प्रेरितहरूको काम 15:1

अनलक शाब्दिक बाइबल

¶ यहूदियाबाट केही मानिसहरू आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्‍न, तबसम्म तपाईंहरू बाँच्‍न सक्‍नुहुन्‍न ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 15:5 : 5 फरिसी दलबाट विश्‍वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।”
  • प्रेरि 15:24 : 24 हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बिचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन् ।
  • लैव्य 12:3 : 3 आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ ।
  • प्रेरि 6:14 : 14 नासरतको यो येशूले यस स्थानलाई नष्‍ट पार्नेछ र मोशाले हामीलाई सुम्पेका चलनहरूलाई बद्लनेछ भनी त्यसले बोलेको हामीले सुनेका छौँ ।”
  • गलाती 2:11-14 : 11 जब पत्रुस एन्टिओखियामा आए, मैले उनलाई आमने-सामने विरोध गरेँ किनकि उनी गलत थिए । 12 याकूबबाट केही मानिसहरू आउनुअगि पत्रुस गैरयहूदीहरूसँग बसेर खाँदै थिए । तर जब यी मानिसहरू आए, उनले यो रोके र उनी गैरयहूदीहरूबाट टाढिए । उनी यी खतना गर्नैपर्ने मानिसहरूसँग डराए । 13 बाँकी यहूदीहरूले पनि पत्रुसको यस कपटपूर्ण काममा साथ दिए । यसको परिणाम स्वरूप बारनाबास पनि उनीहरूको कपटपूर्ण कामको कारण भड्‌किए । 14 जब मैले तिनीहरूले सुसमाचारको सत्यता नपछ्याइरहेको देखेँ, मैले तिनीहरू सबैका सामुन्‍ने पत्रुसलाई भनेँ, “तिमी यहूदी भएर पनि यहूदी स्वभावको सट्टा गैरयहूदी स्वभावमा जिइरहेका छौ भने, तिमीले कसरी गैरयहूदीहरूलाई यहूदीहरू जस्तो गरी जिउनको निम्ति कर लगाउन सक्छौ?”
  • गलाती 5:1-4 : 1 ¶ स्वतन्‍त्रताको निम्ति ख्रीष्‍टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर । 2 हेर! म पावल तिमीहरूलाई भन्दछु, कि तिमीहरूको खतना भए तापनि ख्रीष्‍टमा तिमीहरूलाई केही फाइदा हुनेछैन । 3 फेरि, खतना गरिएका सबै मानिसलाई म यो गवाही दिन्छु, कि सबै व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ । 4 जो व्यवस्थाबाट धर्मी ठहराइएका छौ, तिमीहरू ख्रीष्‍टबाट अलग गरिएका छौ । तिमीहरू अनुग्रहबाट टाढा गएका छौ ।
  • १ कोरि 7:18-19 : 18 के विश्‍वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो? उसले आफूलाई खतना नभएको जस्तो नदेखाओस् । विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो? उसले खतना नगरोस् । 19 न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै हो ।
  • कलस्सी 2:8 : 8 तिमीहरूलाई कसैले पनि दर्शनद्वारा र ख्रीष्‍टअनुसार नभई यस संसारका तत्त्वहरूअनुसार मानिसहरूका परम्पराको रित्तोपनको धोकाबाट वशमा पार्न नदेओ ।
  • कलस्सी 2:11-12 : 11 उहाँमा नै तिमीहरूको खतना भएको थियो, जुन खतना मानिसहरूद्वारा मासुको शरीरमा गरिएको थिएन, तर यो ख्रीष्‍टमा गरिएको थियो । 12 तिमीहरू उहाँसँगै बप्‍तिस्मामा गाडिएका थियौ । र उहाँलाई मृतकहरूबाट ब्युँताउनुहुने परमेश्‍वरको शक्‍तिमाथि विश्‍वासद्वारा तिमीहरू उहाँसँगै ब्युँताइएका थियौ ।
