एफिसीहरू 5:7

अनलक शाब्दिक बाइबल

यसैले गर्दा तिनीहरूसँग सहभागी नहोओ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 16:26 : 26 तिनले समुदायलाई यसो भने, “यी दुष्‍टहरूका पालहरूबाट हट र तिनीहरूको कुनै पनि कुरा नछोओ नत्रता तिनीहरूका सबै पापद्वारा नष्‍ट हुनेछौ ।”
  • भजन 50:18 : 18 तैंले चोरलाई भेट्दा, त्योसँग तँ सहमत हुन्छस् । व्याभिचार गर्नेसँग तँ मिल्‍छस् ।
  • नीति 1:10-17 : 10 हे मेरो छोरो, पापीहरूले तँलाई तिनीहरूकै पापमा बहकाउन खोजे भने, तिनीहरूको पछि नलाग् । 11 तिनीहरूले भन्लान्, “हामीसित आऊ । उक्तपातको लागि ढुकिबसौँ । विनाकारण लुकेर निर्दोष मानिसहरूलाई आक्रमण गरौँ । 12 स्वस्थहरूलाई पातालले निलेझैँ तिनीहरूलाई जिउँदै निलौँ, र तिनीहरूलाई खाडलमा खस्‍नेहरूलाई झैँ गरौँ । 13 हामीले सबै किसिमका बहुमूल्य थोकहरू पाउने छौँ । तिनीहरूबाट हामीले चोरेका थोकहरूले हामी आफ्ना घरहरू भर्ने छौँ । 14 तिमी हामीसित साझेदार होऊ । हामी सबैको एउटै थैलो हुने छ ।” 15 हे मेरो छोरो, तिनीहरूसँग त्यस मार्गमा नचल । तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे । 16 तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् । 17 किनकि कुनै पनि पक्षीको दृष्‍टिमा जाल फ्याँक्‍नु बेकाम्मा हुन्छ ।
  • नीति 9:6 : 6 आफ्ना निर्बुद्धि चालहरू त्यागेर बाँच । समझशक्तिको मार्गमा हिँड ।
  • नीति 13:20 : 20 बुद्धिमान् मानिसहरूसित हिँड र तिमी पनि बुद्धिमान् हुने छौ, तर मूर्खहरूको सङ्गत गर्नेले नोक्सानी भोग्‍ने छ ।
  • एफिसी 3:6 : 6 यो गुप्‍त सत्यता यही हो, कि गैरयहूदीहरू सँगी उत्तराधिकारीहरू र उहाँको शरीरका सँगी सदस्यहरू हुन् । यो सुसमाचारद्वारा ख्रीष्‍ट येशूमा भएको प्रतिज्ञाका तिनीहरू सँगी भागेदारहरू हुन् ।
  • एफिसी 5:11 : 11 अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर ।
  • १ तिमो 5:22 : 22 कसैमाथि पनि हात राख्‍न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैँलाई पवित्र राख्‍नु पर्छ ।
  • प्रका 18:4 : 4 त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्‍नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्‍नु नपरोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एफिसी 5:5-6
    2 पदहरू
    82%

    5तिमीहरूले यो निश्‍चय गर, कि कुनै कामुक रूपमा अनैतिक, अशुद्ध, वा लालसित व्यक्तिले ख्रीष्‍ट र परमेश्‍वरको राज्यमा कुनै उत्तराधिकार पाउँदैन, किनकि त्यो मूर्तिपूजक हो ।

    6तिमीहरूलाई कसैले पनि फोस्रा कुराहरूले धोखा नदिओस् । यी कुराहरूको कारण अनाज्ञाकारिताका पुत्रहरूमा परमेश्‍वरको क्रोध आउनेछ ।

  • 8किनकि तिमीहरू एकचोटी अन्धकार थियौ, तर अब तिमीहरू परमप्रभुमा ज्योति भएका छौ । यसैले ज्योतिका सन्तान जस्तै गरी हिँड ।

  • एफिसी 5:11-12
    2 पदहरू
    79%

    11अन्धकारका फलहिन कार्यहरूमा सहभागी नहोओ । बरु, तिनीहरूलाई प्रकट गर ।

    12किनकि तिनीहरूद्वारा गोप्यमा गरिएका कार्यहरू वर्णन गर्न पनि लाजमर्दो छ ।

  • २ कोरि 6:14-15
    2 पदहरू
    79%

    14अविश्‍वासीहरूसँगै ननारिओ । किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता? अनि ज्योतिको अन्धकारसित के सङ्गति?

    15ख्रीष्‍टको झुटा बोल्नेहरूसित के सम्झौता? अर्थात्, विश्‍वासीहरूको अविश्‍वासीहरूसँग के सहभागिता?

  • १ कोरि 5:8-11
    4 पदहरू
    77%

    8त्यसैकारण, पुरानो खमिर अर्थात् दुष्‍टता तथा खराब आचरणसाथ होइन, बरु इमानदार तथा सत्यताको अखमिरी रोटीका साथ चाड मनाऔँ ।

    9मेरो पत्रमा मैले तिमीहरूलाई यौनसम्बन्धी अनैतिक मानिसहरूसँग घुलमिल नहुनु भनेर लेखेँ ।

    10त्यसको अर्थ, संसारमा भएका अनैतिक मानिसहरू वा लोभीहरू वा ठगाहाहरू वा मूर्तिपूजकहरूसँग बिल्कुलै सङ्गत नगर्नू भनेको होइन, किनभने तिनीहरूबाट टाढा रहनको निम्ति तिमीहरू यस संसारबाट नै निस्केर जानुपर्ने हुन्छ ।

    11तर अहिले आफैलाई प्रभुमा भाइ ठान्‍ने तर यौन अनैतिक वा लोभी वा मूर्तिपूजक वा गालीगलौज गर्ने वा पियक्‍कड वा ठगाहासँग सङ्गत नगर्नू भनेर लेखिरहेछु । यस्ता मानिसहरूसँग बसेर खानसमेत नखाओ ।

  • एफिसी 5:14-18
    5 पदहरू
    76%

    14किनकि प्रकट भएका सबै कुरा ज्योतिमा प्रकाशमान हुन्छन् । त्यसकारण यस्तो भनिएको छ कि, “सुताहा हो जाग, र मरेकाहरूबाट उठ, र ख्रीष्‍ट तिमीमा चम्कनुहुनेछ ।”

    15त्यसकारण तिमी कसरी हिँड्छौ भन्‍ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो ।

    16समयलाई बचाओ, किनकि दिनहरू खराब छन् ।

    17मूर्ख नबन । बरु, प्रभुको इच्छा के हो, सो बुझ ।

    18र दाखमद्यले नमात्तीओ, किनकि त्यसले विनाशतर्फ डोर्‍याउँछ । तर त्यसको सट्टामा, पवित्र आत्माले भरिओ ।

  • १ थेस 5:4-7
    4 पदहरू
    76%

    4तर भाइहरू हो, त्यो दिन तिमीहरूमाथि चोरझैँ आइपर्नलाई तिमीहरू अन्धकारमा छैनौ ।

    5किनभने तिमीहरू सबै प्रकाशका सन्तानहरू र दिनका सन्तानहरू हौ । हामी रातका सन्तान होइनौँ, न त अन्धकारका नै ।

    6त्यसैले, हामी बाँकी अरूहरूझैँ नसुतौँ, तर जागा रहौँ र गम्भीर हौँ ।

    7किनभने सुत्‍नेहरू रातमा नै सुत्छन् र पिएर मात्‍नेहरू रातमा नै मात्दछन् ।

  • कलस्सी 3:6-7
    2 पदहरू
    74%

    6यी कुराहरू गर्ने अनाज्ञाकारीका छोराहरूमाथि परमेश्‍वरको क्रोध आउँछ ।

    7तिमीहरू पनि यी कुराहरूमा जिउँदा एक समय यसरी नै हिँड्थ्यौ ।

  • 3जस्तो विश्‍वासीहरूका लागि उपयुक्त हुन्छ, तिमीहरूको बिचमा कामुक अनैतिकता वा कुनै अशुद्धता वा कामवासनाको लालसाको बारेमा चर्चा नहोस् ।

  • 1¶ त्यसकारण परमेश्‍वरका प्रिय छोरा-छोरीहरू झैँ उहाँको अनुकरण गर्ने होओ ।

  • 4तिमीहरू यी कुरामा तिनीहरूसँग सहमत नभएको कारण तिनीहरू अचम्म मान्छन् । त्यसैले, तिनीहरूले तिमीहरूको बारेमा खराब कुरा गर्छन् ।

  • 15हे मेरो छोरो, तिनीहरूसँग त्यस मार्गमा नचल । तिनीहरू हिँड्ने बाटोमा तेरा पाउलाई छुन नदे ।

  • एफिसी 4:17-18
    2 पदहरू
    73%

    17त्यसैले म तिमीहरूलाई भन्दछु र प्रभुमा उत्साह दिन्छुः गैरयहूदीहरू आफ्ना विचारहरूको व्यर्थतामा हिँडे झैँ अबदेखि तिमीहरू चाहिँ हिँड्नु पर्दैन ।

