, महिमित मण्डली आफ्नै निम्ति प्रस्तुत गर्नको निम्ति उहाँले यस्तो गर्नुभयो ।
  • प्रका 1:5-6 : 5 अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो । 6 उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको छ, अनि उहाँका पिता र परमेश्‍वरका निम्ति पुजारीहरू, जसलाई सदासर्वदा महिमा र शक्‍ति होस् । आमेन ।
  • निर्ग 29:19-31 : 19 त्यसपछि तैँले अर्को भेडा लिनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् । 20 अनि तैँले भेडालाई मारेर त्यसको थोरै रगत लिई हारूनको दाहिने कान, त्यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बुढी औँला र तिनीहरूका खुट्टाका बुढी औँलामा लगाइदिनू । त्यसपछि रगत वेदीको हरेक किनाराको वरिपरि छर्किदिनू । 21 तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरू अनि त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्यसका पोशाकहरू, त्यसका छोराहरूसाथै त्यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् । 22 तैँले भेडाको बोसो, बोसे पुच्छर, आन्द्रभुँडी ढाक्‍ने बोसो, कलेजोको मासु, दुईवटा मिर्गौला र तिनमा भएका बोसो अनि दाहिने साँप्रो लिनू किनकि यो भेडा मेरो लागि पुजारीको अर्पणको लागि हो । 23 परमप्रभुको सामु भएको खमिर नहालेको रोटीको टोकरीबाट एउटा रोटी, तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिनू । 24 तैँले यी सबै हारूनका हात र त्यसका छोराहरूका हातमा राखिदिनू अनि परमप्रभुको सामु डोलाइने बलिको लागि मेरो सामु डोलाउनू । 25 त्यसपछि तिनीहरूका हातबाट खाना लिएर होमबलिसँगै वेदीमा तिनलाई जलाइदिनू । यसले मलाई मिठो बास्‍ना दिनेछ । यो मेरो लागि आगोद्वारा चढाइने बलि हो । 26 हारूनको अर्पणको भेडाको ह्याकुलो लिएर यसलाई परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाउनू, र योचाहिँ तेरो भाग हुनेछ । 27 तैँले हारून र त्यसका छोराहरूका निम्ति दिइएको डोलाइने बलिको ह्याकुलो र साँप्रो मेरो लागि अलग गर् । 28 यो हारून र त्यसका छोराहरूका लागि अनन्तको विधि हुनेछ । इस्राएलका मानिसहरूले तिनीहरूका मेलबलिबाट परमप्रभुलाई दिनुपर्ने भाग यही हो । 29 हारूनपछि त्यसका पवित्र पोशाकहरू त्यसका छोराहरूका लागि सुरक्षित राख्‍नू । तिनीहरू तिनमा अभिषेक गरिएर तिनीहरूलाई मेरो निम्ति नियुक्त गर्नू । 30 हारूनपछि त्यसका छोराहरूमध्ये पुजारी हुनेचाहिँ पवित्रस्थानमा मेरो सेवा गर्न भेट हुने पालमा आउँदा त्यसले सात दिनसम्म ती पोशाकहरू लगाओस् । 31 मेरो निम्ति पुजारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्यसको मासुलाई पवित्रस्थानमा उमाल्नू ।
  • लैव्य 7:37 : 37 होमबलि, अन्‍नबलि, पापबलि, दोषबलि, अभिषेकको बलि र मेलबलिका विधि यी नै हुन्,

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लैव्य 8:18-21
    4 पदहरू
    92%

    18मोशाले होमबलिको निम्ति भेडालाई अर्पण गरे, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस भेडाको शिरमा राखे ।

    19उनले त्यो मारे र त्यसको रगतलाई वेदीको सबैतिर छर्के ।

    20उनले त्यस भेडालाई टुक्रा-टुक्रा गरी काटे र त्यसको टाउको, ती टुक्राहरू र बोसोलाई जलाए ।

    21उनले त्यसका भित्री भागहरू र खुट्टाहरूलाई पानीले पखाले, र पुरै भेडालाई वेदीमा जलाए । त्यो होमबलि थियो र परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ त्यसले परमप्रभुको निम्ति आगोद्वारा चढाइने बलिदानस्वरूप मिठो सुगन्ध दियो ।

  • निर्ग 29:15-22
    8 पदहरू
    90%

    15तैँले एउटा भेडा पनि लिनू अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।

    16भेडालाई मारेर त्यसको रगत वेदीका चारैतिर छर्कनू ।

    17त्यस भेडालाई टुक्रा-टुक्रा पारेर त्यसका आन्द्राभुँडी र खुट्टाहरूलाई धुनू अनि ती आन्द्राभुँडी, त्यसका टुक्राहरू र टाउकोसमेत

    18वेदीमा राखिदिनू । त्यसपछि सिङ्गै भेडालाई जलाउनू । यो परमप्रभुलाई आगोद्वारा चढाइने मिठो बास्‍ना भएको होमबलि हो ।

    19त्यसपछि तैँले अर्को भेडा लिनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि आ-आफ्ना हात राखून् ।