  • कलस्सी 2:16 : 16 यसैकारण, अब कसैले तिमीहरूलाई खानेकुरा वा पिउनेकुरा वा चाडको दिनको बारेमा वा औंसी वा शबाथ-दिनको विषयमा दोष लगाउन नदेओ ।
  • गलाती 2:1 : 1 ¶ अनि चौध वर्षपछि म बारनाबाससँग फेरि यरूशलेम गएँ । मैले तीतसलाई पनि साथमा लगेँ ।
  • गलाती 2:3-4 : 3 तर तीतस, जो मसँगै थिए, जो एक ग्रिक थिए, तिनलाई समेत खतना गर्न कर लगाइएन । 4 ख्रीष्‍ट येशूमा हामीसँग भएको स्वतन्‍त्रताको जासुसी गर्न गुप्‍त रूपमा आएका झुटा दाजुभाइहरूका कारण यो विषय उठ्यो । तिनीहरूले हामीलाई व्यवस्थाका दासहरू बनाउन चाहे ।
  • गलाती 5:6 : 6 ख्रीष्‍ट येशूमा न खतना न बेखतना कुनै मूल्यको हुन्छ । केवल प्रेमद्वारा काम गर्ने विश्‍वासको मात्र मूल्य हुन्छ ।
  • गलाती 6:13-16 : 13 किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् । 14 हाम्रा प्रभु येशू ख्रीष्‍टको क्रुसबाहेक मैले अरू कुनै कुरामा कहिल्यै गर्व गर्न नपरोस् । उहाँद्वारा नै म संसारको लागि र संसार मेरो लागि क्रुसमा टाँगिएको छ । 15 किनकि न त खतना न बेखतना कुनै मूल्यको हो । बरु, नयाँ सृष्‍टि महत्त्‍वपूर्ण छ । 16 यही नियमअनुसार जिउने सबैमा अनि परमेश्‍वरको इस्राएलमा शान्ति र कृपा रहोस् ।
  • फिलि 3:2-3 : 2 कुकुरहरूदेखि होसियार रहो । खराब काम गर्नेहरूदेखि होसियार रहो । अङ्ग कटाइ गर्नेहरूदेखि होसियार रहो । 3 किनकि खतना हामीहरू नै हौँ । हामीहरू नै परमेश्‍वरका आत्माद्वारा आराधना गर्दछौँ । हामीहरू नै ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ ।
  • प्रेरि 15:3 : 3 त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्‍वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए ।
  • यूह 7:22 : 22 मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ ।
  • प्रेरि 21:20 : 20 उनीहरूले यो सुनेपछि उनीहरूले परमेश्‍वरको प्रशंसा गरे, र उनीहरूले तिनलाई भने, “हेर भाइ, हजारौँ यहूदीले विश्‍वास गरेका छन् । उनीहरू व्यवस्था पालना गर्नमा दृढ छन् ।
  • रोमी 4:8-9 : 8 त्यो मानिस धन्यको हो, जसको विरुद्धमा परमेश्‍वरले पापको लेखा राख्‍नुहुन्‍न ।” 9 तब के यो आशिष्‌‌ केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नगरिएकाहरूका लागि पनि भनिएको हो? किनकि हामी भन्छौँ, “अब्राहामको निम्ति विश्‍वास धार्मिकताको रूपमा गनियो ।” 10 त्यसो हो भने, यो कसरी गनियो त? अब्राहाम खतनामा हुँदा वा बेखतना हुँदा? यो खतनामा हुँदा भएको थिएन, तर बेखतनामा हुँदा भएको थियो । 11 अब्राहामले खतनाको चिन्ह पाए । यो विश्‍वासको धार्मिकताको छाप थियो, जुन उनी बेखतनाको हुँदा नै पाइसकेका थिए । यो चिन्हको परिणामचाहिँ तिनीहरू बेखतनामै भए तापनि उनी विश्‍वास गर्ने सबैका पिता भए । यसको मतलब यो हो, कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ । 12 यसको अर्थ यो हो, कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए । र उनी बेखतनामा हुँदा नै उनीसँग विश्‍वास थियो ।
