२ इतिहास 9:13
सोलोमनकहाँ हरेक वर्षमा आएको सुनको तौल तेईस टन हुन्थ्यो,
सोलोमनकहाँ हरेक वर्षमा आएको सुनको तौल तेईस टन हुन्थ्यो,
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13राजा सोलोमनले शेबाकी रानीले इच्छा गरेकी हरेक थोक दिए । राजाले आफ्नो राजकीय उदारताका अतिरिक्ता उनले मागेकी हरेक कुरा दिए । यसरी उनी आफ्ना सेवकहरूसँगै आफ्नो देशमा फर्किन् ।
14सोलोमनकहाँ वर्षेनी आउने गरेको सुनको ओजन तेइस टन थियो ।
15यसबाहेक, पैकारीहरू र व्यापारीहरूले पनि सुन ल्याउँथे । अरब देशका सबै राजा र प्रादेशिक राज्यपालहरूले पनि सोलोमनकहाँ सुनचाँदी ल्याउने गर्थे ।
16सोलोमन राजाले पिटेको सुनबाट दुई सयवटा ठुला-ठुला ढाल बनाए । प्रत्येक ढाल बनाउन साढे तिन किलोग्राम लागेको थियो ।
17तिनले पिटेको सुनका तिन सयवटा स-साना ढाल पनि बनाए । प्रत्येक ढालमा करिब डेढ किलोग्राम सुन लागेको थियो । राजाले तिनलाई लेबनानको वन भनिने राजदरबारमा राखे ।
14यो व्यापारीहरू र कारोवारीले ल्याएका सुनबाहेको थियो । अरब देशका सबै राजा र प्रादेशिक गभर्नरहरूले पनि राजाको निम्ति सुन र चाँदी ल्याए ।
15सोलोमन राजाले पिटेका सुनका दुई सय ठूला ढाल बनाए । प्रत्येक ढाल बनाउन साढे तिन किलोग्राम सुन लागेको थियो ।
16पिटेको सुनका तिन सय साना ढाल पनि तिनले बनाए । प्रत्येक ढालमा करीब डेढ किलोग्राम सुन थियो । राजाले लेबनानको वन भनिने राजमहलमा ती राखे ।
14हीरामले राजालाई चार टन सुन पठाएका थिए ।
9तिनले राजालाई चार टन सुन, प्रशस्त मात्रामा मसला र बहुमूल्य रत्नहरू दिइन् । सोलोमन राजालाई शेबाकी रानीले दिएको जति धेरै मसलाहरू तिनलाई फेरि कसैले पनि दिएन ।
28तिनीहरू सोलोमनका सेवकहरूसँगै ओपीरमा गए । त्यहाँबाट तिनीहरूले राजा सोलोमनकहाँ साँढे चौध टन सुन ल्याए ।
12शेबाकी रानीले जे इच्छा गरिन् र जे मागिन् ती हरेक कुरा सोलोमन राजाले तिनलाई दिए । तिनले राजालाई ल्याएर दिएका थोकभन्दा धेरै तिनले उनलाई दिए । यसरी उनी बिदा भइन् र आफ्ना सेवकहरूका साथ आफ्नो देशमा फर्किन् ।
10उनले राजालाई चार टन सुन र प्रशस्त मात्रामा मसलासाथै बहुमूल्य रत्नहरू दिइन् । शेबाकी रानीले सोलोमन राजालाई दिएकी जत्तिकै यति प्रशस्त मसला तिनलाई फेरि कहिल्यै दिइएन । ओपीरबाट सुन ल्याउने
26मैले तिनीहरूका हातमा बाइस हजार किलो चाँदी, चौतिस सय किलो चाँदीका वस्तुहरू, चौतिस सय किलोग्राम सुन,
27आठ किलो सुनका बाटाहरू र सुनजस्तै बहुमूल्य काँसाका दुईवटा भाँडा दिएँ ।
1¶ जब शेबाकी रानीले सोलोमनको ख्यातिको बारेमा सुनिन्, तब कठिन प्रश्नहरू लिएर तिनको जाँच गर्न तिनी यरूशलेममा आइन् । तिनी मसलाहरू, प्रशस्त सुन र धेरै बहुमूल्य रत्नहरूलाई ऊँटहरूमा लदाएर एक अत्यन्तै ठूलो लावालश्करसाथ आइन् । जब तिनी सोलोमनकहाँ आइन्, तब तिनले आफ्नो मनमा भएका सबै कुरा उनलाई भनिन् ।
