१ कोरिन्थीहरू 10:12
यसैकारण, कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि ऊ नलडोस् ।
यसैकारण, कसैले म खडा छु भनी सोच्छ भने होसियार रहोस् ताकि ऊ नलडोस् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
11हाम्रो निम्ति उदाहरणको लागि तिनीहरूमाथि यी कुराहरू भए । यी हाम्रो शिक्षाको निम्ति लेखिएका हुन्– हाम्रो निम्ति जसमा युगको अन्त्य आएको छ ।
17त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्वासयोग्यतालाई नगुमाओ ।
10त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्चित गर्नको लागि सक्दो प्रयास गर । तिमीहरूले त्यो गर्यौ भने, तिमीहरू लोट्नेछैनौ ।
9तर होसियार होओ । तिम्रो स्वतन्त्रता कमजोर विश्वास भएकाहरूलाई ठेसको कारण नबनोस् ।
10मानौँ, जो कोही ज्ञान भएको व्यक्तिले तिमीले मन्दिरमा बसेर खानेकुरा खाइरहेको देख्यो भने के उसको कमजोर विवेकले त्यो उसलाई मूर्तिलाई चढाइएको खानेकुरा खान आँट नदेला?
12भाइहरू हो, होसियार बस । त्यसैले, तिमीहरूमध्ये कोही पनि दुष्ट हृदय र अविश्वासी नहोस्, जुन हृदयले जीवित परमेश्वरबाट तर्काएर टाढा नलैजाओस् ।
11त्यसकारण, हामी त्यस विश्राममा प्रवेश गर्नका निम्ति प्रयत्न गरौँ, ताकि कोही पनि त्यस प्रकारको अनाज्ञाकारितामा नपरोस् जसरी तिनीहरू परे ।
40यसैकारण होसियार हुनुहोस्, अगमवक्ताले बोलेको यो कुरा तपाईंहरूमाथि आइनपरोस्:
15होसियार रहो, ताकि परमेश्वरको अनुग्रहबाट कोही पनि वञ्चित हुन नपरोस्, र तिक्तताको जरा उम्रिएर कसैलाई पनि दुःख नदियोस्, र यसले धेरैलाई दोषी नबनाओस् ।
1¶ त्यसकारण, हामीले जे सुनेका छौँ त्यसमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । त्यसैले, यसबाट बहकिएर हामी टाढा जानुहुँदैन ।
13मानव-जातिमा आउने परीक्षाभन्दा तिमीहरू फरक परीक्षामा परेका छैनौँ । तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ । उहाँले तिमीहरूलाई तिमीहरूको शक्तिभन्दा बाहिरको परीक्षामा पर्न दिनुहुन्न । तिमीहरूले तिनलाई सहन सक भनेर उहाँले परीक्षाको साथमा त्यसबाट उम्किने उपाय पनि प्रदान गर्नुहुन्छ ।
14त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट अलग बस ।
6तिनी नयाँ विश्वासी हुनुहुँदैन ताकि तिनी घमण्डी भएर शैतानझैँ दण्डमा नपरून् ।
1¶ यसकारण, हामी निकै होसियार होऔँ ताकि हामीमध्ये कोही पनि परमेश्वरको विश्राममा प्रवेश गर्ने प्रतिज्ञा हुँदा हुँदै विश्राम गर्नदेखि वञ्चित हुन नपरोस् ।
9निष्ठामा हिँड्ने सुरक्षामा हिँड्छ, तर आफ्ना मार्गहरूलाई टेडो बनाउने पक्राउमा पर्ने छ ।
3किनकि यदि कसैले आफू कुनै महत्त्वको नहुँदा नहुँदै पनि केही हुँ भनी ठान्दछ भने, त्यसले आफैँलाई धोका दिन्छ ।
24अब तिमीहरूलाई लडखडाउनदेखि जोगाउन सक्नुहुने र उहाँको महिमामय उपस्थितिको सामु निष्कलङ्क बडो रमाहटसँग तिमीहरूलाई खडा हुन सक्षम बनाउनुहुने,
31जीवित परमेश्वरको हातमा पर्नु डरलाग्दो कुरा हो ।
8आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक ।
9हामीले ख्रीष्टको परीक्षा गर्नुहुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्ट भए ।
18कसैले आफैँलाई धोका नदेओस् । यदि तिमीहरूमध्ये कसैले आफूलाई यस युगमा बुद्धिमान् सम्झन्छ भने त्यसले आफूलाई “मूर्ख” सम्झोस्, र त्यो बुद्धिमान् हुनेछ ।
10परमेश्वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्तिले कसरी बनाउँदै छ भन्ने बारेमा सावधान रहनुपर्छ ।
12त्यसकारण, लत्रेका हातहरू र र्दुबल घुँडाहरू बलियो बनाओ ।
13आफ्ना खुट्टाका लागि बाटो सिधा बनाओ । त्यसैले, जे लङ्गडो छ, त्यो नखुस्कियोस्, बरु निको होस् ।
12यसैले, हामी हरेकले परमेश्वर स्वयम्लाई लेखा दिनुपर्नेछ ।
13यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्नो भाइको निम्ति ठेस लाग्ने थोक वा पासो राख्नेछैनौँ ।
21किनकि परमेश्वरले प्राकृतिक हाँगाहरूलाई त छोड्नुभएन भने, उहाँले तिमीहरूलाई पनि छोड्नुहुनेछैन ।
10कष्टको दिनमा तँ डरले कमजोर भइस् भने तेरो शक्ति क्षीण हुने छ ।
16ध्यान देओ, नत्रता तिमीहरू ठगिने छौ र अन्तैतिर लागेर अन्य देवताहरूको पुजा गर्ने छौ र तिनीहरूको सामु निहुरने छौ ।
5चैनमा बस्नेको विचारले दुर्भाग्यलाई घृणा गरिन्छ । चिप्लेकाहरूलाई अझै बढी दुर्भाग्य ल्याउने गरी उसले विचार गर्छ ।
7जे कुरा तिमीहरूको अगाडि स्पष्ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्टको हो भन्ने कुरामा विश्वस्त छ भने, ऊ ख्रीष्टको भए जस्तैहामी पनि ख्रीष्टका हौँ भन्ने कुरा आफैँलाई याद दिलाओस् ।
13सतर्क रहो; विश्वासमा दृढ बस; मानिसजस्तै बन र सामर्थी बन ।
11आज मैले तिमीहरूलाई दिएका उहाँका आज्ञाहरू, उहाँका विधिविधानहरूलाई बेवास्ता नगर्न र परमप्रभु तिमीहरूका परमेश्वरलाई नभुल्न होसियार होओ ।
1¶ भाइहरू हो, यदि कुनै मानिसले पाप गरेको फेला परेमा, तिमीहरूमध्येका आत्मिक व्यक्तिहरूले चाहिँ नम्रताको आत्मामा त्यस व्यक्तिलाई पुनर्स्थापित गर्नुपर्छ । तिमीहरू आफैँ परीक्षामा नपर्नको निम्ति आफ्नो ख्याल गर ।
15त्यसकारण तिमी कसरी हिँड्छौ भन्ने कुरामा होसियार होओ, मूर्ख जस्तो होइन तर बुद्धिमानजस्तो ।
26तेरो खुट्टाको लागि नैतिकताको मार्ग बना । तब तेरा सबै मार्गहरू सुरक्षित हुने छन् ।
13यसकारण परमेश्वरको सबै हातहतियार धारण गर, ताकि यस दुष्ट समयमा दुष्टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक । यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ ।
18विनाशअगि घमण्ड आउँछ, र पतनअगि हठी आत्मा आउँछ ।
12हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ । तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन्, र एक अर्कासँग तुलना गर्दछन्, तिनीहरूसँग अन्तर्दृष्टि हुँदैन ।
7त्यस्तो व्यक्तिले परमप्रभुबाट कुनै पनि कुरा पाउनेछु भनी नसोचोस् ।
24हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्ने कुरालाई विचार गरौँ ।
3त्यसैले, पापीहरूबाट उहाँको विरुद्धमा भएका वादविवाद सहनुहुनेलाई विचार गर । त्यसकारण, तिमीहरू आफ्ना हृदयमा शिथिल नहोओ र हरेस नखाओ ।
36यदि उनी अचानक आइपुगे भने, उनले तिनीहरूलाई सुतिरहेको नभेट्टाऊन् ।
6तिनीहरूले जस्तै हामीले दुष्ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।
16आफैँलाई र आफ्नो शिक्षालाई होसियारीसाथ ध्यान देऊ । यी कुराहरूमा निरन्तर ध्यान देऊ किनकि यसो गर्नाले तिमीले आफुलाई र तिम्रो वचन सुन्नेहरूलाई बचाउने छौ ।
6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्लोसले यी सिद्धान्तहरू प्रयोग गर्यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।
10किनभने लेखिएको छ, तपाईंको सुरक्षा र वास्ता गर्न ‘उहाँले आफ्ना दूतहरूलाई आज्ञा गर्नुहुनेछ ।’
29नत्रभने, उसले जग बसालिसकेपछि निर्माण सम्पन्न गर्न सकेन भने, यसलाई देख्ने सबैले उसको गिल्ला गर्नेछन् र
16मेरा प्रिय भाइहरू हो, धोकामा नपर ।
9ढुङ्गा काट्नेलाई ढुङ्गाले नै चोट पुर्याउन सक्छ, र दाउरा काट्ने दाउराद्वारा नै खतरामा पर्छ ।