    20अनि तैँले भेडालाई मारेर त्यसको थोरै रगत लिई हारूनको दाहिने कान, त्यसका छोराहरूका दाहिने कानहरू, तिनीहरूका दाहिने हातका बुढी औँला र तिनीहरूका खुट्टाका बुढी औँलामा लगाइदिनू । त्यसपछि रगत वेदीको हरेक किनाराको वरिपरि छर्किदिनू ।

    21तैँले वेदीमा भएको थोरै रगत र थोरै अभिषेक गर्ने तेल लिएर त्यसलाई हारून र त्यसका पोशाकहरू अनि त्यसका छोराहरू र तिनीहरूका पोशाकहरूमा छर्किदे । तब हारून र त्यसका पोशाकहरू, त्यसका छोराहरूसाथै त्यसका छोराहरूका पोशाकहरू मेरो लागि अलग गरिनेछन् ।

    22तैँले भेडाको बोसो, बोसे पुच्छर, आन्द्रभुँडी ढाक्‍ने बोसो, कलेजोको मासु, दुईवटा मिर्गौला र तिनमा भएका बोसो अनि दाहिने साँप्रो लिनू किनकि यो भेडा मेरो लागि पुजारीको अर्पणको लागि हो ।

  • लैव्य 8:12-15
    4 पदहरू
    86%

    12उनले केही अभिषेक गर्ने तेल हारूनको शिरमा खन्याए र तिनलाई पनि परमप्रभुको निम्ति अलग गर्नलाई अभिषेक गरे ।

    13मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए । परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए र तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए ।

    14मोशाले पापबलिको साँढे ल्याए, अनि हारून र तिनका छोराहरूले आफ्ना हात त्यस पापबलिको साँढेको टाउकोमाथि राखे ।

    15उनले त्यो मारे, र रगत लिएर आफ्नो औँलाले वेदीका सिङहरूमा लगाए, अनि वेदीलाई पवित्र गराएर वेदीको फेदमा रगत खन्याए, र त्यसको निम्ति प्रायश्‍चित्त गर्नलाई वेदीलाई परमप्रभुको निम्ति अलग गरे ।

  • लैव्य 8:23-25
    3 पदहरू
    84%

    23हारूनले त्यो मारे, र मोशाले त्यसको केही रगत लिएर हारूनको दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला, र दाहिने खुट्टाको बुढी औँलामा लगाइदिए ।

    24उनले हारूनका छोराहरूलाई ल्याए, र तिनीहरूका दाहिने कानको टुप्‍पो, दाहिने हातको बुढी औँला र दाहिने खुट्टाको बुढी औँलामा केही रगत लगाइदिए । त्यसपछि मोशाले त्यसको रगत वेदीको सबैतिर छर्के ।

    25उनले बोसो, बोसे-पुच्छर, भित्री भागहरूमा भएका सबै बोसो, कलेजोलाई ढाक्‍ने भाग, दुवै मृगौला र त्यसको बोसो, र दाहिने फिला लिए ।

  • 8त्यसले बलिको टाउकोमाथि आफ्नो हात राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

  • 10तिमीहरू सबैले भेट हुने पालको सामु बाछो ल्याउनू, अनि हारून र त्यसका छोराहरूले त्यसको टाउकोमाथि हात राख्‍नेछन् ।

  • लैव्य 9:1-2
    2 पदहरू
    80%

    1¶ आठौँ दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए ।

    2उनले हारूनलाई भने, “पापबलिको निम्ति बगालबाट एउटा बाछो, र होमबलिको निम्ति एउटा निष्‍खोट भेडा लिएर परमप्रभुको अगि अर्पण गर्नू ।

  • लैव्य 8:27-30
    4 पदहरू
    79%

    27उनले ती सबै हारून र तिनका छोराहरूका हातमा राखे र डोलाइने बलिस्वरूप परमप्रभुको अगि डोलाए ।

    28त्यसपछि मोशाले ती सबै तिनीहरूका हातबाट लिए र होमबलिको निम्ति वेदीमा जलाए । मिठो सुगन्ध दिने अभिषेकको बलि यही थियो ।

    29मोशाले रोटी लिए र परमप्रभुको निम्ति डोलाइने बलिको रूपमा डोलाए । परमप्रभुले मोशालाई आज्ञा गर्नुभएझैँ पुजारी-अर्पणको भेडा मोशाकै भाग थियो ।

    30मोशाले वेदीमा भएको केही अभिषेक गर्ने तेल र रगत लिए, अनि हारून, तिनका वस्‍त्र, तिनका छोराहरू र तिनीसँगै तिनका छोराहरूका वस्‍त्रमा छर्किदिए । यसरी उनले हारून र तिनका वस्‍त्र, र तिनका छोराहरू र तिनीहरूका वस्‍त्र सबै परमप्रभुको निम्ति अलग गरे ।

  • 13त्यसले आफ्नो हात त्यस बाख्राको टाउकोमाथि राखोस् र भेट हुने पालको सामु मारोस् । त्यसपछि हारूनका छोराहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

