एफिसीहरू 1:10
उहाँको योजनाको पूर्णताको समय जब पूरा हुन्छ, तब ख्रीष्टमा परमेश्वरले स्वर्ग र पृथ्वीका सबै थोकलाई एक साथ ल्याउनुहुनेछ ।
उहाँको योजनाको पूर्णताको समय जब पूरा हुन्छ, तब ख्रीष्टमा परमेश्वरले स्वर्ग र पृथ्वीका सबै थोकलाई एक साथ ल्याउनुहुनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।
4यस संसारको सृष्टिभन्दा पहिले नै हामी ख्रीष्टमा विश्वास गर्नेहरूलाई परमेश्वरले चुन्नुभयो । उहाँको दृष्टिमा पवित्र र दोषरहित हुन सकौँ भनेर उहाँले हामीलाई चुन्नुभयो ।
5प्रेममा परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्नै निज पुत्रहरूका रूपमा ग्रहण गर्नको निम्ति पूर्णनिर्धारण गर्नुभयो । उहाँले यसो गर्नुभयो किनकि उहाँले योजना गर्नुभएको कुरा गर्न उहाँ प्रसन्न हुनुभयो ।
6नतिजा यो हो, कि परमेश्वरको महिमामय अनुग्रहको कारण सबैले उहाँको प्रशंसा गर्छन् । यो अनुग्रह उहाँले आफ्नो प्रियद्वारा सित्तैमा हामीलाई दिनुभएको छ ।
7अपार अनुग्रहद्वारा उहाँको प्रिय पुत्रमा हामीले रगतबाट छुटकारा अनि पापको क्षमा पाउदछौँ ।
8पुरा बुद्धि र समझको पूर्णतामा उहाँले यस अनुग्रहचाहिँ प्रशस्त मात्रामा हामीलाई दिनुभएको थियो ।
9परमेश्वरले आफ्नो इच्छा अनुसार ख्रीष्टमा प्रकाशमा ल्याउनुभएको उहाँको योजनाको गुप्त सत्यतालाई हाम्रो निम्ति प्रकट गर्नुभयो ।
17म यो प्रार्थना गर्दछु, कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर, महिमाका पिताले तिमीहरूलाई बुद्धिको आत्मा र उहाँको ज्ञानको प्रकाश दिऊन् ।
18म यो प्रार्थना गर्दछु, कि हाम्रो बोलावटको निश्चयता के हो भनेर जान्नको निम्ति तिमीहरूका हृदयका आँखाहरू प्रज्वलित होऊन्, र उहाँको निम्ति अलग गरिएकाहरूका बिचमा उहाँको उत्तराधिकारको महिमाको प्रशस्तता के हो सो तिमीहरूले जान्न सकोस् ।
19हामी विश्वास गर्नेहरूमा उहाँको शक्तिको अत्याधिक महानताको विषयमा तिमीहरूले जान्न सकोस् भनेर म प्रार्थना गर्दछु । यो महानता उहाँको शक्तिको तीव्रताको कार्य अनुसारको हो ।
20यो यही शक्ति हो जुन परमेश्वरले ख्रीष्ट येशूलाई मृत्युबाट जीवित पार्नुभएको र स्वर्गीय स्थानहरूमा उहाँको दाहिने बाहुलीमा येशूलाई बसाल्नुभएको समयमा येशू ख्रीष्टमा कार्य गर्दैथियो ।
21उहाँले येशूलाई सबै शासन, सबै अधिकार, शक्ति, प्रभुत्त्वहरू र हरेक नामभन्दा माथि राख्नुभयो । यस युगको लागि मात्र होइन, तर आउने युगको लागि पनि उहाँले ख्रीष्टलाई राख्नुभएको छ ।
22परमेश्वरले सबै कुराहरू येशू ख्रीष्टको पाउमा सुम्पनुभएको छ र उहाँलाई नै मण्डलीमा सबै कुराहरू माथि शिर बनाउनुभएको छ ।
23उहाँले सबै तरिकामा सबै कुरा पूरा गर्नुहुन्छ, र उहाँको पूर्णता उहाँको शरीर, मण्डली हो ।
9सबै मानिसहरूलाई परमेश्वरको गुप्त योजनाको बारेमा मैले स्पष्ट गर्नुपर्छ । पहिले, यो योजना सबै कुरालाई सृष्टि गर्नुहुने परमेश्वरद्वारा पुस्तौँसम्म लुकाइएको थियो ।
10परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् ।
11हाम्रा प्रभु, ख्रीष्ट येशूमा उहाँले पूरा गर्नुभएको अनन्त योजना अनुसार यो हुनेछ ।
16किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्टि गरिएका थिए ।
17उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् ।
18र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ ।
19किनकि आफ्ना सारा पूर्णता ख्रीष्टमा बास गरेकोमा,
20अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्याउनको निम्ति उहाँ प्रसन्न हुनुभयो । उहाँको क्रुसको रगतद्वारा परमेश्वरले शान्ति ल्याउनुभयो । चाहे स्वर्गका कुराहरू होऊन् वा पृथ्वीका कुराहरू, सबैलाई परमेश्वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो ।
21अनि एकसमय तिमीहरू पनि परमेश्वरका निम्ति बिरानाहरू थियौ र मनमा र आफ्ना दुष्ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ ।
11येशू ख्रीष्टमा हामी परमेश्वरका सन्तानको रूपमा चुनिएका थियौँ । सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौँ ।
12उहाँको महिमाको प्रशंसाको निम्ति अस्तित्वमा रहन सकौँ भनेर परमेश्वरले यो गर्नुभयो । हामी ख्रीष्टमा भरोसा राख्ने पहिलो व्यक्तिहरू थियौँ ।
9किनकि उहाँमा परमेश्वरको पूर्णता शरीरमा बास गर्दछ ।
10र तिमीहरू उहाँमा पूर्ण रूपमा भरिएका छौ । उहाँ नै सबै शक्ति र अधिकारको शिर हुनुहुन्छ ।
10उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो ।
25परमेश्वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ ।
26यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्त सत्यता हो । तर अहिले उहाँमा विश्वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ ।
27यो तिनीहरूका निम्ति हो जसलाई परमेश्वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्चयता हो ।
28उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्तिलाई ख्रीष्टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।
13विश्वासको एकता र परमेश्वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्छ । ख्रीष्टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्छ ।
6ख्रीष्ट येशूमा हामीलाई परमेश्वरले उठाउनुभएको छ र स्वर्गीय स्थानहरूमा उहाँसँगै बसाल्नुभएको छ ।
7आउँदा दिनहरूमा उहाँको अनुग्रहको प्रशस्तता हामीलाई प्रकट गराउने हेतुले उहाँले यसो गर्नुभयो । ख्रीष्ट येशूमा उहाँको दयाद्वारा उहाँले यो देखाउनुहुन्छ ।
15बरु हामी प्रेममा सत्य बोल्नेछौँ र हाम्रो शिर, ख्रीष्टमा हामी सबै क्षेत्रमा वृद्धि हुनेछौँ ।
14हामीले हाम्रो उत्तराधिकार प्राप्त नगरून्जेल सम्म पवित्र आत्मा हाम्रो उत्तराधिकारको निश्चयताको प्रमाण हुनुहुन्छ । यो उहाँको महिमाको प्रशंसाको लागि हो ।
2प्रेम र समझको पूर्ण निश्चयताको प्रशस्ततामा र परमेश्वरको गुप्त सत्यताको ज्ञान अर्थात् ख्रीष्टमा तिनीहरूका हृदयहरू एक साथ ल्याइएर तिनीहरू उत्साहित होऊन् भनेर म काम गर्दछु ।
3ज्ञान र बुद्धिका सबै सम्पत्तिहरू उहाँमा लुकाइएका छन् ।
27किनकि “उहाँले सबै कुरालाई उहाँको आफ्नो पाउमुनि ल्याउनुहुनेछ ।” तर “उहाँले सबै कुरा आफ्नो अधीनमा राख्नुभएको छ” भन्नाले यसको अर्थ हुन्छ कि सबै कुरा उहाँको अधीनमा राख्नेचाहिँ यसमा पर्नुहुन्न ।
28जब सबै कुरा उहाँको अधीनमा राखिन्छन्, तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफैँ आउनुहुनेछ । परमेश्वर पिता सबै कुरामा सर्वोच्च ठहरिन सक्नुभएको होस् भनेर यसो हुनेछ ।
30परमेश्वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्टमा छौ, जो हाम्रा निम्ति परमेश्वरबाट आउनुभएका बुद्धि बन्नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्नुभयो ।
5यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ ।
3मलाई दिइएको प्रकाश अनुसार म यी कुराहरू लेख्दै छु । मेरो अर्को पत्रमा मैले सम्क्षिप्त रूपमा लेखेको कुरा एउटा गुप्त सत्यता हो ।
16उहाँको क्रूसद्वारा दुई मानिसलाई परमेश्वरमा शरीरमा एक बनाउनको निम्ति उहाँले यो गर्नुभयो । क्रुससँगै उहाँले शत्रुतालाई नाश गर्नुभयो ।
6र सबैका पिता, परमेश्वर पनि एउटै हुनुहुन्छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।
14उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ ।
6तर हाम्रा निम्ति “परमेश्वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”
21येशू ख्रीष्टमा उहाँको सारा निर्माण मिल्दै जान्छ र प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ ।
18यी सबै कुरा परमेश्वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ ।