१ कोरिन्थीहरू 8:6

अनलक शाब्दिक बाइबल

तर हाम्रा निम्ति “परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यूह 1:3 : 3 सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन ।
  • रोमी 11:36 : 36 किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।
  • मल 2:10 : 10 के हामीहरू सबैका निम्ति एउटै पिता हुनुहुन्‍न र? के एउटै परमेश्‍वरले हामीलाई बनाउनुभएको होइन र? हामीहरू हरेक किन आफ्नो दाजुभाइको विरुद्धमा विश्‍वासहीन हुन्छौँ, र हाम्रा पितापुर्खाका नाउँलाई अपमानित गर्दछौ?
  • एफिसी 4:5-6 : 5 प्रभु एउटै हुनुहुन्छ, विश्‍वास एउटै हो, र बप्‍तिसमा पनि, 6 र सबैका पिता, परमेश्‍वर पनि एउटै हुनुहुन्छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।
  • १ कोरि 8:4 : 4 त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा हामीलाई थाहा छ कि “यस संसारमा भएको मूर्ति केही पनि होइन” र एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ ।
  • यूह 13:13 : 13 तिमीहरू मलाई ‘गुरु’ र ‘प्रभु’ भन्छौ र तिमीहरू ठिकै बोलिरहेका छौ, किनकि म त्यही हुँ ।
  • मत्त 11:27 : 27 मेरा पिताद्वारा सबै कुरा मलाई सुम्पिएको छ । अनि पिताबाहेक पुत्रलाई कसैले चिन्दैन, अनि पुत्र र पुत्रले प्रकट गराउन इच्छा गरेको व्यक्‍तिले बाहेक पितालाई कसैले चिन्दैन ।
  • मत्त 28:18 : 18 येशू उनीहरूकहाँ आउनुभयो र उनीहरूसँग बोल्नुभयो र भन्‍नुभयो, “स्वर्ग र पृथ्वीमा सबै अधिकार मलाई दिइएको छ ।
  • व्यव 6:4 : 4 हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ ।
  • योना 1:9 : 9 योनाले तिनीहरूलाई जवाफ दिए, “म एक जना हिब्रू हुँ । अनि परमप्रभु स्वर्गका परमेश्‍वरको भय म मान्‍छु जसले समुद्र र सुख्खा जमिन बनाउनुभएको छ ।”
  • १ कोरि 1:2 : 2 कोरिन्थमा भएको परमेश्‍वरको मण्डलीलाई, ख्रीष्‍ट येशूमा समर्पित गरिएका र पवित्र जनहरू हुनको लागि बोलाइएकाहरूलाई । हामी हरेक ठाउँमा प्रभु येशू ख्रीष्‍टको नाउँ लिनेहरू सबैलाई पनि लेखिरहेका छौँ, जो तिनीहरू र हाम्रा प्रभु हुनुहुन्छ ।
  • १ कोरि 6:13 : 13 “खाना पेटको निम्ति हो, र पेट खानको निम्ति हो”, तर परमेश्‍वरले ती दुवैलाई नाश गर्नुहुनेछ । शरीर अनैतिक यौन सम्बन्धको लागि होइन । यसको साटो शरीर प्रभुको लागि हो, र प्रभुले शरीरको लागि जुटाउनुहुन्छ ।
  • यूह 5:20-29 : 20 किनभने पिताले पुत्रलाई प्रेम गर्नुहुन्छ, र उहाँ आफूले गर्नुहुने सबै कुरा पुत्रलाई देखाउनुहुन्छ अनि उहाँले उनलाई यी कुराहरूभन्दा पनि ठुला कुराहरू देखाउनुहुनेछ, ताकि तिमीहरू अचम्मित हुन सक । 21 किनकि पिताले जसरी मृतकलाई जीवित पार्नुहुन्छ, र तिनीहरूलाई जीवन दिनुहुन्छ, त्यसरी नै पुत्रले पनि जसलाई चाहन्छ त्यसलाई जीवन दिन्छ । 22 किनकि पिताले कसैको न्याय गर्नुहुन्‍न, तर उहाँले न्याय गर्ने सबै काम पुत्रलाई दिनुभएको छ । 23 त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन । 24 साँचो, साँचो, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ त्यससँग अनन्त जीवन हुन्छ र त्यो दोषी ठहराइनेछैन, तर त्यो मृत्युबाट जीवनमा सरेको छ । 25 साँचो, साँचो म तिमीहरूलाई भन्छु, समय आइरहेको छ र यो अहिले नै हो, जब मृतकहरूले परमेश्‍वरका पुत्रको सोर सुन्‍नेछन्, र ती सुन्‍नेहरू बाँच्‍नेछन् । 26 किनकि जसरी पिता आफैँसँग जीवन छ, त्यसरी नै उहाँले पुत्रलाई पनि दिनुभएको छ, ताकि ऊ आफैँसँग जीवन होस्, 27 र पिताले पुत्रलाई न्याय गर्ने अधिकार दिनुभएको छ । किनकि ऊ मानिसका पुत्र हो । 28 यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्‍ने समय आइरहेको छ, 29 र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्‍ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
  • यूह 10:30 : 30 म र पिता एक हौँ ।”
  • यूह 14:9-9 : 9 येशूले तिनलाई भन्‍नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्‍न सक्‍छौ?” 10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्‍वास गर्दैनौ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ ।
  • यूह 14:20 : 20 त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्‍नेछौ ।
  • यूह 17:3 : 3 यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्‍वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्‍टलाई चिनून् ।
