प्रेरितहरूको काम 15:32

अनलक शाब्दिक बाइबल

यहूदा र सिलास पनि अगमवक्‍ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रेरि 11:23 : 23 जब उनी आए र परमेश्‍वरको वरदानलाई देखे, तब उनी खुसी भए, र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए ।
  • प्रेरि 13:1 : 1 ¶ एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए ।
  • प्रेरि 14:22 : 22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए ।
  • १ पत्रु 5:12 : 12 म सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्छु र तिमीहरूलाई साक्षी दिन्छु कि मैले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ ।
  • प्रेरि 11:27 : 27 अब यी दिनहरूमा केही अगमवक्‍ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए ।
  • यशा 35:3-4 : 3 कमजोर हातहरूलाई बलियो बनाओ र काँप्‍ने घुँडाहरूलाई सिधा पार । 4 डराएका हृदय भएकाहरूलाई भन, “बलियो होओ, नडराओ! हेर, तिमीहरूका परमेश्‍वर सट्टा लिएर, परमेश्‍वरको इनाम लिएर आउनुहुनेछ । उहाँ आउनुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।”
  • दानी 11:1 : 1 ¶ मादी दाराको पहिलो वर्षमा, म आफैं मिखाएलको मदत र सुरक्षा गर्न आएँ ।
  • मत्त 23:34 : 34 त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।
  • लू 11:49 : 49 त्यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्‍ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् ।
  • प्रेरि 2:17-18 : 17 ‘परमेश्‍वर भन्‍नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन् । 18 ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् ।
  • प्रेरि 2:40 : 40 अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्‍ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ ।”
  • प्रेरि 15:1 : 1 ¶ यहूदियाबाट केही मानिसहरू आए र भाइहरूलाई यसो भन्दै सिकाए, “जबसम्म तपाईंहरूले मोशाको विधिअनुसार खतना गर्नुहुन्‍न, तबसम्म तपाईंहरू बाँच्‍न सक्‍नुहुन्‍न ।”
  • प्रेरि 15:22 : 22 त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास र सिलासलाई छानेर पावल र बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई कुरा असल लाग्यो ।
  • प्रेरि 15:41 : 41 र उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।
  • प्रेरि 18:23 : 23 त्यहाँ केही समय बिताएपछि पावल त्यहाँबाट फ्रिगिया र गलातिया क्षेत्रका सबै चेलाहरूलाई उत्साह दिँदै गए ।
  • प्रेरि 20:2 : 2 उनी ती क्षेत्रहरू भएर जाँदा त्यहाँका विश्‍वासीहरूलाई धेरै उत्साह दिँदै गए, त्यसपछि उनी ग्रीसतर्फ लागे ।
  • रोमी 12:6 : 6 हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, उसको विश्‍वासको परिमाणअनुसार गरोस् ।
  • रोमी 12:8 : 8 यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यसले होसियारीसाथ गरोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यसले यो प्रसन्‍न भएर गरोस् ।
  • १ कोरि 1:8 : 8 तिमीहरू हाम्रा प्रभु येशू ख्रीष्‍टको दिनमा निर्दोष हुन सक भन्‍ने हेतुले उहाँले तिमीहरूलाई अन्तिमसम्म नै सुदृढ राख्‍नुहुनेछ ।
  • १ कोरि 12:28-29 : 28 अनि परमेश्‍वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्‍ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्‍तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्‍तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्‍न भाषाका वरदान पाएकाहरूलाई नियुक्‍त गर्नुभएको छ । 29 के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्‍ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के हामी सबैले शक्‍तिशाली कार्यहरू गर्छौं?
  • १ कोरि 14:3 : 3 तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ ।
  • १ कोरि 14:29 : 29 दुई वा तिन जना अगमवक्‍ता बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् ।
  • १ कोरि 14:32 : 32 अगमवक्‍ताका आत्माहरू अगमवक्‍ताकै नियन्‍त्रणमा हुन्छन् ।
  • एफिसी 3:5 : 5 यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ ।
  • एफिसी 4:11-13 : 11 ख्रीष्‍टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू । 12 ख्रीष्‍टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्‍वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो । 13 विश्‍वासको एकता र परमेश्‍वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्छ । ख्रीष्‍टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्छ ।
  • १ थेस 2:11 : 11 तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैँ तिमीहरूलाई उत्साह, सान्त्वना दियौँ र गवाही दियौँ,
  • १ थेस 3:2 : 2 तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।
  • १ थेस 4:1 : 1 ¶ अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ ।
  • १ थेस 5:14 : 14 भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।
  • १ थेस 5:20 : 20 अगमवाणीलाई अवहेलना नगर ।
  • २ थेस 3:12 : 12 यस्ताहरूलाई हामी ख्रीष्‍ट येशूमा उत्साह र आज्ञा दिँदछौँ, ताकि तिनीहरू शान्तसँग काम गरून् र आफ्नै मेहनतद्वारा जीविकोपार्जन गरून् ।
  • १ तिमो 2:1 : 1 ¶ यसकारण, सर्वप्रथम म आग्रह गर्दछु कि सबै मानिसहरूको निम्‍ति अनुरोधहरू, प्रार्थनाहरू, अन्तरबिन्तीहरू र धन्यवाद चढाइऊन्,
  • २ तिमो 4:2 : 2 वचन प्रचार गर, सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ ।
  • तीत 2:6-9 : 6 त्यसै गरी जवान पुरुषहरूलाई समझदार हुनलाई आह्वान गर । 7 सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्‍ठा र निन्दा गर्न नसक्‍ने बोली-वचन देखाऊ । 8 सच्याउनु नै नपर्ने शब्दहरू बोल, तर यदि उनले तिम्रो विरोध गर्न प्रयास गरे भने हामी बारे भन्‍ने कुनै पनि खराब कुरा नभएकोले त्यसले कसैमाथि शर्म ल्याओस् । 9 दासहरूले हरेक कुरामा तिनीहरूका मालिकहरूका आज्ञा पालन गरून् । तिनीहरूले उनीहरूलाई खुसी पार्न प्रयास गर्नुपर्छ, र तिनीहरूसँग विवाद नगरून्, 10 र कुनै पनि थोक नचोरून्, तर तिनीहरूले असल विश्‍वास प्रकट गरून्, ताकि तिनीहरूले हाम्रा मुक्‍तिदाता परमेश्‍वरबारेको हाम्रो शिक्षालाई हरतरहले आकर्षक बनाऊन् । 11 हेर, हामीले खुसीसाथ आशा गरिरहेका अर्थात् हाम्रा महान् परमेश्‍वर र मुक्‍तिदाता येशू ख्रीष्‍टको महिमा प्रकट हुने कुरालाई हामीले प्राप्‍त गर्न प्रतिक्षा गर्दा, हरेककहाँ मुक्‍ति ल्याउन सक्षम परमेश्‍वरको अनुग्रह देखा परेको छ, 12 र हामीलाई अधार्मिकता र संसारिक इच्छाहरूलाई इन्कार गर्न अनि यस युगमा समझदार, 13 धार्मिक र ईश्‍वरीय जीवन जिउन तालिम दिन्छ । 14 येशूले हामीलाई अधार्मिकताबाट स्वतन्‍त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्यही गर्न इच्छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो । 15 यी कुराहरू भन, र उत्साह देऊ, र सारा अधिकारसहित सच्याऊ । तिमीलाई कसैले अनादर नगरोस् ।
  • १ पत्रु 5:1 : 1 ¶ सङ्गी-एल्डर र ख्रीष्‍टका कष्‍ट अनि प्रकट हुने महिमामा सहभागी भएको व्यक्‍तिको हैसियतले म तिमीहरूका माझमा भएका एल्डरहरूलाई आग्रह गर्दछु ।
  • १ पत्रु 5:10 : 10 तिमीहरूको केही समयको कष्‍टपछि तिमीहरूलाई ख्रीष्‍टमा उहाँको महिमामा बोलाउनुहुने सबै अनुग्रहका परमेश्‍वरले तिमीहरूलाई सिद्ध, स्थापित र बलियो बनाउनुहुनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 78%

    33उनीहरूले त्यहाँ केही समय बिताइसकेपछि भाइहरूको बिचबाट उनीहरूलाई पठाउनेहरूकहाँ शान्तिसाथ पठाइयो ।

    34(टिप्पणी: सबैभन्दा उत्तम प्राचीन पाण्डुलिपिहरूले “३४” पदलाई छोडेका छन् (प्रेरित १५:४० हेर्नुहोस्) तर सिमोनलाई त्यहाँ रहन नै असल लाग्यो ।

    35तर पावल र बारनाबास अरु धेरैकासाथ एन्टिओखियामा बसे । जहाँउनी सिकाए र प्रभुको वचन प्रचार गरे ।

    36केही दिनपछि पावलले बारनाबासलाई भने, “अहिले हामी फर्केर जाऔँ र हामीले प्रभुको वचन घोषणा गरेको हरेक सहरका भाइहरूलाई भेटौँ, र उनीहरू कस्ता छन हेरौँ ।

  • 78%

    25त्यसैकारण हाम्रा प्रिय पावल र बारनाबासका साथमा कोही मानिसहरूलाई छानेर तपाईंहरूकहाँ पठाउन हामी सहमत भयौँ र यो हामी सबैलाई असल लाग्यो ।

    26यी हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँको खातिर आफ्नो जीवनलाई जोखिममा पारेका मानिसहरू हुन् ।

    27त्यसैले हामीले यहूदा र सिलासलाई पठाएका छौँ, जसले तिमीहरूलाई त्यही कुराहरू बताउनेछन् ।

    28किनभने यी आवश्यक कुराहरूभन्दा बढि ठुलो भार तपाईंहरूमाथि नबोकाउन पवित्र आत्मा र हामीलाई असल लाग्यो ।

  • 31जब तिनीहरूले यसलाई पढे, उत्साहको कारण तिनीहरू आनन्दित भए ।

  • 74%

    22त्यसपछि मण्डलीका अगुवाहरू यहूदा बरसाबास र सिलासलाई छानेर पावल र बारनाबासका साथमा तिनीहरूलाई एन्टिओखिया पठाउने कुरा सबै प्रेरितहरू, एल्डरहरू र सारा मण्डलीसहितलाई कुरा असल लाग्यो ।

    23तिनीहरूले यो लेखे, “एन्टिओखिया, सिरिया र किलिकियामा भएका गैरयहूदी भाइहरू, प्रेरितहरू, एल्डरहरू, भाइहरूलाई अभिवादन ।

  • 69%

    21सहरमा तिनीहरूले सुसमाचार प्रचार गरे र धेरैलाई चेलाहरू बनाएपछि तिनीहरू लुस्‍त्रा, आइकोनियम र एन्टिओखियामा फर्किए ।

    22तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए ।

    23जब तिनीहरूले विश्‍वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए ।

  • प्रेरि 15:2-4
    3 पदहरू
    69%

    2जब पावल र बारनाबासको तिनीहरूसँग विरोध र विवाद भयो तब यस प्रश्‍नलाई लिएर पावल, बारनाबास र अरू केही मानिस यरूशलेममा प्रेरित र एल्डरहरूकहाँ जानुपर्छ भनी भाइहरूले निर्णय गरे ।

    3त्यसकारण उनीहरू मण्डलीद्वारा पठाइए अनि फोनिसिया र सामरिया भएर गए र गैरयहूदीहरू विश्‍वासमा आएका कुरा घोषणा गरे । उनीहरूले सबै दाजुभाइहरूमा ठुलो आनन्द ल्याए ।

    4जब उनीहरू यरूशलेममा आए, उनीहरूलाई मण्डली, प्रेरितहरू र एल्डरहरूद्वारा स्वागत गरियो, र यसरी उनीहरूसँग परमेश्‍वरले गर्नुभएका सबै कामहरूको प्रतिवेदन उनीहरूलाई सुनाए ।

  • 68%

    40तर पावलले सिलासलाई छाने । भाइहरूद्वारा प्रभुको अनुग्रहमा सुम्पिएपछि उनी त्यहाँबाट बिदा भए ।

    41र उनी मण्डलीहरूलाई बलियो पार्दै सिरिया र किलिकिया भएर गए ।

  • 15अनि व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।”

  • 30तिनीहरूले त्यसो गरेपछि, तिनीहरूले शाऊल र बारनाबासको हातमा एल्डरहरूकहाँ पैसा पठाए ।

  • 3त्यसैले उहाँले आफ्नो अनुग्रहको सन्देशको बारेमा प्रमाण दिनुभएकाले प्रभुको शक्तिमा सहासपूर्वक बोल्दै तिनीहरू लामो समयसम्म त्यहाँ बसे । उहाँले यो परमेश्‍वरले पावल र बारनाबासका हातहरूद्वारा यी चिह्नहरू र अचम्मका कामहरू दिएर गर्नुभयो ।

  • 29दुई वा तिन जना अगमवक्‍ता बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् ।

  • 16“भाइहरू हो, येशूलाई पक्राऊ गर्नलाई अगुवाइ गर्ने यहूदाको बारे दाऊदको मुखबाट पवित्र आत्माले पहिला नै बोल्नुभएको धर्मशास्‍त्र पुरा हुनु आवश्यक थियो ।

  • 14मेरा भाइहरू हो, म आफैँ पनि तिमीहरूको बारेमा विश्‍वस्त छु । म विश्‍वस्त छु, कि तिमीहरू आफैँ पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्‍वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।

  • 5सलामिस सहरमा हुँदा, उनीहरूले यहूदीहरूको सभाघरमा वचन घोषणा गरे र सहायताका लागि यूहन्‍ना मर्कूस पनि उनीहरूसँगै थिए ।

  • 15तर प्रेरितहरूलाई परिषद् बैठक छोड्न आज्ञा दिएपछि उनीहरू एकआपसमा कुरा गर्न थाले ।

  • 5तर जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावललाई पवित्र आत्माले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउन लगाउनु भयो ।

  • १ कोरि 14:31-32
    2 पदहरू
    66%

    31किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्‍तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् र सबै जना नै उत्साहित बनून् ।

    32अगमवक्‍ताका आत्माहरू अगमवक्‍ताकै नियन्‍त्रणमा हुन्छन् ।

  • 66%

    27तिनीहरू एन्टिओखियामा आइपुगेपछि सभा बोलाए अनि तिनीहरूले परमेश्‍वरले तिनीहरूसँग गर्नुभएका कामहरू र गैरयहूदीहरूका बिचमा कसरी उहाँले विश्‍वासको ढोका खोलिदिनुभयो, सोबारे सबै कुरा बताए ।

    28तिनीहरू चेलाहरूसँग लामो समयसम्म बसे ।

  • 13तिनीहरूले बोल्न छोडेपछि, याकूबले जवाफ दिँदै भने, “भाइहरू हो, मेरा कुरा सुन्‍नुहोस् ।

  • 27अब यी दिनहरूमा केही अगमवक्‍ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए ।

  • 20चेलाहरू गए, र सबैतिर प्रचार गरे र प्रभुले तिनीहरूसँग काम गर्नुभयो र तिनीहरूसँग भएका आश्‍चर्य चिन्हहरूले वचनलाई पुष्‍टि गर्नुभयो ।

  • 31यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।

  • 15यससँग अगमवक्‍ताका वचनहरू सहमत छन्, किनकि यसरी लेखिएको छ,

  • 3तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ ।

  • 14त्यसपछि भाइहरूले पावललाई तुरुन्तै समुद्रतिर पठाइदिए, तर सिलास र तिमोथी त्यहीँ बसे ।

  • 11यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।

  • 15जसले प्रभु येशू र अगमवक्‍ताहरूलाई मारे र हामीलाई पनि धपाए, जसले परमेश्‍वरलाई खुसी पार्दैनन, तर सबै मानिसहरूप्रति शत्रुता राख्छन् ।

  • 21तब तिनीहरूले उनलाई भने, “हामीले न त तपाईंको बारेमा यहूदाबाट कुनै पत्र नै प्राप्‍त गर्‍यौँ, न त कुनै भाइहरू आएर तपाईंको बारेमा कुनै नराम्रो प्रतिवेदन दिए वा कुनै नराम्रो कुरा गरे ।

  • 17जब हामी यरूशलेममा आइपुग्यौँ, दाजुभाइहरूले हामीलाई खुसीसाथ स्वागत गरे ।

  • 7र त्यहाँ तिनीहरूले सुसमाचार प्रचार गरिरहे ।

  • 10त्यही रात भाइहरूले पावल र सिलासलाई बेरियामा पठाइदिए । त्यहाँ आइपुगेपछि उनीहरू यहूदीहरूको सभाघरमा पसे ।

  • 4ती सहरहरूको यात्रा गर्दैजाँदा उनीहरूले मण्डलीहरूमा पालन गर्नुपर्ने निर्देशनहरू दिए जुन निर्देशनहरू प्रेरितहरूले र अगुवाहरूले यरूशलेममा लेखेर दिएका थिए ।

  • 39यसैले भाइहरू हो, अगमवाणी गर्ने दृढ चाहना गर र कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक ।

  • 24हो, शमूएलदेखिका र उनीपछि आएका सबै अगमवक्‍ताहरूले यी दिनहरूका बारेमा घोषणा गरे ।

  • 40अनि पावल र सिलास झ्यालखानाबाट निस्केर लिडियाको घरमा गए । जब पावल र सिलासले दाजुभाइहरूलाई देखे, उनीहरूले तिनीहरूलाई प्रोत्साहन दिए र त्यस सहरबाट आफ्नो बाटो लागे ।

  • 2जब तिनीहरू उपवाससहित आराधना गरिरहेका थिए, पवित्र आत्माले भन्‍नुभयो, “शाऊल र बारनाबासलाई मेरो निम्ति अलग गर जुन काम गर्नका निम्ति मैले तिनीहरूलाई बोलाएको छु ।”