प्रेरितहरूको काम 13:26

अनलक शाब्दिक बाइबल

भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 10:6 : 6 यसको सट्टा, इस्राएलको घरानाको हराएको भेडाकहाँ जाओ ।
  • प्रेरि 4:12 : 12 अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”
  • प्रेरि 13:46 : 46 तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्‍त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ ।
  • प्रेरि 28:28 : 28 त्यसकारण, तिमीले जान्‍नुपर्ने हुन्छ, कि परमेश्‍वरको मुक्‍तिलाई अन्यजातिहरूका निम्ति पठाईएको छ,र तिनीहरूले सुन्‍नेछन् ।
  • एफिसी 1:13 : 13 ख्रीष्‍टमा तिमीहरूले सत्य वचन, तिमीहरूको छुट्काराको सुसमाचार सुनिसकेपछि, उहाँमा नै तिमीहरूले विश्‍वास गरेका छौ र प्रतिज्ञा सहितको पवित्र आत्माको छाप लगाइएका थियौ ।
  • कलस्सी 1:5 : 5 स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको निश्‍चित आशाको कारण तिमीहरूले यो प्रेम धारण गरेका हौ । सत्यको वचन, अर्थात् सुसमाचारमा तिमीहरूले पहिलो पटक यो निश्‍चित आशाबारे सुन्यौ,
  • रोमी 1:16 : 16 म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति परमेश्‍वरको मुक्‍तिको शक्‍ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति ।
  • २ कोरि 5:19-21 : 19 अर्थात् तिनीहरूका पापका लेखा नलिएर परमेश्‍वरले ख्रीष्‍टद्वारा संसारलाई आफूसित मिलापमा ल्याउँदै हुनुहुन्छ । उहाँले मिलापको सन्देशको जिम्मा हामीलाई सुम्पनुहुँदै छ । 20 त्यसैले, परमेश्‍वरले हामीद्वारा अनुरोध गरिरहनुभए झैँ गरेर हामी ख्रीष्‍टका दूतको रूपमा नियुक्त गरिएका छौँ । “परमेश्‍वरमा मिलापमा आओ!” भनेर हामी तिमीहरूसित ख्रीष्‍टको खातिर अनुरोध गर्छौं । 21 उहाँले ख्रीष्‍टलाई हाम्रा पापको निम्ति बलि बन्‍न लगाउनुभयो । उहाँले कहिल्यै पाप गर्नुभएन । हामी उहाँमा परमेश्‍वरको धार्मिकता बन्‍न सकौँ भनेर उहाँले यसो गर्नुभयो ।
  • प्रेरि 16:17 : 17 त्यो स्‍त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।”
  • प्रेरि 5:20 : 20 “जाओ र त्यस मन्दिरमा खडा होओ र यस जीवनका सबै वचनहरू मानिसहरूलाई बताओ ।”
  • प्रेरि 10:35 : 35 बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।
  • प्रेरि 13:15-17 : 15 अनि व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।” 16 त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् । 17 इस्राएलका यी मानिसहरूका परमेश्‍वरले हाम्रा पितापुर्खाहरूलाई चुनेर र मिश्रदेशमा रहँदा तिनीहरूलाई संख्यामा धेरै बढाउनुभयो र आफ्नो उचालिएको बाहुलीद्वारा तिनीहरूलाई त्यहाँबाट बाहिर निकाल्नुभयो ।”
  • प्रेरि 13:43 : 43 जब सभाघरको सभा अन्त्य भयो, तब धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे । तिनीहरूले परमेश्‍वरको अनुग्रहमा निरन्तर रहिरहन उनीहरूलाई उत्साह दिए ।
  • लू 1:69 : 69 उहाँले हाम्रा निम्ति मुक्‍तिको सिङ्लाई उहाँका दास दाऊदको घरानाबाट शक्‍तिशाली रूपमा खडा गर्नुभएको छ ।
  • लू 1:77 : 77 तिनीहरूका पाप-क्षमाद्वारा उहाँले आफ्ना मानिसहरूलाई मुक्‍तिको ज्ञान दिनुभएको छ ।
  • लू 24:47 : 47 र उहाँको नाउँमा यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई पश्‍चात्ताप र पाप क्षमाको बारेमा प्रचार गर्नुपर्छ ।
  • प्रेरि 3:26 : 26 परमेश्‍वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”
  • २ इति 20:7 : 7 हे हाम्रा परमेश्‍वर, के तपाईंले नै आफ्‍नो मानिस इस्राएलका सामुबाट यस देशका बासिन्‍दाहरूलाई धपाउनुभएको र यसलाई सदासर्वदाको निम्ति अब्राहामका सन्‍तानलाई दिनुभएको होइन र?
  • भजन 105:6 : 6 ए उहाँका सेवक अब्राहामका सन्तानहरू, याकूबका मानिसहरू, उहाँका चुनिएका जनहरू हो ।
  • भजन 147:19-20 : 19 उहाँले आफ्नो वचन याकूबलाई, उहाँका विधिहरू र उहाँ धार्मिक आदेशहरू इस्राएललाई घोषणा गर्नुभयो । 20 उहाँले अरू कुनै जातिमा त्‍यसो गर्नुभएको छैन, र उहाँको आदेशहरूका बारेमा तिनीहरूले ती जान्दैनन् । परमप्रभुको प्रशंसा गर ।
  • यशा 41:8 : 8 तर तँ इस्राएल, मेरो सेवक, याकूब, जसलाई मैले चुनेको छु, मेरो मित्र अब्राहमको सन्तान,
  • यशा 46:13 : 13 म आफ्‍नो धार्मिकता नजिक ल्याउँदैछु । त्‍यो टाढा छैन, र मेरो उद्धारले पर्खंदैन । अनि सियोनलाई मेरो उद्धार र इस्राएललाई मेरो सुन्‍दरता म दिनेछु ।
  • यशा 48:1 : 1 ¶ ए याकूबको घराना, यो कुरा सुन जसलाई इस्राएलको नाउँले बोलाइन्छ र यहूदाको वीर्यबाट आएको छ । तिमीहरू जसले परमप्रभुको नाउँमा शपथ खान्छौ र इस्राएलको परमेश्‍वरलाई पुकार्छौ, तर साँचो रूपले गर्दैनौ न धार्मिक तरिकाले गर्छौ ।
  • यशा 51:1-2 : 1 ¶ तिमीहरू जो धार्मिकताको पछि लाग्‍छौ, तिमीहरू जो परमप्रभुको खोजी गर्छौ, मेरो कुरा सुनः तिमीहरू निकालिएका चट्टानलाई र तिमीहरू काटिएका पत्थरलाई हेर । 2 तिमीहरूका पुर्खा अब्राहाम र तिमीहरूलाई जन्माउने सारालाई हेर । किनकि ऊ एक्‍लै हुँदा मैले उसलाई बोलाएँ । मैले उसलाई आशिष् दिएँ र उसलाई धैरै बनाएँ ।
  • मत्त 3:9 : 9 र आफ्नै बिचमा यस्तो विचार नगर, ‘अब्राहाम नै हाम्रा पिता हुन् ।’ किनकि म तिमीहरूलाई यो भन्दछु, कि अब्राहामका निम्ति परमेश्‍वरले यी ढुङ्गाहरूबाट पनि सन्तान उत्पन्‍न गराउन सक्‍नुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 28त्यसकारण, तिमीले जान्‍नुपर्ने हुन्छ, कि परमेश्‍वरको मुक्‍तिलाई अन्यजातिहरूका निम्ति पठाईएको छ,र तिनीहरूले सुन्‍नेछन् ।