  • प्रेरि 15:22 : 22 त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास र सिलासलाई छानेर पावल र बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई कुरा असल लाग्यो ।
  • उत्प 17:10-27 : 10 यो मेरो र तेरो र तँपछि आउने तेरा सन्‍तानहरूका बिचमा भएको तिमीहरूले पालन गर्नुपर्ने मेरो करार होः तिमीहरूका बिचमा भएका हरेक पुरुषको खतना हुनुपर्छ । 11 तिमीहरूको खलडीको खतना हुनुपर्छ । मेरो र तिमीहरूको बिचको करारको चिन्ह यही हुनेछ । 12 तिमीहरूका पुस्तौँसम्म तिमीहरूमा आठ दिन पुगेका हरेक पुरुषको खतना गरिनुपर्छ । यसमा तेरो घरमा जन्मेका र तेरो सन्‍तान नभए पनि विदेशीबाट दाम हालेर किनेका व्यक्‍ति पनि पर्दछन् । 13 तेरो घरमा जन्मेका र तेरो पैसाले किनेका सबैको खतना हुनैपर्छ । यसरी मेरो करार तिमीहरूको शरीरमा नित्य रहिरहने करार हुनेछ । 14 खलडीको खतना नगरिएको पुरुष उसका मानिसहरूबाट बहिष्कार गरिनेछ । त्यसले मेरो करार भङ्‍ग गरेको छ ।” 15 पमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, “तेरी पत्‍नी साराईलाई चाहिँ अबदेखि साराई भनेर नबोलाउनू । तर त्यसको नाउँ सारा हुनेछ । 16 म त्यसलाई आशिष् दिनेछु, र त्यसद्वारा म तँलाई एउटा छोरो दिनेछु । म त्यसलाई आशिष् दिनेछु, र त्यो जाति-जातिहरूकी आमा हुनेछे । जाति-जातिहरूका राजाहरू त्यसबाट उत्पन्‍न हुनेछन् ।” 17 त्यसपछि अब्राहाम घोप्‍टो परेर हाँसे, अनि मनमनै यसो भने, “के सय वर्षको मानिसबाट सन्तान जन्मन सक्छ र? नब्बे वर्ष पुगेकी साराले कसरी सन्तान जन्माउन सक्छिन् र?” 18 अब्राहामले परमेश्‍वरलाई भने, “इश्माएल नै तपाईंको आशिष्‍्‌मा बाँचिरहे त हुन्छ!” 19 परमेश्‍वरले भन्‍नुभयो, “होइन, तर तेरी पत्‍नी साराले तेरो निम्ति एउटा छोरो जन्माउनेछे, र तैँले त्यसको नाउँ इसहाक राख्‍नू । नित्य रहिरहने करारको रूपमा म त्यससित र त्यसपछि आउने त्यसका सन्तानसित मेरो करार स्थापित गर्नेछु । 20 इश्माएको विषयमा मैले तेरो बिन्ति सुनेँ । हेर्, म त्यसलाई आशिष् दिनेछु, र त्यसलाई फल्दो‍-फुल्दो बनाएर प्रशस्त गरी त्यसको वृद्धि गर्नेछु । त्यो बाह्र जातिका अगुवाहरूका पिता हुनेछ, र त्यसलाई म ठुलो जाति बनाउनेछु । 21 तर मेरो करार त म इसहाकसँग स्थापित गर्नेछु, जसलाई साराले अर्को वर्ष यही समयमा तँबाट जन्माउनेछे ।” 22 तिनीसँग कुरा गरिसक्‍नुभएपछि परमेश्‍वर अब्राहामदेखि छुट्टिनुभयो । 23 त्यसपछि अब्राहामले आफ्नो छोरो इश्माएल, र आफ्‍नो घरमा जन्मेका, र दाम हालेर किनेका सबै, परमेश्‍वरले भन्‍‍नुभएबमोजिम त्यसै दिन आफ्नो घरका सबै पुरुषहरूका खलडीको खतना गरे । 24 तिनको खलडीको खतना गर्दा अब्राहाम उनान्सय वर्षका थिए । 25 तिनको छोरो इश्माएलचाहिँ आफ्नो खलडीको खतना गर्दा तेह्र वर्षका थिए । 26 अब्राहाम र इश्माएलको खतना एकै दिनमा भयो । 27 तिनको घरमा जन्मेका र विदेशीबाट किनिएका सबै पुरुषहरूको खतना तिनको खतनासँगसँगै भयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रेरि 15:2-7
    6 पदहरू
    81%

