२ कोरिन्थीहरू 3:5

अनलक शाब्दिक बाइबल

कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ । बरु, हाम्रो योग्यता परमेश्‍वरबाट आएको हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 15:10 : 10 तर म जे छु परमेश्‍वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ । तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्‍वरको अनुग्रहले थियो ।
  • २ कोरि 12:9 : 9 अनि उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्‍ति सिद्ध हुन्छ ।” यसैले, ख्रीष्‍टको शक्‍ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु ।
  • फिलि 4:13 : 13 जसले मलाई शक्‍ति दिनुहुन्छ, उहाँद्वारा नै म सबै कुराहरू गर्न सक्दछु ।
  • याक 1:17 : 17 हरेक असल वरदान र हरेक सिद्ध वरदान माथिबाटको हो । ज्योतिका पिताबाट त्यो तल आउँछ । उहाँ बद्‌लिरहने छायाजस्तो बद्‌लिनुहुन्‍न ।
  • यूह 15:5 : 5 म दाखको बोट हुँ, र तिमीहरू त्यसका हाँगाहरू हौ । जो ममा रहन्छ र म त्यसमा रहनेछु, त्यसले धैरै फल फलाउँछ, किनकि मविना तिमीहरू केही पनि गर्न सक्दैनौ ।
  • निर्ग 4:10-16 : 10 तब मोशाले परमप्रभुलाई भने, “हे प्रभु, म बोल्नमा सिपालु छैनँ, न पहिले थिएँ न त तपाईं आफ्ना दाससित बोल्नुभएपछि नै । म बोल्न र जिब्रो चलाउनमा सुस्त छु ।” 11 परमप्रभुले तिनलाई भन्‍नुभयो, “मानिसको मुख बनाउने को हो? मानिसलाई गुँगो वा बैरो वा दृष्‍टिविहीन बनाउने को हो? के म परमप्रभुले नै होइनँ र? 12 त्यसैले अब जा र म तेरो मुखमा भएर के भन्‍ने भनी तँलाई सिकाउनेछु ।” 13 तर मोशाले भने, “हे प्रभु, तपाईंले इच्छा गर्नुभएको अरू कसैलाई पठाउनुहोस् ।” 14 तब परमप्रभु मोशासित रिसाउनुभयो र भन्‍नुभयो, “तेरो दाजु लेवी हारून छैन र? त्यसले राम्ररी बोल्न सक्छ भनी मलाई थाहा छ । यसको अतिरिक्त, त्यो तँलाई भेट्न आउँदै छ र त्यसले तँलाई देख्दा त्यो ह्रदयमा खुसी हुनेछ । 15 तँ त्योसित कुरा गर् र त्यसले भन्‍नुपर्ने कुरा त्यसलाई बताइदे । म तिमीहरू दुवैसित हुनेछु र के गर्ने भनी म तिमीहरू दुवैलाई देखाउनेछु । 16 त्यसले तेरो लागि मानिसहरूसित बोल्नेछ । त्यो तेरो प्रवक्ता हुनेछ र तँ त्यसको लागि मजस्तै परमेश्‍वर हुनेछस् ।
  • यिर्मि 1:6-9 : 6 मैले भनें, “हे परमप्रभु परमेश्‍वर, कसरी बोल्ने भनी मलाई थाहा छैन, किनकि म त धेरै सानो बालक छु ।” 7 तर परमप्रभुले मलाई भन्‍नुभयो, “ यसो नभन्, 'म सानो बालक छु' । मैले पठाउने हरेक ठाउँमा तँ जानैपर्छ, र मैले तँलाई आज्ञा गर्ने हरेक कुरा तैंले भनैपर्छ । 8 तिनीहरूदेखि नडरा, किनकि तेरो उद्धार गर्न म तँसित छु, यो परमप्रभुको घोषणा हो ।” 9 तब परमप्रभुले आफ्नो हात पसार्नुभयो, मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब मैले तेरो मुखमा मेरो वचन हालिदिएको छु । 10 उखेल्न र भत्काउन, नाश गर्न र भताभुङ्ग पार्न, बनाउन र रोप्न, आज मैले तँलाई जातिहरू र राज्यहरूमाथि नियुक्त गर्दैछु ।”
  • मत्त 10:19-20 : 19 जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्‍ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ । 20 किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ ।
  • लू 21:15 : 15 तिमीहरूका विरोधीहरूले सबै कुराको खण्डन गर्न नसकून् भनेर म तिमीहरूलाई वचन र बुद्धि दिनेछु ।
  • लू 24:49 : 49 हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूका लागि पठाउँछु, तर माथिबाट शक्‍ति प्राप्‍त नगरेसम्म तिमीहरू यही सहरमा पर्खेर बस ।”
  • १ कोरि 3:6 : 6 मैले रोपेँ, अनि अपोल्लोसले पानी हाले, तर परमेश्‍वरले नै बढाउनुभयो ।
  • १ कोरि 3:10 : 10 परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्‍तिले कसरी बनाउँदै छ भन्‍ने बारेमा सावधान रहनुपर्छ ।
  • २ कोरि 2:16 : 16 नष्‍ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्‍ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्‍ना हो । यी कुराहरूका लागि को योग्यको छ?
  • २ कोरि 4:7 : 7 यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ ।
  • फिलि 2:13 : 13 किनकि परमेश्‍वरको प्रसन्‍नताको निम्ति तिमीहरूलाई दुवै इच्छा र काम गर्न लगाउनलाई तिमीहरूमा काम गर्नुहुने उहाँ नै हुनुहुन्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ कोरि 3:1-4
    4 पदहरू
    80%

    1¶ के हामी फेरि आफ्नो प्रशंसा आफैँ गर्न लागिरहेका छौँ? केही मानिसहरूलाई जस्तै हामीलाई पनि तिमीहरू समक्ष वा तिमीहरूबाट सिफारिस पत्रको जरुरी छैन, छ र?

    2तिमीहरू नै हाम्रो लागि हृदयमा लेखिएको सिफारिस पत्र हौ जसलाई सबै मानिसले पढेका र जानेका छन् ।

    3र तिमीहरू हामीद्वारा वितरण गरिएका ख्रीष्‍टका पत्र हौ भन्‍ने तिमीहरूले नै देखाउँछौ । यो मसीले होइन, तर जीवित परमेश्‍वरको आत्माबाट लेखिएको थियो । यो ढुङ्गाको पाटीमा लेखिएको थिएन, तर मानिसहरूका हृदयका पाटीमा लेखिएको थियो ।

    4र यो ख्रीष्‍ट येशूद्वारा परमेश्‍वरमा भएको हाम्रो आत्मविश्‍वास हो ।

  • 7यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ ।

  • २ कोरि 1:8-9
    2 पदहरू
    76%

    8भाइहरू हो, हामीले एसियामा भोगेका दुःखको बारेमा तिमीहरू अजान रहो भन्‍ने हामी चाहन्‍नौँ । हामीले सहन नसक्‍ने किसिमले हामी मिचिएका थियौँ, यति साह्रो कि हामीले बाँच्ने आशा नै मारेका थियौँ ।

    9वास्तवमा, हामीमाथि मृत्युदण्ड थियो । तर त्यो हामी आफैँमा होइन, मृतकहरूलाई जीवन दिनुहुने परमेश्‍वरमाथि भरोसा गर्न सकौँ भनेर भएको थियो ।

  • 6परमेश्‍वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ ।

  • २ कोरि 5:12-13
    2 पदहरू
    74%

    12हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ । बरु, हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक ।

    13किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्यो परमेश्‍वरको लागि हो । तर यदि हाम्रो मन ठिक छ भने त्यो तिमीहरूको खातिर हो ।

  • 8र परमेश्‍वरले हरेक आशिष्‌लाई तिमीहरूको निम्ति वृद्धि गर्न सक्‍नुहुन्छ, ताकि तिमीहरूलाई चाहिने सबै कुरा तिमीहरूले सधैँ प्राप्‍त गर्न सक । तिमीहरूका असल कामहरू वृद्धि हुन् भनेर यसो हुनेछ ।

  • 9यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक ।

  • २ कोरि 2:16-17
    2 पदहरू
    73%

    16नष्‍ट भइरहेका मानिसहरूका लागि यो मृत्युदेखि मृत्युसम्मको सुबास्‍ना हो । अनि बचाइएकाहरूको लागि हामी जीवनदेखि जीवनसम्मको सुबास्‍ना हो । यी कुराहरूका लागि को योग्यको छ?

    17हामी नाफाको लागि परमेश्‍वरको वचन बेच्‍ने धेरै मानिसहरूजस्ता होइनौँ । बरु, हामी ख्रीष्‍टमा शुद्ध अभिप्रायले परमेश्‍वरको दृष्‍टिमा उहाँले पठाउनुभएको जस्तै गरी बोल्दछौँ ।

  • 5किनकि हामी आफैँलाई होइन, तर ख्रीष्‍टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्‍ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ ।

  • 9अनि उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्‍ति सिद्ध हुन्छ ।” यसैले, ख्रीष्‍टको शक्‍ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु ।

  • २ कोरि 10:12-13
    2 पदहरू
    72%

    12हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ । तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन्, र एक अर्कासँग तुलना गर्दछन्, तिनीहरूसँग अन्तर्दृष्‍टि हुँदैन ।

    13तर हामी सीमाभन्दा बाहिर गएर घमण्ड गर्नेछैनौँ । बरु, परमेश्‍वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्दछौँ, जुन सीमा तिमीहरूसम्म पुग्दछ ।

  • २ कोरि 5:5-7
    3 पदहरू
    72%

    5हामीलाई यसको निम्ति तयार गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ, जसले हाम्रो निम्ति पछि आउने कुराको बैनाको रूपमा पवित्र आत्मा दिनुभएको छ ।

    6त्यसैले, सधैँ विश्‍वस्त रहो । यो जानी राख कि जब हामी हाम्रो शारीरिक घरमा रहन्छौँ, हामी परमेश्‍वरबाट टाढा रहन्छौँ ।

    7हामी विश्‍वासद्वारा हिँड्छौँ, देखिने कुराको आधारमा होइन ।

  • २ कोरि 10:7-8
    2 पदहरू
    71%

    7जे कुरा तिमीहरूको अगाडि स्पष्‍ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्‍टको हो भन्‍ने कुरामा विश्‍वस्त छ भने, ऊ ख्रीष्‍टको भए जस्तैहामी पनि ख्रीष्‍टका हौँ भन्‍ने कुरा आफैँलाई याद दिलाओस् ।

    8किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्‍जित हुनेछैन ।

  • 5तिमीहरूको विश्‍वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्‍वरको शक्‍तिमा भएको होस् ।

  • १ थेस 2:4-6
    3 पदहरू
    71%

    4तर जसरी परमेश्‍वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्‍नुहुने परमेश्‍वरलाई खुसी पार्नलाई बोल्छौँ ।

    5तिमीहरूलाई थाहा छ र परमेश्‍वर पनि साक्षी हुनुहुन्छ कि हामीले कुनै पनि बेला चाप्लुसी गरेनौँ, न त लोभको निम्ति बहाना नै बनायौँ,

    6न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्‍टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ । s5

  • 12हाम्रो अन्तस्करणको गवाहीमा हामी गर्व गर्छौं । किनकि यो परमेश्‍वरबाट आउने शुद्ध प्रेरणा र इमानदारीमा छ जसअनुसार हामी यो संसारमा चलेका छौँ । विशेष गरी, हामीले यो तिमीहरूसँग अझ बढी गरेका छौँ, सांसारिक ज्ञानमा होइन, तर परमेश्‍वरको अनुग्रहमा ।

  • 9कामहरूबाट यो होइन, यसैकारण कसैले घमण्ड गर्न सक्दैन ।

  • 3आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्‍वरको ज्ञानद्वारा हामीलाई ईश्‍वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।

  • २ कोरि 10:15-16
    2 पदहरू
    70%

    15हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ । बरु, हामी आशा गर्छौं, कि तिमीहरूको विश्‍वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ ।

    16हामी यसको आशा गर्दछौँ, ताकि तिमीहरूभन्दा परका क्षेत्रहरूमा पनि हामी सुसामाचार प्रचार गर्न सकौँ । अरूको क्षेत्रमा भइरहेको कामको बारेमा हामी घमण्ड गर्दैनौँ ।

  • 9र उहाँमा स्थापित हुन सकूँ । व्यवस्थाबाट मैले आफैँले प्राप्‍त गरेको धार्मिकता मसँग छैन । बरु, ख्रीष्‍ट येशूमा विश्‍वासद्वारा प्राप्‍त गरेको धार्मिकता मसँग छ, जुन धार्मिकता विश्‍वासमा आधारित परमेश्‍वरबाट मैले प्राप्‍त गरेको हुँ ।

  • 4परमेश्‍वरले हाम्रा सारा दुःख कष्‍टमा हामीलाई सान्त्वना दिनुहुन्छ । त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ । परमेश्‍वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ ।

  • 24तिमीहरूको विश्‍वास कस्तो हुनुपर्छ भनेर हामीले नियन्‍त्रण गर्ने प्रयास गरेको कारण यसो भएको होइन । बरु, हामी तिमीहरूको आनन्दको निम्ति तिमीहरूसँग काम गरिरहेका छौँ जसरी तिमीहरू आफ्नो विश्‍वासमा अटल रहन्छौ ।

  • 9किनकि हामीहरू परमेश्‍वरका सहकर्मी हौँ । तिमीहरू परमेश्‍वरका बगैँचा र उहाँका भवनहरू हौ ।

  • 21त्यसैले, तिमीहरू मानिसहरूका निम्ति घमण्ड नगर! किनकि सबै कुरा तिमीहरूकै हुन्,

  • 1¶ त्यसकारण, हामीसँग यो सेवा-कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ ।

  • 7त्यसैले, रोप्‍ने र पानी हाल्ने केही होइन । तर परमेश्‍वर जसले बढाउनुहुन्छ, उहाँ नै महान् हुनुहुन्छ ।

  • 15हरेक कुरा तिमीहरूको निम्ति हो ताकि जसरी धेरै मानिसहरूमा अनुग्रह फैलिएको छ, त्यसरी नै परमेश्‍वरको महिमाको लागि धन्यवाद दिने काम पनि वृद्धि होस् ।

  • 5त्यस मानिसको तर्फबाट म गर्व गर्छु । तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन ।

  • 3किनकि खतना हामीहरू नै हौँ । हामीहरू नै परमेश्‍वरका आत्माद्वारा आराधना गर्दछौँ । हामीहरू नै ख्रीष्‍ट येशूमा गर्व गर्दछौँ, र शरीरमा कुनै भरोसा राख्दैनौँ ।

  • १ कोरि 1:29-30
    2 पदहरू
    69%

    29उहाँको अगि कसैले पनि घमण्ड नगरोस् भनेर नै उहाँले यसो गर्नुभयो ।

    30परमेश्‍वरले जे गर्नुभयो, त्यसैको कारण तिमीहरू अहिले ख्रीष्‍टमा छौ, जो हाम्रा निम्ति परमेश्‍वरबाट आउनुभएका बुद्धि बन्‍नुभयो । उहाँ हाम्रो धार्मिकता, पवित्रता र छुटकारा बन्‍नुभयो ।

  • 17ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।

  • 20हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ ।

  • 6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।

  • 5त्यसो भए अपोल्लोस को हो? अनि पावल को हो? सबै परमेश्‍वरका सेवकहरू हुन्, जसले परमेश्‍वरले दिनुभएका कामहरूअनुसार गरे र त्यही माध्यमद्वारा तिमीहरूले विश्‍वास गर्‍यौ ।

  • 5हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्‍चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ ।

  • 20अब हामी भित्र काम गर्ने उहाँको शक्ति अनुसार, हामीले माग्‍ने वा विचार गर्ने सबै कुराभन्दा धेरै माथि सबै थोक गर्न सक्‍नुहुने उहाँलाई,