१ तिमोथी 2:3

अनलक शाब्दिक बाइबल

यो परमेश्‍वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ तिमो 1:1 : 1 ¶ हाम्रा मुक्तिदाता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञा अनुसार येशू ख्रीष्‍टको प्रेरित पावल,
  • १ तिमो 5:4 : 4 तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो ।
  • लू 1:47 : 47 र मेरो आत्मा परमप्रभु मेरो उद्धारकमा आनन्दित हुँदछ ।
  • रोमी 12:1-2 : 1 ¶ यसकारण, भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो । 2 यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर ।
  • रोमी 14:18 : 18 किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ ।
  • एफिसी 5:9-9 : 9 किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ । 10 परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ ।
  • फिलि 1:11 : 11 यो यसको निम्ति पनि हो, ताकि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।
  • फिलि 4:18 : 18 मैले सबै कुराहरू प्राप्‍त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्दछ ।
  • कलस्सी 1:10 : 10 हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।
  • १ थेस 4:1 : 1 ¶ अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ ।
  • २ तिमो 1:9 : 9 जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो ।
  • इब्रा 13:16 : 16 अनि हामीले एक अर्कालाई भलाइ गर्न र सहायता गर्न नबिर्सौं । किनकि यस्तै बलिदानहरूसँग परमेश्‍वर अति प्रसन्‍न हुनुहुन्छ ।
  • १ पत्रु 2:5 : 5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ ।
  • १ पत्रु 2:20 : 20 यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुनेछ ।
  • यशा 45:21 : 21 नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्‍यो? के यो म परमप्रभुले नै थिएनँ र? ‍मबाहेक त्‍यहाँ अरू कुनै परमेश्‍वर छैन, न्यायी परमेश्‍वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ तिमो 2:1-2
    2 पदहरू
    79%

    1¶ यसकारण, सर्वप्रथम म आग्रह गर्दछु कि सबै मानिसहरूको निम्‍ति अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू र धन्यवाद चढाइऊन्,

    2राजाहरूका लागि र अधिकारमा हुनेहरूका लागि पनि ताकि हामीले हरप्रकारले धार्मिक र मर्यादापूर्वक आदरणीय र शान्तिपूर्ण जीवन जिउन सकौँ ।

  • 4उहाँले सबै मानिसहरू बाचून् र सत्यताको ज्ञानमा आऊन् भन्‍ने चाहनुहुन्छ ।

  • 4तर जब परमेश्‍वर हाम्रा उद्धारकको दया र मानवजातिप्रति उहाँको प्रेम देखा पर्‍यो,

  • तीत 2:9-14
    6 पदहरू
    76%

    9दासहरूले हरेक कुरामा तिनीहरूका मालिकहरूका आज्ञा पालन गरून् । तिनीहरूले उनीहरूलाई खुसी पार्न प्रयास गर्नुपर्छ, र तिनीहरूसँग विवाद नगरून्,

    10र कुनै पनि थोक नचोरून्, तर तिनीहरूले असल विश्‍वास प्रकट गरून्, ताकि तिनीहरूले हाम्रा मुक्‍तिदाता परमेश्‍वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् ।

    11हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्‍त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्‍ति ल्याउन सक्षम परमेश्‍वरको अनुग्रह देखा परेको छ,

    12र हामीलाई अधार्मिकता र संसारिक इच्छाहरूलाई इन्कार गर्न अनि यस युगमा समझदार,

    13धार्मिक र ईश्‍वरीय जीवन जिउन तालिम दिन्छ ।

    14येशूले हामीलाई अधार्मिकताबाट स्वतन्‍त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्यही गर्न इच्छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो ।

  • १ तिमो 4:9-10
    2 पदहरू
    76%

    9यो सन्‍देश भरोसायोग्य र पुरा स्वीकारको योग्य छ ।

    10किनकि हामी यसैको लागि हामी संघर्ष र कठिन परिश्रम गर्छौँ । किनभने हामीलाई जीवित परमेश्‍वरमा भरोसा छ, जो सबै मानिसहरू, विशेष गरी विश्‍वासीहरूका उद्धारकर्ता हुनुहुन्छ ।

  • 18किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ ।

  • 10परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ ।

  • 25हाम्रा उद्धारक एक मात्र परमेश्‍वरलाई सारा समयभन्दा पहिलेदेखि, अहिले र अनन्तसम्म हाम्रा प्रभु येशू ख्रीष्‍टबाट महिमा, गरिमा, प्रभुत्व र शक्‍ति रहिहोस् । आमेन ।

  • 72%

    13प्रभुको खातिर सबै मानवीय अधिकारलाई स्वीकार गर चाहे ती सर्वोच्‍च राजा हुन्,

    14या शासकहरू जो नराम्रो काम गर्नेहरूलाई सजाय दिन र असल काम गर्नेहरूको प्रशंसा गर्न उत्साह दिन पठाइएका हुन् ।

    15किनकि परमेश्‍वरको इच्छा यही हो कि असल काम गरेर तिमीहरूले मूर्ख मानिसहरूका अज्ञानतालाई चुप लगाउनुपर्छ ।

  • 8यी वचनहरू विश्‍वासयोग्य छन् । तिमी यी कुराहरूबारे ‍दृढतासाथ बलेको म चाहन्छु, ताकि परमेश्‍वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्‍नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।

