प्रेरितहरूको काम 3:24

अनलक शाब्दिक बाइबल

हो, शमूएलदेखिका र उनीपछि आएका सबै अगमवक्‍ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 3:20 : 20 परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्‍त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए ।
  • प्रेरि 3:21 : 21 सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्‍वरले उहाँका पवित्र अगमवक्‍ताहरूद्वारा धेरै पहिले देखि बोल्नु भयो ।
  • प्रेरि 13:20 : 20 यी सबै घटनाहरू हुन चारसय पचास वर्षको अवधिमा भएका हुन् । यी सबै कुरापछि परमेश्‍वरले शमूएल अगमवक्‍ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।
  • भजन 99:6 : 6 मोशा र हारून उहाँका पुजारीमध्‍येका थिए, र शमूएल उहाँको नाउँ पुकारा गर्नेहरूमध्येका थिए । तिनीहरू परमप्रभुलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो ।
  • १ शमू 3:1 : 1 ¶ बालक शमूएलले एलीको अधीनमा रहेर परमप्रभुको सेवा गरे । ती दिनहरूमा परमप्रभुको वचन दुर्लभ थियो । त्यहाँ कुनै किसिमको नियमित अगमवाणीको दर्शन थिएन ।
  • रोमी 3:21 : 21 तर अब व्यवस्थाविना नै परमेश्‍वरको धर्मीकता प्रकट गरिएको छ । यसलाई व्यवस्था र अगमवक्‍ताहरूद्वारा साक्षी दिइएको छ,
  • लू 24:27 : 27 तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।
  • प्रेरि 3:19 : 19 त्यसकारण, पश्‍चाताप गर्नुहोस् र फर्कनुहोस् ताकि तपाईंहरूका पाप मेटिऊन्, र परमप्रभुको उपस्थितिबाट ताजा बनाउने समय आओस् ।
  • १ शमू 2:18 : 18 तर शामूएलले बालकको रूपमा मलमलको एपोद लगाएर परमप्रभुको सेवा गरे ।
  • यिर्मि 15:1 : 1 ¶ तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्‍नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 76%

    20र उहाँले नियुक्त भइसक्‍नुभएका ख्रीष्‍ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्‍नुहुनेछ ।

    21सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्‍वरले उहाँका पवित्र अगमवक्‍ताहरूद्वारा धेरै पहिले देखि बोल्नु भयो ।

    22वास्तवमा मोशाले यसो भने, ‘परमप्रभुले तिमीहरूका दाजुभाइहरूका बिचबाट मजस्तै अगमवक्‍तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्‍नुहुने सबै कुराहरू तिमीहरूले सुन्‍नुपर्छ ।

    23ती अगमवक्‍ताले भनेको नसुन्‍ने हरेक व्यक्तिलाई मानिसहरूका बिचबाट पूर्ण रूपमा नाश गरिनेछ ।’

  • 25तपाईंहरू अगमवक्‍ताका र परमेश्‍वरले तपाईंहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्छ, जसरी उहाँले अब्राहामलाई भन्‍नुभयो, ‘तिम्रो सन्तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन् ।’

  • 70प्राचीन कालमा उहाँका पवित्र अगमवक्‍ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो ।

  • 13किनकि यूहन्‍ना नआन्जेलसम्म सबै अगमवक्‍ता र व्यवस्थाले अगमवाणी गरिरहेका थिए ।

  • 18तर उहाँका ख्रीष्‍टले दु∶ख भोग्‍नुपर्छ भनी ती सबै अगमवक्‍ताहरूका मुखबाट परमेश्‍वरले पहिले नै बताउनुभएको थियो जुन कुरा उहाँले अहिले पुरा गर्नुभएको छ ।

  • 71%

    16तर अगमवक्‍ता योएलद्वारा यो कुरा बोलिएको छः

    17‘परमेश्‍वर भन्‍नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन् ।

    18ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् ।

  • 15यससँग अगमवक्‍ताका वचनहरू सहमत छन्, किनकि यसरी लेखिएको छ,

  • 40यसैकारण होसियार हुनुहोस्, अगमवक्‍ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्:

  • 25तिमीहरूका पुर्खाहरू मिश्रदेशबाट आएको समयदेखि आजको दिनसम्म मैले आफ्‍ना हरेक सेवक र अगमवक्ताहरू तिमीहरूकहाँ पठाएको छु । मैले तिनीहरूलाई पठाउन जोड गरिरहेँ ।

  • यिर्मि 28:8-9
    2 पदहरू
    70%

    8तिमी र मभन्दा धेरै पहिलेका अगमवक्ताहरूले पनि धेरै जातिहरू, महान् राज्यहरू, युद्ध, अनिकाल र विपत्तिको विषयमा अगमवाणी बोले ।

    9त्यसैले शान्ति हुनेछ भनी अगमवाणी बोल्ने अगमवक्ताले भनेको वचन पुरा भयो भने, त्यो वास्तवमै परमप्रभुद्वारा पठाइएको अगमवक्ता रहेछ भनी थाहा हुनेछ ।”

  • 33यसैकारण यी सबै कुरा हुँदा – हेर, त्यो हुन आउनेछ – तब तिनीहरूका बिचमा एउटा अगमवक्ता रहेछन् भनी तिनीहरूले जान्‍नेछन् ।”

  • 44उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जब म तिमीहरूसँग थिएँ, मैले तिमीहरूलाई भनेको थिएँ कि मोशाको व्यवस्था, अगमवक्‍ताहरूको पुस्तक र भजनसङ्ग्रहको पुस्तकमा लेखिएका सबै कुराहरू पुरा हुनैपर्छ ।”

  • 10त्यसैले परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूद्वारा यसो भन्‍नुभयो,

  • 2ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।

  • 15परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका बिचबाट तिमीहरूका दाजुभाइबाट मजस्तै एक जना अगमवक्ता खड गर्नुहुने छ । तिनको कुरा सुन्‍नू ।

  • 52तपाईंहरूका पुर्खाले कुनचाहिँ अगमवक्‍तालाई सताएनन्? तिनीहरूले अगमवक्‍ताहरूलाई मारे जो धर्मी जनको आगमनअगि देखा परेका थिए । अहिले आएर तपाईंहरूले उहाँका विश्‍वासघाती र उहाँका हत्यारा बन्‍नु भएको छ ।

  • 28केही समयपछि सबै मानिसमाथि, म आफ्‍नो आत्मा खन्याउनेछु, र तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन् । तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन्, र तिमीहरूका जवान मानिसहरूले दर्शनहरू देख्‍नेछन् ।

  • 18म तिनीहरूकै दाजुभाइहरूका बिचबाट तँजस्तै एक जना अगमवक्ता खडा गर्ने छु । म त्यसको मुखमा मेरा वचन हालिदिने छु र त्यसले मैले तँलाई आज्ञा गरेका सबै वचन बोल्ने छ ।

  • 5तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्?

  • 27तब मोशादेखि लिएर सबै अगमवक्‍ताहरूद्वारा सबै धर्मशास्‍त्रमा येशूको विषयमा भनिएका कुराहरू उहाँले तिनीहरूलाई व्याख्या गरिदिनुभयो ।

  • मत्त 23:30-31
    2 पदहरू
    68%

    30तिमीहरू भन्छौ, ‘यदि हामीहरू हाम्रा पुर्खाहरूको समयमा जिएका भए, अगमवक्‍ताहरूको रगत बगाउने काममा तिनीहरूसँग सहभागी हुने थिएनौँ ।’

    31यसकारण, तिमीहरू आफैँले तिमीहरू तिनीहरूका सन्तान हौ भनी गवाही दिन्छौ जसले अगमवक्‍ताहरूको हत्या गरे ।

  • 20परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्‍त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए ।

  • 4परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पटक-पटक पठाउनुभयो, तर तिमीहरूले सुनेका वा ध्यान दिएका छैनौ ।

  • 13तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।”

  • 1¶ प्राचीन कालमा परमेश्‍वर विभिन्‍न समयमा विभिन्‍न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्‍ताहरूद्वारा बोल्नुभयो ।

  • 23सचेत रहो! मैले तिमीहरूलाई समय आउनुअगि नै यी सबै कुरा बताइदिएको छु ।

  • 19येशूले तिनीहरूलाई भन्‍नुभयो, “के कुराहरू?” तिनीहरूले उहाँलाई जवाफ दिए, “येशू नासरीसँग सम्बन्धित कुराहरू, जो एक अगमवक्‍ता हुनुहुन्थ्यो, सबै मानिसहरू र परमेश्‍वरको अगाडि काम र वचनमा शक्‍तिशाली हुनुहुन्थ्यो ।

  • 24म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्‍ताहरू र राजाहरूले तिमीहरूले देखेको कुरा देख्‍ने इच्छा गरे र तिनीहरूले देखेनन्, तिमीहरूले सुनेको कुरा सुन्‍ने इच्छा गरे र पनि तिनीहरूले सुनेनन् ।”

  • 2उहाँले आफ्ना अगमवक्‍ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्‍त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो ।

  • 17साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूले जे देखेका छौ धेरै अगमवक्‍ताहरू र धर्मी मानिसहरूले ती हेर्ने इच्छा गरे, र तिनीहरूले ती देखेनन् । तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्‍ने इच्छा गरे, तर तिनीहरूले ती सुनेनन् ।

  • 27अब यी दिनहरूमा केही अगमवक्‍ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए ।

  • 34साँच्‍चै म तिमीहरूलाई भन्दछु, यी सबै कुरा नभएसम्म यो पुस्ता बितेर जानेछैन ।

  • 19तापनि तिनीहरूलाई फेरि आफूकहाँ फर्काएर ल्याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो । ती अगमवक्ताहरूले तिनीहरूका कामको विरुद्धमा बोले, तर तिनीहरूले त्‍यो सुन्‍नलाई इन्कार गरे ।

  • 49त्यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्‍ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् ।

  • 11जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे, तब मानिसहरूले एक-आपसमा भने, “कीशका छोरालाई के भएको छ? के शाऊल अब अगमवक्ताहरूमध्ये एक जना भएछन्?”

  • 32यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौँ ।

  • 5मैले तिमीहरूकहाँ निरन्तर रूपमा पठाइरहेका मेरा दास, अगमवक्ताहरूका वचनहरू तिमीहरूले सुनेनौ भने, तर तिमीहरूले सुनेका छैनौ,

  • 26भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ ।

  • 2जसरी यशैया अगमवक्‍ताको पुस्तकमा लेखिएको छ, “हेर, म मेरा समाचारवाहकलाई तिम्रोअगि पठाउँदै छु, जसले तिम्रो बाटो तयार पार्नेछ ।”

  • 11धेरै झुटा अगमवक्‍ता खडा हुनेछन् र धेरै जनालाई बहकाउनेछन् ।

  • 32अनि योभन्दा बढी म के भनौँ? यदि मैले गिदोन, बाराक, शिमशोन, यिप्‍ता, दाऊद, शमूएल र अगमवक्‍ताहरूको बारेमा भनेँ भने, मलाई समय नै पुग्दैन ।

  • 25येशूले तिनीहरूलाई भन्‍नुभयो, “हे मूर्ख मानिसहरू र विश्‍वास गर्न सुस्त हृदय भएकाहरू हो, ती सबै कुराहरू अगमवक्‍ताहरूले बोलेका थिएनन् र?

  • 3परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नै आत्‍माका कुरा पछ्याउने तर केही पनि नदेख्‍ने मूर्ख अगमवक्ताहरूलाई धिक्‍कार ।