  • यूह 17:21-23 : 21 ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस् । 22 तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन् । 23 म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ ।
  • यूह 20:17 : 17 येशूले तिनलाई भन्‍नुभयो, “मलाई नछोऊ, किनभने म अझै पिताकहाँ गएको छैनँ, तर मेरा भाइहरूकहाँ गएर तिनीहरूलाई भनिदेऊ, कि म मेरा पिता र तिमीहरूका पिता अनि मेरा परमेश्‍वर र तिमीहरूका परमेश्‍वरकहाँ जानेछु ।”
  • प्रेरि 2:36 : 36 यसकारण इस्राएलका सबै घरानाले यो निश्‍चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्‍नुभयो, परमेश्‍वरले उहाँलाई प्रभु र ख्रीष्‍ट दुवै बनाउनु भयो ।
  • प्रेरि 5:31 : 31 परमेश्‍वरले इस्राएललाई पश्‍चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो ।
  • प्रेरि 17:28 : 28 किनकि हामी उहाँमा नै जिउँछौँ र हिँडडुल गर्छौं र उहाँमै हाम्रो अस्तित्व छ, जसरी तपाईंहरूका आफ्नै कविहरूले भनेका छन्: ʻकिनकि हामीहरू पनि उहाँकै सन्तान हौँ ।ʼ
  • १ कोरि 12:3 : 3 त्यसकारण, तिमीहरूले यो जान भन्‍ने म चाहन्छु कि परमेश्‍वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित होस् भन्दैन ।” पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्‍न सक्दैन ।
  • एफिसी 1:3 : 3 परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्‍टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।
  • एफिसी 1:20-23 : 20 यो यही शक्ति हो जुन परमेश्‍वरले ख्रीष्‍ट येशूलाई मृत्‍युबाट जीवित पार्नुभएको र स्वर्गीय स्थानहरूमा उहाँको दाहिने बाहुलीमा येशूलाई बसाल्नुभएको समयमा येशू ख्रीष्‍टमा कार्य गर्दैथियो । 21 उहाँले येशूलाई सबै शासन, सबै अधिकार, शक्ति, प्रभुत्त्वहरू र हरेक नामभन्दा माथि राख्‍नुभयो । यस युगको लागि मात्र होइन, तर आउने युगको लागि पनि उहाँले ख्रीष्‍टलाई राख्‍नुभएको छ । 22 परमेश्‍वरले सबै कुराहरू येशू ख्रीष्‍टको पाउमा सुम्पनुभएको छ र उहाँलाई नै मण्डलीमा सबै कुराहरू माथि शिर बनाउनुभएको छ । 23 उहाँले सबै तरिकामा सबै कुरा पूरा गर्नुहुन्छ, र उहाँको पूर्णता उहाँको शरीर, मण्डली हो ।
  • एफिसी 3:14 : 14 यही कारण म पिताको सामु मेरा घुँडा टेक्दछु,
  • फिलि 2:9-9 : 9 यसकारण, परमेश्‍वरले उहाँलाई अति उच्‍च पार्नुभयो । परमेश्‍वरले उहाँलाई सबै नाउँभन्दा उच्‍च नाउँ दिनुभयो । 10 उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू । 11 र उहाँले यो गर्नुभयो, ताकि परमेश्‍वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
  • कलस्सी 1:6 : 6 जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदै छ र यो संसारभरि फैलिँदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्‍वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको छ ।
  • कलस्सी 1:16-17 : 16 किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्‍टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्‍टि गरिएका थिए । 17 उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् ।
  • १ तिमो 2:5-6 : 5 किनभने परमेश्‍वर एकमात्र हुनुहुन्छ, मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्छ । 6 जसले आफैँलाई सबैका छुटकाराको मोलको स्वरूप दिनुभयो, जुन ठीक समयमा दिइएको थियो ।
  • इब्रा 1:2-3 : 2 तर यी अन्तिम दिनहरूमा उहाँ हामीहरूसँग पुत्रद्वारा बोल्‍नुभएको छ, जो सबै कुराका निम्ति उत्तराधिकारी नियुक्त गरिनुभएको छ । परमेश्‍वरले उहाँद्वारा नै सबै कुरा पनि बनाउनुभयो । 3 उहाँ नै परमेश्‍वरलको स्वभावको सार र महिमाको चमक हुनुहुन्छ । आफ्नो शक्‍तिको वचनद्वारा उहाँले सबै कुरा सँगै पक्रिराख्‍नुभएको छ । उहाँले पापको शुद्धेइँ गर्नुपछि उहाँ उच्‍च सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
  • १ पत्रु 1:2-3 : 2 येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् । 3 परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टका पिता धन्यको हुनुभएको होस् । उहाँको महान् दयामा मृतकहरूबाट येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा ईश्‍वरीय उत्तराधिकारको निश्‍चयतको लागि हामीलाई नयाँ जन्म दिनुभयो ।
  • १ पत्रु 1:21 : 21 तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।
  • प्रका 1:18 : 18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एफिसी 4:5-6
    2 पदहरू
    83%

