१ तिमोथी 1:15
यो सन्देश विश्वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ ।
यो सन्देश विश्वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
16तर यही कारणको निम्ति मलाई पहिला दया गरियो ताकि अनन्त जीवनको लागि उहाँमाथि विश्वास गर्नेहरूको निम्ति एउटा उदाहरणस्वरूप म सबैभन्दा तुच्छ मानिसमा ख्रीष्ट येशूले आफ्नो सारा धैर्यता प्रकट गर्न सक्नु भएको होस् ।
11यो मलाई सुम्पिएको धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ ।
12र म ख्रीष्ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु, जसले मलाई शक्ति दिनुभयो, किनभने उहाँले मलाई विश्वासयोग्य ठानेर सेवामा नियुक्त गर्नुभयो ।
13म पहिला ईश्वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्जानमा र अविश्वासमा गरेको कारण मैले कृपा प्राप्त गरेँ ।
14तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्ट येशूमा भएको विश्वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो ।
9यो सन्देश भरोसायोग्य र पुरा स्वीकारको योग्य छ ।
9किनकि म प्रेरितहरूमध्ये सबैभन्दा तुच्छ हुँ । म प्रेरित कहलाइन योग्य छैनँ किनकि मैले परमेश्वरको मण्डलीलाई सताएँ ।
10तर म जे छु परमेश्वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ । तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्वरको अनुग्रहले थियो ।
11यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्वास गर्यौ ।
11त्यसैको निम्ति म प्रचारक, प्रेरित र शिक्षक हुन नियुक्त भएको छु ।
9जसले हामीलाई उहाँको पवित्र बोलावटमा बचाउनुभयो र बोलाउनुभयो, हाम्रो आफ्नै कामहरूद्वारा होइन, तर उहाँको आफ्नो योजना र अनुग्रहअनुसार जुन हामीलाई ख्रीष्ट येशूमा समयको सुरुवातभन्दा अगि नै प्रदान गर्नुभएको थियो ।
15तर मेरी आमाको गर्वदेखि नै मलाई चुन्नको निम्ति परमेश्वर खुसी हुनुभयो ।
1¶ हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रीष्ट येशूको आज्ञा अनुसार येशू ख्रीष्टको प्रेरित पावल,
1¶ ख्रीष्ट येशूमा भएको जीवनको प्रतिज्ञाअनुसार परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका प्रेरित पावल,
5उहाँको नाउँको खातिर सबै जातिमाझ विश्वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ ।
1¶ परमेश्वरका सेवक र येशू ख्रीष्टका प्रेरित पावल परमेश्वरद्वारा चुनिएका मानिसहरूको विश्वासलाई स्थापित गर्न र सत्यताको ज्ञानलाई स्थापित गर्न जुन भक्तिसित सहमत हुँदछ,
4जसले हाम्रा परमेश्वर र पिताको इच्छाअनुसार यस वर्तमान दुष्ट संसारबाट हामीलाई मुक्त गराउन हाम्रा पापका निम्ति आफैँलाई अर्पण गर्नुभयो ।
3यो परमेश्वर हाम्रा मुक्तिदाताको सामु असल र ग्रहणयोग्य छ ।
5किनकि म विचार गर्दछु, कि ती सर्वोच्च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ ।
8यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्टमा ममा साहस भए, तापनि
9प्रेमको कारणले म वृद्ध पावल, येशूको निम्ति एउटा कैदी, म तिमीलाई बिन्ती गर्छु,
13म यहूदी हुदाँ मेरो पहिलेको जीवनको बारेमा तिमीहरूले सुनेका छौ, कि कसरी मैले परमेश्वरको मण्डलीलाई हिंसात्मक रूपले अत्यधिक सताइरहेको थिएँ र त्यसलाई नष्ट गरिरहेको थिएँ ।
8परमेश्वरका निम्ति अलग गरिएकाहरू मध्ये म सबै भन्दा सानो भएतापनि, उहाँले मलाई यो वरदान दिनुभयो । गैरयहूदीहरूलाई ख्रीष्ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो ।
15यसकारण प्रभु येशू ख्रीष्टमा भएको तिमीहरूको विश्वासको बारेमा र उहाँको लागि छुट्टयाइएकाहरूका लागि तिमीहरूको प्रेमको सम्बन्धमा मैले सुनेको समय देखि,
17तर अरूहरूले ख्रीष्टको प्रचार स्वार्थ र निष्ठाहीन उद्देश्यले गर्दछन् । मेरा यी साङ्लाहरूका अवस्थामा तिनीहरूले मलाई अझै कष्ट दिइरहेका छन् भनी तिनीहरू विचार गर्छन् ।
18त्यसो भए के त? चाहे बहानामा होस् वा सत्यतामा दुवै तरिकाले ख्रीष्टको प्रचार हुन्छ, र म यसैमा रमाउँदछु । हो, म रमाउनेछु ।
30किनकि जे तिमीहरूले ममा देख्यौ र अहिले मसँग छ भनी सुन्दछौ, त्यही सङ्घर्ष तिमीहरूसँग छ ।
30परमेश्वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्टमा छौ, जो हाम्रा निम्ति परमेश्वरबाट आउनुभएका बुद्धि बन्नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्नुभयो ।
10त्यसैकारण चुनिएकाहरूका लागि म सबै कुरा सहन्छु, ताकि तिनीहरूले अनन्तको महिमाका साथ येशू ख्रीष्टमा भएको मुक्ति प्राप्त गरून् ।
15त्यसैले, मेरो हकमा म तिमीहरू रोममा हुनेहरूलाई पनि सुसमाचार घोषणा गर्न तयार छु ।
16म सुसमाचारको निम्ति शर्माउँदिनँ, किनकि यो विश्वास गर्ने सबैको निम्ति परमेश्वरको मुक्तिको शक्ति हो, पहिलो यहूदी र त्यसपछि ग्रिकहरूका निम्ति ।
1¶ प्रेरित हुनको निम्ति बोलाइएका र सुसमाचारको कामको निम्ति अलग गरिएका, येशू ख्रीष्टका दास पावल ।
17त्यसैले, मेरो आनन्द ख्रीष्ट येशू र परमेश्वरका कुराहरूमा छ ।
3किनकि मैले जे पाएँ ती तिमीहरूलाई अति महत्त्वका साथ सुम्पिदिएः धर्मशास्त्रअनुसार ख्रीष्ट हाम्रा पापका लागि मर्नुभयो,
3ठिक समयमा, हाम्रा मुक्तिदाता परमेश्वरको आदेशअनुसार मलाई प्रचार गर्न सुम्पिएको सन्देशद्वारा उहाँले आफ्नो वचन प्रस्ट पार्नुभयो ।
4हाम्रो साझा विश्वासमा साँचा छोरा तीतसलाई । पिता परमेश्वर र हाम्रा मुक्तिदाता येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति ।
24मेरो कारण तिनीहरूले परमेश्वरको महिमा गरिरहेका थिए ।
11तर हामी विश्वास गर्दछौँ कि हामीहरू प्रभु येशूको अनुग्रहद्वारा बचाइनेछौँ, जसरी तिनीहरू पनि बचाइए ।’’
1¶ येशू ख्रीष्टका दास र प्रेरित सिमोन पत्रुसबाट, हाम्रा परमेश्वरको धार्मिकता र मुक्तिदाता येशू ख्रीष्टमा हाम्रो जस्तै मूल्यवान् विश्वास प्राप्त गरेकाहरूलाई ।
1¶ पावल, परमेश्वरको इच्छाद्वारा येशू ख्रीष्टको एक प्रेरितबाट परमेश्वरका निम्ति अलग गरिएका एफिससमा भएकाहरू र ख्रीष्ट येशूमा विश्वासयोग्य भएकाहरूलाई,
9परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई उहाँका पुत्र येशू ख्रीष्ट हाम्रा प्रभुको सङ्गतिमा बोलाउनुभयो ।
9र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्ट येशूमा विश्वासद्वारा प्राप्त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्वासमा आधारित परमेश्वरबाट मैले प्राप्त गरेको हुँ ।
11हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्वर र मुक्तिदाता येशू ख्रीष्टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्ति ल्याउन सक्षम परमेश्वरको अनुग्रह देखा परेको छ,
25परमेश्वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ ।
1¶ म येशू ख्रीष्टमा साँचो भन्दछु । म ढाँट्दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ,
17तर यदि हामी ख्रीष्टमा परमेश्वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्ट पापको दास हुनुभयो त? त्यस्तो होइन!
8पहिले, तिमीहरू सबैका निम्ति येशू ख्रीष्टद्वारा म परमेश्वरलाई धन्यवाद चढाउँछु, किनकि तिमीहरूको विश्वास सारा संसारभरि घोषणा गरिएको छ ।
7यसै उद्देश्यसको लागी एक सन्देशवाहक बनाइएँ । म साँचो बोल्छु; म ढाँट्दिन । म विश्वास र सत्यतामा अन्यजातीहरूको शिक्षक हुँ ।
1¶ यसैकारण, म पावल, तिमी गैरयहूदीहरूका निम्ति येशू ख्रीष्टको एक कैदी हुँ ।
1¶ पावल, परमेश्वरको इच्छा अनुसार येशू ख्रीष्टका प्रेरित, र हाम्रा भाइ तिमोथीबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डली र अखैया प्रान्तमा रहेका सम्पूर्ण विश्वासीहरूलाई ।