एफिसीहरू 5:10

अनलक शाब्दिक बाइबल

परमप्रभुलाई खुशी तुल्याउने कुराहरू पत्ता लगाऊ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रोमी 12:1-2 : 1 ¶ यसकारण, भाइहरू हो, परमेश्‍वरको कृपाद्वारा म तिमीहरूलाई बिन्‍ती गर्दछु, कि आ-आफ्ना शरीरलाई पवित्र र परमेश्‍वरमा ग्रहणयोग्य जिउँदो बलिको रूपमा अर्पण गर । यो नै तिमीहरूको उचित सेवा हो । 2 यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर ।
  • इब्रा 12:28 : 28 त्यसकारण, एउटा हल्लाउन नसकिने राज्य प्राप्‍त गरेकोमा हामी कृतज्ञ होऔँ र यस प्रकारले आदर र श्रद्धासाथ परमेश्‍वरलाई आराधना गरौँ ।
  • १ पत्रु 2:5 : 5 तिमीहरू पनि येशू ख्रीष्‍टद्वारा परमेश्‍वरको निम्ति ग्रहणयोग्य आत्मिक बलिदानहरू चढाउने पवित्र पुजारीहरू हुनको निम्ति आत्मिक भवन निर्माण गर्ने जीवित पत्थरहरूजस्तै हौ ।
  • १ पत्रु 2:20 : 20 यदि तिमीले पाप गरेर सहन्छौ भने त्यो कुन ठुलो कुरा भयो र? तर यदि तिमीले असल गरेर पनि सहन्छौ भने त्यो परमेश्‍वरमा प्रशंसनीय हुनेछ ।
  • रोमी 14:18 : 18 किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ ।
  • फिलि 1:10 : 10 म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।
  • फिलि 4:18 : 18 मैले सबै कुराहरू प्राप्‍त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्दछ ।
  • १ थेस 5:21 : 21 सबै कुराको जाँच गर, जे असल छ त्यसमा लागिरहो ।
  • १ तिमो 2:3 : 3 यो परमेश्‍वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ ।
  • १ तिमो 5:4 : 4 तर यदि कुनै विधवाको छोराछोरी वा नातिनातिनीहरू छन् भने तिनीहरूको घरानामा नै पहिला आदर देखाउन सिकून । तिनीहरूले आफ्ना आमाबाबुहरूको ऋण चुकाऊन्, किनभने यो चाहिँ परमेश्‍वरलाई खुसी तुल्‍याउने कुरा हो ।
  • १ शमू 17:39 : 39 दाऊदले तिनको तरवार तिनको झिलममाथि भिरे । तर उनी हिंड्न सकेनन्, किनभने ती लगाएर हिंड्‍ने तालिम तिनलाई थिएन । अनि दाऊदले शाऊललाई भने, “यि लगाएर म लड्न जान सक्‍दिनँ, किनभने यी लगाएर हिंड्‍ने तालिम मैले लिएको छैन ।” त्यसैले दाऊदले ती फुकाले ।
  • भजन 19:14 : 14 हे परमप्रभु, मेरो चट्टान र मेरो उद्धारक, मेरा मुखका शब्‍दहरू र मेरा हृदयका विचारहरू तपाईंको दृष्‍टिमा ग्रहणयोग्य होऊन् ।
  • नीति 21:3 : 3 बलिदानभन्दा जे ठिक र न्यायसङ्गत छ, त्यही गर्नु परमप्रभुको लागि बढी ग्रहणयोग्य हुन्छ ।
  • यशा 58:5 : 5 के मैले चाहेको उपवास यस्‍तै किसिमको हो र? एक दिन मात्र कसैले आफैलाई नम्र तुल्याउने, आफ्नो शिर निगालो झैं झुकाउने, र भाङ्ग्रा लगाउने र खरानीमा बस्‍ने हो र? के तिमीहरूले परमप्रभुलाई खुसी पार्ने उपवास यसैलाई भन्छौ?
  • यिर्मि 6:20 : 20 मेरो लागि शेबाबाट माथि गएको यस धुपको अर्थ के हो? वा टाढाको देशबाट आएका यी सुगन्धको? तिमीहरूका होमबलिहरू मेरो लागि स्वीकारयोग्य छैनन्, न त तिमीहरूका बलिदानहरू छन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एफिसी 5:7-9
    3 पदहरू
    79%

