२ राजा 17:13

अनलक शाब्दिक बाइबल

तापनि परमप्रभुले हरेक अगमवक्ता र हरेक दर्शीद्वारा इस्राएल र यहूदालाई यसो भनरे चेताउनी दिनुभएको थियो, “आ-आफ्ना दुष्‍ट मार्गहरूबाट फर्केर मेरा आज्ञाहरू र विधिहरू पालन गर, अनि मैले तिमीहरूका पुर्खाहरूलाई आज्ञा गरेका अनि आफ्‍ना सेवकहरू अर्थात् अगमवक्ताहरूद्वारा मैले तिमीहरूकहाँ पठाएका सबै आज्ञा पालन गर्न सावधना होओ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ शमू 9:9 : 9 (इस्राएलमा पहिले, जब मानिसले परमेश्‍वरको इच्छा खोज्‍न जान्थे, तब तिनले भन्थे, “आऊ, हामी दर्शीकहाँ जाऔं ।” किनकि आजका अगमवक्तालाई पहिले दर्शी भनिन्थ्यो ।)
  • यिर्मि 18:11 : 11 त्यसैले अब, यहूदाका मानिसहरू र यरूसलेमका बासिन्दाहरूसित बोल् र भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिमीहरूको विरुद्धमा विपत्तिको रचना गर्नै लागेको छु । मैले तिमीहरूको विरुद्धमा योजना बनाउने लागेको छु । तिमीहरूका चाल र तिमीहरूका अभ्यासहरूले तिमीहरूलाई भलो ल्‍याउने गरी हरेक व्यक्तिले आफ्नो दुष्‍ट चालबाट पश्‍चात्ताप गरोस् ।'
  • यिर्मि 35:15 : 15 मैले तिमीहरूकहाँ मेरा सबै दास, अगमवक्ताहरू पठाएँ । यसो भन्‍न मैले तिनीहरूलाई निरन्‍तर पठाएँ, 'हरेक मानिस आफ्नो दुष्‍ट चालबाट फर्कोस् र त्यसले असल कामहरू गरोस् । कोही पनि अरू देवताहरूको पछि लाग्‍ने र तिनीहरूको पुजा गर्ने काम नगरोस् । बरु, मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा फर्केर आओ ।' तापनि तिमीहरूले मेरो कुरा सुन्‍दैनौ वा ध्यानै दिंदैनौ ।
  • यहे 18:31 : 31 तिमीहरूले गरेका सबै अपराधहरू आफूलाई अलग गर । आफ्‍ना निम्‍ति नयाँ हृदय र नयाँ आत्‍मा बनाओ । तिमीहरू किन मर्छौ, ए इस्राएलका घराना?
  • यिर्मि 7:3-7 : 3 सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूका मार्ग र अभ्यास असल बनाओ, र म तिमीहरूलाई यस ठाउँमा बसिरहन दिनेछु । 4 छलपूर्ण वचनहरूमा आफू भर नपर र यसो नभन, 'परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर! परमप्रभुको मन्दिर!' 5 किनकि तिमीहरूले वास्तवमै तिमीहरूका मार्ग र अभ्यासहरू असल बनायौ भने, अनि तिमीहरूले मानिस र त्यसको छिमेकीको बिचमा न्यायलाई पूर्ण रूपमा कायम राख्यौ भने, 6 तिमीहरूले देशमा बस्‍ने मानिस, अनाथ वा विधवालाई शोषण गरेनौ र यस ठाउँमा निर्दोषको रगत बगाएनौ र आफैलाई हानि पुर्‍याउन अरू देवताहरूको पछि लागेनौ भने, 7 म तिमीहरूलाई यस ठाउँमा बस्‍न दिनेछु, जुन देश मैले प्राचीन समयदेखि नै सदाको लागि तिमीहरूका पुर्खाहरूलाई दिएँ ।
  • नहे 9:29-30 : 29 तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे । 30 धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो ।
  • भजन 50:7 : 7 “ए मेरा मानिसहरू, सुन र म बोल्ने छु । म परमेश्‍वर, तेरो परमेश्‍वर हुँ ।
  • भजन 81:8-9 : 8 हे मानिसहरू, सुन, म तिमीहरूलाई चेतावनी दिन्छु । हे इस्राएल, तिमीहरूले मेरा कुरा सुनेको मात्र भए! 9 तिमीहरूका माझमा कुनै विदेशी देवता हुनेथिएन । तिमीहरूले कुनै पनि विदेशी देवता पुजा गर्नुहुँदैन ।