    2जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्‍नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे ।

    3त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्‍वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए ।

    4जब उनीहरू यरूशलेममा आए, उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूद्वारा स्वागत गरियो, र यसरी उनीहरूसँग परमेश्‍वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए ।

    5फरिसी दलबाट विश्‍वास गरेका केही मानिसहरू उठे र भने, “तिनीहरूलाई खतना गर्न र मोशाको व्यवस्था पालन गर्न आज्ञा दिनु आवश्यक छ ।”

    6त्यसैले यस विषयमा विचार गर्न प्रेरितहरू र एल्डरहरू भेला भए ।

    7धेरै छलफलपछि, पत्रुस उठे र तिनीहरूलाई भने, “भाइहरू, केही समय अगाडि परमेश्‍वरले तपाईंहरूको माझमा गर्नुभएको एउटा छनौट तपाईंहरूलाई थाहै छ कि मेरो मुखद्वारा गैरयहूदीहरूले सुसमाचारको वचन सुन्‍न सकून् र विश्‍वास गरून् ।

  • 78%

    23तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन ।

    24हामीले त्यस्तो गर्ने आज्ञा नगरेका केही मानिसहरू हाम्रो बिचबाट तपाईंहरूकहाँ आएर तपाईंहरूको आत्मालाई दु:खित पार्ने खालका शिक्षाहरू दिएर तपाईंहरूलाई दुःख दिइरहेका छन् ।

    25त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौँ र यो हामी सबैलाई असल लाग्यो ।

  • 77%

    21तपाईंले अन्यजातिहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्‍चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।

    22हामीले के गर्नुपर्छ? अवश्‍य, उनीहरूले तपाईं यहाँ आउनुभएको छ भन्‍ने सुन्‍नेछन् ।

    23त्यसैले, अब हामीले जे भन्छौँ तपाईंले त्यही गर्नुहोस् । हामीसँग भाकल गरेका चार जना मानिस छन् ।

  • प्रेरि 11:1-3
    3 पदहरू
    73%

    1¶ अहिले यहूदीयामा भएका प्रेरितहरू र भाइहरूले गैरयहूदीहरूले पनि परमेश्‍वरको वचन ग्रहण गरेका थिए भन्‍ने सुने ।

    2जब पत्रुस यरूशलेममा आए, खतनाको समूहका मानिसहरूले तिनकोको आलोचना गरे ।

    3तिनीहरूले भने, “तपाईं बेखतनाका मानसिहरूसँग बस्‍नुभयो र तिनीहरूसँग खानुभयो ।”

  • 72%

    10अब यसकारण हाम्रा पिताहरूले र हामीहरूले बोक्‍न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्‍नैपर्छ भनी तपाईंहरू किन परमेश्‍वरको परीक्षा गर्नुहुन्छ?

    11तर हामी विश्‍वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए ।’’

  • 21किनभने हरेक सहरमा मोशाको व्यवस्थाका कुराहरू हरेक सबाथमा पुस्तौंदेखि मानिसहरूले सभाघरहरूमा प्रचार गर्दै र पढ्दै आएका छन् ।”

  • प्रेरि 16:3-4
    2 पदहरू
    71%

    3पावलले तिमोथीलाई आफूसँगै यात्रामा लान चाहन्थे, यसकारण उनले तिमोथीलाई आफूसँगै लगे र तिनको खतना गरे किनभने ती इलाकाहरूमा यहूदीहरू पनि थिए र उनका बाबु ग्रीक हुन् भनेर तिनीहरू सबैलाई थाहा थियो ।

