प्रेरितहरूको काम 3:23

अनलक शाब्दिक बाइबल

ती अगमवक्‍ताले भनेको नसुन्‍ने हरेक व्यक्तिलाई मानिसहरूका बिचबाट पूर्ण रूपमा नाश गरिनेछ ।’

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 18:19 : 19 त्यसले मेरो नाउँमा बोल्ने मेरा वचन नसुन्‍ने कोही पनि मारिने छ ।
  • मर 16:16 : 16 जसले विश्‍वास गर्छ र बप्‍तिस्मा लिन्छ त्यो बचाइनेछ र जसले विश्‍वास गर्दैन त्यो दोषी ठहरिनेछ ।
  • यूह 3:18-20 : 18 उहाँमा विश्‍वास गर्ने दण्डित हुँदैन, तर उहाँमा विश्‍वास नगर्ने अगि नै दण्डित भइसकेको छ, किनभने त्यसले परमेश्‍वरका एक मात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन । 19 न्यायको कारण यही होः ज्योति संसारमा आउनुभएको छ, र मानिसहरूले ज्योतिभन्दा अन्धकारलाई नै रुचाए, किनभने तिनीहरूका कामहरू दुष्‍ट थिए । 20 किनकि दुष्‍ट काम गर्ने हरेकले ज्योतिलाई घृणा गर्छ, र त्यो ज्योतितर्फ आउँदैन, ताकि त्यसका कार्यहरू प्रकट नहोऊन् ।
  • यूह 8:24 : 24 यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्‍वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”
  • यूह 12:48 : 48 जसले मलाई इन्कार गर्छ, र मेरा वचनहरू ग्रहण गर्दैन, त्यसको न्याय गर्ने एक जना हुनुहुन्छः मैले बोलेको मेरो वचनले नै अन्त्यको दिनमा त्यसको न्याय गर्नेछ ।
  • प्रेरि 13:38-41 : 38 त्यसैले भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ । 39 विश्‍वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन । 40 यसैकारण होसियार हुनुहोस्, अगमवक्‍ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्: 41 ‘घृणा गर्नेहरू हो, हेर र छक्‍क पर, र नष्‍ट भइजाओ, तिमीहरूको समयमा मैले काम गरिरहेको छु, यदि कसैले तिमीहरूलाईं यसबारे घोषणा गरे पनि तिमीहरू कहिल्यै विश्‍वास गर्ने छैनौ ।’”
  • २ थेस 1:7-9 : 7 र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ । 8 जसले परमेश्‍वरलाई चिन्दैनन् र तिनीहरू जसले हाम्रा प्रभु येशूको सुसमाचार पालन गर्दैनन्, उहाँले तिनीहरूलाई बलिरहेको आगोमा बदला लिनुहुनेछ । 9 तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्,
  • इब्रा 2:3 : 3 हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो ।
  • इब्रा 10:28-30 : 28 मोशाको व्यवस्थालाई उल्लङ्घन गर्ने जो कोही पनि दुई वा तिन जना साक्षीको गवाहीमा दयाविना नै मर्दछ । 29 परमेश्‍वरका पुत्रलाई खुट्टाले कुल्चने, परमेश्‍वरमा समर्पित गरिएको करारको रगतलाई अपवित्र तुल्याउने र अनुग्रहको आत्मालाई अपमान ठान्‍ने जो कोहीले झन् कति बढी सजाय पाउँछ होला । 30 किनकि यसो भन्‍नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।”
  • इब्रा 10:39 : 39 तर हामी नाश हुनेहरूमध्येका होइनौँ, जो विनाशतिर फर्कन्छ । बरु, ती मध्येका हौँ जसले हाम्रो आत्मालाई बचाइराख्‍ने विश्‍वास छ ।
  • इब्रा 12:25 : 25 हेर, तिमीहरूसित बोल्दै गर्नुहुनेलाई इन्कार नगर । किनकि यदि पृथ्वीमा तिनीहरूलाई चेतावनी दिनेलाई इन्कार गर्नेहरू त उम्केनन् भने, स्वर्गबाट चेतावनी दिनुहुनेदेखि हामी तर्कीनेहरू झन् कसरी उम्कन सक्छौँ र?
  • प्रका 13:8 : 8 पृथ्वीमा बस्‍ने सबै मानिसले त्यो पशुको पुजा गर्नेछन्, जसको नाउँ संसारको सृष्‍टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन् ।
  • प्रका 20:15 : 15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्‍नि-कुण्डमा फालियो ।
  • लैव्य 23:29 : 29 त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 79%

    21सबै कुराहरूको पुनर्स्थापना नभएसम्म उहाँलाई स्वर्गले ग्रहण गर्नुपर्छ, जसको बारेमा परमेश्‍वरले उहाँका पवित्र अगमवक्‍ताहरूद्वारा धेरै पहिले देखि बोल्नु भयो ।

    22वास्तवमा मोशाले यसो भने, ‘परमप्रभुले तिमीहरूका दाजुभाइहरूका बिचबाट मजस्तै अगमवक्‍तालाई खडा गर्नुहुनेछ । उहाँले तिमीहरूलाई भन्‍नुहुने सबै कुराहरू तिमीहरूले सुन्‍नुपर्छ ।

  • व्यव 18:18-22
    5 पदहरू
    76%

    18म तिनीहरूकै दाजुभाइहरूका बिचबाट तँजस्तै एक जना अगमवक्ता खडा गर्ने छु । म त्यसको मुखमा मेरा वचन हालिदिने छु र त्यसले मैले तँलाई आज्ञा गरेका सबै वचन बोल्ने छ ।

    19त्यसले मेरो नाउँमा बोल्ने मेरा वचन नसुन्‍ने कोही पनि मारिने छ ।

    20तर मेरो नाउँमा अहङ्कारी भएर मैले आज्ञा नगरेको वचन बोल्ने वा अन्य देवताहरूको नाउँमा बोल्ने अगमवक्ता मारिनैपर्छ ।'

    21तिमीहरूले आ-आफ्ना हृदयमा सोधौला, 'परमप्रभुले बोल्नुभएको वचन होइन भनेर हामीले कसरी थाहा पाउने?'

    22परमप्रभुको नाउँमा बोल्ने अगमवक्ताले बोल्दा तिमीहरूले परमप्रभुको सन्देश थाहा पाउने छौ ।

  • 24हो, शमूएलदेखिका र उनीपछि आएका सबै अगमवक्‍ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे ।

  • 15परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूका बिचबाट तिमीहरूका दाजुभाइबाट मजस्तै एक जना अगमवक्ता खड गर्नुहुने छ । तिनको कुरा सुन्‍नू ।

  • 5त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीलाई मृत्युदण्ड दिनू किनकि त्यसले तिमीहरूलाई मिश्र देशबाट ल्याउनुहुने र दासत्वको घरबाट छुटकारा दिनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरको विरुद्धमा बोलेको छ । त्यस अगमवक्ताले परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई हिँड्न लगाउनुभएको मार्गबाट तिमीहरूलाई तर्काउन चाहन्छ । त्यसैले तिमीहरूका बिचबाट दुष्‍टतालाई मिल्काइदेओ ।

  • लैव्य 23:29-30
    2 पदहरू
    72%

    29त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।

    30त्यस दिन कुनै पनि काम गर्ने मानिसलाई म परमप्रभुले नै त्यसका मानिसहरूका बिचमा नष्‍ट गर्ने छु ।

  • 37यी तिनै मोशा थिए जसले इस्राएलीहरूलाई भनेका थिए, “परमेश्‍वरले तिमीहरूका दाजुभाइहरूकै बिचबाट मजस्तै एक जना अगमवक्‍ता खडा गर्नुहुनेछ ।”

  • 33यसैकारण यी सबै कुरा हुँदा – हेर, त्यो हुन आउनेछ – तब तिनीहरूका बिचमा एउटा अगमवक्ता रहेछन् भनी तिनीहरूले जान्‍नेछन् ।”

  • 3कुनै मानिसले अझै अगमवाणी गरेमा, त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसलाई भन्‍नेछन्, ‘तँ बाँच्नेछैनस्, किनभने तैँले परमप्रभुको नाउँमा झुटो बोल्छस्!’ अनि त्यसको बुबा र त्यसलाई जन्माउने आमाले त्यसले अगमवाणी बोल्दा त्यसलाई छेडिदिनेछन् ।

  • 40यसैकारण होसियार हुनुहोस्, अगमवक्‍ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्:

  • 13अगमवक्ताहरू हावा हुनेछन्, र तिनीहरूमा वचन छैन । त्यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै आइपरून् ।”

  • 3त्यस अगमवक्ता वा स्वप्‍न-दर्शीको कुरा नसुन्‍नू । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई सारा हृदय र सारा प्राणले उहाँलाई प्रेम गर्छौ कि गर्दैनौ भनी तिमीहरूको जाँच गर्दै हुनुहुन्छ ।

  • यहे 14:8-10
    3 पदहरू
    70%

    8यसरी म आफ्‍नो मुख त्‍यस मानिसको विरुद्धमा लगाउनेछु, र त्‍यसलाई एउटा सङ्केत र उखानको पात्र बनाउनेछु, किनकि त्‍यसलाई म आफ्‍ना मानिसहरूका बिचदेखि बहिष्‍कार गर्नेछु र म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

    9कुनै एक जना अगमवक्ता छलमा पर्छ र यस्‍तो सन्देश भन्‍छ भने, म परमप्रभुले त्‍यस अगमवक्ता छलमा पार्नेछु । म आफ्‍ना हात त्‍यसको विरुद्धमा पसार्नेछु, र मेरो मानिस इस्राएलको बिचबाट त्‍यसलाई नाश गर्नेछु ।

    10तिनीहरूका आफ्‍ना अपराध तिनीहरूले बोक्‍नेछन् । अगमवक्ताको अपराधचाहिं र उसँग सल्‍लाह लिनेको अपराधजस्‍तै हुनेछ ।

  • 31किनभने त्यसले मेरो वचनलाई घृणा गरेको छ, त्यो व्यक्‍तिलाई पूर्ण रूपमा बिलकुलै बहिष्कार गर्नुपर्छ ।

  • 9त्यसैले शान्ति हुनेछ भनी अगमवाणी बोल्ने अगमवक्ताले भनेको वचन पुरा भयो भने, त्यो वास्तवमै परमप्रभुद्वारा पठाइएको अगमवक्ता रहेछ भनी थाहा हुनेछ ।”

  • 34‘यो परमप्रभुको बोझ हो,’ भनिरहने अगमवक्ता, पुजारी र मानिसका सम्‍बन्‍धमा म त्‍यो मानिस र उसको घरानालाई दण्ड दिनेछु ।

  • 20परमप्रभु तिमीहरूका परमेश्‍वरको आवाजलाई ध्यान दिएनौ भने तिमीहरूकै सामु परमप्रभुले नष्‍ट गर्नुभएका जातिहरूजस्तै तिमीहरू नष्‍ट हुने छौ ।

  • 9बरु, त्यसलाई निश्‍चय नै मारिदिनू । त्यसलाई मार्नेमा तेरो हात पहिलो होस् र त्यसपछि अरूहरू तम्सून् ।

  • 17तर कुनै जातिले सुनेन भने म त्यसलाई जरैदेखि उखेल्नेछु । त्‍यो निश्‍चय नै जरैदेखि उखेलिनेछ, र नष्‍ट गरिनेछ, यो परमप्रभुको घोषणा हो ।

  • 11सारा इस्राएली यो सुनेर डराउने छन्, र तिमीहरूका बिचमा कसैले पनि यस्तो दुष्‍टता गर्ने छैन ।

  • 15भेट्टाइएका हरेक व्‍यक्‍तिलाई मारिनेछ र कब्जा गरिएका हरेक व्‍यक्‍ति तरवारले मर्नेछ ।

  • 16सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन । तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् । तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन् ।

  • 17त्यसैले मिश्रमा गएर त्यहीँ बस्‍ने निधो गरेका सबै पुरुष तरवार, अनिकाल र विपत्तिले मर्नेछन् । तिनीहरूका बिचमा कोही पनि बाँच्नेछैन, मैले तिनीहरूमाथि ल्याउने विपत्तिबाट कोही पनि उम्कनेछैन ।

  • 3तिनीहरूलाई भन्, 'परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः यस करारका वचनहरू नसुन्‍ने जोसुकै श्रापित होस् ।

  • 13अनि परमप्रभु इस्राएलका परमेश्‍वरलाई नखोज्‍ने जोसुकैलाई मारिनुपर्छ भन्‍ने कुरामा तिनीहरूले सहमती गरेः चाहे त्यो व्यक्ति सानो होस् वा ठूलो होस्, चाहे पुरुष होस् वा स्‍त्री होस् ।

  • 1¶ तिमीहरूका बिचमा कुनै अगमवक्ता वा स्वप्‍न-दर्शी देखा परी त्यसले तिमीहरूलाई कुनै चिन्ह वा चमत्कार देखाउन खोज्यो भने

  • 15तर जसरी परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएका सबै वचन पुरा भएको छ, त्यसरी नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो असल भूमिबाट तिमीहरूलाई नष्‍ट नगरेसम्म परमप्रभुले तिमीहरूमाथि सबै खराबी ल्याउनुहुने छ ।

  • 42अगमवक्ताले राजालाई भने, “परमप्रभु भन्नुहुन्छ, 'मैले मृत्युदण्ड तोकेको मानिसलाई तैँले आफ्नो हातबाट फुत्किन दिएकोले त्यसको प्राणको सट्टा तेरो प्राण र तिनीहरूका मानिसहरूको सट्टा तेरा मानिसहरू हुने छन्' ।”

  • 5हेर, परमप्रभुको महान् र भयानक दिन आउनुअगि म अगमवक्ता एलियालाई तिमीहरूकहाँ पठाउनेछु ।

  • 15त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले नपठाएका अगमवक्ताहरू जसले मेरो नाउँमा अगमवाणी बोल्छन्, जसले यस देशमा कुनै तरवार वा अनिकाल पर्नेछैन भन्छन्, यी अगमवक्ताहरू तरवार र अनिकालले नष्‍ट पारिनेछन् ।

  • 49त्यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्‍ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् ।

  • यिर्मि 15:1-2
    2 पदहरू
    67%

    1¶ तब परमप्रभुले मलाई भन्‍नुभयो, “मोशा र शमूएल मेरो सामु खडा भए तापनि म यी मानिसका पक्षमा खडा हुन्‍नँ । तिनीहरूलाई टाढा जानलाई मेरो सामुबाट तिनीहरूलाई हटाइदे ।

    2यस्‍तो हुनेछ, तिनीहरूले तँलाई यसो भन्‍नेछन्, 'हामी कहाँ जाने?' तब तैंले तिनीहरूलाई भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मृत्युको निम्ति साँचिएकाहरू मृत्युमा जानुपर्छ । तरवारको निम्ति साँचिएकाहरू तरवारमा जानुपर्छ । अनिकालको निम्ति साँचिएकाहरू अनिकालमा जानुपर्छ, र निर्वासनको निम्ति साँचिएकाहरू निर्वासनमा जानुपर्छ ।'

  • 37अगमवक्तालाई तैंले यसो भनेर सोध्‍नेछस्, 'परमप्रभुले तिमीलाई के जवाफ दिनुभयो?' वा 'परमप्रभुले के भन्‍नुभयो?'

  • 5मैले तिमीहरूकहाँ निरन्तर रूपमा पठाइरहेका मेरा दास, अगमवक्ताहरूका वचनहरू तिमीहरूले सुनेनौ भने, तर तिमीहरूले सुनेका छैनौ,

  • 63तिमीहरूको भलो गर्न र तिमीहरूलाई गुणात्मक रूपमा वृद्धि गराउनमा परमप्रभु एक पटक जसरी रमाउनुभयो, त्यसै गरी तिमीहरूलाई नष्‍ट गरी विनाश गर्नमा उहाँ रमाउनुहुने छ । तिमीहरूले अधिकार गर्न लागेको देशबाट तिमीहरू धपाइने छौ ।

  • 31अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका कुरा सुनेनन् भने कोही मृत्युबाट उठेको मानिसको कुरा पनि मान्‍ने छैनन्’ ।”

  • 7तापनि तिमीले सुन्‍ने गरी अनि सबै मानिसले सुन्‍ने गरी मैले घोषणा गरेको वचनलाई सुन ।

  • 20परमप्रभुबाहेक अन्य कुनै देवी-देवतालाई बलिदान चढाउनेलाई पूर्ण रूपमा नष्‍ट गरिनुपर्छ ।

  • 21त्यसकारण परमप्रभु तेरो प्राण लिन खोज्ने अनातोतका मानिसहरूको सम्बन्धमा यसो भन्‍नुहुन्छ, “तिनीहरू भन्छन्, 'तैंले परमप्रभुको नाउँमा अगमवाणी बोल्‍नुहँदैन, नत्रता तँ हाम्रा हातबाट मर्नेछस् ।'

  • 34त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।

  • 12परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु सेवा गर्न खडा हुने पुजारी वा न्यायकर्ताको कुरा अहङ्कारी भएर नसुन्‍ने व्यक्ति मारिने छ । तिमीहरूले इस्राएलबाट दुष्‍टता हटाओ ।