  • यशा 1:5-9 : 5 तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्‍पुर्ण टाउको नै बिरामी छ र सम्‍पुर्ण हृदय नै कमजोर छ । 6 शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् । 7 तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् । 8 सियोनकी छोरीलाई दाखबारीको कटेरोझैं, काँक्राबारीको छायाझैं र घेरा हालिएको सहरझैं त्यागिएको छ । 9 सर्वशक्तिमान् परमप्रभुले हाम्रा निम्‍ति थोरै बाँकी रहेका निम्ति नछोड्नुभएको भए, हामी सदोमझैं हुनेथियौं, हामी गमोराझैं हुनेथियौं। 10 ए सदोमका शासकहरू हो, परमप्रभुको वचन सुन । ए गमोराका मानिसहरू, हाम्रा परमेश्‍वरको व्यवस्था सुन । 11 परमप्रभु भन्‍नुहुन्छ, “तिमीहरूका असंख्‍य बलिदानहरू मेरो निम्‍ति के नै हुन् र? थुमाहरूका होमबलि र मोटा पशुहरूका बोसो मसित प्रशस्‍त भएको छ । र साँढेहरू, थुमाहरू वा बोकाहरूका रगतमा म खुसी हुन्‍न । 12 तिमीहरू मेरो सामु देखापर्न आउँदा, यसले मेरा चोकहरू कुल्चोस् भन्‍ने कसको इच्‍छा छ? 13 व्यार्थका बलिदानहरू ल्याउन छोड । धूप मेरो निम्ति घृणित कुरा हो । तिमीहरूका औंसी र सबाथका सभाहरू— यी दुष्‍ट सभाहरू म सहन सक्दिनँ । 14 तिमीहरूका औंसीहरू र तिमीहरूका तोकिएका चाडहरूलाई म घृणा गर्छु । ती मेरो निम्ति बोझ हुन् । ती बोहोरेर म थाकिसकेको छु । 15 त्यसैले तिमीहरूले प्रार्थनामा आफ्‍ना हातहरू फैलाउँदा, तिमीहरूबाट म आफ्‍ना आँखा लुकाउँछु । तिमीहरूले धेरै प्रार्थना चढाए तापनि, म सुन्‍नेछैन । तिमीहरूका हातहरू रगतले भरिएका छन् । 16 नुहाओ र आफूलाई शुद्ध पार । मेरो दृष्‍टिबाट तिमीहरूका सबै दुष्‍ट कामहरू हटाओ । खराब हुन छोड । 17 असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।” 18 परमप्रभु भन्‍नुहुन्छ, “अहिले आओ, हामी मिलेर छलफल गरौं । तिमीहरूका पापहरू बैजनी रङका भए तापनि, ती हिउँजस्‍तै सेता हुनेछन् । ती सिन्दुरे रङका भए तापनि ती ऊनजस्‍तै हुनेछन् । 19 तिमीहरू आज्ञाकारी र इच्‍छुक भयौ भने, तिमीहरूले देशका असल कुरा खानेछौ, 20 तर तिमीहरूले इन्कार गर्‍यौ र विद्रोह गर्‍यौ भने, तरवारले तिमीहरूलाई विनाश पार्नेछ” किनकि परमप्रभुको मुखले यसो भन्‍नुभएको छ । 21 विश्‍वासयोग्‍य सहर कसरी वेश्या भएको छ! त्यो न्यायले पुर्ण थियो— त्यो धर्मिकताले भरिपुर्ण थियो, तर अहिले त्यो हत्याराहरूले भरिएको छ । 22 तिमीहरूका चाँदी अशुद्ध भएको छ, तिमीहरूका दाखमद्य पानी मिसाइएको छ । 23 तिमीहरूका शासकहरू विद्रोहीहरू र चोरका साथीहरू हुन् । हरेकले घुसलाई प्रेम गर्छ र उपहारको पछि भाग्‍छन् । तिनीहरूले अनाथहरू रक्षा गर्दैनन्, न त न्‍यायको लागि विधवाको बिन्ति नै तिनीहरूका सामु आउँछन् । 24 यसकारण सर्वशक्तिमान् परमप्रभु, इस्राएलका शक्तिशाली परमपवित्रको घोषणा यो हो, “तिनीहरूलाई धिक्‍कार! आफ्‍ना विरोधीहरूसँग बदला म लिनेछु र आफ्‍ना शत्रुहरूसँग म टो फेर्नेछु ।
  • यशा 55:6-7 : 6 जबसम्‍म परमप्रभुलाई भेट्टाउन सक्‍छौ, तबसम्‍म उहाँलाई खोज । उहाँ नजिक हुनुहुँदा नै उहाँको खोजी गर । 7 दुष्‍टले आफ्नो बाटो र पापको मानिसले आफ्ना विचारहरू त्यागोस् । ऊ परमप्रभुमा फर्कोस्, र उहाँले उसलाई दया गर्नुहुनेछ र हाम्रा परमेश्‍वरमा जसले उसलाई प्रशस्‍त गरी क्षमा गर्नुहुनेछ ।
  • यिर्मि 3:8-9 : 8 त्‍यसैले मैले देखेँ, त्यसरी नै त्यस विश्‍वासहीन इस्राएलले व्यभिचार गरेकी छे, र मैले त्यसलाई निकालेको छु, र त्यसको विरुद्धमा त्यागपत्र दिएको छु । त्यसकी विश्‍वासहीन बहिनी यहूदा डराइन । त्यो पनि गई र वेश्याले झैं काम गरी । 9 त्यसको वेश्यावृत्ति त्यसको लागि केहीजस्तो भएन । त्यसले देशलाई दुषित पारी, र त्यसले ढुङ्गा र रुखहरूसित व्यभिचार गरी । 10 यी सबै कुरापछि त्यसकी विश्‍वासहीन बहिनी यहूदा सारा हृदयले होइन तर झूट लिएर मकहाँ फर्की, यो परमप्रभुको घोषणा हो ।” 11 तब परमप्रभुले मलाई भन्‍नुभयो, “विश्‍वासहीन इस्राएल विश्‍वासहीन यहूदाभन्दा बढी धर्मी भएको छ ।
  • यिर्मि 5:29-31 : 29 के यी कुराको लागि मैले तिनीहरूलाई दण्ड नदिने त, के यस्तो जातिलाई मैले बदला नलिते त? यो परमप्रभुको घोषणा हो । 30 यस देशमा बीभत्स र त्रासदीपूर्ण कामहरू भएका छन् । 31 अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ?”
  • यिर्मि 7:22-23 : 22 किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउँदा तिमध्‍ये कुनै कुरा पनि मैले इच्‍छा गरिन । होमबलि र बलिदानहरूको विषयमा मैले तिनीहरूलाई कुनै आज्ञा दिइनँ । 23 मैले तिनीहरूलाई यो आज्ञा मात्र दिएँ, “मेरो आवाजलाई सुन, र म तिमीहरूका परमेश्‍वर हुनेछु, र तिमीहरू मेरा मानिसहरू हुनेछौ । त्यसैले तिमीहरूको भलो होस् भनेर मैले तिमीहरूलाई दिएका सबै आज्ञामा हिंड ।”
  • यिर्मि 25:4-5 : 4 परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पटक-पटक पठाउनुभयो, तर तिमीहरूले सुनेका वा ध्यान दिएका छैनौ । 5 यी अगमवक्ताहरूले भने, ‘हरेक मानिस आफ्नो दुष्‍ट चाल र आफ्ना भ्रष्‍ट अभ्यासहरूबाट फर्कोस्, अनि परमप्रभुले प्राचीन समयमा तिमीहरूका पिता-पुर्खाहरू र तिमीहरूलाई स्थायी उपहारको रूपमा दिनुभएको देशमा फर्कोस् ।
  • यिर्मि 26:4-6 : 4 त्यसैले तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तिमीहरूको अगि राखिदिएको मेरो व्यवस्थाअनुसार हिंड्नलाई तिमीहरूले मेरो कुरा सुनेनौ भने, 5 मैले तिमीहरूकहाँ निरन्तर रूपमा पठाइरहेका मेरा दास, अगमवक्ताहरूका वचनहरू तिमीहरूले सुनेनौ भने, तर तिमीहरूले सुनेका छैनौ, 6 तब म यो मन्दिरलाई शीलोजस्तै बनाउनेछु । म यस सहरलाई पृथ्वीका सबै जातिको दृष्‍टिमा श्रापको पात्र बनाउनेछु' ।”
  • १ शमू 12:7-9 : 7 त्‍यसो हो भने अब आफैलाई हाजिर गराऊ ताकि मैले तिमीहरू सँगै परमप्रभुका सबै धार्मिक कार्यहरूबारे उहाँको सामु निवेदन गर्नेछु जुन उहाँले तिमीहरू र तिमीहरूका पुर्खाहरूका निम्ति गर्नुभयो । 8 जब याकूब मिश्रदेशमा गए, र तिमीहरूका पुर्खाहरूले परमप्रभुसँग पुकारा गरे तब परमप्रभुले मोशा र हारून पठाउनुभयो जसले तिमीहरूका पुर्खाहरूलाई मिश्रदैशबाट बाहिर ल्याए र तिनीहरू यस ठाउँमा बसोबास गरे । 9 तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्से । उहाँले तिनीहरूलाई हासोरका कप्‍तान सिसेराको हातमा, पलिश्तीहरूका हातमा र मोआबका राजाको हातमा बेच्नुभयो । यी सबैले तिमीहरूका पुर्खाहरू विरुद्ध युद्ध गरे । 10 तिनीहरूले परमप्रभुलाई पुकारा गरे र भने, 'हामीले पाप गरेका छौं, किनभने हामीले परमप्रभुलाई त्यागेका छौं र बाल र अश्तोरेत देवताहरूको सेवा गरेका छौं । तर अब हामीलाई हाम्रा शत्रुहरूका हातबाट छुटकारा दिनुहोस् र हामीले तपाईंको सेवा गर्नेछौं ।’ 11 त्यसैले परमप्रभुले यरूब-बाल, बाराक, यिप्‍ता र शमूएललाई पठाउनुभयो र तिमीहरू वरिपरिका सबै शत्रुमाथि विजय दिनुभयो, ताकि तिमीहरू सुरक्षामा बसोबास गर्न पाओ । 12 जब तिमीहरूले अम्मोनका मानिसहरूका राजा नाहाश तिमीहरू विरुद्ध आएको देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, 'होइन, बरु हामीमाथि राजाले राज्‍य गर्नुपर्छ,’— यद्यपि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका राजा हुनुहुन्थ्यो । 13 अब तिमीहरूले चुनेका र तिमीहरूले मागेका राजा यहाँ छन् जसलाई परमप्रभुले तिमीहरूमाथि राजाको रूपमा नियुक्‍त गर्नुभएको छ । 14 तिमीहरूले परमप्रभुको भय मान्यौ, उहाँको सेवा गर्‍यौ र परमप्रभुको आज्ञा विरुद्ध विद्रोह गरेनौ भने, तिमीहरू र तिमीहरूमाथि राज्‍य गर्ने राजा दुवैले परमप्रभु तिमीहरूका परमेश्‍वरको अनुसरण गर्नेछौ । 15 तिमीहरूले परमप्रभुको आवाज पालन गर्दैनौ, तर परमप्रभुको आज्ञाको विरुद्ध वोद्रिह गर्छौ भने, परमप्रभुको हात तिमीहरूको विरुद्धमा हुनेछ, जसरी त्‍यो तिमीहरूका पुर्खाहरूको विरुद्धमा थियो ।
  • २ राजा 17:23 : 23 त्यसैले परमप्रभुले आफ्ना सबै सेवक अगमवक्ताहरूद्वारा आफूले गर्छु भन्‍नुभएझैँ इस्राएललाई आफ्नो दृष्‍टिबाट हटाउनुभयो । यसरी तिनीहरूको आफ्नै देशबाट इस्राएललाई अश्शूरमा बन्दी बनाएर लगियो, र आजको दिनसम्म पनि त्‍यस्‍तै भएको छ ।
  • १ इति 29:29 : 29 शमूएल अगमवक्ताको इतिहास, नतान अगमवक्ता इतिहास र गाद अगमवक्ताका इतिहासमा दाऊद राजाका उपलब्धिहरूका बारेमा लेखिएका छन् ।
  • २ इति 36:15-16 : 15 परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिस र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो । 16 तर परमप्रभुको क्रोध उहाँका मानिसहरूमाथि नपरुञ्जेल र सहायता आउने बाटो बन्द हुनेगरी तिनीहरूले उहाँका दूतहरूको गिल्ला गरे, उहाँको वचनहरूको निन्दा गरे र उहाँका अगमवक्ताहरूलाई हाँसोमा उडाए ।
  • व्यव 4:26 : 26 कि जुन देश अधिकार गर्न तिमीहरू यर्दनपारि जाँदै छौ त्यस देशबाट तिमीहरू चाँडै नै पूर्ण रूपमा नष्‍ट हुने छौ । त्यहाँ तिमीहरू लामो समयसम्म बाँच्ने छैनौ, तर तिमीहरू पूर्ण रूपमा नष्‍ट हुने छौ ।
  • व्यव 8:19 : 19 तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरलाई बिर्सी अन्य देवी-देवताहरूको पछि लागेर तिनीहरूको पुजा गर्‍यौ र तिनीहरूको आराधना गर्‍यौ भने तिमीहरू निश्‍चय नै मर्ने छौ भनी म आज तिमीहरूको विरुद्धमा गवाही दिन्छु ।
  • व्यव 31:21 : 21 जब यस जातिमाथि धेरै खराबी र सङ्कष्‍ट आइपर्ने छन्, यो गीतले तिनीहरूको सामु साक्षीको रूपमा गवाही दिने छ (किनकि यो तिनीहरूका सन्तानका मुखबाट बिर्सिने छैन) । मैले तिनीहरूलाई प्रतिज्ञा गरेको देशमा तिनीहरूलाई ल्याउनुभन्दा अगावै तिनीहरूले आज रचेका योजनाहरू मलाई थाहा छ ।”
  • यहो 23:16 : 16 यदि तिमीहरूले पालन गर्न तिमीहरूलाई उहाँले आज्ञा गर्नुभएको परमप्रभु तिमीहरूका परमेश्‍वरको करार तोड्यौ भने, उहाँले यो गर्नुहुने छ । यदि तिमीहरू जान्छौ र अरू देवताहरूको आराधना गर्छौ र दण्डवत् गर्छौ भने, परमप्रभुको क्रोध तिमीहरूविरुद्ध दन्किने छ र उहाँले तिमीहरूलाई दिनुभएको असल भूमिबाट तिमीहरू चाँडै नष्‍ट हुने छौ ।”
  • न्या 6:10 : 10 मैले तिमीहरूलाई भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ । मैले तिमीहरूलाई एमोरीहरूका देवहरूलाई नपुज भनेर आज्ञा दिएँ, जसको देशमा तिमीहरू बसोबास गरिरहेका छौ ।” तर तिमीहरूले मेरो आज्ञा पालना गरेका छैनौ ।’”
  • न्या 10:11-14 : 11 परमप्रभुले इस्राएलका मानिसहरूलाई भन्‍नुभयो, “के मैले तिमीहरूलाई मिश्रीहरू, एमोरीहरू, अम्मोनीहरू, पलिश्तीहरू, 12 र सीदोनीहरूबाट समत छुटकारा दिइनँ र? अमालेकीहरू र मिद्दानीहरूले तिमीहरूलाई अत्‍याचार गरे । तिमीहरूले मलाई पुकार्‍यौ, र मैले तिमीहरूलाई तिनीहरूका शक्तिबाट छुटाएँ । 13 तापनि तिमीहरूले मलाई त्याग्यौ र अरू देवताहरूलाई पुज्यौ । यसकारण, मैले तिमीहरूलाई छुटकारा दिने मौकाहरू म अब निरन्‍तर थपिरहनेछैन । 14 जाओ र तिमीहरूले पुजा गरेका देवताहरूलाई नै पुकारा गर । तिमीहरूमाथि समस्या आइपर्दा तिनीहरूले नै तिमीहरूलाई बचाऊन् ।”
  • हो 4:15 : 15 तँ इस्राएलले व्यभिचार गरेको भए पनि, यहूदाचाहिं दोषी नहोस् । ए मानिस हो, तिमीहरू गिलगालमा नजाओ माथि बेथ-आवनमा नजाओ, र “परमप्रभु जिउँदो हुनुभएझैं” भनेर शपथ नखाओ ।
  • हो 14:1 : 1 ¶ ए इस्राएल, परमप्रभु आफ्‍ना परमेश्‍वरकहाँ फर्क, किनकि आफ्ना अपराधको कारणले तिमीहरू पतित भएका छौ ।
  • जक 1:3-6 : 3 तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मतिरफर्क!- परमप्रभु घोषणा गर्नुहुन्छ- र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । 4 तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’” 5 तिमीहरूका पिता-पुर्खाहरू कहाँ छन्? अगमवक्ताहरू कहाँ छन्, के तिनीहरूयहाँ सधैँ रहन्छन्? 6 तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”
  • प्रेरि 20:21 : 21 तपाईंहरूलाई थाहै छ कि मैले कसरी यहूदी र ग्रीकहरू दुवैलाई परमेश्‍वरतिर फर्कन पश्‍चात्ताप गर्नुपर्ने र हाम्रा प्रभु येशूमा विश्‍वास गर्नुपर्ने कुराको बारेमा चेताउनी दिइरहेँ ।
  • २ पत्रु 3:9 : 9 अरूले सोचेजस्तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँले सबैलाई पश्‍चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ ।
  • यिर्मि 42:19 : 19 तब यर्मियाले भने, “ए यहूदाका बाँकी रहेका मानिसहरू हो, तिमीहरूको विषयमा परमप्रभुले बोल्नुभएको छ । तिमीहरू मिश्रमा नजाओ । आज मैले तिमीहरूको विरुद्धमा गवाही दिएको छु भनी तिमीहरूलाई पक्‍का थाहा छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 15मैले तिमीहरूकहाँ मेरा सबै दास, अगमवक्ताहरू पठाएँ । यसो भन्‍न मैले तिनीहरूलाई निरन्‍तर पठाएँ, 'हरेक मानिस आफ्नो दुष्‍ट चालबाट फर्कोस् र त्यसले असल कामहरू गरोस् । कोही पनि अरू देवताहरूको पछि लाग्‍ने र तिनीहरूको पुजा गर्ने काम नगरोस् । बरु, मैले तिमीहरू र तिमीहरूका पुर्खाहरूलाई दिएको देशमा फर्केर आओ ।' तापनि तिमीहरूले मेरो कुरा सुन्‍दैनौ वा ध्यानै दिंदैनौ ।

  • 10त्यसैले परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूद्वारा यसो भन्‍नुभयो,

  • जक 1:3-4
    2 पदहरू
    79%

    3तिनीहरूलाई भन्, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मतिरफर्क!- परमप्रभु घोषणा गर्नुहुन्छ- र म तिमीहरूतिर फर्कनेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

    4तिमीहरूका पिता-पुर्खाहरूझैँ नहोओ जसलाई अगमवक्ताहरूले यस्तो भनेका थिए, “सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: तिमीहरूका खराब मार्गहरू र दुष्‍ट कामहरूबाट फर्क!” तर तिनीहरूले सुनेनन् र मलाई ध्यान दिएनन् - परमप्रभु घोषणा गर्नुहुन्छ ।’”

  • 19तापनि तिनीहरूलाई फेरि आफूकहाँ फर्काएर ल्याउन परमप्रभुले अगमवक्ताहरू पठाउनुभयो । ती अगमवक्ताहरूले तिनीहरूका कामको विरुद्धमा बोले, तर तिनीहरूले त्‍यो सुन्‍नलाई इन्कार गरे ।

  • 12तिनीहरूले मूर्तिहरूको पुजा गरे, जसका बारेमा परमप्रभुले तिनीहरूलाई भन्‍नुभएको थियो, “तिमीहरूले यो कुरा गर्ने छैनौ ।”

  • यिर्मि 25:4-5
    2 पदहरू
    76%

    4परमप्रभुले आफ्ना सबै दास, अगमवक्ताहरूलाई तिमीहरूकहाँ पटक-पटक पठाउनुभयो, तर तिमीहरूले सुनेका वा ध्यान दिएका छैनौ ।

    5यी अगमवक्ताहरूले भने, ‘हरेक मानिस आफ्नो दुष्‍ट चाल र आफ्ना भ्रष्‍ट अभ्यासहरूबाट फर्कोस्, अनि परमप्रभुले प्राचीन समयमा तिमीहरूका पिता-पुर्खाहरू र तिमीहरूलाई स्थायी उपहारको रूपमा दिनुभएको देशमा फर्कोस् ।

  • 6तर मैले मेरा दास अगमवक्ताहरूलाई आज्ञा गरेका मेरा वचन र निर्णयहरूले के तिमीहरूका पिता-पुर्खाहरूलाई उछिनेकाछैनन् र? यसैकारण तिनीहरूले पाश्‍चाताप गरे र भने, ‘हाम्रा चाल र कामहरूअनुसारसुहाउँदो सेनाहरूका परमप्रभुले हामीसँग जस्तो व्यवहार गर्ने योजना गर्नुभयो, उहाँले हामीसित त्यस्तै गर्नुभएको छ ।’”

  • 25तिमीहरूका पुर्खाहरू मिश्रदेशबाट आएको समयदेखि आजको दिनसम्म मैले आफ्‍ना हरेक सेवक र अगमवक्ताहरू तिमीहरूकहाँ पठाएको छु । मैले तिनीहरूलाई पठाउन जोड गरिरहेँ ।

  • यिर्मि 26:4-5
    2 पदहरू
    75%

    4त्यसैले तैंले तिनीहरूलाई यसो भन्‍नुपर्छ, 'परमप्रभु यसो भन्‍नुहुन्छः मैले तिमीहरूको अगि राखिदिएको मेरो व्यवस्थाअनुसार हिंड्नलाई तिमीहरूले मेरो कुरा सुनेनौ भने,

    5मैले तिमीहरूकहाँ निरन्तर रूपमा पठाइरहेका मेरा दास, अगमवक्ताहरूका वचनहरू तिमीहरूले सुनेनौ भने, तर तिमीहरूले सुनेका छैनौ,

  • 13त्यसैले अब, आ-आफ्ना चाल र अभ्यासहरू सुधार्नुहोस् र परमप्रभु तपाईंहरूका परमेश्‍वरको सोर सुन्‍नुहोस्, ताकि उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिको विषयमा उहाँले आफ्नो मन बद्लनुहुनेछ ।

  • यिर्मि 11:6-8
    3 पदहरू
    74%

    6परमप्रभुले मलाई भन्‍नुभयो, “यहूदाका सहरहरू र यरूशलेमका सडकहरूका यी सबै कुराको घोषणा गर् । यसो भन्, 'यस करारका वचनहरूलाई सुन र तिनलाई कार्यावन्यन गर ।

    7किनकि मैले तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याएको दिनदेखि वर्तमान समयसम्म निरन्तर रूपमा तिनीहरूलाई चेताउनी दिंदै र 'मेरो आवाज सुन,' भन्‍दै गम्भीर आज्ञाहरू दिंदै आएको छु ।

    8तर तिनीहरूले सुनेनन्, वा ध्यानै दिएनन् । हरेक व्यक्ति आफ्नै दुष्‍ट हृदयको कठोरतामा हिंडिरहेको छ । त्यसैले यस करारमा मैले तिनीहरूलाई आज्ञा गरेका सबै श्राप मैले तिनीहरूका विरुद्धमा ल्याएँ । तर मानिसहरूले अझै पनि आज्ञा मानेनन् ।”

  • नहे 9:29-30
    2 पदहरू
    74%

    29तिनीहरू तपाईंको व्यवस्थामा फर्कून् भनेर तपाईंले तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरू हठी भए, र तपाईंका आज्ञाहरू सुनेनन् । आज्ञा पालन गर्ने जोसुकैलाई जीवन दिने तपाईंका आज्ञाहरूको विरुद्धमा तिनीहरूले पाप गरे । तिनीहरू हठी बने र अटेरी बने अनि सुन्‍न इन्का गरे ।

    30धेरै वर्षसम्म तपाईं तिनीहरूसित धैर्यवान् हुनुभयो, र आफ्ना अगमवक्ताहरूमार्फत तपाईंको आत्माद्वारा तिनीहरूलाई चेताउनी दिनुभयो । तरै पनि तिनीहरूले सुनेनन् । त्यसैले तपाईंले तिनीहरूलाई छिमेकी जातिहरूका हातमा सुम्पिदिनुभयो ।

  • २ इति 30:6-7
    2 पदहरू
    74%

    6यसैले राजाको हुकुमअनुसार राजा र तिनका अगुवाहरूका पत्रहरू लिएर पत्रवाहकहरू सारा इस्राएल र यहूदाभरि गए । तिनीहरूले भने, “इस्राएलका मानिसहरू हो, अब्राहाम, इसहाक र इस्राएलका परमप्रभु परमेश्‍वरतिर तिमीहरू फर्क, ताकि अश्‍शूरका राजाहरूका हातबाट उम्‍कनेहरूतिर उहाँ पनि फर्कनुभएको होस् ।

    7तिमीहरू आफ्‍ना पुर्खाहरू वा आफ्ना दाजुभाइजस्‍तै नहोओ, जसले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा विश्‍वासघात गरे, जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्‍याउनुभयो, जुन तिमीहरूले देख्छौ ।

  • 11त्यसैले अब, यहूदाका मानिसहरू र यरूसलेमका बासिन्दाहरूसित बोल् र भन्, “परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर, मैले तिमीहरूको विरुद्धमा विपत्तिको रचना गर्नै लागेको छु । मैले तिमीहरूको विरुद्धमा योजना बनाउने लागेको छु । तिमीहरूका चाल र तिमीहरूका अभ्यासहरूले तिमीहरूलाई भलो ल्‍याउने गरी हरेक व्यक्तिले आफ्नो दुष्‍ट चालबाट पश्‍चात्ताप गरोस् ।'

  • 10तिनीहरू आफ्‍ना पहिलेका पुर्खाहरूका अधर्मतर्फ लागेका छन् जसले मेरो वचन सुन्‍न इन्कार गरी अरू देवताहरूको पुजा गर्न तिनीहरूको पछि लागे । इस्राएलको घराना र यहूदाको घरानाले मैले तिनीहरूका पुर्खाहरूसित स्थापित गरेको मेरो करार तोडे ।

  • 18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • 19तर मैले तँलाई दिएका मेरा विधिहरू र आज्ञाहरू पालन गरिनस् र ती त्‍यागिस् र तँ गएर अरू देवताहरूको पुजा गरिस् र तिनीहरूका सामु दण्‍डवत् गरिस् भने,

  • 19तिनीहरूकहाँ मेरा दासहरू र अगमवक्ताहरूमार्फत मैले पठाएको मेरो वचन तिनीहरूले नसुनेको कारणले यसो हुनेछ, यो परमप्रभुको घोषणा हो । मैले तिनीहरूलाई पटक-पटक पठाएँ, तर तिमीहरूले सुनेनौ, यो परमप्रभुको घोषणा हो ।'

  • 34हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू र हाम्रा पिता-पुर्खाहरूले तपाईंको व्यवस्था पालन गरेका छैनन्, न त तपाईंका आज्ञाहरू वा तपाईंले तिनीहरूलाई चेताउनी दिनुभएका तपाईंका करारका आदेशहरूलाई ध्यान दिएका छन् ।

  • 72%

    11त्यसैले तिनीहरूलाई यसो भन्, 'तिमीहरूका पुर्खाहरूले मलाई त्यागे र तिनीहरू अरू देवताहरूको पछि गए र पुजा गरे, र तिनीहरूको सामु निहुरे, यो परमप्रभुको घोषणा हो । तिनीहरूले मलाई त्यागे र र मेरो व्यवस्था पालन गरेका छैनन् ।

    12तर तिमीहरूका पुर्खाहरूले भन्दा तिमीहरूले अझै धेरै दुष्‍ट काम गरेका छौ, किनकि हेर, प्रत्‍येक व्यक्ति आफ्‍नो दुष्‍ट हृदयको कठोरताद्वारा हिंडेको छ । मेरो कुरा सुन्‍ने कोही छैन ।

  • 13परमप्रभु भन्‍नुहुन्छ, “मैले तिनीहरूका सामु राखेको मेरो व्यवस्थालाई तिनीहरूले त्यागेका हुनाले, तिनीहरूले मेरो आवाज सुनेर त्यसद्वारा नहिंडेका हुनाले यस्तो भएको हो ।

  • 17तिमीहरूलाई आज्ञा गर्नुभएका परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू, उहाँका गम्भीर आदेशहरू र उहाँका विधिहरू दत्तचित्तसाथ पालन गर्नू ।

  • 14तर तिनीहरूले सुनेनन् । बरु परमप्रभु आफ्‍ना परमेश्‍वरमाथि विश्‍वास नगर्ने आफ्‍ना पुर्खाहरूजस्तै तिनीहरू ज्‍यादै हठी भए ।

  • 14परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।”

  • 13“सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः जा र यहूदाका मानिसहरू र यरूशलेमका बासिन्दालाई यसो भन्, 'के तिमीहरू सुधारलाई स्वीकार गर्दैनौ र मेरा वचन सुन्दैनौ? यो परमप्रभुको घोषणा हो ।

  • 21किनकि मैले आज तिमीहरूलाई त्यो बताएको छु, तर तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको कुरा सुनेका छैनौ वा जे कुरा भन्‍नू भनी उहाँले मलाई तिमीहरूकहाँ पठाउनुभयो, त्यो तिमीहरूले मानेका छैनौ ।

  • 13तेरो अधर्मलाई स्वीकार गर्, किनकि परमप्रभु तेरा परमेश्‍वरको विरुद्धमा तैंले अपराध गरेको छस्, हरेक झ्याम्म परेको रुखमुनि तैंले परदेशीहरूसित तेरा मार्गहरू बाँडेको छस् । किनकि तैंले मेरो कुरा सुनेको छैनस्, यो परमप्रभुको घोषणा हो ।

  • 6तर तँ र तेरा छोराछोरीहरू तर्केर गई मैले तेरो सामु राखेका मेरा आज्ञा र विधिविधानहरू पालन नगरी अरू देवताहरूको पुजा गर्‍यौ र तिनीहरूको सामु निहुरियौ भने,

  • 26तब तिनीहरू अनाज्ञाकारी बने, र तिनीहरूले तपाईंको विरुद्धमा विद्रोह गरे । तिनीहरूले तपाईंको व्यवस्थालाई पिठिउँ फर्काए । तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारे जसले तिनीहरूलाई तपाईंकहाँ फर्कन चेताउनी दिएका थिए । तिनीहरूले ठुलो ईश्‍वर-निन्दा गरे ।

  • 19यहूदाले पनि परमप्रभु आफ्‍ना परमेश्‍वरका आज्ञाहरू पालन गरेनन्, र तिनीहरूले इस्राएलले गरेका अभ्‍यासहरूको अनुसरण गरे ।

  • 21तिनले यहूदबाट आएका परमेश्वरका जनलाई यसो भनेर कराए, “परमप्रभु भन्नुहुन्छ, 'तँ परमप्रभुको वचनप्रति अनाज्ञाकारी भएकोले र परमप्रभुले तँलाई दिनुभएको वचन पालन नगरी

  • 4त्यसैले मैले बारम्‍बार मेरा दास अगमवक्ताहरूलाई तिनीहरूकहाँ पठाएँ । मैले तिनीहरूलाई यसो भन्‍न पठाएँ, 'मैले घृणा गर्ने यी घिनलाग्दा कुराहरू गर्न छोड ।’

  • 3सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः तिमीहरूका मार्ग र अभ्यास असल बनाओ, र म तिमीहरूलाई यस ठाउँमा बसिरहन दिनेछु ।

  • 13याकूबका घरानाका विरुद्धमा सुन र गवाही देओ— यो सर्वशक्‍तमान् परमप्रभु परमेश्‍वरको घोषणा हो ।

  • 2“ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।

  • 15‘किनकि यो परमप्रभुको घोषणा हो, मैले तिनीहरूलाई पठाएको छैनँ, किनकि तिनीहरूले मेरो नाउँमा झूटा कुरो अगमवाणी बोल्दैछन् जसको कारणले म तँलाई धपाउनेछु, अनि तिमी र तिम्रो निम्‍ति अगमवाणी बोलिरहने अगमवक्ताहरू दुवै मर्नेछौ' ।”

  • 7हामीले तपाईंको विरुद्धमा दुष्‍ट काम गरेका छौँ, र तपाईंले आफ्ना दास मोशालाई दिनुभएका आज्ञाहरू, विधिविधानहरु र नियमहरू पालन गरेका छैनौँ ।

  • 7तिमीहरूका पिता-पुर्खाका समयदेखि नै तिमीहरू मेरा आज्ञाहरूबाट टाढा गएका छौ र ती पालना गरेका छैनौ । मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ । “तर तिमीहरू भन्छौ, ‘हामी कसरी फर्कने?’

  • 26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ:

  • 10आफ्‍ना सेवक अगमवक्ताहरूद्वारा परमप्रभुले हामीलाई दिनुभएका उहाँका व्यवस्थामा हिंड्नलाई हामीले उहाँको वचन मानेका छैनौं ।

  • 16अब परमप्रभुको वचन सुन । तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल ।’

  • 17त्यसैले परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'हेर, यहूदा र यरूशलेममा बसोबास गर्ने हरेकमाथि मैले तिनीहरूको विरुद्धमा घोषणा गरेका विपत्तीहरू ल्याउँदैछु, किनकि मैले तिनीहरूलाई बोलें, तर तिनीहरूले सुनेनन् । मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन् ।'”