    5प्रभु एउटै हुनुहुन्छ, विश्‍वास एउटै हो, र बप्‍तिसमा पनि,

    6र सबैका पिता, परमेश्‍वर पनि एउटै हुनुहुन्छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।

  • १ कोरि 8:4-5
    2 पदहरू
    82%

    4त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा हामीलाई थाहा छ कि “यस संसारमा भएको मूर्ति केही पनि होइन” र एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ ।

    5धेरै देवताहरू र प्रभुहरू भएजस्तै आकाशमा वा पृथ्‍वीमा नाम मात्रका देवताहरू होलान् ।

  • 76%

    15पुत्र अदृश्य परमेश्‍वरका प्रतिरूप हुनुहुन्छ । उहाँ सबै सृष्‍टिमा जेष्‍ठ हुनुहुन्छ ।

    16किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्‍टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्‍टि गरिएका थिए ।

    17उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् ।

    18र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ ।

  • 36किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।

  • 5किनभने परमेश्‍वर एकमात्र हुनुहुन्छ, मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्छ ।

  • 9परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्‍ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।

  • 11हाम्रा परमेश्‍वर, र पिता आफैले र हाम्रा प्रभु येशूले, तिमीहरूकहाँ आउने ढोका खोलिदिऊन्,

  • 6कामहरू विभिन्‍न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्‍वर एउटै हुनुहुन्छ ।

  • एफिसी 1:2-3
    2 पदहरू
    73%

    2हाम्रा पिता परमेश्‍वर र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

    3परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्‍टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।

  • 5त्यसरी नै, हामीहरू जो धेरै छौँ ख्रीष्‍टमा एउटै शरीर हौँ, र हामी सबै एक-अर्काका अङ्गहरू हौँ ।

  • १ कोरि 3:21-23
    3 पदहरू
    72%

    21त्यसैले, तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर! किनकि सबै कुरा तिमीहरूकै हुन्,

    22चाहे पावल वा अपोल्लोस वा केफास वा संसार वा जीवन वा मृत्यु वा वर्तमानका कुराहरू वा आउने कुराहरू सबै तिमीहरूकै हुन्,

    23अनि तिमीहरूचाहिँ ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्छ ।

  • 3जुन हामीले देखेका र सुनेका छौँ, हामी तिमीहरूलाई पनि घोषणा गर्छौं, ताकि हामीहरूसँग तिमीहरूको सङ्गति होस् । हाम्रो सङ्गति पिता र उहाँको पुत्र येशू ख्रीष्‍टसँग हुन्छ ।

  • 12हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।

  • 18किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौँ ।

  • १ कोरि 12:12-13
    2 पदहरू
    72%

    12जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्‍टमा पनि त्यस्तै हुन्छ ।

    13किनभने एउटै आत्माद्वारा हामीहरू सबैको एउटै शरीरमा बप्‍तिस्मा भएको थियो, यहूदी वा ग्रिक, कमारा वा स्वतन्‍त्र; सबैलाई एउटै आत्माबाट पिउन दिइएको छ ।

  • 30परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो ।

  • 3हाम्रा परमेश्‍वर पिता र ख्रीष्‍ट येशूबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।

  • 6उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टको पिताको प्रशंसा गर्न सक ।

  • २ कोरि 1:2-3
    2 पदहरू
    72%

    2हाम्रा पिता परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रह र शान्ति तिमीहरूमा रहेको होस् ।

    3हाम्रा पिता परमेश्‍वर येशू ख्रीष्‍टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ ।

  • २ थेस 1:1-2
    2 पदहरू
    71%

    1¶ पावल, सिलास र तिमोथीबाट परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टमा थेसलोनिकीहरूको मण्डलीलाई,

    2परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति ।

  • 3परमेश्‍वर पिता र येशू ख्रीष्‍ट अर्थात् पिताको पुत्रबाट हामीमा अनुग्रह, दया र शान्ति सत्यता र प्रेममा रहोस् ।

  • 17रोटीको टुक्रा एउटै भएकोले हामी धेरै भए तापनि एउटै शरीर हौँ । हामी सबैले एकसाथ एउटै रोटीबाट खान्छौँ ।

  • 16अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले,

  • २ कोरि 1:20-21
    2 पदहरू
    71%

    20किनकि परमेश्‍वरका सबै प्रतिज्ञा उहाँमा “हो” नै हुन्छन् । यसैले, उहाँद्वारा नै हामीले परमेश्‍वरको महिमालाई “आमेन” भनेका छौँ ।

    21अब परमेश्‍वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो ।

  • 12किनकि जसरी स्‍त्री पुरुषबाट आउँछे त्यसरी नै पुरुष पनि स्‍त्रीबाट आउँछ । र सबै कुरा परमेश्‍वरबाट आउँछन् ।

  • 30म र पिता एक हौँ ।”

  • 3सबै थोकहरू उहाँद्वारा बनिए, र बनिएको कुनै पनि थोक उहाँविना बनिएन ।

  • 10उहाँको योजनाको पूर्णताको समय जब पूरा हुन्छ, तब ख्रीष्‍टमा परमेश्‍वरले स्वर्ग र पृथ्वीका सबै थोकलाई एक साथ ल्याउनुहुनेछ ।

  • 1¶ पावल, सिलास र तिमोथीबाट थेसलोनिकीहरूको मण्डलीलाई परमेश्‍वर पिता र प्रभु येशू ख्रीष्‍टमा अनुग्रह र शान्ति ।

  • 17म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्‍टका परमेश्‍वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।

  • 3आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्‍वरको ज्ञानद्वारा हामीलाई ईश्‍वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।

  • 9हाम्रो विषयमा तिनीहरू आफैले भन्दछन्, कि हामीलाई तिमीहरूले कस्तो प्रकारले स्वीकार गरेका थियौ र कसरी तिमीहरू मूर्तिपूजा गर्न छोडेर जीवित र साँचो परमेश्‍वरको सेवा गर्न फर्क्यौ ।

  • 7किनकि गवाही दिनेहरू तिन छन्,

  • 18यी सबै कुरा परमेश्‍वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ ।

  • 28जब सबै कुरा उहाँको अधीनमा राखिन्छन्, तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफैँ आउनुहुनेछ । परमेश्‍वर पिता सबै कुरामा सर्वोच्‍च ठहरिन सक्‍नुभएको होस् भनेर यसो हुनेछ ।

  • 9सबै मानिसहरूलाई परमेश्‍वरको गुप्‍त योजनाको बारेमा मैले स्पष्‍ट गर्नुपर्छ । पहिले, यो योजना सबै कुरालाई सृष्‍टि गर्नुहुने परमेश्‍वरद्वारा पुस्तौँसम्म लुकाइएको थियो ।

  • 11र उहाँले यो गर्नुभयो, ताकि परमेश्‍वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्‍ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।

  • 21ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्‍वास गरोस् ।