    4ती सहरहरूको यात्रा गर्दैजाँदा उनीहरूले मण्डलीहरूमा पालन गर्नुपर्ने निर्देशनहरू दिए जुन निर्देशनहरू प्रेरितहरूले र अगुवाहरूले यरूशलेममा लेखेर दिएका थिए ।

  • गलाती 5:1-3
    3 पदहरू
    71%

    1¶ स्वतन्‍त्रताको निम्ति ख्रीष्‍टले हामीलाई मुक्त गराउनुभएको हो । यसैकारण, स्थिर होओ र फेरि बन्धनको जुवामुनि नपर ।

    2हेर! म पावल तिमीहरूलाई भन्दछु, कि तिमीहरूको खतना भए तापनि ख्रीष्‍टमा तिमीहरूलाई केही फाइदा हुनेछैन ।

    3फेरि, खतना गरिएका सबै मानिसलाई म यो गवाही दिन्छु, कि सबै व्यवस्था पालन गर्न त्यो बाध्य हुन्छ ।

  • 26भाइहरू, अब्राहामका वंशका सन्तानहरू, र तपाईंहरूमध्ये जसले परमेश्‍वरलाई आराधना गर्नुहुन्छ, यो मुक्तिबारेको सन्देश हामीहरूलाई नै पठाइएको छ ।

  • 19त्यसकारण मेरो विचार यो छ कि परमेश्‍वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन ।

  • 12याकूबबाट केही मानिसहरू आउनुअगि पत्रुस गैरयहूदीहरूसँग बसेर खाँदै थिए । तर जब यी मानिसहरू आए, उनले यो रोके र उनी गैरयहूदीहरूबाट टाढिए । उनी यी खतना गर्नैपर्ने मानिसहरूसँग डराए ।

  • गलाती 2:14-15
    2 पदहरू
    70%

    14जब मैले तिनीहरूले सुसमाचारको सत्यता नपछ्याइरहेको देखेँ, मैले तिनीहरू सबैका सामुन्‍ने पत्रुसलाई भनेँ, “तिमी यहूदी भएर पनि यहूदी स्वभावको सट्टा गैरयहूदी स्वभावमा जिइरहेका छौ भने, तिमीले कसरी गैरयहूदीहरूलाई यहूदीहरू जस्तो गरी जिउनको निम्ति कर लगाउन सक्छौ?”

    15हामी जो जन्मसिद्ध यहूदीहरू हौँ र “गैरयहूदी पापीहरू होइनौँ”,

  • गलाती 6:12-13
    2 पदहरू
    70%

    12शारीरिक रूपमा प्रभाव पार्न चाहनेहरूले तिमीहरूलाई खतना गर्न बाध्य गराउँछन् । ख्रीष्‍टको क्रुसको खातिर सतावट भोग्‍नु नपरोस् भनेर मात्र तिनीहरूले यसो गर्छन् ।

    13किनकि खतना भएकाहरूले नै व्यवस्थाको पालन गरेका हुँदैनन् । बरु, तिमीहरूका शरीरका विषयमा घमण्ड गर्न सकून् भनेर तिमीहरूको खतना भएको तिनीहरू चाहन्छन् ।

  • 70%

    27त्यसैले हामीले यहूदा र सिलासलाई पठाएका छौँ, जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन् ।

    28किनभने यी आवश्यक कुराहरूभन्दा बढि ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो ।

  • 22मोशाले तिमीहरूलाई खतनाको रीति दिए (यो मोशाबाट आएको होइन, तर पुर्खाहरूबाट आएको हो) अनि तिमीहरूले मानिसलाई विश्रामको दिनमा खतना गर्दछौ ।

  • 15अनि व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।”

  • १ कोरि 7:18-19
    2 पदहरू
    69%

    18के विश्‍वासको लागि बोलावट हुनुअगि नै कसैको खतना भएको थियो? उसले आफूलाई खतना नभएको जस्तो नदेखाओस् । विश्‍वासको निम्‍ति बोलावट हुँदा खतना नगर्ने कोही थियो? उसले खतना नगरोस् ।

    19न खतना केही हो न त बेखतना नै । प्रमुख कुरा परमेश्‍वरका आज्ञाहरू पालन गर्नु नै हो ।

  • 15यो सर्तमा मात्रै हामी तपाईंहरूसित सहमत हुनेछौः हामीजस्तै तपाईंहरूको हरेक पुरुषको खतना हुनुपर्छ ।

  • 27यदि स्वाभाविक रूपले खतना नभएकाले व्यवस्था पुरा गर्छ भने के त्यसले तिमीलाई दोषी ठहराउँदैन र? तिमीहरूसँग लिखित धर्मशास्‍त्र र खतना भएको भए तापनि तिमीहरूले व्यवस्था उल्‍लङ्घन गर्ने भएकाले यसो भएको हो ।

  • 21यिनीहरूले कानुन विपरित शिक्षाहरू सिकाइरहेका छन्, जुन हामी रोमीहरूका लागि ग्रहण गर्न वा पालन गर्न योग्यका छैनन् ।”

  • 3तर तीतस, जो मसँगै थिए, जो एक ग्रिक थिए, तिनलाई समेत खतना गर्न कर लगाइएन ।

  • 25तर विश्‍वास गर्ने अन्यजातिहरूको सम्बन्धमा, उनीहरूले आफैँलाई मूर्तिलाई बलि चढाएका कुराहरू, रगत, घाँटी निमोठेर मारेको कुरा, र व्यभिचारबाट अलग रहनुपर्छ भनी हामीले लेख्यौँ, र निर्देशन दियौँ ।”

  • 1¶ त्यसपछि केही फरिसीहरू र शास्‍त्रीहरू यरूशलेमबाट येशूकहाँ आए । तिनीहरूले भने,

  • 46तर पावल र बारनाबासले साहससित बोल्दै भने, “परमेश्‍वरको वचन पहिले तपाईंहरूकहाँ नै बोल्नु नै आवश्यक थियो । तपाईंहरूबाट धकेलिएको देखेर आफूले आफैँलाई अनन्त जीवन प्राप्‍त गर्नदेखि अयोग्य तुल्याउनुभएको हुनाले, हेर्नुहोस्, हामी गैरयहूदी तर्फ फर्केनेछौँ ।

  • 11मेरा भाइहरू हो, यदि म अझै पनि खतनाको प्रचार गर्दछु भने, अझै पनि म किन सताइएको छु? त्यसो हो भनेता क्रुसको बाधा नष्‍ट हुने थियो ।

  • 9जब मण्डली निर्माण गर्नेहरू भनेर चिनिएका याकूब, केफास र यूहन्‍नाले मलाई दिइएको अनुग्रहलाई बुझे, तिनीहरूले बारनाबास र मलाई सङ्गतिको अधिकार दिए । हामी गैरयहूदीहरूका माझमा जान सकौँ र उनीहरू खतना भएकाहरूका माझमा जान सकून् भनेर उनीहरूले यसो गरे ।

  • 7अरू कुनै सुसमाचार छैन, तर केही यस्ता मानिसहरू छन् जसले तिमीहरूलाई समस्यामा पार्न र ख्रीष्‍ट येशूको सुसमाचारलाई विकृत गर्न चाहन्छन् ।

  • 21तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे ।

  • 39विश्‍वास गर्ने हरेक उहाँद्वारा सबै थोकहरूबाट धर्मी ठहरिइन्छ, जसबाट मोशाको व्यवस्थाले तपाईंहरूलाई धर्मी ठहराउन सकेको थिएन ।

  • 43जब सभाघरको सभा अन्त्य भयो, तब धेरै यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरू पावल र बारनाबासको पछि लागे । तिनीहरूले परमेश्‍वरको अनुग्रहमा निरन्तर रहिरहन उनीहरूलाई उत्साह दिए ।

  • 36केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔँ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ, र उनीहरू कस्ता छन हेरौँ ।