१ तिमोथी 2:5

अनलक शाब्दिक बाइबल

किनभने परमेश्‍वर एकमात्र हुनुहुन्छ, मानिस र परमेश्‍वरको बीच केवल एकमात्र मध्यस्तकर्ता, मानिस ख्रीष्‍ट येशू हुनुहुन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गलाती 3:20 : 20 अहिले मध्यस्तकर्ताले एकभन्दा बढी व्यक्‍तिलाई बुझाउँछ, तापनि परमेश्‍वर एउटै हुनुहुन्छ ।
  • १ कोरि 8:6 : 6 तर हाम्रा निम्ति “परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”
  • यशा 44:6 : 6 इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्‍वर छैन ।
  • व्यव 6:4 : 4 हे इस्राएल हो, सुनः पमरप्रभु हाम्रा परमेश्‍वर एउटै हुनुहुन्छ ।
  • इब्रा 7:25 : 25 यसकारण, येशूद्वारा परमेश्‍वरको नजिक आउने मानिसहरूलाई बचाउनका निम्ति उहाँ पूर्ण रूपमा सामर्थी हुनुहुन्छ, किनभने उहाँ तिनीहरूका निम्ति अन्‍तर-बिन्‍ती गर्नलाई सधैँ जीवित हुनुहुन्छ ।
  • रोमी 3:29-30 : 29 अथवा के परमेश्‍वर यहूदीहरूका मात्रै परमेश्‍वर हुनुहुन्छ त? के उहाँ गैरयहूदीहरूका परमेश्‍वर हुनुहुन्‍न र? हो, उहाँ गैरयहूदीहरूका पनि परमेश्‍वर हुनुहुन्छ । 30 यदि वास्तवमै परमेश्‍वर एक हुनुहुन्छ भने उहाँले खतना भएकाहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ, र खतना नभएकाहरूलाई पनि विश्‍वासद्वारा नै धर्मी ठहराउनुहुन्छ ।
  • रोमी 10:12 : 12 किनकि यहूदी र ग्रिकहरूबिच कुनै भिन्‍नता छैन । किनकि उही प्रभु नै सबैका प्रभु हुनुहुन्छ र उहाँलाई पुकार्ने सबैको लागि उहाँ प्रशस्त हुनुहुन्छ ।
  • १ कोरि 8:4 : 4 त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा हामीलाई थाहा छ कि “यस संसारमा भएको मूर्ति केही पनि होइन” र एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ ।
  • मत्त 1:23 : 23 “हेर, कन्या गर्भवती हुनेछिन् र एक जना पुत्र जन्माउनेछिन्, र तिनीहरूले उहाँको नाउँ इम्मानुएल राख्‍नेछन्”, जसको अर्थ हुन्छ, “परमेश्‍वर हामीसँग ।”
  • मर 12:29-33 : 29 येशूले जवाफ दिनुभयो, “सबैभन्दा महत्त्‍वपूर्णचाहिँ यो हो, ‘सुन, हे इस्राएल, परमप्रभु हाम्रा परमेश्‍वर, परमप्रभु एक मात्र हुनुहुन्छ । 30 तिमीले आफ्ना परमप्रभु परमेश्‍वरलाई आफ्ना सारा हृदय, सारा प्राण, सारा मन र सारा शक्‍तिले प्रेम गर्नुपर्दछ ।’ 31 दोस्रो आज्ञा यो हो, ‘आफ्नो छिमेकीलाई आफुलाई जस्तै प्रेम गर्नुपर्छ ।’ योभन्दा अरू कुनै ठुलो आज्ञा छैन ।” 32 शास्‍त्रीले भने, “हे असल गुरुज्यू! परमेश्‍वर एक मात्र हुनुहुन्छ र उहाँबाहेक अरू कोही पनि छैन भनी तपाईंले साँचो भन्‍नुभएको छ । 33 उहाँलाई सारा हृदय, सारा समझ र सारा शक्‍तिले प्रेम गर्नू अनि आफ्नो छिमेकीलाई आफूलाई झैँ प्रेम गर्नू होमबलि र बलिदानहरूभन्दा पनि महान् हो ।”
  • लू 2:10-11 : 10 तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराऊ, किनभने आज म तिमीहरूलाई बडो आनन्दको सुसमाचार घोषणा गर्छु, जसले सबै मानिसहरूलाई ठुलो आनन्द दिनेछ । 11 आज तिमीहरूका निम्ति दाऊदको सहरमा एउटा मुक्‍तिदाताको जन्म भएको छ । उहाँ ख्रीष्‍ट प्रभु हुनुहुन्छ ।
  • यूह 1:14 : 14 अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
  • इब्रा 9:15 : 15 यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो मृत्युको कारणले गर्दा स्वतन्‍त्र गराइएकाहरू तिनीहरूका पापको सजायबाट पहिलो करारमा रहन्छन् ताकि परमेश्‍वरद्वारा बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्‍त गर्न सकून् ।
