२ राजा 19:6

अनलक शाब्दिक बाइबल

र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई यसो भन, 'परमप्रभु यसो भन्‍नुहुन्छः अश्शूरका राजाका सेवकहरूले मेरो अपमान गरेर बोलेका कुरा सुनेर तँ नडरा ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 18:35 : 35 देशहरूका सबै देवतामध्ये के कुनै देवताले मेरो शक्तिबाट आफ्‍नो देशलाई छुटकारा दिएको छ र? कसरी परमप्रभुले मेरो शक्तिबाट यरूशलेमलाई छुटकारा दिन सक्छ र?”
  • २ राजा 18:17 : 17 तर अश्शूरका राजाले तार्तान र रबसरिस अनि आफ्ना प्रधान सेनापतिलाई एउटा ठुलो सेनाको साथमा लाकीशबाट यरूशलेममा राजा हिजकियाकहाँ पठाए । तिनीहरू बाटोमा यात्रा गरे र यरूशलेम बाहिर आइपुगे । तिनीहरू धोबीको खेतमा जाने माथिल्लो पोखरीको कुलोनेरको बाटोमा आए र त्‍यहाँ रोकिए ।
  • २ राजा 18:22-25 : 22 तर तिमी मलाई भन्‍छौ, 'हामी परमप्रभु हाम्रा परमेश्‍वरमाथि भर पर्छौं,' भने, के उहाँ नै होइन जसका उच्‍च ठाउँहरू र वेदीहरू हिजकियाले हटाइदिए, अनि यहूदा र यरूशलेमलाई भनेका छन्, 'तिमीहरूले यरूशलेममा यस वेदीको सामु आराधना गर्नुपर्छ'? 23 त्यसकारण अब मेरा मालिक अश्शूरका राजाबाट म तपाईंलाई राम्रो प्रस्ताव राख्‍न चाहन्छु । तपाईंले घोडचढीहरू पाउनुभयो भने, म तपाईंलाई दुई हजार घोडाहरू दिनेछु । 24 मेरा मालिकका सेवकहरूमध्ये सबैभन्दा तल्लो एउटा कप्‍तानको पनि तपाईं कसरी विरोध गर्न सक्‍नुहुन्छ? तपाईंले रथहरू र घोडचढीहरूको लागि मिश्रदेशमा भरोसा गर्नुगर्नुपर्छ । 25 के परमप्रभुविना यस ठाउँको विरुद्धमा लडाइँ गर्न र यसलाई नाश गर्न म आएको हुँ र? परमप्रभुले मलाई भन्‍नुभयो, “यस देशलाई आक्रमण गर र नाश गर ।”
  • २ राजा 18:30 : 30 हिजकियाले तिमीहरूलाई यसो भन्दै परमप्रभुमाथि भरोस गर्न नलगाओस्, 'निश्‍चय नै परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन ।'
  • निर्ग 14:13 : 13 मोशाले मानिसहरूलाई भने, “नडराओ । स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर । किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्‍नेछैनौ ।
  • लैव्य 26:8 : 8 तिमीहरूका पाँच जनाले सयलाई, र सयले हजार जनालाई लखेट्‍ने छन्, र तिमीहरूको तरवारको प्रहारले तिमीहरूका दुश्मनहरू तिमीहरूकै अगि लड्‍ने छन् ।
  • व्यव 20:1 : 1 ¶ तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले तिनीहरूको भन्दा धेरै घोडा, रथ र मानिसहरू देख्यौ भने तिनीहरूदेखि नडराओ । किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर तिमीहरूसितै हुनुहुन्छ जसले तिमीहरूलाई मिश्र देशबाट निकालेर ल्याउनुभयो ।
  • व्यव 20:3-4 : 3 'हे इस्राएली हो, सुन । तिमीहरू आफ्ना शत्रुको विरुद्धमा युद्धमा जान लागेका छौ । तिमीहरूका ह्रदय विचलत नहोऊन् । नडराओ, नकाम । तिनीहरूदेखि भयभीत नहोओ । 4 किनकि परमप्रभु तिमीहरूका परमेश्‍वर नै तिमीहरूका शत्रुहरूको विरुद्धमा लडी तिमीहरूलाई बचाउन तिमीहरूको अगिअगि जाँदै हुनुहुन्छ ।'
  • यहो 11:6 : 6 परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उनीहरूको उपस्थितिमा नडरा किनभने म भोली यसै समयमा उनीहरू सबैलाई इस्राएलको हातमा मृत मानिसहरूको रूपमा दिँदै छु । तैँले उनीहरूका घोडाहरूको ढोड नसा काटिदिनू र उनीहरूका रथहरू जलाइदिनू ।”
  • २ राजा 6:16 : 16 एलीशाले जवाफ दिए, “नडरा, किनकि तिनीहरूसित भएकाहरूभन्दा हामीसित भएकाहरू धेरै छन् ।”
  • २ इति 20:15 : 15 यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात, सुन्‍नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो ।
  • २ इति 20:17 : 17 यो लडाइँ तिमीहरूले लड्‌नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्‍केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’”
  • भजन 74:18 : 18 हे परमप्रभु, शत्रुहरूले तपाईंलाई कसरी अपमान गरे सो सम्झनुहोस् । अनि मूर्ख मानिसहरूले तपाईंको नाउँको निन्दा गरेका छन् ।
  • भजन 74:23 : 23 तपाईंका वैरीहरूका आवाजहरू वा तपाईंलाई निरन्‍तर अनादर गर्नेहरूका कोलाहल नबिर्सनुहोस् ।
  • यशा 37:6-9 : 6 र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई भन, 'परमप्रभु भन्‍नुहुन्छ, “अश्शूरका राजाले मेरो अपमान गर्न पठाएका सेवकहरूले भनेका जुन तैंले सुनेको कुरादेखि तँ नडरा । 7 हेर्, उसमा म एउटा आत्मा हालिदिनेछु, उसले एउटा खबर सुन्‍नेछ र ऊ फर्केर आफ्नै देशमा जानेछ । उसको आफ्नै देशमा म उसलाई तरवारले मार्नेछु ।” 8 तब प्रमुख कमाण्‍डर फर्के र अश्शूरका राजाले लिब्‍नासँग युद्ध गरिरहेको भेट्टाए, किनकि राजा लाकीशबाट गएका छन् भन्‍ने तिनले सुनेका थिए । 9 तब कूशका राजा तिर्हाकाह र मिश्रदेशले सनहेरीबको विरुद्ध युद्ध सुरु गरे भन्‍ने तिनले सुने, त्यसैले तिनले हिजकियालाई यस्तो सन्देशसहित दूतहरू पठाएः 10 “यहूदाका राजा हिजकियालाई यसो भन, 'तिमीले भरोसा गर्ने परमेश्‍वरले तिमीलाई यसो भनेर छल नगरून्, 'यरूशलेमचाहिं अश्शूरका राजाको हातमा दिइने छैन' । 11 हेर, अश्शूरका राजाले सबै देशहरूलाई पुर्ण रूपमा नष्‍ट पारेर के गरेका छन् भन्‍ने तिमीहरूले सुनेका छौ । त्यसैले के तिमीले चाहिं छुट्कारा पाउनेछौ र? 12 के मेरा पुर्खाहरूले नष्‍ट पारेका जातिहरूः गोजान, हारान, रेसेप र तेल-अस्सारका अदनका मानिसहरू देवताहरूले तिनीहरूलाई छुटकारा दिए? 13 हमातका राजा, अर्पादका राजा, सपर्बेम सहरहरूका, हेनाका र इव्वाका राजा कहाँ छन्?” 14 हिजकियाले दूतबाट त्‍यो पत्र प्राप्‍त गरे र त्‍यो पढे । अनि तिनी परमप्रभुको मन्‍दिरमा गए र त्‍यसलाई उहाँको सामु फिंजाए । 15 हिजकियाले परमप्रभुसँग प्रार्थना गरे, 16 “हे सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर, तपाईं करूबहरूमाथि विराजमान हुनुहुन्छ, तपाईं नै पृथ्वीका सारा राज्यहरूमाथि एक मात्र परमेश्‍वर हुनुहुन्छ । 17 हे परमप्रभु, तपाईंको कान फर्काउनुहोस् र सुन्‍नुहोस् । हे परमप्रभु तपाईंको आँखा खोल्नुहोस् र हेर्नुहोस्, अनि सनहेरीबका कुरा सुन्‍नुहोस्, जुन तिनले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएका छन् । 18 हे परमप्रभु, यो सत्य हो, अश्शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशलाई विनाश गरेका छन् । 19 तिनीहरूले उनीहरूका देवताहरूलाई आगोले जलाएका छन्, किनकि ति देवताहरू थिएनन् तर मानिसको हातले बनेका काठ र ढुङ्गाका काम मात्र थिए । त्यसैले अश्शूरीहरूले तिनीहरूलाई विनाश गरेका छन् । 20 त्यसैले अब, हे परमप्रभु हाम्रो परमेश्‍वर हामीलाई त्‍यसको शक्तिबाट बचाउनुहोस्, ताकि पृथ्वीका सबै राज्यले जानोस् कि तपाईं मात्र परमप्रभु हुनुहुन्छ ।” 21 तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनेर सन्देश पठाए, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तैंले अश्शूरका राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरेको हुनाले, 22 परमप्रभुले उसको बारेमा भन्‍नुभएको वचन यही होः “सियोनका कन्ये छोरीले तँलाई घृणा गर्छे र खिसी गर्न तँमा हाँस्छे । यरूशलेमकी छोरीले तँलाई आफ्‍नो टाउको हल्लाउँछे । 23 तैंले कसको निन्दा र अपमान गरेको छस्? कसको विरुद्ध तैंले घमण्डमा आफ्‍ना आँखा उचालेको र आफ्‍नो सोर उच्‍च पारेको छस्? इस्राएलको परमपवित्रको विरुद्ध हो । 24 तेरो सेवकहरूद्वारा तैंले परमप्रभुको निन्दा गरेको छस् र भनेको छस्, 'मेरा असंख्या रथहरूसहित पहाडहरूको उच्‍च स्थानहरूमा र लेबनानको उच्‍च ठाउँहरूमा म गएको छु । यसका अग्‍ला-अग्‍ला देवदारुहरू र यसका असल-असल सल्ला रूखहरूलाई म काट्नेछु र यसका सबभैभन्दा उच्‍च स्थानहरू, यसका सबभन्दा बढी फलदायी जङ्गलहरूमा म पस्‍नेछु । 25 मैले इनारहरू खनेको छु र पानी पिएको छु । मिश्रदेशका सबै नदीहरूलाई मेरा गोडाको पैतालमुनि मैले सुकाएको छु । 26 मैले यसलाई लामो समुअगि नै कसरी निश्‍चित गरेको छु र यसलाई प्राचीन समयमा नै गरेको छु भन्‍ने तैंले सुनेको छैनस्? अहिले म यसलाई पुरा गर्दैछु । तँ यहाँ अभेद्य सहरहरूलाई भग्‍नावशेष बनाउनलाई छस् । 27 थोरै बल भएका तिनीहरूका बासिन्दाहरूलाई चूरचूर पारिन्छ र लज्‍जित हुन्छन् । तिनीहरू खेतका बिरुवाहरू, हरियो घाँस, पुर्वीय बतासअगिको छाना वा खेतमा भएका घाँस हुन् । 28 तर तेरो बसाइ, तँ बाहिर गएको, भित्र आएको र तँ मेरो विरुद्ध रिसाएको मलाई थाहा छ । 29 म विरुद्धको तेरो रिसको कारणले र तेरो अहङ्कार मेरो कानमा परेको हुनाले, तेरो नाकमा म आफ्‍नो बल्छी हाल्‍नेछु र म आफ्‍नो लगाम तेरो मुखमा हाल्नेछु । तँ जताबाट आएको हो तेतै म तँलाई फर्काउनेछु ।” 30 तेरो निम्ति चिन्ह यो हुनेछ, “यो वर्ष तैंले आफै उम्रेका कुरा खानेछस्, र दोस्रो वर्षमा त्यसबाट उम्रेका कुरा खानेछस् । तर तेस्रो वर्ष तैंले रोप्‍नुपर्छ र कटनी गर्नुपर्छ, दाखबारी रोप्‍नुपर्छ र तिनका फल खानुपर्छ । 31 यहूदाको घरानाका बाँचेर बाँकी रहेकाहरूले फेरि जरा हाल्‍नेछन् र फल फलाउनेछन् । 32 किनकि यरूशलेमबाट बाँकी रहेकाहरू आउनेछन् । सियोन पर्वतबाट बाँचेकाहरू आउनेछन् । सर्वशक्तिमान् परमप्रभुको जोशले यो गर्नेछ ।” 33 यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा यसो भन्‍नुहुन्छ, “यो सहरभित्र ऊ आउनेछैन र उसेले यहाँ एउटा वाण पनि हान्‍नेछैन । यसको सामु ऊ ढाल लिएर आउनेछैन वा यसको विरुद्धमा घेरा-मचान बनाउनेछैन । 34 जुन बाटोबाट ऊ आयो त्‍यही बाटोबाट ऊ नै जानेछ । यस सहरभित्र ऊ पस्‍नेछैन— यो परमप्रभुको घोषणा हो । 35 किनकि मेरो निम्‍ति र मेरा सेवक दाऊदको निम्‍ति, म यो सहरको रक्षा गर्नेछु र यसलाई छुटकारा दिनेछु ।” 36 तब परमप्रभुको दूत गए र अश्शूरीको छाउनीमा आक्रमण गरेर १,८५,००० सिपाहीहरूलाई मारे । बिहान सबेरै मानिसहरू उठे, तब लाशहरू जताततै छरिएका थिए । 37 त्यसैले अश्शूरका राजा सनहेरीबले इस्राएल छाडे र घर गए र निनवेमा नै बसे । 38 पछि, उसले आफ्‍नो देवता निस्रोकको मन्‍दिरमा पुजा गरिरहँदा, उसको छोरा अद्रम्मेलेक र शरेसरले तिनलाई तरवारले मारे । त्‍यसपछि तिनीहरू आरारातको देशमा भागेर गए । त्यसपछि उसको ठाउँमा उसको छोरा एसरहदोनले राज्‍य गरे ।
  • यशा 41:10-14 : 10 नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्‍वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्‍नो धर्मी दाहिने हातले म तँलाई थाम्‍नेछु । 11 हेर, तँसँग रिसाएकाहरू सबै जना, तिनीहरू लज्‍जित र अपमानित हुनेछन् । तेरो विरोध गर्नेहरू, तिनीहरू बेकामको हुनेछन् र नाश हुनेछन् । 12 तँसँग झगडा गर्नेहरूलाई तैंले खोज्‍नेछस् र पाउनेछैनस् । तँसँग युद्ध गर्नेहरू बेकामको हुनेछन् र पुर्ण रूपमा बेकामको हुनेछन् । 13 किनकि म, परमप्रभु तेरो परमेश्‍वरले तेरो दाहिने हात समातेर यसो भन्‍नेछु, 'नडरा, म तँलाई सहायता गर्दैर्छु ।' 14 नडरा, ए किरा याकूब र इस्राएलका मानिसहरू, तँलाई म सहायात गर्नेछु— यो परमप्रभु, तिमीहरूका उद्धारक, इस्राएलका परमपवित्रको घोषणा हो ।
  • यशा 51:7 : 7 ठिक कुरा जान्‍ने, आफ्नो हृदयमा मेरो व्यवस्था राख्‍ने मानिसहरू, मेरो कुरा सुनः मानिसहरूका अपमानदेखि नडराओ, न तिनीहरूका दुराचारदेखि निराश होओ ।
  • यशा 51:12-13 : 12 “तिमीहरूलाई सान्त्वना दिने म नै हुँ । तिमीहरू मानिसहरूसित किन डराउँछौ, मानिसहरूका छोराहरू, जो मर्ने छन्, जसलाई घाँसजस्तै बनाइने छन्? 13 परमप्रभु आफ्‍ना सृष्‍टिकर्तालाई तिमीहरूले किन बिर्सेका छौ, जसले आकाशलाई फिंजाउनुभयो र पृथ्वीका जगहरू बसाल्नुभयो? अत्याचारीले तिमीहरूको नाश गर्ने निधो गर्दा, त्‍यसको कडा क्रोधको त्रासमा निरन्‍तर परेका छौ । अत्यचारीको क्रोध कहाँ छ?
  • प्रका 13:6 : 6 त्यसैले, परमेश्‍वरको विरुद्ध ईश्‍वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्‍नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 37:3-7
    5 पदहरू
    98%