    7यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ ।

    8किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ । यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड ।

    9किनकि ज्योतिको फल सबै भलाइ, धार्मिकता र सत्यतामा हुन्छ ।

  • एफिसी 5:11-13
    3 पदहरू
    78%

    11अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर ।

    12किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो छ ।

    13सबै थोक जब ज्योतिमा आउँछन्, तब ती प्रकट हुन्छन्,

  • फिलि 1:10-11
    2 पदहरू
    78%

    10म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।

    11यो यसको निम्ति पनि हो, ताकि परमेश्‍वरको महिमा र प्रशंसाको निम्ति, येशू ख्रीष्‍टद्वारा आउने धार्मिकताको फलद्वारा तिमीहरू भरिन सक ।

  • १ थेस 5:20-22
    3 पदहरू
    77%

    20अगमवाणीलाई अवहेलना नगर ।

    21सबै कुराको जाँच गर, जे असल छ त्यसमा लागिरहो ।

    22सबै किसिमको खराबीलाई त्याग ।

  • रोमी 14:18-19
    2 पदहरू
    75%

    18किनकि यसरी ख्रीष्‍टको सेवा गर्ने व्यक्‍ति परमेश्‍वरको निम्ति ग्रहणयोग्य र मानिसहरूद्वारा समर्थन गरिएको हुन्छ ।

    19यसैले, शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ ।

  • 10हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।

  • एफिसी 5:15-20
    6 पदहरू
    75%

    15त्यसकारण तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो ।

    16समयलाई बचाओ, किनकि दिनहरू खराब छन् ।

    17मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ ।

    18र दाखमद्यले नमात्तीओ, किनकि त्यसले विनाशतर्फ डोर्‍याउँछ । तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ ।

    19एक-अर्कामा भजनहरूमा र आत्मिक गीतहरूमा बोल । परमप्रभुको निम्ति तिमीहरूका हृदयमा गीतहरू गाउँदै प्रशंसा गर ।

    20येशू ख्रीष्‍टको नाउँमा, सधैँ सबै कुराहरूको निम्ति पिता परमेश्‍वरलाई धन्यवाद चढाओ ।

  • 2यस संसारको ढाँचाअनुसार नचल, तर आफ्‍नो मनलाई नयाँ बनाई पूर्ण रूपमा परिवर्तित होओ । परमेश्‍वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो भनी जान्‍न यसो गर ।

  • 18उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ ।

  • २ कोरि 5:9-10
    2 पदहरू
    72%

    9त्यसैले, घरमा वा त्यसबाट टाढा जहाँ रहे पनि हाम्रो उद्देश्य उहाँलाई प्रसन्‍न पार्नु हो ।

    10किनकि हामी सबै ख्रीष्‍टको न्याय आसनको अगाडि खडा हुनुपर्छ, ताकि हरेकले शरीरमा हुँदा गरेको असल वा खराब कार्यको निम्ति प्रतिफल पाओस् ।

  • 3यो परमेश्‍वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ ।

  • 5तिमीहरू विश्‍वासमा छौ कि छैनौ भनी आफैँले जाँच । आफैँलाई जाँच । येशू ख्रीष्‍ट तिमीहरूमा हुनुहुन्छ भन्‍ने तिमीहरूले महसुस गरेका छैनौ? उहाँ हुनुहुन्छ, नत्रता तिमीहरू स्वीकृत हुँदैनौ ।

  • 2जे असल छ त्यसको निम्ति त्यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस् ।

