२ इतिहास 8:9

अनलक शाब्दिक बाइबल

तापनि सोलोमनले इस्राएलका मानिसलाई ज्‍यालाबिनाका श्रमिक बनाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, कमाण्‍डरहरू, अधिकारीहरू, अनि सारथि र घोडचडीका कमाण्‍डरहरू भए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 19:5-6 : 5 अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् । 6 तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”
  • लैव्य 25:39-46 : 39 यदि तिमीहरूको सङ्गी-नागरिक गरिब भयो र त्यसले आफैलाई तिमीहरूकहाँ बेच्‍यो भने, त्यसलाई दासलाई झैँ काममा नलगाउनू । 40 त्यसलाई ज्यालामा राखिएको नोकरझैँ व्यवहार गर्नू । तिमीहरूका बिचमा अस्थायी रूपमा बसोबास गर्ने मानिसझैँ त्यो हुने छ । पुनर्स्थापनाको वर्षसम्म त्यसले तिमीहरूको सेवा गर्ने छ । 41 त्यसपछि त्यो र त्यसका छोराछोरीहरू तिमीहरूबाट पर आफ्नै परिवार र आफ्नै पिताको सम्पत्तिमा फर्किजाने छन् । 42 किनभने तिनीहरू मेरा नोकरहरू हुन् जसलाई मैले मिश्रदेशबाट बाहिर ल्याएँ । तिनीहरू दासहरूझैँ बेचिने छैनन् । 43 तिमीहरूले त्यसमाथि कठोर रूपमा शासन नगर्नू, तर तिमीहरूले आफ्नो परमेश्‍वरको मान गर्नू । 44 तिमीहरूका वरिपरि बसोबास गर्ने जातिहरूबाट दास-दासीहरू तिमीहरूले प्राप्‍त गर्न सक्‍यौ भने, तिमीहरूले तिनीहरूबाट दासहरू किन्‍न सक्‍ने छौ । 45 तिमीहरूका बिचमा बसोबास गर्ने परदेशीहरूबाट, तिमीहरूसँग भएका तिनीहरूका परिवारहरूबाट, र तिमीहरूको भूमिमा जन्मेका तिनीहरूका छोराछोरीहरूबाट पनि तिमीहरूले दासहरू किन्‍न सक्छौ । तिनीहरू तिमीहरूको सम्पत्ति बन्‍न सक्छन् । 46 तिमीहरूले त्यस्ता दासहरूलाई आफ्ना छोराछोरीहरूका निम्ति तिमीहरूपछि सम्पत्तिको रूपमा प्राप्‍त गर्न र सारा जीवनभर तिनीहरूलाई दास बनाउन उत्तराधिकारको रूपमा दिन सक्छौ, तर इस्राएलका मानिसहरूका बिचमा आफ्ना भाइहरूलाई तिमीहरूले कठोर रूपमा शासन नगर्नू ।
  • १ शमू 8:11-12 : 11 तिनले भने, “तिमीहरूमाथि राज्‍य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्‍ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्‍ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्‍त गर्ने छन् । 12 उनले आफ्‍नो निम्ति हजारका कप्‍तानहरू र पचासका कप्‍तानहरू नियुक्‍त गर्नेछन् । कसैलाई आफ्नो जमिन जोत्‍न, कसैलाई आफ्‍नो अन्‍न कटानी गर्न र कसैलाई आफ्नो युद्धको हतियारहरू अनि आफ्ना रथहरूको सरसामान बनाउन लगाउनेछन् ।
  • गलाती 4:26 : 26 तर माथि रहेको यरूशलेम स्वतन्‍त्र छ, जोचाहिँ हाम्री आमा हुन् ।
  • गलाती 4:31 : 31 त्यसकारण, भाइहरू हो, हामी दासी स्‍त्रीका छोराछोरीहरू होइनौँ, तर स्वतन्‍त्र स्‍त्रीका छोराछोरीहरू हौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 9:19-23
    5 पदहरू
    95%

    19र आफ्ना रथहहरू र घोडचढीहरू राख्नका निम्ति सहरहरू बनाए । यरूशलेम, लेबनान र आफूले शासन गरेका सबै इलाकामा आफूले इच्छा गरेअनुसार तिनले बनाउने काम गरे ।

    20बाँकी रहेका सबै एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसी जो इस्राएली थिएनन्,

    21तिनीहरूका सन्तानहरू जो देशमा बाँकी रहेका थिए, जसलाई इस्राएलीहरूले पूर्ण रूपमा नष्ट गर्न सकेका थिएनन्, तिनीहरूलाई सोलोमनले बेगार काममा लगाएका थिए जो आजको दिनसम्म छन् ।

    22तथापि, सोलोमनले इस्राएलीहरूलाई भने बेगार काममा लगाएनन् । बरु, तिनीहरू तिनका सिपाहीहरू, अधिकृतहरू र कप्तानहरू अनि सारथीहरूका कप्तान र घोडचढीहरू बने ।

    23तिनीहरू सोलोमनका कामको रेखदेख गर्ने अधिकारीहरू पनि बने जसको सङ्ख्या पाँच सय पचास थियो । तिनीहरूले काम गर्ने मानिसहरूको रेखदेख गर्ने काम गर्थे ।

  • २ इति 8:6-8
    3 पदहरू
    80%

    6तिनले बालात आफूसँग भएका भण्‍डारणका सबै सहर र आफ्‍ना रथहरू सबै सहर र घोडाचडीहरूका निम्‍ति सहरहरू र यरूशलेममा, लेबनानमा र आफ्‍ना सारा राज्‍यमा सारा देशभरि आफूले जे इच्‍छा गरे त्‍यो तिनले बनाए ।

    7हित्ती, एमोरी, परिज्‍जी, हिव्‍वी र यबूसीहरूका सबै बाँकी रहेकाहरू, जो इस्राएलका थिएनन्,

    8तिनीहरूपछि देशमा छोडिएका तिनीहरूका सन्‍तानहरू, जसलाई इस्राएलीहरूले नाश गरेका थिएनन्‌—सोलोमनले तिनीहरूलाई ज्‍यालाबिनाका श्रमिक बनाए, जसमा तिनीहरू आजको दिनसम्‍मै रहेका छन्‌ ।

  • 10सोलोमनका निरीक्षकहरूका मुख्‍य अधिकारीहरू यिनैमध्येबाट भए जो २५० जना थिए, जसले काम गर्नेहरूको निरीक्षण गरे ।

  • २ इति 9:24-26
    3 पदहरू
    75%

    24आउने हरेकले आफ्‍नो सौगात चाँदी र सुनका भाँडाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोडा र खच्‍चरहरू वर्षैपिच्‍छे ल्‍याउँथे ।

    25सोलोमनसँग आफ्‍ना घोडा र रथहरूका निम्‍ति चार हजार तबेला थिए । अनि तिनका बाह्र हजार घोडचडी थिए, जसलाई तिनले रथहरू राख्‍ने सहरहरूमा र अरूलाई चाहिं आफूसित यरूशलेममा राखे ।

    26तिनले यूफ्रेटिस नदीदेखि पलिश्‍तीहरूका देश र मिश्रदेशको सिमानासम्‍मै राज्‍य गरे ।

  • 26सोलोमनले रथहरू र घोडचढीहरू जम्मा गरे । तिनका चौध सयवटा रथ र बाह्र हजार घोडचढी थिए जसलाई तिनले रथ राख्ने सहरहरू र आफूसितै यरूशलेममा पनि राख्ने गर्थे ।

  • १ राजा 4:26-27
    2 पदहरू
    74%

    26सोलोमनका रथहरूका लागि घोडाहरूका चालिस हजारवटा तबेला, र बाह्र हजार घोडचढी थिए ।

    27जिल्ला-जिल्लाका अधिकृतहरूले प्रत्येक महिना पालैपालो राजा सोलोमन र तिनको टेबुलमा बसेर खानेहरू सबैका निम्ति भोजन जुटाउँथे । तिनीहरूलाई कुनै कुराको कमी थिएन ।

  • 28तिनीहरूले सोलोमनका निम्ति मिश्रदेश र अरू सबै देशबाट घोडाहरू ल्याए ।

  • २ इति 1:13-14
    2 पदहरू
    74%

    13तब सोलोमन गिबोनको अल्‍गो स्‍थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे ।

    14सोलोमनले रथहरू र घोडचढीहरू जम्‍मा गरे, र तिनीसँग चौध सय रथ र बाह्र हजार घोडचढीहरू थिए, जसलाई तिनले रथ राख्‍ने सहरहरूमा र आफू, अर्थात् यरूशलेममा राजसित राखे ।

  • 13सोलोमन राजाले सारा इस्राएलबाट तिस हजार बेगार काम गर्ने मानिस जम्मा गरे ।

  • १ शमू 8:11-12
    2 पदहरू
    73%

    11तिनले भने, “तिमीहरूमाथि राज्‍य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्‍ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्‍ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्‍त गर्ने छन् ।

    12उनले आफ्‍नो निम्ति हजारका कप्‍तानहरू र पचासका कप्‍तानहरू नियुक्‍त गर्नेछन् । कसैलाई आफ्नो जमिन जोत्‍न, कसैलाई आफ्‍नो अन्‍न कटानी गर्न र कसैलाई आफ्नो युद्धको हतियारहरू अनि आफ्ना रथहरूको सरसामान बनाउन लगाउनेछन् ।

  • २ इति 2:17-18
    2 पदहरू
    72%

    17आफ्‍ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्‍ने सबै विदेशीको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए ।

    18यिमध्‍येका सत्तरी हजारलाई भारी बोक्‍न र असी हजारलाई पहाडहरूमा ढुङ्गा काट्‌न र मानिसहरूलाई काममा लगाउन निरीक्षण गर्न छत्तिस सयलाई नियुक्त गरे ।

  • 8तापनि तिनीहरू त्‍यसका सेवकहरू हुनेछन्‌ ताकि मेरो सेवा गर्नु र अरू देशका शासकहरूका सेवा गर्नमा के भिन्‍नता रहेछ सो तिनीहरूले थाहा पाउनेछन्‌ ।”

  • 2सबै इस्राएलसित, हजार कमाण्‍डर र सयका कमाण्‍डरहरू, र न्‍यायकर्ताहरू, र सारा इस्राएलमा भएका हरेक शासक, घरानाहरूका मुखियाहरूसित सोलोमनले कुरा गरे ।

  • १ राजा 5:15-16
    2 पदहरू
    71%

    15सोलोमनका सत्तरी हजरा भरिया र पहाडमा असी हजार ढुङ्गा काट्ने मानिस थिए ।

    16मजदुरहरूका कामको रेखदेख गर्न खटिएका तिन हजार तिन सय नाइके थिए ।

  • 9राजा सोलोमनले आफ्नै निम्ति लेबनानको काठबाट पालकी बनाउनुभयो ।

  • १ राजा 10:28-29
    2 पदहरू
    71%

    28सोलोमनका घोडाहरू मिश्र र क्यूएबाट पैठारी गरिन्थे, अनि राजाका व्यापारीहरूले तिनलाई क्यूएबाट किन्ने गर्थे ।

    29मिश्रबाट चाँदीका छ सय सिक्कामा एउटा रथ र चाँदीको डेढ सय सिक्कामा एउटा घोडा किनिन्थ्यो । त्यसपछि यीमध्ये धेरैजसो हित्ती र अरामीहरूका राजाहरूलाई बेचिन्थे ।

  • 27हीरामले आफ्ना सेवकहरू अर्थात् समुद्रको विषयमा जान्ने नाविकहरू सोलोमनका मानिसहरूसित काम गर्न सोलोमनका जहाजहरूमा पठाए ।

  • 2सोलोमनले भारी बोक्‍नलाई सत्तरी हजार, र पहाडहरूमा ढुङ्गा काट्नलाई असी हजार र तिनीहरूको निरीक्षण गर्न छत्तिस सय मानिसलाई जिम्मा दिए ।

  • २ इति 1:16-17
    2 पदहरू
    70%

    16सोलोमनका घोडाहरू मिश्रदेश र क्‍यूएबाट पैठारी हुन्‍थे। तिनका व्‍यापारीहरूले ती क्‍यूएबाट किनेर ल्‍याउँथे ।

    17तिनीहरूले प्रत्‍येक रथ सात सय शेकेल चाँदीमा र घोडाचाहिं १५० शेकेल चाँदीमा मिश्रदेशबाट पैठारी गर्थे । तिनीहरूले हित्ती र अरामीहरूका राजाहरूलाई ती निकासी पनि गर्थे ।

  • 15सोलोमन राजाले परमप्रभुको मन्दिर, आफ्नो निजी दरबार, टेवा दिने गाराहरू, यरूशलेमको पर्खाल, हासोर, मगिद्दो र गेजेर बनाउनलाई बेगार काममा लगाएका मजदुरहरूको विवरण यही हो ।

