२ पत्रुस 1:10

अनलक शाब्दिक बाइबल

त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्‍चित गर्नको लागि सक्दो प्रयास गर । तिमीहरूले त्यो गर्‍यौ भने, तिमीहरू लोट्नेछैनौ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ पत्रु 3:17 : 17 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ ।
  • इब्रा 6:11 : 11 अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही पूर्ण निश्‍चयता देखाओ ।
  • १ यूह 3:19-21 : 19 यसैद्वारा हामी सत्यका हौँ भन्‍ने जान्दछौँ र हाम्रो हृदयलाई उहाँको सामुन्‍ने निश्‍चय गर्छौं । 20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्‍नुहुन्छ । 21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्‍वरप्रति दृढ छौँ ।
  • रोमी 8:28-31 : 28 हामी जान्दछौँ, कि परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् (नोटः केही पुरानो संस्करणमा यस्तो छ) सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् । 29 किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्‍नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्‍ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्‍ति गर्नुभयो । 30 जसलाई उहाँले पहिले नै नियुक्‍ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्‍याउनुभयो । जसलाई उहाँले धर्मी ठर्‍याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो । 31 त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्‍वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र?
  • मीका 7:8 : 8 ए मेरो शत्रु, मलाई देखेर रमाहट नगर् । म लडेपछि, फेरि उठ्नेछु । जब म अन्धकारमा बस्दछु, परमप्रभु मेरो निम्ति ज्योति हुनुहुनेछ ।
  • मत्त 7:24-25 : 24 त्यसकारण, हरेक जसले मेरा वचन सुन्छ र ती पालन गर्छ, त्यो बुद्धिमान् मानिसजस्तै हुनेछ जसले आफ्नो घर चट्टानमाथि बनायो । 25 पानी पर्‍यो, बाढी आयो, र हुरी आयो र त्यस घरलाई हान्यो, तर त्यो घर ढलेन, किनकि त्यो घर चट्टानमाथि बनाइएको थियो ।
  • १ पत्रु 1:5 : 5 अन्तिम समयमा प्रकट हुने उद्धारको निम्ति तिमीहरू विश्‍वासद्वारा परमेश्‍वरको शक्‍तिले सुरक्षित राखिएका छौ ।
  • २ पत्रु 1:5 : 5 यसैकारण, तिमीहरूको विश्‍वासद्वारा सद्गुण, सद्गुणद्वारा ज्ञान थप्‍न सक्दो प्रयत्‍न गर ।
  • २ तिमो 2:19 : 19 तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” ।
  • लू 6:47-49 : 47 हरेक व्यक्‍ति जो मकहाँ आउँछ र मेरा वचन सुन्छ र पालन गर्छ, म तिमीहरूलाई भन्दछु, ऊ कस्तो मानिस हो । 48 ऊ एक जना घर बनाउने मानिसजस्तो हो, जसले जमिन गहिरो गरी खन्यो र घरको जग बलियो चट्टानमाथि बसाल्यो । जब जलप्रवाह भयो, तब बाढी उर्ली आएर त्यस घरलाई प्रहार गर्‍यो, तर त्यसलाई हल्लाउन सकेन, किनभने त्यो राम्ररी बनाइएको थियो । 49 तर एक जना मानिस जसले मेरा वचनहरू सुन्छ र पालन गर्दैन्, त्यो मानिस जमिनमाथि विनाजग घर बनाउने मानिसजस्तो हो । जब जलप्रवाह उर्ली आयो र त्यस घरलाई प्रहार गर्‍यो तब त्यो घर तुरुन्तै ढली हाल्यो र त्यस घरको पुरै विनाश भयो ।
  • प्रेरि 20:24-25 : 24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ । 25 र अब हेर्नुहोस्, मलाई थाहा छ कि तपाईंहरू सबै जसलाई मैले राज्यको प्रचार गरेँ, तपाईंहरूले अब उसो मेरो मुहार कहिल्यै देख्‍नुहुनेछैन ।
  • भजन 15:5 : 5 त्यसले रुपियाँ दिंदा ब्याज लिंदैन । निर्दोषको विरुद्ध साक्षी दिन त्यसले घूस लिंदैन । यी कुरा गर्नेहरू कहिल्यै डग्‍नेछैनन् ।
  • भजन 37:24 : 24 त्‍यसले ठेस खान्‍छ, तापनि त्यो ढल्नेछैन, किनकि परमप्रभुले त्यसलाई आफ्नो बाहुलिले समात्‍नुहुन्‍छ ।
  • भजन 62:2 : 2 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ । म धेरै डग्‍नेछैन ।
  • भजन 62:6 : 6 उहाँ मात्र मेरो चट्टान र मेरो उद्धार हुनुहुन्छ । उहाँ मेरो अग्‍लो धरहरा हुनुहुन्छ । म डग्‍नेछैन ।
  • भजन 112:6 : 6 किनकि त्यो कहिल्यै डग्‍नेछैन । धर्मी व्यक्‍तिको सम्झना सधैं हुनेछ ।
  • भजन 121:3 : 3 उहाँले तिम्रो खुट्टा चिप्‍लन दिनुहुनेछैन । तिमीलाई सुरक्षा दिनुहुने, उहाँ उँघ्‍नुहुनेछैन ।
  • यशा 56:2 : 2 त्‍यसो गर्ने र त्‍यसलाई दह्रोसित समात्‍ने मानिस धन्यको हो । उसले शबाथ-दिनलाई अपवित्र नपारी त्‍यसको पालन गर्छ र कुनै खराबी गर्नबाट आफ्नो हातलाई अलग राख्छ ।
  • १ थेस 1:3-4 : 3 हामी निरन्तर रूपमा तिमीहरूको विश्‍वासको काम, प्रेमको परिश्रम र आत्मविश्‍वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्‍वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्‍टमा भएको भविष्यको कारणले गर्दा हो । 4 परमेश्‍वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ ।
  • २ थेस 2:13-14 : 13 प्रभुका प्रिय भाइहरू हो, हामीले प्रभुलाई तिमीहरूका लागि धन्यवाद दिनुपर्छ किनभने परमेश्‍वरले आत्माको शुद्धतामा र सत्यताको विश्‍वासमा उद्धारको पहिलो फलझैँ तिमीहरूलाई चुन्‍नुभयो, 14 हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्‍त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो ।
  • इब्रा 6:19 : 19 हामीसित हाम्रो आत्मा सुरक्षित र भरपर्दो निश्‍चयतामा गाडिएको छ, यस्तो निश्‍चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ ।
  • १ पत्रु 1:2 : 2 येशू ख्रीष्‍टप्रतिको आज्ञाकारिता र उहाँको रगतको छिट्काइको निम्ति परमेश्‍वर पिताको पूर्वज्ञानअनुसार पवित्र आत्माको शुद्धिकरणद्वारा चुनिएकाहरू । तिमीहरूमा अनुग्रह होस् र तिमीहरूको शान्तिको वृद्धि होस् ।
  • प्रका 3:10-11 : 10 तिमीले मेरो वचन धैर्यसाथ पालन गरेका हुनाले पृथ्वीमा जिउनेहरूको जाँच आउँदा सारा संसारमा आइपर्ने विपत्तिको घडीमा पर्नबाट म पनि तिमीलाई जोगाउनेछु । 11 म चाँडै आउँदै छु । तिमीसँग जे छ त्यसलाई बलियो गरी पक्रिराख ताकि तिम्रो मुकुटलाई कसैले लिएर जान नसकोस् ।
  • प्रका 22:14 : 14 आफ्ना वस्‍त्र धुनेहरू धन्यका हुन् ताकि तिनीहरूले जीवनको रुखबाट खान र ढोकाहरूबाट सहरमा पस्‍ने अधिकार पाउन सकून् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 81%

    11त्यसकारण, हाम्रा प्रभु येशू ख्रीष्‍टको अनन्त राज्यमा प्रवेशको निम्ति तिमीहरूले प्रशस्त अनुमति पाउनेछौ ।

    12यसैले, तिमीहरूलाई यी कुराहरू थाहा भएर अहिले तिमीहरू यो सत्यतामा बलियो भए तापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैँ तयार छु ।

  • २ पत्रु 1:7-9
    3 पदहरू
    79%

    7तिमीहरूको ईश्‍वरभक्तिद्वारा भातृ-स्‍नेह, र भातृ-स्‍नेहद्वारा प्रेम ।

    8यदि यी कुरा तिमीहरूमा छन्, र तिमीहरूमा प्रशस्त हुँदै जान्छन् भने प्रभु येशू ख्रीष्‍टको ज्ञानमा तिमीहरू बाँझो वा निष्फल हुनेछैनौ ।

    9तर जोसँग यी कुराको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, ऊ अन्धो हो । उसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ ।

  • 14त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर ।

  • २ पत्रु 1:3-5
    3 पदहरू
    75%

    3आफ्नै महिमा र सद्गुणद्वारा हामीलाई बोलाउनुहुने परमेश्‍वरको ज्ञानद्वारा हामीलाई ईश्‍वरीय शक्तिको जीवन र धार्मिकताको निम्ति आवश्यक पर्ने सबै कुरा दिइएको छ ।

    4यी कुराहरूद्वारा उहाँले हामीलाई बहुमूल्य र महान् प्रतिज्ञाहरू दिनुभएको छ । तिमीहरू संसारका कुइच्छाबाट आउने भ्रष्‍टताबाट उम्केर ईश्‍वरीय स्वभावमा सहभागी हुन सक भनेर उहाँले यस्तो गर्नुभयो ।

    5यसैकारण, तिमीहरूको विश्‍वासद्वारा सद्गुण, सद्गुणद्वारा ज्ञान थप्‍न सक्दो प्रयत्‍न गर ।

  • 12यसैकारण, कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि ऊ नलडोस् ।

  • 75%

    17त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ ।

    18तर हाम्रा प्रभु र मुक्तिदाता येशूको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस्! आमेन ।

  • 24अब तिमीहरूलाई लडखडाउनदेखि जोगाउन सक्‍नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने,

  • 4परमेश्‍वरबाट प्रेम पाएका भाइहरूलाई, तिमीहरूको बोलावट हामीलाई थाहा छ ।

  • 11अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही पूर्ण निश्‍चयता देखाओ ।

  • 8आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक ।

  • 10तिमीहरूको केही समयको कष्‍टपछि तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ ।

  • 15यी कुराहरूको ख्याल राख । तिनीहरूमा लागिबस, ताकि तिम्रो प्रगति सबै मानिसहरूको सामू प्रकट होस् ।

  • 15मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैँ सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।

  • 1¶ त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन ।

  • 13त्यसकारण, तिमीहरूका मनलाई बाँध । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्‍ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख ।

  • १ कोरि 1:7-8
    2 पदहरू
    71%

    7ताकि तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् ।

    8तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष हुन सक भन्‍ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै सुदृढ राख्‍नुहुनेछ ।

  • 10म यसको निम्ति प्रार्थना गर्छु, ताकि जे असल छ ती कुराहरू तिमीहरूले पारख गरेर छान्‍न सक । म यसको निम्ति प्रार्थना गर्छु, ताकि तिमीहरू ख्रीष्‍टको दिनमा इमानदार र दोषरहित रहन सक ।

  • १ पत्रु 1:6-7
    2 पदहरू
    71%

    6अहिले तिमीहरूले विभिन्‍न किसिमका धेरै कष्‍टको अनुभव गर्न जरुरी भए तापनि तिमीहरू यसमा रमाउँछौ ।

    7तिमीहरूको विश्‍वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्‍वास आगोमा नष्‍ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्‍ट प्रकट हुनुहुँदा तिमीहरूको विश्‍वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्‍न गरोस् भनेर यसो भएको हो ।

  • 17जसले प्रत्येक व्‍यक्तिलाई उसको कामअनुसार भेदभाव नगरी न्याय गर्नुहुनेलाई तिमीहरू “पिता” भन्छौ भने, आफ्नो यात्राको समय आदरमा बिताओ ।

  • 11सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ ।

  • 15होसियार रहो, ताकि परमेश्‍वरको अनुग्रहबाट कोही पनि वञ्‍चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् ।

  • 9हामीले यस प्रकारले बोले, तापनि प्रिय हो, हामीलाई तिमीहरूका असल थोकहरूले प्रभावित परेका छन्, र त्यो कुरा उद्धारको विषयमा हो ।

  • 10हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्‍न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्‍वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।

  • 20यदि कसैले हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्‍टलाई चिनेर यस संसारका दूषित गराउने कुराबाट उम्किसकेपछि पनि फेरि त्यहीँ फर्कन्छ भने त्यसको अवस्था पहिलेको भन्दा खराब हुन्छ ।

  • 11यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना र विश्‍वासको हरेक काम शक्‍तिद्वारा पुरा गरून् ।

  • 15सत्यको वचनलाई होसियारीसाथ प्रयोग गर्ने शर्माउन नपर्ने कामदारजस्तै परमेश्‍वरको उपस्थितिमा स्वीकारयोग्य हुन भरमग्दुर प्रयत्‍न गर ।

  • 22सत्यताको आज्ञाकारिताद्वारा निष्कपट भातृ-प्रेमको निम्ति तिमीहरूले आफ्नो प्राण शुद्ध बनायौ । त्यसैले, आफ्नो हृदयबाट एक-अर्कालाई प्रेम गर ।

  • 9अहिले तिमीहरूले आफ्नै निम्ति तिमीहरूको विश्‍वासको प्रतिफल पाइरहेका छौ, जुनचाहिँ तिमीहरूका प्राणको मुक्ति हो ।

  • 10यस कुरामा म तिमीहरूलाई सल्लाह दिन्छु जसले तिमीहरूलाई सहयोग मिल्नेछ । एक वर्षअघि तिमीहरूले केही कुरा सुरु मात्र गरेनौ, तर त्यो गर्ने चाहना पनि गर्‍यौ ।

  • 12कि तिमीहरू परमेश्‍वरको योग्यको भएर हिँड्न सक जसले तिमीहरूलाई उहाँको राज्य र महिमामा बोलाउनुहुन्छ ।

  • 4किनकि कहिल्यै नष्‍ट नहुने ईश्‍वरीय उत्तराधिकारमा कहिल्यै दाग लाग्दैन र यो कहिल्यै बिलाएर पनि जाँदैन । यो तिमीहरूका निम्ति स्वर्गमा संरक्षित छ ।

  • 19हामीसँग भएको अगमवाणीको वचन अझ निश्‍चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्‍जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्‍जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ ।

  • 6यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्‍टको असल सेवक हुनेछौ । किनकि तिमी विश्‍वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।

  • 2ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।

  • 19तथापि यस छाप सहितको परमेश्‍वरको दृढ जग स्थिर रहन्छ, “प्रभुले आफ्नाहरूलाई चिन्‍नुहुन्छ” र “जसले उहाँको नाउँ लिन्छ, त्यो सबै अधर्मबाट टाढा रहोस्” ।

  • 11त्यसकारण, हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्‍न गरौँ, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे ।

  • 21तिमीहरू आफैँलाई परमेश्‍वरको प्रेममा राख, हाम्रा प्रभु येशू ख्रीष्‍टको कृपाको निम्ति प्रतिक्षा गर जसले तिमीहरूकहाँ अनन्त जीवन ल्याउँदछ ।

  • 7तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्‍वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख ।

  • 13आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ । त्यसैले, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् ।

  • 8यी वचनहरू विश्‍वासयोग्य छन् । तिमी यी कुराहरूबारे ‍दृढतासाथ बलेको म चाहन्छु, ताकि परमेश्‍वरमा भरोसा गर्नेहरूले उहाँले तिनीहरूका सामु राख्‍नुभएको असल कामहरूतिर तिनीहरूका मन लगाऊन् । यी कुराहरू सबै मानिसहरूका लागि असल र फाइदाजनक छन् ।

  • 14हाम्रा सुसमाचारद्वारा प्रभु येशूको महिमा प्राप्‍त गर्न सक भनी उहाँले तिमीहरूलाई यसतर्फ बोलाउनुभयो ।

  • 3यदि प्रभु भला हुनुहुन्छ भनी तिमीहरूले चाखेका छौ भने,