  • 74%

    13उनले स्वर्गदूत तिनको घरमा उभिरहेको कसरी देखेका थिए, र तिनले उनलाई यसो भने भनी हामीलाई बताए, “योप्पामा मानिसहरूलाई पठाऊ र सिमोनलाई फर्काएर ल्याऊ, जसको अर्को नाउँ पत्रुस हो ।

    14उनले तिम्रो लागि एउटा सन्देश बताउने छन् जसद्वारा तिमी बचाइनेछौ, तिमी र तिम्रो सबै घराना ।”

  • 74%

    15अनि व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।”

    16त्यसकारण पावल उठे र हातले इसारा गर्दै उनले भने, “इस्राएलका मानिसहरू र जसले परमेश्‍वरलाई आदर गर्नुहुन्छ, सुन्‍नुहोस् ।

  • 13अब्राहाम, इसहाक र याकूब हाम्रा पूर्खाका परमेश्‍वरले उहाँका सेवक येशूलाई महिमित पार्नुभएको छ । उहाँ नै हुनुहुन्छ जसलाई तपाईंहरूले पिलातसकहाँ सुम्पनुभयो र तिनले उहाँलाई छोड्ने निर्णय गर्दा पनि तपाईंहरूले तिनको सामु उहाँलाई इन्कार गर्नुभयो ।