  • प्रका 1:13 : 13 सामदानहरूका माझमा पाउसम्मै पुग्‍ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्‍नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।
  • इब्रा 12:24 : 24 अनि नयाँ करारका मध्यस्तकर्ता येशूकहाँ र हाबिलको रगतभन्दा अझ उत्तमसित बोल्ने रगतको छिट्काउमा आएका छौ ।
  • यूह 17:3 : 3 यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्‍वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्‍टलाई चिनून् ।
  • अय्यू 9:33 : 33 हाम्रा बिचमा कुनै न्यायधीश छैन, जसले हामी दुवैमाथि आफ्‍ना हात पसार्न सक्छ ।
  • इब्रा 8:6 : 6 तर अहिले ख्रीष्‍टले प्राप्‍त गर्नुभएको सेवा-कार्य अझ धेरै उत्तम छ । किनभने उहाँले मध्‍यस्‍थता गर्नुभएको करार धेरै उत्तम छ, जुनचाहिँ उत्तम प्रतिज्ञाहरूमा स्‍थापना गरिएको छ ।
  • १ कोरि 15:45-47 : 45 त्यसैले, यस्तो पनि लेखिएको छ, “पहिलो मानिस आदम जीवित प्राण बन्यो ।” अन्तिम आदम जीवन दिने आत्मा बन्‍नुभयो । 46 तर पहिले आएकोचाहिँ आत्मिक होइन, तर प्राकृतिक थियो त्यसपछि आत्मिक आयो । 47 पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो ।
  • एफिसी 4:6 : 6 र सबैका पिता, परमेश्‍वर पनि एउटै हुनुहुन्छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।
  • फिलि 2:6-8 : 6 उहाँ परमेश्‍वरको स्वरूपमा हुनुहुन्थ्यो, तर पनि परमेश्‍वरसँगको आफ्नो बराबरीलाई उहाँले पक्रिराख्‍ने वस्तुझैँ ठान्‍नुभएन । 7 बरु, उहाँले आफैँलाई रित्त्याउनुभयो । उहाँले कमराको रूप धारण गर्नुभयो । उहाँ मानिसको स्वरूपमा आउनुभयो । मानिसकै स्वरूपमा उहाँ रहनुभयो । 8 उहाँले आफूलाई नम्र तुल्याउनुभयो, र मृत्यु अर्थात् क्रुसको मृत्युसम्मै आज्ञाकारी हुनुभयो ।
  • इब्रा 2:6-9 : 6 त्यसको सट्टामा, कसैले कुनै ठाउँमा यसरी गवाही दिएको छ, “मानिस के हो, तपाईं त्यसको ख्याल गर्नुहुन्छ? वा मानिसको छोरो के हो जसका निम्ति तपाईं वास्ता गर्नुहुन्छ? 7 तपाईंले मानिसलाई स्वर्गदूतभन्दा अलि कम बनाउनुभएको छ; तपाईंले उसलाई महिमा र आदरको मुकुट पहिराउनुभएको छ । (नोटः केही पुरानो संस्करणले थप्छ) र तपाईंले उसलाई तपाईंका हातका कामहरूमाथि राख्‍नुभएको छ । 8 तपाईंले हरेक कुरा उहाँको अधीनमा राख्‍नुभएको छ ।” किनभने परमेश्‍वरले सबै कुरा मानव-जातिको अधीनतामा राख्‍नुभएको थियो । उहाँले कुनै पनि थोक मानिसबाट बाहिर रहन दिनुभएन । तर आज हामी कुनै पनि चिज मानिसको अधीनमा रहेको देख्दैनौँ । 9 तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्‍टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्‍वरको अनुग्रहबाट येशू ख्रीष्‍टले हरेक मानिसका निम्ति मृत्यु चाख्‍नुभयो । 10 यो परमेश्‍वरका निम्ति उपयुक्त थियो, किनभने हरेक थोक उहाँका निम्ति र उहाँद्वारा अस्तित्वमा आएको छ । धेरै छोराहरू महिमामा ल्याइँदा उहाँको दुःखद्वारा तिनीहरूको मुक्‍तिलाई पुरा गर्न उहाँ एक अगुवा बनाइनुभयो । 11 किनकि समर्पण गर्ने र समर्पण गरिएकाहरू दुवै एउटै स्रोतबाट आउँछन् । त्यसैकारण, उहाँ तिनीहरूलाई भाइहरू भनी बोलाउन शर्माउनुहुन्‍न । 12 उहाँ भन्‍नुहुन्छ, “म तपाईंको नाउँ मेरा दाजुभाइहरूलाई घोषणा गर्नेछु; म सभाको बिचबाट तपाईंको गीत गाउनेछु ।” 13 र फेरि, “म उहाँमा भरोसा गर्नेछु ।” र फेरि, “हेर, यहाँ म र मेरा छोराछोरीहरू जसलाई परमेश्‍वरले मलाई दिनुभएको छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 20अहिले मध्यस्तकर्ताले एकभन्दा बढी व्यक्‍तिलाई बुझाउँछ, तापनि परमेश्‍वर एउटै हुनुहुन्छ ।

  • 6जसले आफैँलाई सबैका छुटकाराको मोलको स्वरूप दिनुभयो, जुन ठीक समयमा दिइएको थियो ।

  • १ तिमो 2:3-4
    2 पदहरू
    74%

    3यो परमेश्‍वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ ।

    4उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ ।

  • १ कोरि 8:4-6
    3 पदहरू
    73%

    4त्यसकारण, मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा हामीलाई थाहा छ कि “यस संसारमा भएको मूर्ति केही पनि होइन” र एक मात्र परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ ।

    5धेरै देवताहरू र प्रभुहरू भएजस्तै आकाशमा वा पृथ्‍वीमा नाम मात्रका देवताहरू होलान् ।

    6तर हाम्रा निम्ति “परमेश्‍वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्‍ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”

  • १ यूह 2:1-2
    2 पदहरू
    69%

    1¶ मेरा प्रिय बालकहरू हो, तिमीहरूले पाप नगर भनी म यी कुराहरू तिमीहरूलाई लेख्‍छु । तर यदि कसैले पाप गर्छ भने हाम्रो निम्‍ति पितासँग वकालत गर्ने एक जना अर्थात् धर्मी येशू ख्रीष्‍ट हुनुहुन्छ ।

    2उहाँ हाम्रा पापहरूका निम्ति प्रायश्‍चित्त हुनुहुन्छ, र हाम्रो लागि मात्र होइन, तर सारा संसारको लागि पनि हो ।

  • 30परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो ।

  • एफिसी 4:5-6
    2 पदहरू
    69%

    5प्रभु एउटै हुनुहुन्छ, विश्‍वास एउटै हो, र बप्‍तिसमा पनि,

    6र सबैका पिता, परमेश्‍वर पनि एउटै हुनुहुन्छ । उहाँ सबै कुरामाथि, सबै कुराभित्र र सबै कुरामा हुनुहुन्छ ।

  • २ कोरि 5:18-21
    4 पदहरू
    68%

    18यी सबै कुरा परमेश्‍वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ ।

    19अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्‍वरले ख्रीष्‍टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ । उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ ।

    20त्यसैले, परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्‍टका दूतको रूपमा नियुक्त गरिएका छौँ । “परमेश्‍वरमा मिलापमा आओ!” भनेर हामी तिमीहरूसित ख्रीष्‍टको खातिर अनुरोध गर्छौं ।

    21उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।

  • 6येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।

  • 1¶ किनकि प्रत्येक प्रधान पुजारी मानिसहरूकै बिचबाट छानिएको हुन्छ । परमेश्‍वरका थोकहरूसम्बन्धी काम गर्न मानिसहरूका सट्टामा तिनलाई नियुक्त गरिएको हो । त्यसकारण, तिनले पापहरूका निम्ति बलि र उपहारहरू दुवै बलिदानका काम गर्न सक्छन् ।

  • 15यसै कारणले गर्दा, उहाँ नयाँ करारको मध्यस्तकर्ता हुनुहुन्छ । यो मृत्युको कारणले गर्दा स्वतन्‍त्र गराइएकाहरू तिनीहरूका पापको सजायबाट पहिलो करारमा रहन्छन् ताकि परमेश्‍वरद्वारा बोलाइएकाहरूले प्रतिज्ञा गरिएको अनन्त उत्तराधिकारलाई प्राप्‍त गर्न सकून् ।

  • 18किनकि येशूद्वारा हामी दुवै एउटै आत्मामा पिताकहाँ जान सक्छौँ ।

  • 5त्यसरी नै, हामीहरू जो धेरै छौँ ख्रीष्‍टमा एउटै शरीर हौँ, र हामी सबै एक-अर्काका अङ्गहरू हौँ ।

  • 23अनि तिमीहरूचाहिँ ख्रीष्‍टका हौ, र ख्रीष्‍टचाहिँ परमेश्‍वरका हुनुहुन्छ ।

  • यूह 1:17-18
    2 पदहरू
    66%

    17किनकि व्‍यवस्‍था मोशाद्वारा दिइयो । अनुग्रह र सत्‍यता येशू ख्रीष्‍टद्वारा आयो ।

    18कसैले पनि परमेश्‍वरलाई कहिल्‍यै देखेको छैन । पिताको छातीमा अडेस लाग्‍नुहुने एक मात्र परमेश्‍वरले उहाँलाई चिनाउनुभएको छ ।

  • 20येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ ।

  • 4जसले हाम्रा परमेश्‍वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।

  • 3म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्‍त्रीको शिर हो, र परमेश्‍वरचाहिँ ख्रीष्‍टको शिर हुनुहुन्छ ।

  • 1¶ त्यसकारण, पवित्र भाइहरू हो, तिमीहरू स्वर्गीय बोलावटमा साझेदार हुन बोलाइएका हाम्रा प्रधान पुजारी, प्रेरित र येशू ख्रीष्‍टलाई विचार गर ।

  • १ यूह 5:6-7
    2 पदहरू
    66%

    6उहाँ यही हुनुहुन्छ जो पानी र रगतद्वारा आउनुभयो । येशू ख्रीष्‍ट पनि पानीद्वारा मात्र होइन, तर पानी र रगतद्वारा आउनुभयो ।

    7किनकि गवाही दिनेहरू तिन छन्,

  • 12अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”

  • 12जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्‍टमा पनि त्यस्तै हुन्छ ।

  • 20तर हामी जान्दछौँ, कि परमेश्‍वरका पुत्र आउनुभएको छ र हामीलाई समझशक्‍ति दिनुभएको छ, कि जो सत्य हुनुहुन्छ हामी उहाँलाई चिनौँ, र जो सत्य हुनुहुन्छ हामी उहाँमा र उहाँका पुत्र येशू ख्रीष्‍टमा पनि छौँ । उहाँ साँचो परमेश्‍वर र अनन्त जीवन हुनुहन्छ ।

  • 14किनकि उहाँ हाम्रो शान्ति हुनुहुन्छ । उहाँले दुईलाई एक बनाउनुभयो । हामीलाई एक अर्कामा विभाजन गर्ने शत्रुताका पर्खालहरू उहाँको शरीरद्वारा भत्काइएका छन् ।

  • तीत 2:13-14
    2 पदहरू
    65%

    13धार्मिक र ईश्‍वरीय जीवन जिउन तालिम दिन्छ ।

    14येशूले हामीलाई अधार्मिकताबाट स्वतन्‍त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्यही गर्न इच्छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो ।

  • 18ख्रीष्‍टले पनि पापका निम्ति एक पटक दुःख भोग्‍नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो ।

  • 19किनकि परमेश्‍वरका पुत्र येशू ख्रीष्‍ट जसलाई सिलास, तिमोथी र मैले तिमीहरूमाझ घोषणा गर्‍यौँ, जो चाहिँ “हो” र “होइन” हुनुहुन्‍न । बरु, उहाँ सदा “हो” हुनुहुन्छ ।

  • 46परमेश्‍वरबाट आएकाले बाहेक कसैले पनि परमेश्‍वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ ।

  • 11किनकि जुन जग बसालिएको छ, त्यो बाहेक कसैले पनि अर्को जग बसाल्न सक्दैन, जुन जग ख्रीष्‍ट हुनुहुन्छ ।

  • 20र उहाँले नियुक्त भइसक्‍नुभएका ख्रीष्‍ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्‍नुहुनेछ ।

  • 47पहिलो मानिस भूमिको माटोबाट बनाइएको पृथ्वीको हो । दोस्रो मानिस स्वर्गबाट आएको हो ।

  • 1¶ हामी विश्‍वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा हामी परमेश्‍वरसँग शान्‍तिमा छौँ ।

  • 11हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्‍त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्‍ति ल्याउन सक्षम परमेश्‍वरको अनुग्रह देखा परेको छ,

  • 5सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्छ ।

  • 28अब न त यहूदी छ, न ग्रिक, न कमारा छ न फुक्‍का, न पुरुष छ न स्‍त्री, किनभने ख्रीष्‍ट येशूमा तिमीहरू सबै एक हौ ।

  • 5किनकि हामी आफैँलाई होइन, तर ख्रीष्‍टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्‍ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ ।

  • 6परमेश्‍वरबाट पठाइएका एक जना मानिस थिए, जसको नाउँ यूहन्‍ना थियो ।

  • 8तर परमेश्‍वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्‍छ, किनकि हामी पापी हुँदै ख्रीष्‍ट हाम्रा निम्‍ति मर्नुभयो ।

  • 21अब परमेश्‍वर जसले हामीलाई तिमीहरूसँग ख्रीष्‍टमा दरिला पार्नुहुन्छ, उहाँले हामीलाई नियुक्ति गर्नुभयो ।