    18तिनीहरू विचारमा अन्धा भएका छन् । तिनीहरूका हृदयको कठोरताको कारण तिनीहरूमा भएको अज्ञानताले तिनीहरू परमेश्‍वरको जीवनबाट अलग गरिएका छन् ।

  • १ कोरि 10:20-21
    2 पदहरू
    73%

    20तर म अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्‍वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्‍ने म चाहन्‍नँ ।

    21तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ ।

  • 33भर्ममा नपर “खराब सङ्गतले असल चरित्रलाई बिगार्छ ।”

  • 13तर बाहिरकाहरूको न्याय परमेश्‍वरले गर्नुहुन्छ । “तिमीहरूका माझबाट दुष्‍ट व्यक्‍तिलाई हटाओ ।”

  • 5(परमेश्‍वरलाई नचिन्‍ने अन्यजातिले जस्तै) कामवासनामा जलेर होइन ।

  • 21डाह, पियक्‍कडपन, मोजमज्जा र अरू यस्तै कुराहरू हुन् । मैले तिमीहरूलाई पहिले पनि चेतावनी दिएझैँ म फेरि चेतावनी दिन्छु, कि जसले यी कुराहरू गर्छन्, तिनीहरू परमेश्‍वरको राज्यका हकदार हुनेछैनन् ।

  • 22कसैमाथि पनि हात राख्‍न हतार नगर । अरूको पापमा सहभागी नहोऊ । तिमीले आफैँलाई पवित्र राख्‍नु पर्छ ।

  • 17त्यसकारण, ‘तिनीहरूका माझबाट बाहिर निस्केर आओ र आफूलाई अलग गर,’ परमप्रभु भन्‍नुहुन्छ । अशुद्ध चिजहरूलाई नछोओ र म तिमीहरूलाई अपनाउनेछु ।

  • 1¶ खराब मानिसहरूको लालच नगर्, न त तिनीहरूसित सङ्गत गर्ने चाहना राख् ।

  • 20तर तिमीहरूले यस्तो तरिकाले ख्रीष्‍टको बारेमा जानेका होइनौ ।

  • 11किनकि जसले त्यसलाई अभिवादन गर्छ त्यो त्यसको दुष्‍ट कामहरूमा सहभागी हुन्छ ।

  • १ कोरि 6:9-10
    2 पदहरू
    72%

    9अधर्मीहरूले परमेश्‍वरको राज्यमा उत्तराधिकार पाउदैनन् भनेर के तिमीहरूलाई थाहा छैन? झुटको विश्‍वास नगर । अनैतिक यौन-सम्बन्धहरू मूर्तिपूजकहरू, व्यभिचारीहरू, पुरुषगामीहरू, समलिङ्गीहरू,

    10चोरहरू, लोभीहरू, मतवालाहरू, निन्दा गर्नेहरू, र ठगहरू कोही पनि परमेश्‍वरको राज्यको उत्तराधिकारी हुनेछैनन् ।

  • 7तिनीहरूमध्ये धेरै झैँ तिमीहरू मूर्तिपूजक नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।”

  • एफिसी 4:26-27
    2 पदहरू
    72%

    26“रिस गर, तर पाप नगर ।” तिम्रो रिससँगै घामलाई अस्ताउन नदेओ ।

    27दुष्‍टलाई मौका नदेओ ।

  • 15यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू कुनै कलङ्कविना परमेश्‍वरका निर्दोष र इमानदार छोराछोरी हुन सक । यस्तो प्रकारले व्यवहार गर, ताकि तिमीहरू धूर्त र बरालिएका पुस्ताकाबिच यस संसारमा ज्योतिझैँ चम्कन सक ।

  • 7तिमीहरू आफ्‍ना पुर्खाहरू वा आफ्ना दाजुभाइजस्‍तै नहोओ, जसले परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको विरुद्धमा विश्‍वासघात गरे, जसले गर्दा उहाँले तिनीहरूलाई त्रासका पात्र तुल्‍याउनुभयो, जुन तिमीहरूले देख्छौ ।

  • 19यी फुट ल्याउने मानिसहरू हुन् । तिनीहरू सांसारिक हुन् र तिनीहरूसँग पवित्र आत्मा छैन ।

  • 1¶ इन्साफ नगर, र तिमीहरूको पनि इन्साफ हुनेछैन ।

  • 13आफैँले गरेका गलत कामहरूका परिणामले तिनीहरूलाई क्षति पुर्‍याउनेछ । तिनीहरू दिनमा आनन्दित रहन्छन् । तिनीहरू धब्बा र दागहरू हुन् । तिमीहरूसँग भोजमा बस्दा तिनीहरू आफ्ना छलमा आनन्द मनाउँछन् ।

  • 26धितोमा आफ्नो हात नहाल् वा अर्काको ऋणको जमानी नबस् ।