  • 73%

    35बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।

    36परमेश्‍वरले इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरूलाई थाहै छ । उहाँले सबैका प्रभु अर्थात् येशू ख्रीष्‍टद्वारा शान्तिको बारेमा सुसमाचार प्रचार गर्नुभयो ।

    37यूहन्‍नाले प्रचार गरेको बप्‍तिस्मापश्‍चात् गालीलबाट सुरु गरेर सारा यहूदियाभरि भएका घटनाहरूको बारेमा तपाईंहरूलाई थाहै छ ।

  • 73%

    46तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्‍त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ ।

    47किनभने परमेश्‍वरले हामीलाई यस्तो आज्ञा गर्नुभएको छ, ‘मैले तिमीलाई गैरयहूदीहरूका निम्ति ज्योतिको रूपमा राखेकोछु, र पृथ्वीको अन्तिम छेउसम्म तिमीहरूले मुक्ति ल्याउनु पर्छ ।”

    48जब गैरयहूदीहरूले यो सुने, तिनीहरू खुसी भए र परमेश्‍वरको वचनको महिमा गरे । अनन्त जीवनका लागि नियुक्त गरिएका जतिले विश्‍वास गरे ।

  • 73%

    25तपाईंहरू अगमवक्‍ताका र परमेश्‍वरले तपाईंहरूका पुर्खाहरूसँग गर्नुभएको करारका पुत्रहरू हुनुहुन्छ, जसरी उहाँले अब्राहामलाई भन्‍नुभयो, ‘तिम्रो सन्तानद्वारा नै यस पृथ्वीका सबै परिवारहरू आशिषित हुनेछन् ।’

    26परमेश्‍वरले आफ्ना सेवकलाई उठाउनु भएपछि तपाईंहरूमध्ये हरेकलाई तपाईंहरूको दुष्‍टताबाट फर्काएर तपाईंहरूलाई आशिष् दिनलाई उहाँलाई पहिला तपाईंहरूकहाँ पठाउनुभयो ।”

  • 72%

    38त्यसैले भाइहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस् कि यिनै मानिसद्वारा तपाईंहरूलाई पाप क्षमाको घोषणा गरिन्छ ।

    39विश्‍वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।

    40यसैकारण होसियार हुनुहोस्, अगमवक्‍ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्:

  • 32यसकारण हाम्रा पितापुर्खाहरूलाई प्रतिज्ञा गरिएको असल समाचार हामीले तपाईंहरूकहाँ ल्याएकाछौँ ।

  • 72%

    21यस्तो हुनेछ कि परमेश्‍वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।

    22हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्‍नुहोस्∶ परमेश्‍वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्‍चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्‍वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्‍ने कुरा तपाईंहरूलाई थाहै छ ।

  • 71%

    17म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु ।

    18तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्‍वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्‍वरबाट पापको क्षमा र मैले ममाथिको विश्‍वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्‍त गर्न सकून् ।

  • 1¶ “मेरा दाजुभाइहरू र बुबाहरू हो, मेरो बचाउको कुरा सुन्‍नुहोस्, जुन मैले अहिले तपाईंहरूलाई बताउनेछु ।”

  • 11तर हामी विश्‍वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए ।’’

  • 1¶ यहूदियाबाट केही मानिसहरू आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्‍न, तबसम्म तपाईंहरू बाँच्‍न सक्‍नुहुन्‍न ।”

  • 71%

    39यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्‍वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”

    40अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ ।”

  • 71%

    23यिनै मानिसका सन्तानहरूबाट उहाँले गर्नेछु भनी प्रतिज्ञा गर्नुभएअनुसार परमेश्‍वरले इस्राएलमा मुक्तिदाता येशू ल्याउनुभएको छ ।

    24येशू आउनुभन्दा अगाडि नै यो हुन थाल्यो, जब यूहन्‍नाले पहिला इस्राएलका सबै मानिसहरूलाई पश्‍चात्तापको बप्‍तिस्माको बारेमा घोषणा गरे ।

    25जसरी यूहन्‍नाले आफ्नो काम पुरा गर्दै गर्दा उनले भने, ‘तिमीहरू म को हुँ भनी विचार गर्दछौ? म त्यो होइनँ । तर सुन, मपछि एकजना आउँदैहुनुहुन्छ, जसको खुट्टाको जुत्ताको तुना फुकाल्न म योग्यको छैनँ ।’

  • 13किनकि प्रभुको नाम पुकार्ने सबै बचाइनेछन् ।

  • 17त्यो स्‍त्री यसो भन्दै पावल र हाम्रो पछि लागी, “यी मानिसहरू सर्वोच्‍च परमेश्‍वरका सेवकहरू हुन् । यिनीहरूले तपाईंहरूलाई मुक्तिको बाटो घोषणा गर्छन् ।”

  • 27यरूशलेममा बस्‍नेहरू र तिनीहरूका शासकहरूले उहाँलाई वास्तमै चिनेनन्, न त हरेक शबाथमा पढिने अगमवक्‍ताहरूको आवजलाई नै बुझे । त्यसकारण तिनीहरूले यसरी येशूलाई मृत्यु दण्डको आज्ञा दिएर अगमवक्‍ताको भविष्यवाणीलाई पुरा गरे ।

  • 30अनि उनीहरूलाई बाहिर निकाले र भने, “हजुर, उद्धार पाउनका निम्ति मैले के गर्नुपर्छ?”

  • गलाती 3:7-8
    2 पदहरू
    69%

    7त्यसो भए, यसै गरी यो बुझ, कि विश्‍वास गर्नेहरू नै अब्राहामका सन्तान हुन् ।

    8धर्मशास्‍त्रले पहिले नै यो देखेको थियो, कि परमेश्‍वरले गैरयहूदीहरूलाई विश्‍वासद्वारा धर्मी ठहराउनुहुन्छ । अब्राहामलाई अगाडि नै सुसमाचार दिइएको थियो, “तँबाट नै पृथ्वीमा हुने सबै जातिहरू आशिषित हुनेछन् ।”

  • 21तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे ।

  • 14तर पत्रुस एघार जनासँगै खडा भएर उच्‍च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्‍ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस् ।

  • 33त्यसैले, तुरुन्तै मैले तपाईंलाई बोलाउन पठाएँ । तपाईं गनगन नगरीकन आइदिनुभयो । अब परमप्रभुले तपाईंलाई निर्देशन दिनुभएका सबै कुरा सुन्‍न हामी सबै यहाँ परमेश्‍वरको उपस्थितिमा छौँ ।”

  • 15तर प्रभुले तिनलाई भन्‍नुभयो, “जाऊ, किनकि अन्यजातिहरू र राजाहरू र इस्राएलका सन्तानहरूको सामु मेरो नाउँ प्रचार गर्न तिनी छानिएका एक पात्र हुन् ।

  • 20र उहाँले नियुक्त भइसक्‍नुभएका ख्रीष्‍ट येशूलाई तपाईंहरूका निम्ति पठाउन सक्‍नुहुनेछ ।

  • 44अर्को विश्राममा, लगभग पुरै सहर नै प्रभुको वचन सुन्‍नलाई सँगसँगै भेलाभएको थियो ।

  • 12अरू कुनै व्यक्तिमा मुक्ति छैन किनभने हामी बचाइनका लागि स्वर्गमुनि मानिसहरूका माझमा अर्को कुनै नाउँ दिइएको छैन ।”

  • 26यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।

  • 16म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्‍वास गर्ने सबैको निम्ति परमेश्‍वरको मुक्‍तिको शक्‍ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति ।

  • 28र तिमीहरूका शत्रुहरूले गरेका कुनै कुराहरूबाट भयभीत नहोओ । यो तिनीहरूका निम्ति तिनीहरूको विनाशको चिह्न हो । तर तिमीहरूका निम्ति यो तिमीहरूको मुक्‍तिको चिह्न हो, र यो परमेश्‍वरबाट आएको हो ।

  • 15किनभने तिमीले देखेका र सुनेका कुराहरूको बारेमा तिमी सबै मानिसहरूका लागि गवाही बन्‍नेछौ ।

  • 6सबै मानिसहरूले परमेश्‍वरको उद्धारलाई देख्‍नेछन् ।”

  • 1¶ अहिले यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेका थिए भन्‍ने सुने ।

  • 42पावल र बारनाबास त्यहाँबाट जान लाग्दा मानिसहरूले यी नै वचनहरू अर्को विश्राममा आएर बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे ।