१ कोरिन्थीहरू 14:32

अनलक शाब्दिक बाइबल

अगमवक्‍ताका आत्माहरू अगमवक्‍ताकै नियन्‍त्रणमा हुन्छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ यूह 4:1 : 1 ¶ प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्‍ताहरू संसारमा आइसकेका छन् ।
  • १ शमू 10:10-13 : 10 जब तिनीहरू डाँडामा आए, अगमवक्ताको एक समूहले तिनलाई भेटे र परमेश्‍वरको आत्मा तिनीमाथि आउनुभयो ताकि तिनले उनीहरूसँगै भविष्यवाणी बोले । 11 जब तिनलाई पहिले चिनेकाहरूले हरेकले तिनलाई अगमवक्ताहरूका साथमा अगमवाणी बोलिरहेको देखे, तब मानिसहरूले एक-आपसमा भने, “कीशका छोरालाई के भएको छ? के शाऊल अब अगमवक्ताहरूमध्ये एक जना भएछन्?” 12 त्यही ठाउँका एक जना मानिसले जवाफ दिए, “तब तिनका बुबा को हुन?” यही कारणले गर्दा “के शाऊल पनि अगमवक्ताहरूमध्ये एक जना भएछन्?” भन्‍ने भनाइ चल्‍यो । 13 जब तिनले अगमवाणी बोलेर सके, तब तिनी उच्‍च स्थानमा आए ।
  • १ शमू 19:19-24 : 19 शाऊललाई यसो भनेर खबर गरियो, “हेर्नुहोस्, दाऊद रामाको नैयोतमा छन् ।” 20 तब शाऊलले दाऊदलाई समात्‍न दूतहरू पठाए । अगमवक्ताहरूका समूहले अगमवाणी गरिरहेको र शमूएल तिनीहरूका अगुवाको रूपमा खडा भएका जब तिनीहरूले देखे, तब शाऊलका दूतहरूमाथि पनि परमेश्‍वरको आत्मा आउनुभयो र तिनीहरूले पनि अगमवाणी गरे । 21 जब शाऊललाई यो कुरा भनियो, तब उनले अरू दूतहरूलाई पठाए, र तिनीहरूले पनि अगमवाणी गरे । त्यसैले शाऊलले फेरि पनि तेस्रो पटक दूतहरूलाई पठाए र तिनीहरूले पनि अगमवाणी गरे । 22 त्यसपछि उनी पनि रामामा गए र सेकूमा भएको गहिरो इनारमा आए । उनले भने, “शमूएल र दाऊद कहाँ छन्?” कसैले भन्यो, “हेर्नुहोस्, तिनीहरू रामाको नैयोतमा छन् ।” 23 शाऊल रामाको नैयोतमा गए । तब परमेश्‍वरको आत्मा उनीमाथि आउनुभयो र जसै उनी जाँदै थिए, उनी रामाको नैयोतमा नपुगेसम्म नै उनले अगमवाणी गरे । 24 उनले आफ्ना लुगा फुकाले र शमूएलको सामु अगमवाणी गरे । उनी त्यो दिनभरि र रातभरि नाङ्गै बसे । यसैकारण तिनीहरूले भन्‍छन्, “के शाऊल पनि अगमवक्ताहरूकै माझमा छन्?”
  • २ राजा 2:3 : 3 बेथेलमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।”
  • २ राजा 2:5 : 5 तब यरीहोमा भएका अगमवक्ताहरूका छोराहरू एलीशाकहाँ आए र तिनलाई भने, “परमप्रभुले आज तपाईंका मालिकलाई तपाईंबाट लानुहुनेछ भनी के तपाईंलाई थाहा छ?” एलीशाले जवाफ दिए, “हो, मलाई थाहा छ, तर यसबारेमा कुरा नगर ।”
  • अय्यू 32:8-9 : 8 तर मानिसमा एउटा आत्मा हुन्छ । सर्वशक्तिमान्‌को सासले उसलाई सुझबुझ दिन्छ । 9 महान् मानिसहरू मात्र बुद्धिमान् हुँदैनन्, न त पाका मानिसहरूले मात्र न्यायलाई बुझ्छन् । 10 यसैकारण म तपाईंहरूलाई भन्दछु, 'मेरो कुरा सुन्‍नुहोस् । म पनि तपाईंहरूलाई आफ्‍नो ज्ञान भन्‍नेछु ।’ 11 हेर्नुहोस्, मैले तपाईंहरूका कुरा सुनें । तपाईंहरूले के भन्‍ने भनी विचार गरिरहँदा मैले तपाईंका बहसहरू सुनें ।
  • यिर्मि 20:9 : 9 यसो भन्‍छु भने, 'म परमप्रभुको बारेमा फेरि विचार गर्दिन, म फेरि उहाँको नाउँमा बोल्दिनँ ।' तब त्यो मेरा हड्‍डीहरू भित्र थुनिराखेको, मेरो हृदयमा आगोजस्तो हुन्‍छ । त्‍यसैले म यसलाई भित्रै थुनिराख्‍न सङ्घर्ष गर्छु, तर म सक्दिनँ ।
  • प्रेरि 4:19-20 : 19 तर पत्रुस र यूहन्‍नाले उनीहरूलाई जवाफ दिए र भने, “परमेश्‍वरको नजरमा उहाँको भन्दा बढी तपाईंहरूको आज्ञापालन गर्नु उचित हो कि होइन, तपाईंहरू नै न्याय गर्नुहोस् । 20 किनकि हामीले देखेका र सुनेका कुराहरूको बारेमा हामी नबोली रहन सक्दैनौँ ।”
  • १ कोरि 14:29-30 : 29 दुई वा तिन जना अगमवक्‍ता बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् । 30 तर यदि त्‍यो सेवामा बसिरहेको कसैलाई अन्‍तर्दृष्‍टि प्राप्‍त भयो भने बोलिरहेको व्यक्‍ति चुप लागोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ कोरि 14:24-31
    8 पदहरू
    80%

    24तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्‍वासी वा बाहिरको व्यक्‍ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ ।

    25उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् । परिणामस्वरूप, उसले परमेश्‍वरको सामु घोप्टो परी आराधना गर्नेछ । उसले परमेश्‍वर साँच्‍चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।

    26भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।

    27यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा तिनले पालैपालो बोलून् । र कसैले बोलिएको कुराको अर्थ खोलोस् ।

    28तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने मण्डलीमा रहेको हरेक व्यक्‍ति चुप बसोस् । ऊ आफैँ र परमेश्‍वरसँग एकलै बोलोस् ।

    29दुई वा तिन जना अगमवक्‍ता बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् ।

    30तर यदि त्‍यो सेवामा बसिरहेको कसैलाई अन्‍तर्दृष्‍टि प्राप्‍त भयो भने बोलिरहेको व्यक्‍ति चुप लागोस् ।

    31किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्‍तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् र सबै जना नै उत्साहित बनून् ।

  • १ कोरि 14:36-37
    2 पदहरू
    72%

    36के परमेश्‍वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?

    37यदि कसैले आफैँलाई अगमवक्‍ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ ।

  • १ कोरि 14:39-40
    2 पदहरू
    72%

    39यसैले भाइहरू हो, अगमवाणी गर्ने दृढ चाहना गर र कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक ।

    40तर सबै कामहरू उचित तरिकाले र व्यवस्थित रूपमा गर ।

  • १ कोरि 14:1-3
    3 पदहरू
    71%

    1¶ प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी अगमवाणी बोल्ने चाहना गर ।

    2किनभने अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्दछ । उसले गुप्‍त कुराहरूलाई आत्मामा बोल्दछ र उसको कुरा कसैले पनि बुझ्‍न सक्दैन ।

    3तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ ।

  • १ कोरि 14:33-34
    2 पदहरू
    71%

    33किनकि परमेश्‍वर अन्योलका होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ । विश्‍वासीहरूका अन्य मण्डलीहरूमा भएजस्तै

    34स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।

  • यहे 13:1-3
    3 पदहरू
    70%

    1¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    2“ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन ।

    3परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नै आत्‍माका कुरा पछ्याउने तर केही पनि नदेख्‍ने मूर्ख अगमवक्ताहरूलाई धिक्‍कार ।

  • 1¶ प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्‍ताहरू संसारमा आइसकेका छन् ।

  • 69%

    16तर अगमवक्‍ता योएलद्वारा यो कुरा बोलिएको छः

    17‘परमेश्‍वर भन्‍नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन् ।

    18ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् ।

  • 20अगमवाणीलाई अवहेलना नगर ।

  • 5तिमीहरू सबै जना अन्य भाषा बोल भन्‍ने म चाहना गर्दछु । तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहना गर्दछु । (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ ।

  • 4वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ ।

  • 68%

    20तिमीहरूले पहिले यो जान कि लेखिएको भविष्यवाणी अगमवक्ताको आफ्नै तर्कबाट आउँदैन ।

    21किनकि कुनै पनि अगमवाणी मानिसहरूको इच्छाबाट आएन, तर परमेश्‍वरको तर्फबाट बोल्ने पवित्र आत्माद्वारा डोर्‍याइएका मानिसहरूबाट आयो ।

  • 16सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “तिमीहरूलाई अगमवाणी बोल्ने अगमवक्ताहरूका वचनहरू नसुन । तिनीहरूले तिमीहरूलाई भ्रमित तुल्याएका छन् । तिनीहरूले परमप्रभुको मुखबाट नभई आफ्नै समझबाट दर्शनहरूको घोषणा गर्दै छन् ।

  • १ कोरि 12:10-11
    2 पदहरू
    67%

    10एउटालाई शक्‍तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्‌ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ ।

    11तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।

  • 12तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।

  • 28जब सबै कुरा उहाँको अधीनमा राखिन्छन्, तब पुत्रको अधीनमा सबै कुराहरू राखिदिनेको अधीनमा उहाँ आफैँ आउनुहुनेछ । परमेश्‍वर पिता सबै कुरामा सर्वोच्‍च ठहरिन सक्‍नुभएको होस् भनेर यसो हुनेछ ।

  • 15मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु ।

  • 29के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्‍ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के हामी सबैले शक्‍तिशाली कार्यहरू गर्छौं?

  • 13हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्‍ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ ।

  • यो 2:28-29
    2 पदहरू
    67%

    28केही समयपछि सबै मानिसमाथि, म आफ्‍नो आत्मा खन्याउनेछु, र तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन् । तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन्, र तिमीहरूका जवान मानिसहरूले दर्शनहरू देख्‍नेछन् ।

    29साथै ती दिनहरूमा दासहरू र दासीहरूमा, म आफ्‍नो आत्माबाट खन्याउनेछु ।

  • 13अगमवक्ताहरू हावा हुनेछन्, र तिनीहरूमा वचन छैन । त्यसैले तिनीहरूले भनेका कुरा तिनीहरूमाथि नै आइपरून् ।”

  • 1¶ हरेक व्यक्‍ति उच्‍च अख्तियारको अधीनतामा रहोस्, किनभने परमेश्‍वरबाट आउने अधिकारबाहेक अरू कुनै अधिकार हुँदैन । जुन अधिकारीहरू छन्, तिनीहरू परमेश्‍वरद्वारा नियुक्त गरिएका हुन् ।

  • 14किनकि तिनीहरू दुष्‍टका आत्माहरू थिए जसले आश्‍चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्‍तिमान् परमेश्‍वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् ।

  • 16त्यस्ता मानिसहरू र हामीलाई काममा सहायता गर्ने अनि हामीसँग परिश्रम गर्नेहरूको अधीनमा रहो ।

  • 17परमप्रभु आत्मा हुनुहुन्छ । जहाँ परमप्रभुको आत्मा छ, त्यहाँ स्वतन्‍त्रता हुन्छ ।

  • 4कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ ।

  • 10किनकि परमप्रभुलले तिमीहरूमाथि गहिरो निद्राको आत्‍मा खन्याउनुभएको छ । उहाँले तिमीहरू अर्थात् अगमवक्ताहरूका आँखाहरू बन्द गर्नुभएको छ र तिमीहरू अर्थात् दर्शीहरूलाई शिरहरू ढाक्‍नुभएको छ ।

  • 1¶ अहिले आत्माले प्रष्‍टसँग भन्‍नुहुन्छ कि पछि आउने समयमा केही मानिसहरूले विश्‍वासलाई त्याग्‍नेछन् र छली आत्माहरू र भूतप्रेतका शिक्षाहरू तिर ध्यान दिनेछन् ।

  • 32यहूदा र सिलास पनि अगमवक्‍ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।

  • 22त्यसकारण, अन्य भाषा विश्‍वास नगर्नेहरूको लागि चिह्न हो, विश्‍वासीहरूको लागि होइन । तर अगमवाणीचाहिँ विश्‍वासीहरूका लागि चिह्न हो, विश्‍वास नगर्नेहरूका लागि होइन ।

  • 11यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्‍नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्‍ता हुनेछ ।