2सोलोमनले तिनका सबै प्रश्नहरूका जवाफ दिए । सोलोमनको निम्ति कुनै कुरा पनि प्रश्न कठिन भएन । तिनले जवाफ नदिएको कुनै पनि प्रश्न बाँकी रहेन ।
3जब शेबाकी रानीले सोलोमनको बुद्धि, र तिनले बनाएको राजमहल देखिन्,
20सोलोमनका पिउने कचौरा सबै सुनका थिए, र लेबनानको वन भनिने राजमहलमा भएका पिउने कचौरा सबै सुनका थिए । चाँदीको केही पनि थिएन, किनभने सोलोमनको समयमा चाँदीलाई बहुमूल्य ठानिइन ।
21हिरामका समुद्री जहाजका साथमा राजाका पनि जहाजहरू थिए । हरेक तिन वर्षमा एक पल्ट यी जहाजहरूले सुन, चाँदी, हस्ती-हाड, ढेडुहरू र बाँदरहरू लिएर आउँथ्यो ।
22यसरी सोलोमन राजाले धन-सम्पत्ति र बुद्धिमा पृथ्वीका अरू सबै राजालाई जितेका थिए ।
23परमेश्वरले सोलोमनको हृदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्न पृथ्वीका सबै राजाले तिनको उपस्थितिमा बस्न खोज्थे ।
24आउने हरेकले आफ्नो सौगात चाँदी र सुनका भाँडाहरू, लुगाहरू, हातहतियार र मसलाहरू अनि घोडा र खच्चरहरू वर्षैपिच्छे ल्याउँथे ।
21सोलोमन राजाका सबै पिउने कचौरा सुनका थिए, र लेबनानको वन भनिने राजदरबारका भएका सबै पिउने कचौरा निखुर सुनका थिए । कुनै पनि कचौरा चाँदीको थिएन किनकि सोलोमनको समयमा चाँदीलाई मूल्यवान् ठानिदैनथ्यो ।
22हीरामका जहाजहरूसँगै समुद्रमा सोलोमन राजाका पनि जहाजहरू थिए । हरेक तिन वर्षमा एक पटक जहाजहरूले सुन, चाँदी, हस्ति-हाडसाथै ढेडु र बाँदरहरू ल्याउने गर्थे ।
23यसरी सोलोमन राजा धन-सम्पत्ति र बुद्धिमा संसारका सबै राजाभन्दा श्रेष्ठ थिए ।
24परमेश्वरले सोलोमनको ह्रदयमा हालिदिनुभएको तिनको बुद्धि सुन्नलाई सारा दुनियाँले तिनको उपस्थितिको खोजी गर्थे ।
25तिनलाई भेट्नेहरूले हरेक वर्ष कोसेली, सुन र चाँदीका भाँडाकुँडाहरू, लुगाहरू, हातहतियार, मसलासाथै घोडा र खच्चरहरू ल्याउँथे ।
18अनि हीरामले समुद्रको बारेमा जानकारी भएका मानिसहरूसहितका आफ्ना अधिकारीहरूका कमाण्डमा रहेका रहेका पानी जहाजहरू पठाइदिए र सोलोमनका सेवकहरूका साथमा तिनीहरू ओपीरमा गए र तिनीहरूले त्यहाँबाट सोह्र टन सुन ल्याए र त्यो सोलोमन राजालाई दिए ।
24पवित्रस्थानसित सम्बन्धित सबै काममा यस परियोजनाको लागि प्रयोग भएका सबै सुन डोलाइने बलिबाट जम्मा भएका पवित्र वासस्थानको शेकेलको नापबमोजिम २९ तोडा र ७३० शेकेल थियो ।
25समुदायले दिएको चाँदी पवित्र वासस्थानको शेकेलअनुसार १०० तोडा र १,७७४ शेकेल थियो ।
1¶ जब शेबाकी रानीले परमप्रभुको नाउँको सम्बन्धमा सोलोमनको कीर्ति सुनिन्, उनी कठिन प्रश्नहरू लिएर तिनलाई जाँच गर्न आइन् ।
2उनी मसलाहरू लादिएका ऊँटहरू, थुप्रै सुन र धेरै बहुमूल्य रत्नहरू लिएर ज्यादै ठुलो लावालश्करसाथ यरूशलेम आइन् । उनी आइपुगेपछि उनले आफ्नो ह्रदयमा भएका सबै कुरा सोलोमनलाई बताइन् ।
47सोलोमनले धेरै भाँडाकुँडा बनाएकाले तिनले जोखेनन् । तिनले काँसाको ओजन निधो गरेनन् ।
48सोलोमनले परमप्रभुको मन्दिरमा राखिने सबै सजाउने सामान सुनबाट बनाएका थिएः सुनको वेदी, उपस्थितिको रोटी राखिने सुनको टेबुल,
7तिनीहरूले परमेश्वरको मन्दिरको सेवाको निम्ति पाँच हजार तोडा र असी किलोग्राम सुन, दस हजार तोडा चाँदी, अठार हजार तोडा काँसो र एक लाख तोडा फलाम दिए ।
14अब हेर्, ज्यादै प्रयत्नका साथ मैले परमप्रभुका मन्दिरको निम्ति एक लाख तोडा सुन, दश लाख तोडा चाँदी, धेरै मात्रामा काँसा र फलाम तयार गरेको छु । मैले काठपात र ढुङ्गा पनि तयार गरिराखेको छु । यी सबैमा तैंले अरू थप्नुपर्छ ।
86धूपले भरिएका हरेक सुनका धुपौराहरूको तौल पवित्र स्थानको मापदण्डअनुसार दस शेकेलको थियो । सबै सुनका धुपौराहरूको तौल एक सय बिस शेकेल थियो । ती सबै जनावरहरू अर्थात् बाह्रवटा गोरु, बाह्रवटा भेडा, बाह्रवटा एक वर्षे थुमालाई होमबलिको निम्ति अलग गरियो ।
26उनले अनुरोध गरेका सुनका कुण्डलको तौल १,७०० शेकेल सुन भयो । यी सुन ती चन्द्रहारका गहनाहरू, अरू गहनाहरू, मिद्दानी राजाहरूले लगाएका बैजनी वस्त्र, र तिनीहरूका ऊँटका घाँटीमा भएका सिक्रीहरूभन्दा बाहेकका थिए ।
22सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो, एक सय पचास मुरी अन्न,
29मिश्रबाट चाँदीका छ सय सिक्कामा एउटा रथ र चाँदीको डेढ सय सिक्कामा एउटा घोडा किनिन्थ्यो । त्यसपछि यीमध्ये धेरैजसो हित्ती र अरामीहरूका राजाहरूलाई बेचिन्थे ।
17तिनीहरूले प्रत्येक रथ सात सय शेकेल चाँदीमा र घोडाचाहिं १५० शेकेल चाँदीमा मिश्रदेशबाट पैठारी गर्थे । तिनीहरूले हित्ती र अरामीहरूका राजाहरूलाई ती निकासी पनि गर्थे ।
21सोलोमनले मन्दिरको भित्री भाग निखुर सुनले मोहोरे, र भित्री कोठाको सामुन्ने तिनले सुनका सिक्रीहरू झुण्ड्याए ।
15सोलोमनका सत्तरी हजरा भरिया र पहाडमा असी हजार ढुङ्गा काट्ने मानिस थिए ।
4जब शेबाकी रानीले सोलोमनका सबै बुद्धि, तिनले बनाएका राजदरबार,
13तब सोलोमन गिबोनको अल्गो स्थानको भेट हुने पालबाट यरूशलेममा आए। तिनले इस्राएलमाथि शासन गरे ।
9यसैले मिश्रदेशका राजा शीशक यरूशलेमको विरुद्ध आए र परमप्रभुको मन्दिर कोषहरू र राजाको महलका भण्डारका धन-सम्पत्ति लुटेर लगे । तिनले हरेक कुरा लगे । सोलोमनले बनाएका सुनका ढालहरू पनि तिनले लगे ।
4ओपिरको सुन तिन हजार तोडा र भित्तामा जलप लागाउनका निम्ति सात हजार तोडा निखुर चाँदी म दिंदैछु ।
18यसरी सोलोमनले यी सबै भाँडा धेरै संख्यामा बनाए । वास्तवमा काँसाका तौल कति थियो भन्ने थाहै भएन ।
17आफ्ना बुबा दाऊदले मानिसहरूको जनगणना लिएझैं सोलोमनले इस्राएलमा बस्ने सबै विदेशीको जनगणना लिए । यिनीहरू १,५३,६०० जना थिए ।