  • १ राजा 4:6-7
    2 पदहरू
    69%

    6अहीशार राजमहलका जिम्मावाल थिए । अब्दाका छोरा अदोनिराम बेगार काम गर्नेहरूका जिम्मावाल थिए ।

    7सारा इस्राएलमा सोलोमनका बाह्र जना जिल्ला-जिल्लाका जिल्लापाल थिए जसले राजा तथा राज घरानालाई भोजन जुटाउने काम गर्थे । हरेक मानिसले वर्षमा एक-एक महिनाको भोजन जुटाउनुपर्थ्यो ।

  • १ इति 29:24-25
    2 पदहरू
    69%

    24सबै अगुवाहरू, सेनाहरू, र दाऊद राजाका सबै छोराहरूले पनि सोलोमन राजालाई आफ्‍नो राजभक्ति देखाए ।

    25सारा इस्राएलका नजरमा परमप्रभुले सोलोमनलाई सम्मानित तुल्याउनुभयो र तिनी अघिका इस्राएलका राजाको भन्‍दा महान् शक्ति उहाँले तिनलाई दिनुभयो ।

  • 7हेर, यो त सोलोमनको पलङ्ग पो रहेछ । इस्राएलका साठी जना योद्धाले यसको वरिपरि सुरक्षा दिँदै छन् ।

  • 10इस्राएलको विषयमा परमप्रभुको वचन पालन गर्दै दाऊदको राज्‍यमा तिनको साथमा तिनलाई राजा बनाउनलाई जम्‍मै इस्राएलसँगै मिलेर आफूलाई सामर्थ्‍यवान् देखाउने तिनका अगुवाहरू यी नै थिए

  • 19जब हददेजेरका अधीनमा भएका सबै राजाले आफू इस्राएलद्वारा परास्‍त भएको देखे, तब उनीहरूले इस्राएलसँग शान्ति सम्झौता गरे र तिनीहरूका अधीनमा भए । यसरी अरामीहरू अम्‍मोनका मानिसहरूलाई फेर सहायता गर्न डराए ।

  • 19हददेजेरका अधीनमा भएका राजाहरूले जब आफू इस्राएलद्वारा परास्‍त भएका देखे, तब तिनीहरूले दाऊदसँग सन्‍धि गरे र तिनको सेवा गरे । यसैले अरामका मानिसहरूले फेरि कहिल्‍यै अम्‍मोनीहरूलाई सहायता दिनलाई राजी भएनन्‌ ।

  • 15पुजारीहरू र लेवीहरूलाई कुनै पनि विषयमा वा अनि भण्‍डारण कोठाहरूका विषयमा राजाले दिएका आज्ञाबाट यी मानिसहरू तर्किएनन् ।

  • 17दाऊदले इस्राएलका सबै अगुवाहरूलाई आफ्‍ना छोरा सोलोमनलाई सघाउन भनी यसो भनेर आदेश दिए,

  • 3यरूशलेममा बस्‍ने प्रादेशिक अधिकारीहरू यी नै हुन् । तथापि केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू, मन्दिरका सेवकहरू र सोलोमनका सेवकहरूका सन्तानहरूचाहिँ यहूदाका सहरहरूमा आ-आफ्नै जग्गाजमिनमा बसोबास गरे ।

  • 4दाऊदले तिनीबाट १,७०० रथहरू र बिस हजार पैदल सिपाही कब्जा गरे । दाऊदले सबै रथ तान्‍ने घोडाहरूको ढोडनसा काटिदिए, तर आफूलाई एक सय रथहरू मात्र राखे ।

  • 2तिनीहरू त्यस्ता जातिहरूका थिए जसको बारेमा परमप्रभुले इस्राएललीहरूलाई भन्नुभएको थियो, “विवाह गर्न तिनीहरूका बिचमा नजाओ, न त तिनीहरू तिमीहरूका बिचमा आऊन् किनकि निश्चय नै, तिनीहरूले तिमीहरूका ह्रदय तिनीहरूका देवताहरूतर्फ फर्काउने छन् ।” यस आज्ञाको बाबजुत पनि सोलोमन यी स्त्रीहरूप्रति मोहित भए ।

  • 1¶ राजा सोलोमन सारा इस्राएलमाथि राजा भए ।

  • 17यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका निरीक्षक थिए । दाऊदका छोराहरूचाहिं राजाका मुख्‍य अधिकारीहरू थिए ।