  • २ थेस 2:16-17
    2 पदहरू
    71%

    16अब हामीलाई प्रेम गर्नुहुने अनुग्रहद्वारा अनन्तको सान्त्वना र उत्तम आशा दिनुहुने हाम्रा प्रभु येशू ख्रीष्‍ट आफैले तथा परमेश्‍वर हाम्रा पिताले,

    17हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्त्वना र स्थिर गराऊन् ।

  • 35बरु, हरेक जातिमा उहाँको आराधना गर्ने र धार्मिक कामहरू गर्ने व्यक्ति उहाँको अगि स्वीकारयोग्य हुन्छ ।

  • तीत 1:3-4
    2 पदहरू
    71%

    3ठिक समयमा, हाम्रा मुक्‍तिदाता परमेश्‍वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रस्ट पार्नुभयो ।

    4हाम्रो साझा विश्‍वासमा साँचा छोरा तीतसलाई । पिता परमेश्‍वर र हाम्रा मुक्‍तिदाता येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्ति ।

  • 2उहाँ यसरी भन्‍नुहुन्छ, “मैले उपयुक्त समयमा तिम्रो वास्ता गरेँ, र मुक्‍तिको दिनमा मैले तिम्रो सहायता गरेँ ।” हेर, यो मुक्‍तिको दिन यो ।

  • 17परमेश्‍वरले इच्छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्‍नुभन्दा असल काम गरेर दुःख भोग्‍नु असल हुन्छ ।

  • 4जसले हाम्रा परमेश्‍वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्‍ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।

  • 17ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।

  • 15किनकि हामी परमेश्‍वरको निम्ति उद्धार पाएकाहरू र नष्‍ट भइरहेकाहरूका निम्ति ख्रीष्‍टका सुबास्‍ना हौँ ।

  • 1¶ शासकहरू र अधिकारीहरूका अधिनमा रहन, तिनीहरूका आज्ञा मान्‍न र हरेक असल कामका लागि तयार बस्‍न,

  • 20तर हाम्रो नागरिकता स्वर्गमा छ, जहाँबाट हामी मुक्‍तिदाता प्रभु येशू ख्रीष्‍टको प्रतीक्षा गर्दछौँ ।

  • 9किनभने परमेश्‍वरले हामीलाई क्रोधको निम्ति होइन, तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा मुक्‍तिको निम्ति चुन्‍नुभयो ।

  • 15यो सन्‍देश विश्‍वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्‍ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ ।

  • 9त्यसैले, घरमा वा त्यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्‍न पार्नु हो ।

  • 3हाम्रा पिता परमेश्‍वर येशू ख्रीष्‍टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ ।

  • २ पत्रु 1:2-3
    2 पदहरू
    70%

    2तिमीहरूलाई अनुग्रह होस्; हाम्रा परमेश्‍वर र येशू ख्रीष्‍टको ज्ञानद्वारा तिमीहरूमा शान्ति प्रशस्त हुँदै जाओस् ।

    3आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्‍वरको ज्ञानद्वारा हामीलाई ईश्‍वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।

  • 11हाम्रा प्रभु, ख्रीष्‍ट येशूमा उहाँले पूरा गर्नुभएको अनन्त योजना अनुसार यो हुनेछ ।

  • 1¶ हाम्रा मुक्तिदाता परमेश्‍वर र हाम्रो आशा ख्रीष्‍ट येशूको आज्ञा अनुसार येशू ख्रीष्‍टको प्रेरित पावल,

  • 13किनकि परमेश्‍वरको प्रसन्‍नताको निम्ति तिमीहरूलाई दुवै इच्छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ ।

  • 19किनकि कोही व्यक्‍तिको विवेक परमेश्‍वरप्रति भएको कारण उसले असल काम गरे पनि कष्‍ट सहन्छ भने त्यो परमेश्‍वरमा प्रशंसनीय कुरो हो ।

  • 3परमेश्‍वर हाम्रा प्रभु येशू ख्रीष्‍टका पिताको प्रशंसा होस् । जसले हामीलाई हर प्रकारको आत्मिक आशिषले ख्रीष्‍टमा स्वर्गीय स्थानहरूमा आशिषित पार्नुभयो ।

  • 9जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्‍ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो ।

  • 12हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्‍टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।

  • 6नतिजा यो हो, कि परमेश्‍वरको महिमामय अनुग्रहको कारण सबैले उहाँको प्रशंसा गर्छन् । यो अनुग्रह उहाँले आफ्नो प्रियद्वारा सित्तैमा हामीलाई दिनुभएको छ ।

  • लू 2:30-31
    2 पदहरू
    69%

    30किनभने मेरा आँखाले तपाईंको उद्धारलाई देखेका छन्,

    31जुन तपाईंले सबै मानिसहरूको दृष्‍टिमा तयार गर्नुभएको छ ।

  • 2परमेश्‍वर हाम्रा पिता र प्रभु येशू ख्रीष्‍टबाट अनुग्रह र शान्ति ।

  • 3असल कामहरूका निम्ति होइन, तर दुष्‍ट कामहरूका निम्ति शासकहरूको डर मानिन्छ । के तिमी अधिकारीप्रति निर्भय हुने इच्छा गर्छौ? जे असल छ त्यही गर, र तिमीले तिनीहरूबाट प्रशंसा पाउनेछौ ।

  • 7सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्‍ठा र निन्दा गर्न नसक्‍ने बोली-वचन देखाऊ ।