  • 2त्यसले बलिको टाउकोमा आफ्नो हात राखोस् र त्यसलाई भेट हुने पालको प्रवेशद्वारमा नै मारोस् । त्यसपछि हारूनका छोराहरू अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।

  • 4त्यसले आफ्नो हात त्यस होमबलिको टाउकोमाथि राखोस्, र त्यसपछि त्यसको खातिर त्यो प्रायश्‍चित्तको रूपमा ग्रहण हुने छ ।

  • गिन 8:10-13
    4 पदहरू
    78%

    10तैँले लेवीहरूलाई परमप्रभुको सामु ल्याउँदा इस्राएलका मानिसहरूले आफ्नो हात लेवीहरूमाथि राख्‍नुपर्छ ।

    11हारूनले लेवीहरूलाई इस्राएलका मानिसहरूको तर्फबाट डोलाइने बलिको रूपमा चढाउनुपर्छ, ताकि तिनीहरूले परमप्रभुको सेवाको काम गरून् ।

    12लेवीहरूले साँढेहरूमाथि तिनीहरूका हात राख्‍नुपर्छ ।

    13तैँले लेवीहरूका प्रायश्‍चित्तको निम्ति एउटा साँढेलाई पापबलिको रूपमा र अर्कोलाई होमबलिको रूपमा चढाउनुपर्छ । तैँले लेवीहरूलाई हारून र त्यसका छोराहरूको सामु ले र तिनीहरूलाई डोलाइने बलिको रूपमा चढा ।

  • 5त्यसले इस्राएलका मानिसहरूको समुदायबाट पापबलिको रूपमा दुईवटा बोका र होमबलिको रूपमा एउटा भेडा लेओस् ।

  • 31मेरो निम्ति पुजारीहरूको नियुक्ति गर्दा तैँले भेडा लिई त्यसको मासुलाई पवित्रस्थानमा उमाल्नू ।

  • 18तिनले त्यो साँढे र मानिसहरूको निम्ति चढाइने मेलबलिको भेडालाई पनि मारे । हारूनका छोराहरूले तिनलाई रगत दिए, र तिनले त्यो वेदीको सबैतिर छर्के ।

  • 2“हारून र त्यसका छोराहरूलाई वस्‍त्रहरू र अभिषेक गर्ने तेल, पापबलिको साँढे, दुईवटा भेडा र अखमिरी रोटीको डालोसहित ल्याउनू ।

  • 6मोशाले हारून र तिनका छोराहरूलाई ल्याएर पानीले धोए ।

  • 3बाबरहरू मसिनो गहुँको पिठोको प्रयोग गरी बनाउनू । तिनीहरूलाई एउटा टोकरीमा हालेर साँढे र दुईवटा भेडासँगै ती ल्याउनू ।

  • 9हारूनका छोराहरूले तिनको सामु रगत टक्र्याए, अनि तिनले आफ्नो औँलालाई रगतमा चोपेर वेदीका सिङहरूमा लगाए, र त्यसपछि तिनले रगतलाई वेदीको फेदमा खन्याए ।

  • 3यसैकारण हारून महा-पवित्र स्थानभित्र यसरी प्रवेश गरोस् । त्यसले पापबलिको रूपमा एउटा साँढे र होमबलिको निम्ति एउटा भेडा लिएर आओस् ।

  • निर्ग 29:26-27
    2 पदहरू
    76%

    26हारूनको अर्पणको भेडाको ह्याकुलो लिएर यसलाई परमप्रभुको सामु डोलाइने बलिको रूपमा डोलाउनू, र योचाहिँ तेरो भाग हुनेछ ।

    27तैँले हारून र त्यसका छोराहरूका निम्ति दिइएको डोलाइने बलिको ह्याकुलो र साँप्रो मेरो लागि अलग गर् ।

  • 8हारूनका छोराहरू, अर्थात् पुजारीहरूले वेदीको दाउरामाथिको आगोमा ती टुक्राहरू, टाउको र बोसो मिलाएर राखून् ।

  • लैव्य 9:12-13
    2 पदहरू
    75%

    12हारूनले होमबलिलाई जलाए, र तिनका छोराहरूले तिनलाई रगत दिए र तिनले त्यो रगतलाई वेदीको सबैतिर छर्के ।

    13तिनीहरूले होमबलिलाई टुक्रा-टुक्रा गरी टाउकोसमेत तिनलाई दिए र तिनले ती सबै वेदीमा जलाए ।

  • 22त्यसपछि हारूनले आफ्ना हात मानिसहरूतर्फ उठाएर तिनीहरूलाई आशिष् दिए, अनि पापबलि, होमबलि र मेलबलि अर्पण गर्ने स्थानबाट तिनी तल झरे ।

  • 23तिनीहरूले पापबलिको निम्‍ति बोकाहरू राजा र समुदायको अघि ल्‍याए । तिनीहरूले तीमाथि आआफ्‍ना हात राखे ।

  • 11त्यसले त्यो परमप्रभुको अगि वेदीको उत्तर पट्‍टिको भागमा मारोस् । हारूनका छोराहरू, अर्थात् पुजारीहरूले त्यसको रगत वेदीको वरिपरि छर्कून् ।