२ कोरिन्थीहरू 1:3
हाम्रा पिता परमेश्वर येशू ख्रीष्टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ ।
हाम्रा पिता परमेश्वर येशू ख्रीष्टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
4परमेश्वरले हाम्रा सारा दुःख कष्टमा हामीलाई सान्त्वना दिनुहुन्छ । त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ । परमेश्वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ ।
5जसरी हाम्रो निम्ति ख्रीष्टको कष्ट प्रशस्त छ, त्यसरी नै ख्रीष्टद्वारा हाम्रो सान्त्वना प्रशस्त हुन्छ ।
6तर यदि हामीले दुःख भोग्यौँ भने यो तिमीहरूका सान्त्वना र उद्धारको निम्ति हो । र यदि हामीले सान्त्वना पायौँ भने यो तिमीहरूको सान्त्वनाको निम्ति हो । तिमीहरू हाम्रो दुःखमा धैर्यसाथ सहभागी हुँदा तिमीहरूको सान्त्वनाले प्रभावकारी रूपले काम गरिरहेको हुन्छ ।
2हाम्रा पिता परमेश्वर र ख्रीष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
3परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।
3हाम्रा परमेश्वर पिता र ख्रीष्ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
4ख्रीष्ट येशूले तिमीहरूलाई दिनुभएको परमेश्वरको अनुग्रहको निम्ति म परमेश्वरलाई सधैँ धन्यवाद दिन्छु ।
1¶ पावल, परमेश्वरको इच्छा अनुसार येशू ख्रीष्टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डली र अखैया प्रान्तमा रहेका सम्पूर्ण विश्वासीहरूलाई ।
2हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् ।
16अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्ट आफैले तथा परमेश्वर हाम्रा पिताले,
17हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्त्वना र स्थिर गराऊन् ।
1¶ पावल, सिलास र तिमोथीबाट परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टमा थेसलोनिकीहरूको मण्डलीलाई,
2परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति ।
1¶ पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्वर पिता र प्रभु येशू ख्रीष्टमा अनुग्रह र शान्ति ।
2तिमीहरू सबैका लागि हामी परमेश्वर पितालाई धन्यवाद चढाउछौँ र हाम्रो प्रार्थनामा तिमीहरूलाई याद गर्दछौँ ।
3हामी निरन्तर रूपमा तिमीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आत्मविश्वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्टमा भएको भविष्यको कारणले गर्दा हो ।
3परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति होस्,
4जसले हाम्रा परमेश्वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।
3परमेश्वर पिता र येशू ख्रीष्ट अर्थात् पिताको पुत्रबाट हामीमा अनुग्रह, दया र शान्ति सत्यता र प्रेममा रहोस् ।
3परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह र शान्ति!
3परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्टको पुनरुत्थानद्वारा ईश्वरीय उत्तराधिकारको निश्चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो ।
11हाम्रा परमेश्वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्,
2कलस्सेमा ख्रीष्टमा भएका विश्वासीहरू र विश्वसनीय भाइहरू, परमेश्वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
3हामी परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद दिन्छौँ र तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्छौं ।
2परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
3हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु ।
1¶ हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रीष्ट येशूको आज्ञा अनुसार येशू ख्रीष्टको प्रेरित पावल,
2विश्वासमा साँचो पुत्र तिमोथीलाई, हाम्रो परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति ।
2मेरा प्रिय बालक तिमोथीलाईः पिता परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह, कृपा र शान्ति ।
6र सबैका पिता, परमेश्वर पनि एउटै हुनुहुन्छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।
17म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।
21अब परमेश्वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो ।
7यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्टकर अवस्थामा तिमीहरूको विश्वासद्वारा हामीलाई सान्त्वना मिलेको छ ।
20अब हाम्रा परमेश्वर र पितालाई सदासर्वदा महिमा होस् । आमेन ।
12हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।
6तर निरुत्साहितहरू लाई सान्त्वना दिनुहुने परमेश्वरले तीतसको आगमनबाट हामीलाई सान्त्वना दिनुभयो ।
2तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्वर र येशू ख्रीष्टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस् ।
14यही कारण म पिताको सामु मेरा घुँडा टेक्दछु,
15जसको पछाडि स्वर्ग र पृथ्वीमा भएका सबै परिवारको नाउँ राखिएको छ ।
6तर हाम्रा निम्ति “परमेश्वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”
14प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम, अनि पवित्र आत्माको सङ्गति तिमीहरू सबैसँग रहून् ।
9परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।
9तिमीहरूका कारण हामीमा भएको आनन्दको खातिर परमेश्वरको सामु हामी कसरी परमेश्वरलाई धन्यवाद चढाऔँ?
33शान्तिका परमेश्वर तिमीहरू सबैसँग रहून् । आमेन!
23परमेश्वर पिता र प्रभु येशू ख्रीष्टबाट भाइहरूलाई विश्वास सहितको प्रेम र शान्ति होस् ।
4तर परमेश्वरले आफ्नो महान् प्रेमले हामीलाई प्रेम गर्नुभएको कारण उहाँ दयामा धनी हुनुहुन्छ ।
13यही कारणले हामी उत्साहित हुन्छौँ । हाम्रा सान्त्वनासाथै हामी तीतसको आनन्दमा अझै रमायौँ किनकि तिमीहरूद्वारा तिनको प्राणलाई स्फूर्ति मिलेको छ ।
1¶ यसकारण म मान्दछु, कि ख्रीष्टमा उत्साह छ । म मान्दछु, कि त्यहाँ आत्माको सङ्गति छ । म मान्दछु, कि उहाँको प्रेमबाट सान्त्वना मिल्दछ । म मान्दछु, कि त्यहाँ स्नेही करुणा र सहानुभूति छ ।
7यो पत्र रोममा भएका सबैका निम्ति हो, अर्थात् परमेश्वरका प्रियहरू जो पवित्र जाति हुन बोलाइएका छौ । हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रह र शान्ति तिमीहरूमा रहोस् ।
2तिमीहरूको विश्वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्टका सुसमाचार र परमेश्वरका सेवक हुन् ।