२ राजा 13:23

अनलक शाब्दिक बाइबल

तर अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको आफ्‍नो करारको कारणले गर्दा परमप्रभु इस्राएलप्रति अनुग्रही हुनुभयो, र तिनीहरूलाई दया देखाउनुभयो र तिनीहरूको फिक्री गर्नुभयो । त्यसैले परमप्रभुले तिनीहरूलाई नष्‍ट गर्नुभएन, र उहाँले तिनीहरूलाई अझै पनि आफ्नो उपस्थितिबाट धपाउनुभएको छैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 14:27 : 27 त्‍यसैले आकाशमुनि इस्राएलको नाउँ परमप्रभुले मेट्नुहुनेछैन भनी उहाँले भन्‍नुभयो । बरु उहाँले तिनीहरूलाई येहोआशका छोरा यारोबामको हातबाट बचाउनुभयो ।
  • उत्प 13:16-17 : 16 म तेरा सन्तानहरूलाई पृथ्वीका धुलो जत्तिकै प्रशस्‍त बनाउनेछु, यसैले कसैले पृथ्वीको धूलोलाई गन्‍न सक्छ भने मात्र तेरा सन्तानहरूलाई गन्‍न सक्‍नेछ । 17 उठ्, भूमिको चारैतिर हिँड्, किनकि यो म तँलाई दिनेछु ।”
  • उत्प 17:2-5 : 2 त्यसपछि मेरो र तेरो बिचको आफ्नो करार म पक्‍का गर्नेछु, र तँलाई अत्यन्तै वृद्धि गराउनेछु ।” 3 अब्राम घोप्‍टो परे अनि परमेश्‍वरले तिनलाई भन्‍नुभयो, 4 “निश्‍चय नै मेरो करार तँसँगै छ । तँ धेरै जातिहरूका पिता बन्‍नेछस् ।” 5 तेरो नाम अब्राम हुनेछैन, तर अब्राहाम हुनेछ । किनकि म तँलाई धेरै जातिका पिता हुनलाई नियुक्‍त गर्छु ।
  • १ राजा 8:28 : 28 तरै पनि हे परमप्रभु मेरा परमेश्वर, तपाईंका दासको यस प्रार्थना र बिन्तीलाई आदर गरिदिनुहोस् । आज तपाईंका दासले तपाईंको सामु टक्र्याउने प्रार्थना र पुकारालाई सुनिदिनुहोस् ।
  • २ राजा 17:18 : 18 त्यसकारण परमप्रभु इस्राएलसित अत्यन्तै रिसाउनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट हटाइदिनुभयो । त्यहाँ यहूदाको कुलबाहेक कोही पनि छोडिएन ।
  • २ राजा 24:20 : 20 परमप्रभुले तिनीहरूलाई आफ्नो उपस्थितिबाट नहटाउनुभएसम्म उहाँको क्रोधद्वारा यी सबै घटना यरूशलेम र यहूदामा आइपरे । त्यसपछि सिदकियाहले बेबिलोनका राजाको विरुद्धमा विद्रोह गरे ।
  • निर्ग 2:24-25 : 24 परमेश्‍वरले तिनीहरूको क्रन्दन सुन्‍नुभएपछि उहाँले अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको करार सम्झनुभयो । 25 परमेश्‍वरले इस्राएलीहरूलाई देख्‍नुभयो, र तिनीहरूको अवस्था बुझ्नुभयो ।
  • निर्ग 3:6-7 : 6 उहाँले थप्‍नुभयो, “म तेरा पिता अब्राहाम, इसहाक र याकूबका परमेश्‍वर हुँ ।” त्यसपछि मोशाले आफ्नो अनुहार ढाके किनकि तिनी परमेश्‍वरलाई हेर्न डराएका थिए । 7 परमप्रभुले भन्‍नुभयो, “निश्‍चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्‍ट मैले देखेको छु । तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुःखकष्‍ट थाहा छ ।
  • निर्ग 32:13-14 : 13 तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु । तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्' ।” 14 तब आफ्नो जातिलाई हानि गर्नदेखि परमप्रभुले आफ्नो मन बद्लनुभयो ।
  • निर्ग 33:19 : 19 परमप्रभुले भन्‍नुभयो, “म तेरै सामु मेरा सबै भलाइ देखाउनेछु, र तेरै सामु मेरो नाउँ 'परमप्रभु' हो भनी घोषणा गर्नेछु । जससित म अनुग्रही हुन चाहन्छु, त्यससित म अनुग्रही हुनेछु, र जसलाई म कृपा देखाउन चाहन्छु, म त्यसलाई कृपा देखाउनेछु ।”
  • निर्ग 34:6-7 : 6 परमप्रभु तिनको सामु भएर जानुभयो र घोषणा गर्नुभयो, “परमप्रभु, परमप्रभु, परमेश्‍वर करुणामय र अनुग्रही, रिस गर्नमा ढिलो अनि करारको विश्‍वसनीयतामा प्रचुर र भरोसायोग्य हुनुहुन्छ । 7 उहाँले हजारौँ पुस्तासम्म आफ्नो करार राख्‍नुहुन्छ, अधर्म, अपराध र पापको क्षमा दिनुहुन्छ । तर उहाँले दोषीलाई कुनै किसिमले छाड्नुहुनेछैन । उहाँले पिता-पुर्खाहरूका दण्ड तिनीहरूका छोराछोरीहरू र नातिनातिनाहरू अनि तेस्रो र चौथो पुस्तासम्म दिनुहुन्छ ।”
  • लैव्य 26:42 : 42 मैले याकूब, इसहाक र अब्राहामसँग गरेको मेरो करारको सम्झना गर्ने छु, र त्यो देशलाई पनि सम्झने छु ।
  • व्यव 32:36 : 36 किनकि तिनीहरूको लागि विपत्तिको दिन नजिकै छ, र तिनीहरूमाथि आइपर्ने कुराहरू हतारमा आउने छन् ।” किनकि परमप्रभुले उहाँको जातिलाई न्याय दिनुहुने छ, र उहाँले आफ्ना सेवकहरूमा दया देखाउनुहुने छ । तिनीहरूको शक्ति गएको छ, र कमारा वा फुक्‍का कोही बाँकी छैन भनी उहाँले देख्‍नुहुने छ ।
  • न्या 10:16 : 16 तिनीहरूले आफ्ना बिचमा भएका विदेशी देवताहरू त्यागे र परमप्रभुको आराधना गरे । तब परमप्रभुले इस्राएलको दुःखलाई अरू बढी सहन सक्‍नुभएन ।
  • नहे 9:31-32 : 31 तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्ट्यान्‍न पार्नुभएन, न त पूर्ण रूपमा त्यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्‍वर हुनुहुन्छ । 32 त्यसकारण, अब हे हाम्रा परमेश्‍वर तपाईं महान्, शक्तिशाली र भययोग्य परमेश्‍वर हुनुहुन्छ, जसले आफ्नो करार र अचुक प्रेम राख्‍नुहुन्छ । अश्शूरका राजाहरूको समयदेखि आजको दिनसम्म हामी, हाम्रा राजाहरू, हाम्रा राजकुमारहरू, हाम्रा पुजारीहरू, हाम्रा अगमवक्ताहरू, हाम्रा पिता-पुर्खाहरू र तपाईंका सारा मानिसमाथि आइपरेका यी कठिनाइलाई हलुका नसम्झनुहोस् ।
  • भजन 51:11 : 11 मलाई तपाईंको उपस्थितिबाट टाढा नपठाउनुहोस्, र मबाट तपाईंको पवित्र आत्मा नलानुहोस् ।
  • भजन 86:15 : 15 तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही, रिसाउनमा ढिला, करारको विश्‍वस्‍तता र भरोसायोग्‍य गुणमा प्रशस्तका परमेश्‍वर हुनुहुन्छ ।
  • भजन 105:8 : 8 उहाँले आफ्नो करारलाई सदासर्वदा, आफूले आज्ञा गर्नुभएका वचनलाई हजार पुस्तासम्‍म सम्‍झनुहुन्छ ।
  • यशा 30:18-19 : 18 तापनि परमप्रभुले तिमीहरू प्रति अनुग्रही हुनलाई आशा गरिरहनुभएको छ, यसकारण तिमीहरूलाई दया देखाउन उहाँ तयार हुनुहुन्छ । किनकि परमप्रभु न्यायको परमेश्‍वर हुनहुन्छ । उहाँको प्रतिक्षा गर्ने सबै जना धन्यका हुन् । 19 किनकि मानिसहरू सियोनमा, यरूशलेमा बस्‍नेछन् र तिमीहरू फेरि रुनेछैनौ । तिमीहरूको रुवाइको आवाज सुन्‍दा उहाँ निश्‍चय नै अनुग्रही हुनुहुनेछ । जब उहाँले त्‍यो सुन्‍नुहुन्छ, तब उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ ।
  • यिर्मि 12:15 : 15 त्‍यसपछि म ती जातिहरूलाई जरैदेखि उखेलेपछि म तिनीहरूलाई दया देखाउनेछु, र तिनीहरूलाई फर्काएर ल्याउनेछु । म हरेक मानिसलाई त्यसको आफ्नै उत्तराधिकार र देशमा फर्काएर ल्याउनेछु ।
  • विलाप 3:32 : 32 तर उहाँले शोक ल्याउनुभए तापनि उहाँको अचुक प्रेमको प्रचुरतामुताबिक उहाँले दया देखाउनुहुने छ ।
  • मीका 7:18-20 : 18 तपाईंझैँ परमेश्‍वर को छ, जसले पापलाई मेटाउनुहुन्छ, र आफ्नो उत्तराधिकारका बाँकी रहेकाहरूको अपराध क्षमा गर्नुहुन्छ? उहाँ सदाको निम्ति रिसाउनुहुन्‍न, किनभने उहाँ आफ्नो करारको विश्‍वसनीयतामा खुशी हुनुहुन्छ । 19 तपाईंले फेरि हामीमाथि दया देखाउनुहुनेछ । तपाईंले हाम्रा अपराधहरूलाई आफ्ना पाऊमुनि कुल्चनुहुनेछ । तपाईंले हाम्रा सबै पापहरूललाई समुद्रको गहिराइमा फ्याँकिदिनुहुनेछ । 20 प्राचीन दिनहरूमा तपाईंले हाम्रा पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएझैँ तपाईंले याकूबलाई सत्यता र अब्राहामलाई करारको विश्‍वसनीयता दिनुहुनेछ ।
  • मत्त 25:41 : 41 त्‍यसपछि उनले आफ्नो बायाँ हातपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘हे श्रापितहरू, मबाट दूर भएर अनन्त आगोमा जाओ, जुन दुष्‍ट र त्यसका दूतहरूका लागि तयार गरिएको हो,
  • लू 1:54-55 : 54 त्यसकारण, आफ्नो दयालाई सम्झना गरेर, उहाँले आफ्नो दास इस्राएललाई सहायता दिनुभएको छ । 55 जसरी उहाँले हाम्रा पुर्खाहरूलाई भनेजस्तै, अब्राहाम र उनका वंशसँग सदासर्वदा गर्नुहुनेछ ।”
  • लू 1:72-73 : 72 यो उहाँले हाम्रा पुर्खाहरूप्रति दया प्रकट गर्न र उहाँको पवित्र करारलाई स्मरण गर्नलाई गर्नुभएको छ । 73 त्यो करारचाहिँ उहाँले हाम्रा पुर्खा अब्राहामसँग गर्नुभएको शपथ हो ।
  • २ थेस 1:9 : 9 तिनीहरूले प्रभु र उहाँको शक्‍तिको महिमाको उपस्थितिबाट टाढा रहेर अनन्त विनाशको दण्ड भोग्‍नेछन्,
  • उत्प 6:3 : 3 परमप्रभुले भन्‍नुभयो, “मेरो आत्मा मानव-जातिमा सदासर्वदा रहनेछैन, किनभने तिनीहरू शरीर हुन् । तिनीहरू १२० वर्ष बाँच्‍नेछन् ।”
  • उत्प 17:7-8 : 7 तँ र तँपछिका तेरा सन्तानका परमेश्‍वर हुनलाई तेरो र मेरो र तँपछिका तेरा सन्‍तानको बिचमा नित्य रहिरहने करार म स्थापित गर्नेछु । 8 तँ बसेको देश अर्थात् सारा कनान तँ र तँपछि आउने तेरा सन्तानलाई सधैँको निम्ति अधिकारको रूपमा दिनेछु, र म तिनीहरूका परमेश्‍वर हुनेछु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 13:2-5
    4 पदहरू
    75%

    2परमप्रभुको दृष्‍टिमा जे खराब थियो, तिनले त्यही गरे, र इस्राएललाई पाप गर्न लगाउने नबातका छोरा यारोबामका पापको चामा हिंडे । अनि यहोआहाज तीबाट फर्केनन् ।

    3इस्राएलको विरुद्धमा परमप्रभुको क्रोध दन्कियो, अनि उहाँले तिनीहरूलाई अरामका राजा हजाएल र हजाएलका छोरा बेन-हददको हातमा निरन्तर रूपले दिनुभयो ।

    4त्यसैले यहोआहाजले परमप्रभुलाई बिन्ती गरे, र परमप्रभुले तिनको कुरा सुन्‍नुभयो किनकि अरामका राजाले कसरी इस्राएलमाथि थिचोमिचो गरिरहेका थिए भनी उहाँले देख्‍नुभयो ।

    5त्यसैले परमप्रभुले इस्राएललाई एउटा उद्धारक दिनुभयो, अनि तिनीहरू अरामीहरूका हातबाट उम्के, र इस्राएलीहरू पहिलेजस्तै आ-आफ्ना घरमा बस्‍न लागे ।

  • २ राजा 14:26-27
    2 पदहरू
    74%

    26किनकि फुक्‍का र स्वतन्त्र हरेक इस्राएलीले कष्‍ट भोगिरहेको परमप्रभुले देख्‍नुभयो, र इस्राएलको लागि कुनै उद्धारक थिएन ।

    27त्‍यसैले आकाशमुनि इस्राएलको नाउँ परमप्रभुले मेट्नुहुनेछैन भनी उहाँले भन्‍नुभयो । बरु उहाँले तिनीहरूलाई येहोआशका छोरा यारोबामको हातबाट बचाउनुभयो ।

  • 22अरामका राजा हजाएलले यहोआहाजको जीवनभर इस्राएललाई थिचोमिचो गरिरहे ।

  • 31तर तपाईंको महान् कृपामा तिनीहरूलाई निमिट्ट्यान्‍न पार्नुभएन, न त पूर्ण रूपमा त्यागिदिनुभयो किनकि तपाईं अनुग्रही र करुणामय परमेश्‍वर हुनुहुन्छ ।

  • 38तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो र तिनीहरूलाई नष्‍ट गर्नुभएन । हो, धेरै पल्‍ट उहाँले आफ्नो रिस थाम्‍नुभयो र उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन ।

  • 23त्यसैले परमप्रभुले आफ्ना सबै सेवक अगमवक्ताहरूद्वारा आफूले गर्छु भन्‍नुभएझैँ इस्राएललाई आफ्नो दृष्‍टिबाट हटाउनुभयो । यसरी तिनीहरूको आफ्नै देशबाट इस्राएललाई अश्शूरमा बन्दी बनाएर लगियो, र आजको दिनसम्म पनि त्‍यस्‍तै भएको छ ।

  • लैव्य 26:44-45
    2 पदहरू
    69%

    44यी सबै कुरा हुँदाहुँदै पनि तिनीहरू आफ्ना दुश्‍मनको भूमिमा हुँदा म तिनीहरूलाई इन्‍कार गर्ने छैनँ, न त तिनीहरूलाई पूर्ण रूपमा नष्‍ट गर्न र तिनीहरूसँगको मेरो करारबाट टाढा हुनको निम्ति तिनीहरूलाई घृणा गर्ने छु, किनभने म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ ।

    45तर तिनीहरूका खातिर मैले तिनीहरूका पुर्खाहरूसँग बाँधेको करारको सम्झना म गर्ने छु, जुन पुर्खाहरूलाई म तिनीहरूका परमेश्‍वर हुन सकूँ भनेर मैले मिश्र देशबाट बाहिर ल्याएँ । म परमप्रभु हुँ ।”

  • निर्ग 2:24-25
    2 पदहरू
    69%

    24परमेश्‍वरले तिनीहरूको क्रन्दन सुन्‍नुभएपछि उहाँले अब्राहाम, इसहाक र याकूबसित बाँध्‍नुभएको करार सम्झनुभयो ।

    25परमेश्‍वरले इस्राएलीहरूलाई देख्‍नुभयो, र तिनीहरूको अवस्था बुझ्नुभयो ।

  • २ इति 24:23-24
    2 पदहरू
    69%

    23वर्षको अन्त्यमा यस्‍तो भयो, अरामी छाउनीका फौज योआशको विरुद्धमा आयो । तिनीहरू यहूदा र यरूशलेममा आए । तिनीहरूले मानिसहरूका सबै अगुवालाई मारे र तिनीहरूबाट लूटका माल लिएर दमस्कसका राजालाई पठाइदिए ।

    24अरामीहरू थोरै सिपाहीहरू लिएर आएका भए तापनि परमप्रभुले एउटा ठूलो फौजमाथि तिनीहरूलाई विजय दिनुभयो, किनभने यहूदाका मानिसहरूले परमप्रभु आफ्ना पुर्खाहरूका परमेश्‍वरलाई त्यागेका थिए । यसरी आरामीहरूले योआशमाथि दण्ड ल्याए ।

  • 45उहाँले तिनीहरूसँगको आफ्‍नो करारलाई सम्झिनुभयो र आफ्‍नो अटल प्रेमको कारणले नरम हुनुभयो ।

  • 27तपाईंका दासहरू अब्राहाम, इसहाक र याकूबलाई सम्झनुहोस् । यो जातिको हठलाई नहेर्नुहोस् न त तिनीहरूका दुष्‍टता र पापलाई नै हेर्नुहोस् ।

  • 17विनाशको लागि अलग गरिएको कुनै पनि थोक तिमीहरूको हातमा नहोस् ताकि परमप्रभुको क्रोध शान्त होस् जसले तिमीहरूलाई दया देखाउनुहुन्छ, तिमीहरूलाई टिठ्याउनुहुन्छ र तिमीहरूलाई पिता-पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएमुताबिक सङ्ख्यामा वृद्धि गराउनुहुन्छ ।

  • 24अरामका राजा हजाएल मरे, र तिनको ठाउँमा तिनका छोरा बेन-हदद राजा भए ।

  • 26मैले याकूब र मेरा दास दाऊदका सन्तानलाई इन्कार गर्नेथिएँ, र तिनीहरूबाट अब्राहाम, इसहाक र याकूबका सन्तानमाथि राज्‍य गर्न एक जना व्यक्तिलाई ल्याउनेथिइनँ । किनकि म तिनीहरूको सुदिन पुनर्स्थापित गर्नेछु, र तिनीहरूमाथि कृपा देखाउनेछु' ।”

  • 9किनकि तिमीहरू परमप्रभुतिर फर्क्‍यौ भने, तिमीहरूका दाजुभाइ र तिमीहरूका छोराछोरीलाई कैद गरेर लैजानेहरूबाट तिनीहरूले दया पाउने छन्, र तिनीहरू यस देशमा फर्केर आउन पाउने छन्‌ । किनभने परमप्रभु तिमीहरूका परमेश्‍वर दयालु र करुणामय हुनुहुन्‍छ, र तिमीहरू उहाँतर्फ फर्क्‍यौ भने, उहाँ तिमीहरूबाट फर्कनुहुने छैन ।”

  • 6म यहूदाको घरानाललाई बलियो बनाउनेछु र योसेफको घरानालाई बचाउनेछु, किनकि म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरूमाथि दया देखाउनेछु । तिनीहरू वहिष्कृत नभएकाहरूझैँ हुनेछन्, किनकि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु ।

  • 22उहाँको माहन् नाउँको कारणले परमप्रभुले आफ्‍ना मानिसहरूलाई त्याग्‍नुहुनेछैन, किनभने तिमीहरूलाई आफ्नो मानिस बनाउन परमप्रभु प्रशन्‍न हुनुहुन्‍छ ।

  • नहे 9:27-28
    2 पदहरू
    68%

    27त्यसैले तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनुभयो जसले तिनीहरूलाई सताए । तिनीहरूको दुःखकष्‍टको समयमा तिनीहरूले तपाईंलाई पुकारे, र तपाईंले स्वर्गबाट तिनीहरूको कुरा सुन्‍नुभयो । तपाईंको महान् कृपाको कारण तपाईंले छुटकारा दिनेहरू पठाउनुभयो जसले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातबाट छुटकारा दिए ।

    28तर तिनीहरूले शान्ति पाएपछि तिनीहरूले फेरि तपाईंको सामु दुष्‍ट काम गरे, र तपाईंले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका हातमा त्यागिदिनुभयो, अनि तिनीहरूका शत्रुहरूले तिनीहरूमाथि शासन गरे । तथापि तिनीहरू फर्केर तपाईंलाई पुकारा गर्दा तपाईंले स्वर्गबाट सुन्‍नुभयो, र तपाईंको कृपाको कारण धेरै पटक तपाईंले तिनीहरूलाई छुटकारा दिनुभयो ।

  • 19तापनि, परमप्रभुका दास दाऊदको कारणले उहाँले यहूदालाई नष्‍ट गर्न चाहनुभएन, किनकि तिनलाई सधैँ सन्तानहरू दिनेछु भनी उहाँले तिनलाई भन्‍नुभएको थियो ।

  • 31किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर कृपालु हुनुहुन्छ । उहाँले तिमीहरूलाई त्याग्‍नुहुने छैन न त नष्‍ट गर्नुहुने छ न तिमीहरूका पिता-पुर्खाहरूसित बाँध्‍नुभएको करारलाई भुल्नुहुने छ ।

  • 1¶ परमप्रभुले याकूबलाई दया गर्नुहुनेछ । उहाँले फेरि पनि इस्राएललाई रोज्‍नुहुनेछ र तिनीहरूलाई आफ्नै देशमा पुनर्स्थापना गर्नुहुनेछ । परदेशीहरू पनि तिनीहरूसँगै सहभागी हुनेछन् र आफूलाई याकूबको घरानासँग आवद्ध गराउनेछन् ।

  • 17तर तिनीहरूको सर्वनाश हुनबाट मैले तिनीहरूमा दया गरें, र मैले उजाड-स्‍थान तिनीहरूको अस्‍तित्‍व मेटाइन ।

  • 7जब तिनीहरूले आफूलाई विनम्र तुल्‍याएका छन् भनी जब परमप्रभुले देख्‍नुभयो, तब परमप्रभुको वचन शमायाहकहाँ यसो भनेर आयो, “तिनीहरूले आफूलाई विनम्र तुल्‍याएका छन् । म तिनीहरूलाई विनाश गर्नेछैनँ । म तिनीहरूलाई केही हदसम्म उद्धार गर्नेछु, र शीशकको हातद्वारा यरूशलेममा म आफ्‍नो क्रोध खन्‍याउनेछैनँ ।

  • 26तापनि परमप्रभु आफ्नो दन्किरहेको क्रोधको आगोबाट फकर्नुभएन किनकि मनश्शेले गरेका सबै कामको कारणले यहूदाको विरुद्धमा उहाँलाई भयङ्कर रिस उठेको थियो ।

  • 5किनभने इस्राएल र यहूदाको देश इस्राएलका परमपवित्रको विरुद्धमा गरिएको अपराधले भरिएको भए तापनि सर्वशक्तिमान् परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई बिर्सनुभएको छैन ।

  • 7इस्राएलीहरूले आफूलाई मिश्रदेशका राजा फारोको हातबाट छुटाउनुहुने, तिनीहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु आफ्‍ना परमेश्‍वरको विरुद्धमा पाप गरेका हुनाले यसरी तिनीहरू बन्‍दी भए । यी मानिसहरूले अरू देवताहरूको पुजा गरिरहेका थिए,

  • २ राजा 13:7-8
    2 पदहरू
    67%

    7अरामीहरूले यहोआहाजलाई केवल पचास घोडचढी, दसवटा रथ र दस हजार पैदल सिपाही मात्र छाडे किनकि अरामका राजाले तिनीहरूलाई नाश पारेका थिए र तिनीहरूलाई अन्‍न चुट्ने समयको भुसजस्तै पारेका थिए ।

    8यहोआहाज, तिनले गरेका सबै काम र तिनको शक्तिको बारेमा इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छैनन् र?

  • 7तापनि दाऊदसित परमप्रभुले गर्नुभएको करारको खातिर उहाँले दाऊदको घरानालाई नाश गर्ने इच्‍छा गर्नुभएन । उहाँले दाऊद र तिनका सन्तानहरूलाई सधैँ जीवन दिने प्रतिज्ञा उहाँले गर्नुभएको थियो ।

  • 35यरूब-बालले (अर्थात् गिदोनले) इस्राएलमा तिनीहरूका निम्ति गरेका सबै असल कुराहरूका खातिर तिनीहरूले गिदोनको घरानालाई गरेका आफ्ना प्रतिज्ञाहरूलाई पुरा गरेनन् ।

  • 8इस्राएलका मानिसहरूले मेरा सबै आज्ञा मानेर मेरो दास मोशामार्फत् मैले तिनीहरूलाई दिएका सबै व्‍यवस्‍था, विधिहरू र आदेशहरू होसियारसाथ पालन गरे भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूलाई म फेरि पर हटाउनेछैनँ ।”

  • 12किनकि म तिमीहरूलाई कृपा देखाउनेछु । म तिमीहरूमाथि दया देखाउनेछु, र म तिमीहरूलाई फर्काएर तिमीहरूकै देशमा ल्याउनेछु ।

  • 15परमप्रभु तिनीहरूका पुर्खाहरूका परमेश्‍वरले तिनीहरूलाई आफ्ना दूतहरूद्वारा घरिघरि वचन दिनुभयो, किनभने आफ्ना मानिस र आफ्नो वासस्थानमाथि उहाँले दया गर्नुभयो ।

  • 20यसैले परमप्रभुले इस्राएलका सबै सन्तानलाई इन्कार गर्नुभयो । उहाँले तिनीहरूलाई कष्‍ट दिनुभयो, र तिनीहरूलाई आफ्नो दृष्‍टिबाट नफल्‍नुभएसम्म उहाँले तिनीहरूलाई लुटको मालको रूपमा अधिकार गर्नेहरूको हातमा सुम्पिनुभयो ।

  • 13तपाईंका दासहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस् जसलाई तपाईंले आफ्नै खातिर यसो भनेर शपथ खानुभएको थियो, 'म तिमीहरूका सन्तानहरूलाई आकाशको ताराजत्तिकै बढाउनेछु र मैले तिमीहरूका सन्तानहरूलाई दिने भनेका यी सबै देश दिनेछु । तिनीहरूले सदाको लागि यसको अधिकार गर्नेछन्' ।”

  • 21तर इस्राएलको घराना जातिहरूका बिचमा हुँदा तिनीहरूले मेरो नाउँलाई अशुद्ध पारेका हुनाले मेरो नाउँप्रति ममा दया जाग्‍यो ।

  • 17तिनीहरूले सुन्‍न इन्कार गरे, र तपाईंले तिनीहरूका बिचमा गर्नुभएका आश्‍चर्यहरूलाई तिनीहरूले विचारै गरेनन् । तर तिनीहरू हठी भए, र तिनीहरूको विद्रोहमा तिनीहरूले आफ्नो दासत्वमा फर्कन एक जना अगुवा नियुक्त गरे । तर तपाईं क्षमाले भरिपूर्ण, अनुग्रही, दयालु, रिसाउनमा ढिला, अचुक प्रेममा प्रचुर परमेश्‍वर हुनुहुन्छ । तपाईंले तिनीहरूलाई त्याग्‍नुभएन ।

  • 32ती दिनमा परमप्रभुले इस्राएलको क्षेत्रफल घटाउन थाल्नुभयो, र हजाएलले इस्राएलका सिमानाहरूमा इस्राएलीलाई पराजित गरे,

  • 8हेर्, परमप्रभु परमेश्‍वरको आँखा पापी राज्यमाथि पर्छ, र म त्यसलाई पृथ्वीको सतहबाट विनाश गर्नेछु, तर म याकूबको घरानालाई पूर्ण रूपमा नाश गर्नेछैनँ, यो परमप्रभुको घोषणा हो ।

  • 25यसकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: अब म आफ्‍नो पवित्र नाउँको निम्ति जोशसाथ काम गर्दा म याकूबको सुदिन फर्काउनेछु, र इस्राएलका सारा घरानामाथि दया देखाउनेछु ।

  • 8मैले इस्राएललाई आज्ञा गरेका सबै कुरा पालन गर्न र मेरा दास मोशाले तिनीहरूलाई दिएका सबै व्यवस्था पालन गर्न तिनीहरू सावधान भए भने, मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशबाट तिनीहरूका खुट्टालाई फेरि यताउता घुमफिर गर्ने म पार्नेछैनँ ।”

  • 12जब रहबामले आफूलाई विनम्र तुल्‍याए, तब तिनलाइ पुरै नष्‍ट नगर्नलाई परमप्रभुको क्रोध तिनीबाट हट्यो । यसका अतिरिक्त, यहूदामा केही असल कुरा अझै बाँकी थियो ।