  • 31त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्‍वरको महिमाको निम्ति गर ।

  • 24हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्‍ने कुरालाई विचार गरौँ ।

  • 5यो परमेश्‍वरको धार्मिक न्यायको प्रष्‍ट चिन्ह हो, जसको कारणले तिमीहरू परमेश्‍वरको राज्यको योग्य ठहरिन्छौ, जुन राज्यको निम्ति तिमीहरू दुःख पनि भोग्दछौ ।

  • 15सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्‍न गर ।

  • 7मानिसहरूलाई सेवा पुर्याए झैँ होइन तर आफ्ना सारा हृदयले परमप्रभुको सेवा गरे झैँ सेवा गर ।

  • 2हे परमप्रभु, मलाई जाँच्नुहोस् र मलाई परिक्षण गर्नुहोस् । मेरो अन्तस्करण र मेरो हृदयको जाँच गर्नुहोस् ।

  • 21उहाँको इच्‍छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् । परमेश्‍वरको दृष्‍टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्‍ट येशूद्वारा त्यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन ।

  • 22तर पवित्र आत्माका फलचाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्‍वास,

  • 10किनकि हामीहरू परमेश्‍वरले धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति र हामीहरू ती बमोजिम हिडौँ भनेर ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँको हातका सिप हौँ ।

  • 10र कुनै पनि थोक नचोरून्, तर तिनीहरूले असल विश्‍वास प्रकट गरून्, ताकि तिनीहरूले हाम्रा मुक्‍तिदाता परमेश्‍वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् ।

  • 3हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ ।

  • 5(परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिले जस्तै) कामवासनामा जलेर होइन ।

  • 16यसैले, तिम्रा असल कार्यहरूले तिनीहरूलाई गिल्ला गर्ने नतुल्याओस् ।

  • 17त्यसैले म तिमीहरूलाई भन्दछु र प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन ।

  • 20यसकारण, तिनीहरूका फलहरूद्वारा नै तिमीहरूले तिनीहरूलाई चिन्‍नेछौ ।

  • 4हरेकले आफ्नो कामको जाँच गर्नुपर्छ । तब मात्रै अरू कसैसँग तुलना नगरिकन पनि ऊ आफैँसँग गर्व गर्ने केही कारण हुन्छ ।

  • 4नकि अश्‍लिलता, मूर्ख बोली वा अपमानजनक ठट्यौलीहरू होस् जुनचाहिँ अनुचित छन् । बरु धन्यवाद दिने काम होस् ।

  • 2तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ ।

  • 5हामी पनि परमेश्‍वरको ज्ञानको विरुद्धमा खडा हरेक उच्‍च कुरालाई नष्‍ट गर्दछौँ । हामी हरेक विचारलाई ख्रीष्‍टको आज्ञाकारितामा कैद गर्छौं ।

  • 7सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्‍ठा र निन्दा गर्न नसक्‍ने बोली-वचन देखाऊ ।

  • 20छोराछोरीहरू, सबै कुरामा आफ्ना बाबुआमाप्रति आज्ञाकारी होओ, किनकि यो कुराले प्रभुलाई खुसी बनाउँछ ।

  • 18किनकि आफ्नो सिफारिस आफैँ गर्ने मानिसलाई स्वीकार गरिँदैन । बरु, परमप्रभुले सिफारिस गरेको मानिसलाई स्वीकार गरिन्छ ।

  • 7तिमीहरूले केही खराबी गर्नेछैनौ भनी हामी परमेश्‍वरसँग प्रार्थना गर्दछौँ । हामी जाँचमा सफल भएका छौँ भन्‍ने देखाउनको निम्ति म प्रार्थना गर्दिनँ । बरु, हामी जाँचमा असफल भएको जस्तो देखिए तापनि तिमीहरूले जे असल छ त्यही गर्न सक भनेर हामी प्रार्थना गर्छौं ।