    3तिनीहरूले उनलाई भने, “हिजकियाले भन्‍नुहुन्‍छ, 'आजको दिन बालक जन्माउनलाई प्रसव भएको, तर आफ्नो बलाक जन्माउन आमासँग कुनै बल नभएजस्तो दुःख, हप्‍की र अपमानको दिन हो ।

    4सायद तपाईंका परमप्रभु परमेश्‍वरले प्रमुख कमाण्‍डरका कुराहरू सुन्‍नुहुनेछ जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरको निन्दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंको परमेश्‍वरले सुन्‍नुभएको कुराको निम्ति उहाँले हप्‍काउनुहुनेछ । अब अझै यहाँ बाँकी रहेकाहरूका निम्ति तपाईंले प्रार्थना गरिदिनुहोस् ।’”

    5त्यसैले हिजकियाले राजाका सेवकहरू यशैयाकहाँ आए,

    6र यशैयाले तिनीहरूलाई भने, “आफ्‍ना मालिकलाई भन, 'परमप्रभु भन्‍नुहुन्छ, “अश्शूरका राजाले मेरो अपमान गर्न पठाएका सेवकहरूले भनेका जुन तैंले सुनेको कुरादेखि तँ नडरा ।

    7हेर्, उसमा म एउटा आत्मा हालिदिनेछु, उसले एउटा खबर सुन्‍नेछ र ऊ फर्केर आफ्नै देशमा जानेछ । उसको आफ्नै देशमा म उसलाई तरवारले मार्नेछु ।”

  • २ राजा 19:3-5
    3 पदहरू
    80%

    3तिनीहरूले तिनलाई भने, “हिजकिया भन्‍नुहुन्छ, 'जसरी बच्‍चा जन्मन लाग्‍छ तर तिनीहरूमा जन्‍मिने बल हुँदैन, त्यसरी नै यो दिन कष्‍ट, हप्की र अनादरको दिन भएको छ ।

    4सायद परमप्रभु तपाईंका परमेश्‍वरले प्रधान सेनापतिका सबै कुरा सुन्‍नुहुनेछ, जसलाई तिनका मालिक अश्शूरका राजाले जीवित परमेश्‍वरलाई विरोध गर्न पठाएका छन्, र परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको कुराले उहाँले तिनलाई हप्काउनुहुनेछ । अब यहाँ अझै बाँचेकाहरुका निम्ति तपाईंले प्रार्थना गर्नुहोस् ।”

    5त्यसैले राजा हिजकियाका सेवकहरू यशैयाकहाँ आए,

  • 5तब यशैयाले हिजकियालाई भने, “सर्वशक्तिमान् परमप्रभुको वचन सुन्‍नुहोस्,

  • 16त्यसैले यशैयाले हिजकियालाई भने, “परमप्रभुक वचन सुन्‍नुहोस्,

  • २ राजा 19:9-11
    3 पदहरू
    79%

    9त्यसै बेला सनहेरीबको विरुद्धमा लडाइँ गर्न कुश र मिश्रदेशका राजा तिर्हाकाहले सेना परिचालन गरेका छन् भनेर तिनले सुने, त्यसैले तिनले फेरि हिजकियाकहाँ यो समाचारसहित सन्देशवाहकहरू पठाए,

    10“यहूदाका राजा हिजकियालाई भन्‍नूः 'यरूशलेम अश्शूरका राजाको हातमा पर्नेछैन' भन्‍ने तिमीले भरोसा गरेका परमेश्‍वरले तिमीलाई धोका नदेऊन् ।

    11हेर, अश्शूरका राजाहरूले सबै देशलाई पूर्ण रूपले नष्‍ट पारेका कुरा तिमीले सुनेका छौ । त्यसैले के तिमीले चाहिँ छुटकारा पाउनेछौ?

  • 7हेर्, म त्यसमा एउटा आत्मा हालिदिनेछु, र त्यसले एउटा खबर सुन्‍नेछ र आफ्नै देशमा फर्केर जानेछ । त्यसको आफ्नै देशमा म त्यसलाई तरवारले ढाल्न लगाउनेछु' ।”

  • यशा 37:10-11
    2 पदहरू
    78%

    10“यहूदाका राजा हिजकियालाई यसो भन, 'तिमीले भरोसा गर्ने परमेश्‍वरले तिमीलाई यसो भनेर छल नगरून्, 'यरूशलेमचाहिं अश्शूरका राजाको हातमा दिइने छैन' ।

    11हेर, अश्शूरका राजाले सबै देशहरूलाई पुर्ण रूपमा नष्‍ट पारेर के गरेका छन् भन्‍ने तिमीहरूले सुनेका छौ । त्यसैले के तिमीले चाहिं छुट्कारा पाउनेछौ र?

  • यशा 37:21-22
    2 पदहरू
    78%

    21तब आमोजका छोरा यशैयाले हिजकियाकहाँ यसो भनेर सन्देश पठाए, “परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्छ, 'तैंले अश्शूरका राजा सनहेरीबको विषयमा मसँग प्रार्थना गरेको हुनाले,

    22परमप्रभुले उसको बारेमा भन्‍नुभएको वचन यही होः “सियोनका कन्ये छोरीले तँलाई घृणा गर्छे र खिसी गर्न तँमा हाँस्छे । यरूशलेमकी छोरीले तँलाई आफ्‍नो टाउको हल्लाउँछे ।

  • २ राजा 18:19-20
    2 पदहरू
    76%

    19त्‍यसैले ती प्रधान सेनापतिले अश्शूरका सम्राट महाराजाले हिजकियालाई के भनेका थिए त्‍यो भनिदिन भने, “तिम्रो दृढताको स्रोत के हो?

    20युद्धका गर्न मित्रहरू र शक्ति छन् भनेर तिमी व्‍यर्थका कुरा मात्र बोल्छौ । तिमीले कसमाथि भरोसा गरिरहेका छौ जसको कारणले तिमीले मेरो विरुद्धमा विद्रोह गर्नुपर्‍यो?

  • २ राजा 19:20-21
    2 पदहरू
    75%

    20तब आमोजका छोरा यशैयाले हिजकियालाई यसो भनेर समाचार पठाए, “इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, 'तैँले अश्शूरका राजा सनहेरीबको बारेमा मलाई प्रार्थना गरेकोले म तेरो कुरा सुन्‍नेछु ।

    21त्यसको विषयमा परमप्रभुले भन्‍नुभएको वचन यही होः “सियोनकी कन्या-छोरीले तँलाई तिरस्कार गर्छे, र तेरो खिल्ली उडाउँछे । यरूशलेमकी छोरीले तँलाई हेर्दै आफ्नो शिर हल्लाउँछे ।

  • 18हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा पार्न नदेओ, 'परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ' । के अश्शूरका राजाका हातबाट मानिसहरूका कुनै देवताहरूले तिनीहरूलाई छुटकारा दिएका छन् र?

  • यशा 36:13-15
    3 पदहरू
    75%

    13तब प्रमुख कमाण्‍डर खडा भए र ठुलो सोरमा यहूदी भाषामा नै यसो भने, “महान् राजा, अश्शूरका महाराजाका कुरा सुन ।

    14महाराजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई छल नगरोस्, किनकि त्यसले तिमीहरूलाई छुटकारा दिन सक्‍नेछैन ।

    15तिमीहरूलाई यसो भन्‍दै परमप्रभुमा भरोसा गर्ने बनाउन हिजकियालाई नदेओ, 'परमप्रभुले निश्‍चय पनि हामीलाई छुटकारा दिनुहुनेछ । यो सहर अश्शूरका राजाको हातमा दिइनेछैन' ।

  • २ राजा 19:16-17
    2 पदहरू
    75%

    16हे परमप्रभु, आफ्‍नो कान थाप्‍नुहोस् र सुन्‍नुहोस् । हे परमप्रभु, आफ्ना आँखा खोल्नुहोस्, र सनहेरीबका कुराहरू सुन्‍नुहोस् जुन त्‍यसले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएको छ ।

    17हे परमप्रभु, अश्शूरका राजाहरूले जातिहरू र तिनीहरूका देशहरूलाई साँच्‍चै नै नाश पारेका छन् ।

  • २ राजा 18:28-30
    3 पदहरू
    75%

    28तब प्रधान सेनापति खडा भएर तिनले यहूदीहरूको भाषामा चर्को सोरमा यसो भने, “अश्शूरका सम्राट, महाराजाको कुरा सुन ।

    29राजा भन्‍नुहुन्छ, 'हिजकियाले तिमीहरूलाई धोका नदिओस् किनकि उसले तिमीहरूलाई मेरो शक्तिबाट छुटकारा दिन सक्‍ने छैनन् ।

    30हिजकियाले तिमीहरूलाई यसो भन्दै परमप्रभुमाथि भरोस गर्न नलगाओस्, 'निश्‍चय नै परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ, र यो सहर अश्शूरका राजाको हातमा पर्नेछैन ।'

  • 4उसलाई भन्, 'होसियार होऊ, शान्त बस, नडराऊ, रेसीन र अराम अनि रमल्याहको छोरा पेकहको भयङ्कर रिसको बलिरहेको अगुल्टोद्वारा त्रसित नहोऊ ।

  • 4तब यशैयाकहाँ परमप्रभुको वचन यसो भनेर आयो,

  • 32त्यसकारण अश्शूरका राजाको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छः “ऊ यो सहरमा आउनेछैन, न त त्यसले यहाँ काँड हान्‍नेछ । न त यसको सामु त्यो ढाल लिएर आउनेछ वा यसको विरुद्धमा घेरा-मचान लगाउनेछ ।

  • 24यसकारण परमप्रभु सर्वशक्तिमान् परमप्रभुले भन्‍नुहुन्छ, “ए सियोनमा बस्‍ने मेरा मानिसहरू हो, अश्‍शूरसँग नडराओ । त्यसले तिमीहरूलाई आफ्‍नो लट्ठीले प्रहार गर्नेछ र तिमीहरूको विरुद्धमा त्यसको लहुरो उठाउनेछ जस्‍तो मिश्रीहरूले गरे ।

  • यशा 37:17-18
    2 पदहरू
    73%

    17हे परमप्रभु, तपाईंको कान फर्काउनुहोस् र सुन्‍नुहोस् । हे परमप्रभु तपाईंको आँखा खोल्नुहोस् र हेर्नुहोस्, अनि सनहेरीबका कुरा सुन्‍नुहोस्, जुन तिनले जीवित परमेश्‍वरको गिल्ला गर्न पठाएका छन् ।

    18हे परमप्रभु, यो सत्य हो, अश्शूरका राजाहरूले सबै जातिहरू र तिनीहरूका देशलाई विनाश गरेका छन् ।

  • २ इति 32:16-17
    2 पदहरू
    73%

    16सनहेरीबका सेवकहरूले परमप्रभु परमेश्‍वर र उहाँका सेवक हिजकियाका विरुद्धमा अझै धेरै बोले ।

    17परमप्रभु इस्राएलका परमेश्‍वरको गिल्ला गर्नको निम्ति समेत सनहेरीबले पत्रहरू पनि लेखे । तिनले भने: “जसरी अरू देशका जातिहरूका देवताहरूले आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सकेका छैनन्, त्यसरी नै हिजकियाका परमेश्‍वरले पनि आफ्ना मानिसहरूलाई मेरो हातबाट बचाउन सक्‍ने छैनन् ।”

  • यशा 36:4-5
    2 पदहरू
    73%

    4प्रमुख कमाण्‍डरले तिनीहरूलाई भने, “हिजकियालाई भन कि अश्शूरका राजा महाराजाले भन्छन्, 'तिम्रो भरोसाको स्रोत के हो?

    5युद्धको निम्ति सल्लाह र सामर्थ्य छ भनी तिमीले व्यार्थका शब्दहरू मात्र बोल्छौ । अहिले तिमीले कसलाई भरोसा गरिरहेका छौ? मेरो विरुद्धमा विद्रोह गर्न तिमीलाई कसले आँट दिएको छ?

  • 3त्यसपछि यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने? तिनीहरू कहाँबाट आएका थिए?” हिजकियाले भने, “तिनीहरू बेबिलोनको टाढा देशबाट मकहाँ आएका हुन् ।”

  • 14तब यशैया अगमवक्ता हिजकिया राजाकहाँ आए र तिनलाई सोधे, “यी मानिसहरूले तपाईंलाई के भने? तिनीहरू कहाँबाट आएका हुन्?” हिजकियाले भने, “तिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन् ।”

  • 21तब परमप्रभुले एउटा स्वर्गदूत पठाउनुभयो, जसले छाउनीमा भएका राजाका योद्धाहरू, कमाण्‍डरहरू र अधिकृतहरूलाई मारे । यसरी सनहेरीब आफ्‍नो मुहारमा बेइज्‍जती लिएर तिनको आफ्नो देशमा फर्के । जब उनी आफ्नो देवताको मन्दिरमा पसेका थिए, तब उनका आफ्‍नै छोरामध्येका कसैले उनलाई तरवारले काटेर मारे ।

  • 11जब ‘परमप्रभु हाम्रा परमेश्‍वरले अश्शूरका राजाको हातबाट बचाउनुहुनेछ’ भनी हिजकियाले तिमीहरूलाई भन्छन्, तब तिमीहरू बसेकै ठाउँमा तिमीहरूलाई अनिकाल वा तिर्खाले मार्नलाई तिनले तिमीहरूलाई भ्रममा पारिरहेका छैनन् र?

  • 18तर परमप्रभुको इच्छा जान्‍न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्‍नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

  • 9त्यसपछि अश्शूरका राजा सनहेरीबले यरूशलेममा, (उनी लाकीश अगाडि थिए, र उनका सबै फौज उनीसित थियो) यहूदाका राजा हिजकिया र यरूशलेममा भएका यहूदाका सबै मानिसहरूकहाँ आफ्ना सेवकहरू पठाए । तिनले भने,

  • 33यसकारण परमप्रभुले अश्शूरका राजाको बारेमा यसो भन्‍नुहुन्छ, “यो सहरभित्र ऊ आउनेछैन र उसेले यहाँ एउटा वाण पनि हान्‍नेछैन । यसको सामु ऊ ढाल लिएर आउनेछैन वा यसको विरुद्धमा घेरा-मचान बनाउनेछैन ।

  • 7“बलिया र साहसिला होओ । अश्शूरका राजा र तिनीसँग भएको त्‍यो सबै ठुलो फौज को कारणले नडराओ वा हतोत्साही नहोओ, किनकि हामीसित हुनुहुने उनीहरूसित हुनेभन्‍दा महान् हुनुहुन्छ ।

  • 26तर तिनले के गर्नुपर्छ भनेर परमप्रभुलाई सोधपुछ गर्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई यही कुरा भनिदेओ, ‘तपाईंले सुन्‍नुभएको वचनको विषयमा परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: