२ पत्रुस 1:21
किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर परमेश्वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्याइएका मानिसहरूबाट आयो ।
किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर परमेश्वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्याइएका मानिसहरूबाट आयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
19हामीसँग भएको अगमवाणीको वचन अझ निश्चित भएको छ, जसलाई तिमीहरू पालना गर्न उत्तम प्रयास गर्छौ । यो उज्यालो नहुञ्जेल र तिमीहरूका हृदयमा बिहानको तारा नआउञ्जेल अन्धकारमा चम्कने बत्तीजस्तै छ ।
20तिमीहरूले पहिले यो जान कि लेखिएको भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन ।
1¶ प्राचीन कालमा परमेश्वर विभिन्न समयमा विभिन्न प्रकारले हाम्रा पिता पुर्खाहरूसँग अगमवक्ताहरूद्वारा बोल्नुभयो ।
5हाम्रो सुसमाचार तिमीहरूकहाँ कसरी आयो, वचनमा मात्र होइन, तर शक्तिमा, पवित्र आत्मामा, र धेरै निश्चयतामा । तिमीहरूका खातिर हामी कस्ता मानिसहरू हौँ, सो तिमीहरूलाई थाहा छ ।
16सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ,
17ताकि परमेश्वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।
10परमेश्वरले पवित्र आत्माद्वारा हामीलाई यी कुराहरू प्रकट गर्नुभएको छ । किनकि आत्माले हरेक कुराको खोजी गर्नुहुन्छ, उहाँले परमेश्वरका गहिरा कुराहरूको पनि खोजी गर्नुहुन्छ ।
11मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्न सक्छ? यसरी नै, परमेश्वरका आत्माबाहेक कसैले पनि परमेश्वरका गहिरा कुराहरू बुझ्दैन ।
12तर हामीले संसारको आत्मा पाएका छैनौँ, तर परमेश्वरका आत्मा पाएका छौँ, ताकि परमेश्वरले हामीलाई सित्तैँमा दिनुभएका कुराहरू हामीले जान्न सकौँ ।
13हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ ।
14परमेश्वरका आत्माका कुराहरू अनात्मिक व्यक्तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्न सकिन्छ ।
5यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ ।
2उहाँले आफ्ना अगमवक्ताहरूद्वारा पहिले नै पवित्र धर्मशास्त्रमा प्रतिज्ञा गर्नुभएको सुसमाचार यही हो ।
16तर अगमवक्ता योएलद्वारा यो कुरा बोलिएको छः
10त्यसैले परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूद्वारा यसो भन्नुभयो,
16किनकि हामीले येशू ख्रीष्टको शक्ति र आगमनको बारेमा तिमीहरूलाई बताउँदा धूर्ततासँग रचिएका दन्त्यकथाहरूलाई पछ्याएनौँ, तर हामी उहाँको वैभवको प्रत्यक्ष साक्षी थियौँ ।
18उहाँले सृष्टि गर्नुभएका सबै कुरामध्ये हामी पहिलो फलझैँ हुन सकौँ भनेर परमेश्वरले सत्यको वचनद्वारा हामीलाई जीवन दिनलाई चुन्नुभयो ।
1¶ तब परमप्रभुको वचन यसो भनेर मकहाँ आयोः
36के परमेश्वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?
2“परमप्रभुको आत्मा मद्वारा बोल्नुभयो र उहाँको वचन मेरो जिब्रोमा थियो ।
2ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।
19यी फुट ल्याउने मानिसहरू हुन् । तिनीहरू सांसारिक हुन् र तिनीहरूसँग पवित्र आत्मा छैन ।
20तर मेरा प्रियहरू, तिमीहरू आफैँलाई सबैभन्दा पवित्र विश्वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर ।
4र मेरा सन्देश र घोषणा ज्ञानको आकर्षक वचनहरूमा थिएनन् । बरु, ती पवित्र आत्मा र शक्तिको प्रदर्शनमा थिए ।
5तिमीहरूको विश्वास मानिसहरूको बुद्धिमा होइन, तर परमेश्वरको शक्तिमा भएको होस् ।
16किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।”
32अगमवक्ताका आत्माहरू अगमवक्ताकै नियन्त्रणमा हुन्छन् ।
10अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए ।
11तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्टका कष्टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो ।
12यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।
13यिनीहरू न रगतले, न शारीरिक इच्छाअनुसार, न मानिसको इच्छाअनुसार नै जन्मेका थिए, तर परमेश्वरबाट जन्मेका थिए ।
20किनभने मानिसको रिसले परमेश्वरको धार्मिकताको काम गर्दैन ।
11जब उनीहरूले तिमीहरूलाई गिरफ्तार गर्छन् र सुम्पन्छन्, तिमीहरूले के बोल्ने भनी चिन्ता नगर । किनभने त्यो समय तिमीहरूले के बोल्नुपर्ने हो, सो तिमीहरूलाई दिइनेछ; त्यस बेला बोल्ने तिमीहरू होइनौ, तर पवित्र आत्मा हुनुहुनेछ ।
13परीक्षामा पर्दा “यो परीक्षा परमेश्वरबाट आएको हो” भनी कसैले पनि नभनोस् किनभने दुष्टबाट परमेश्वरको परीक्षा हुँदैन र उहाँ आफैँले पनि कसैको परीक्षा गर्नुहुन्न ।
2किनभने अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्वरसँग बोल्दछ । उसले गुप्त कुराहरूलाई आत्मामा बोल्दछ र उसको कुरा कसैले पनि बुझ्न सक्दैन ।
3तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ ।
1¶ धेरैले हाम्रा बिचमा घटेका र पुरा भएका यी घटनाहरूको विवरण लेख्ने प्रयास गरेका छन् ।
4तर जसरी परमेश्वरले हामीहरूलाई सुसमाचार सुम्पिएको व्यक्तिको रूपमा स्वीकृति दिनुभएको छ, त्यसैले हामी मानिसलाई होइन तर हाम्रो हृदय जाँच्नुहुने परमेश्वरलाई खुसी पार्नलाई बोल्छौँ ।
1¶ आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो ।
2पृथ्वी निराकार र शून्य थियो । समुद्रको सतहमाथि अन्धकार थियो । परमेश्वरका आत्मा सारा समुद्रमाथि परिभ्रमण गर्दै हुनुहुन्थ्यो ।
20येशू संसारको जग बसालिनुभन्दा पहिले नै छानिनुभएको थियो, तर यी अन्तिम समयहरूमा उहाँ तिमीहरूका निम्ति प्रकट हुनुभएको छ ।
13यही कारणको निम्ति हामी परमेश्वरलाई निरन्तर धन्यवाद दिन्छौँ । किनभने तिमीहरूले जब हामीबाट परमेश्वरको वचन, सन्देशको वचन पायौ तिमीहरूले मानिसको वचनको रूपमा मात्र ग्रहण गरेनौ, तर साँच्चै परमेश्वरको वचनको रूपमा नै ग्रहण गर्यौ
20किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ ।
11भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।
4तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।
70प्राचीन कालमा उहाँका पवित्र अगमवक्ताहरूका मुखद्वारा बोल्नुभए झैँ भयो ।
7निश्चय नै परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूलाई आफ्नो योजना प्रकट नगर्नुभएसम्म उहाँले केही पनि गर्नुहुनेछैन ।
1¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
5धेरै वर्षअगि वचनद्वारा नै स्वर्ग र पृथ्वी पानीबाट बनाइएका थिए भन्ने कुरा तिनीहरू स्वेच्छाले बिर्सन्छन् ।
3त्यसकारण, तिमीहरूले यो जान भन्ने म चाहन्छु कि परमेश्वरका आत्माद्वारा बोल्ने कसैले पनि “येशू श्रापित होस् भन्दैन ।” पवित्र आत्माद्वारा बाहेक कसैले पनि “येशू नै प्रभु हुनुहुन्छ” भन्न सक्दैन ।