प्रेरितहरूको काम 3:20
र उहाँले नियुक्त भइसक्नुभएका ख्रीष्ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्नुहुनेछ ।
र उहाँले नियुक्त भइसक्नुभएका ख्रीष्ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्नुहुनेछ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
18तर उहाँका ख्रीष्टले दु∶ख भोग्नुपर्छ भनी ती सबै अगमवक्ताहरूका मुखबाट परमेश्वरले पहिले नै बताउनुभएको थियो जुन कुरा उहाँले अहिले पुरा गर्नुभएको छ ।
19त्यसकारण, पश्चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् ।
21सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्वरले उहाँका पवित्र अगमवक्ताहरूद्वारा धेरै पहिले देखि बोल्नु भयो ।
22वास्तवमा मोशाले यसो भने, ‘परमप्रभुले तिमीहरूका दाजुभाइहरूका बिचबाट मजस्तै अगमवक्तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्नुहुने सबै कुराहरू तिमीहरूले सुन्नुपर्छ ।
2जसरी यशैया अगमवक्ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”
20येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ ।
21तिमीहरू उहाँद्वारा परमेश्वरमा विश्वास गर्छौ, जसलाई तिमीहरूका विश्वास र आशा परमेश्वरमा रहून् भनेर परमेश्वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।
26परमेश्वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”
2ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।
38त्यसैले भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ ।
36परमेश्वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो ।
37यूहन्नाले प्रचार गरेको बप्तिस्मापश्चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।
42परमेश्वरले उहाँलाई नै जिउँदा र मरेकाहरूको न्यायकर्ता हुन चुन्नुभएको छ भनी मानिसहरूलाई प्रचार गर्न र गवाही दिन उहाँले हामीलाई आज्ञा दिनुभयो ।
43सबै अगमवक्ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”
10र उहाँका पुत्र आकाशमा आउने समयलाई पर्खिराखेका छौ, जसलाई उहाँले मृतकबाट जीवित पार्नुभयो । उहाँ येशू हुनुहुन्छ जसले हामीलाई आउने वाला क्रोधबाट छुटकारा दिनुहुन्छ ।
17म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु ।
10उनी तिनै हुन् जसको बारेमा यस्तो लेखिएको छ, ‘हेर, म तिमीहरूको अगि-अगि मेरा समाचारवाहकलाई पठाउँदै छु, जसले म आउनुभन्दा अगाडि तिमीहरूका निम्ति बाटो तयार पार्नेछन् ।’
2उहाँले चुन्नुभएका प्रेरितहरूलाई पवित्र आत्माद्वारा उहाँले आज्ञा दिनुभएपछि यसो भएको थियो ।
27यो जसको बारेमा लेखिएको छ, हेर, म मेरा सन्देशवाहकलाई तिम्रो अगि-अगि पठाउँदै छु ।
2उहाँले आफ्ना अगमवक्ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो ।
31परमेश्वरले इस्राएललाई पश्चात्ताप गर्न र पापको क्षमा प्रदान गर्न उहाँलाई राजकुमार र मुक्तिदाता हुनलाई आफ्नो दाहिने हाततर्फ उचाल्नु भयो ।
3उनले धर्मशास्त्र खोल्दै ख्रीष्टले दुःख भोग्नु र मृत्युबाट फेरि जीवित हुनु आवश्यक थियो भनी व्याख्या गरे । उनले भने, “यिनै येशू जसलाई मैले तपाईंहरूका बिचमा घोषणा गरेको छु, उहाँ नै ख्रीष्ट हुनुहुन्छ ।”
32यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौँ ।
24येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्चात्तापको बप्तिस्माको बारेमा घोषणा गरे ।
5हेर, परमप्रभुको महान् र भयानक दिन आउनुअगि म अगमवक्ता एलियालाई तिमीहरूकहाँ पठाउनेछु ।
1¶ “हेर, म आफ्नो समाचारवाहक पठाउँदै छु, र तिनले मेरो अगि बाटो तयार पार्नेछन् । अनि तिमीहरूले खोजेका प्रभु एक्कासी आफ्नो मन्दिरमा आउनेछन् । करारका समाचारवाहक जसमा तिमीहरू रमाहट गर्दछौ, हेर, तिनी आउनेछन्,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
36यसकारण इस्राएलका सबै घरानाले यो निश्चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट दुवै बनाउनु भयो ।
11तिनीहरूले भने, “हे गालीलका मानिसहरू हो, तिमीहरू यहाँ उभिएर किन स्वर्गतिर हेरिरहन्छौ? स्वर्ग आरोहण हुनुभएका यी येशूलाई तिमीहरूले जसरी स्वर्गतिर गइरहेका देखेका छौ, उहाँ त्यसरी नै फर्कनुहुनेछ ।
33यसकारण उहाँ परमेश्वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्नु र देन्नु हुन्छ ।
4उहाँले तिनीहरूसँग भेटघाट गरिरहँदा उहाँले तिनीहरूलाई यरूशलेम नछोड्न, तर पिताको प्रतिज्ञाको प्रतीक्षा गर्नलाई आज्ञा दिनुभयो । त्यसको बारेमा उहाँले भन्नुभयो, “तिमीहरूले मबाट सुन्यौ
5कि वास्तवमा यूहन्नाले पानीले बप्तिस्मा दिए, तर केही दिनमा नै तिमीहरूलाई पवित्र आत्मामा बप्तिस्मा दिइनेछ ।
2“पश्चात्ताप गर, किनभने स्वर्गको राज्य नजिकै छ ।”
3किनभने यी मानिस तिनै हुन् जसको बारेमा यशैया अगमवक्ताद्वारा यसो भनिएको थियो, “उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका मार्गहरू सोझा बनाओ’ ।”
22हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्नुहोस्∶ परमेश्वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्ने कुरा तपाईंहरूलाई थाहै छ ।
24हो, शमूएलदेखिका र उनीपछि आएका सबै अगमवक्ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे ।
40यसैकारण होसियार हुनुहोस्, अगमवक्ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्:
47र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
11येशूले जवाफ दिनुभयो र भन्नुभयो, “एलिया अवश्य आउनेछन् र सबै कुराको पुनर्स्थापना गर्नेछन् ।
18उहाँले मानिसहरूलाई अझ धेरै उत्साह दिँदै सुसमाचार प्रचार गर्नुभयो ।
20म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।
26भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्वरलाई आराधना गर्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ ।
8तर जब पवित्र आत्मा तिमीहरूमाथि आउनुहुन्छ, तिमीहरूले शक्ति प्राप्त गर्नेछौ, अनि तिमीहरू यरूशलेममा र सारा यहूदियामा र सामरिया र पृथ्वीको अन्तिम छेउसम्मै मेरा साक्षीहरू हुनेछौ ।”
15किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्नेछौ ।
28त्यसरी नै, ख्रीष्ट पनि धेरै जनाका पाप बोक्नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो । पापसँग सामना गर्नलाई दोस्रो पल्ट उहाँ देखा पर्नुहुने होइन, तर मुक्तिका लागि धैर्यसाथ उहाँका निम्ति पर्खिरहनेहरूका लागि हो ।
28तिमीहरू आफैँ गवाही दिन सक्छौ, कि मैले भनेँ, ‘म ख्रीष्ट होइनँ,’ तर बरु ‘म उहाँभन्दा अगि पठाइएको हुँ ।’
5स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको निश्चित आशाको कारण तिमीहरूले यो प्रेम धारण गरेका हौ । सत्यको वचन, अर्थात् सुसमाचारमा तिमीहरूले पहिलो पटक यो निश्चित आशाबारे सुन्यौ,
4त्यसैले पावलले जवाफ दिए, “यूहन्नाले दिने बप्तिस्माचाहिँ पश्चात्तापको हो । उनले मानिसहरूलाई भनेका थिए कि उनीहरूले तिनीभन्दा पछि आउनुहुनेमाथि अर्थात् येशूमाथि विश्वास गर्नुपर्छ ।”
10तर सबै जातिलाई पहिले सुसमाचार प्रचार गरिनुपर्छ ।
3किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका लागि मर्नुभयो,
38अनि पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नेछौ ।