१ कोरिन्थीहरू 14:3

अनलक शाब्दिक बाइबल

तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 14:12 : 12 तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।
  • एफिसी 6:22 : 22 मैले उनलाई तिमीहरूकहाँ यही उद्धेश्यसाथ पठाएको छु, ताकि तिमीहरूले हाम्रो बारेमा जान्‍न सक र उनले तिमीहरूका हृदयलाई सान्त्वना दिन सकून् ।
  • १ तिमो 4:13 : 13 म नआउदासम्म वचन पढाईमा, अर्ति दिने कुरामा, र शिक्षा दिने कुरामा ध्‍यान देऊ ।
  • २ तिमो 4:2 : 2 वचन प्रचार गर, सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ ।
  • तीत 1:9 : 9 तिनी भरोसा गर्न सक्‍ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्‍नुपर्छ, ताकि तिनले जे उचित छ त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्‍काउन सकून् ।
  • तीत 2:6 : 6 त्यसै गरी जवान पुरुषहरूलाई समझदार हुनलाई आह्वान गर ।
  • तीत 2:9 : 9 दासहरूले हरेक कुरामा तिनीहरूका मालिकहरूका आज्ञा पालन गरून् । तिनीहरूले उनीहरूलाई खुसी पार्न प्रयास गर्नुपर्छ, र तिनीहरूसँग विवाद नगरून्,
  • १ थेस 5:11-14 : 11 यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर । 12 भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं । 13 हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्‍च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो । 14 भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।
  • १ कोरि 14:26 : 26 भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।
  • रोमी 14:19 : 19 यसैले, शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ ।
  • १ कोरि 14:4-5 : 4 अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ । 5 तिमीहरू सबै जना अन्य भाषा बोल भन्‍ने म चाहना गर्दछु । तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहना गर्दछु । (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ ।
  • यहू 1:20 : 20 तर मेरा प्रियहरू, तिमीहरू आफैँलाई सबैभन्दा पवित्र विश्‍वासमा निर्माण गर, र पवित्र आत्मामा प्रार्थना गर ।
  • प्रेरि 13:15 : 15 अनि व्यवस्था र अगमवक्‍ताहरूका पुस्तक पढिसकेपछि सभाघरका अगुवाहरूले उनीहरूलाई यसो भनेर सन्देश पठाए, “भाइहरू हो, यदि तपाईंहरूसँग यहाँ भएका मानिसहरूको निम्ति कुनै उत्साहको सन्देश छ भने भन्‍नुहोस् ।”
  • प्रेरि 14:22 : 22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए ।
  • प्रेरि 15:32 : 32 यहूदा र सिलास पनि अगमवक्‍ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।
  • रोमी 12:8 : 8 यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यसले होसियारीसाथ गरोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यसले यो प्रसन्‍न भएर गरोस् ।
  • रोमी 15:2 : 2 जे असल छ त्यसको निम्ति त्यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस् ।
  • १ कोरि 8:1 : 1 ¶ मूर्तिलाई बलिदानको रूपमा चढाइएको खानेकुराको बारेमा भन्‍नुपर्दा हामीलाई थाहा छ कि “हामी सबैसँग ज्ञान छ ।” ज्ञानले घमण्ड ल्याउँदछ, तर प्रेमले उन्‍नति गराउँछ ।
  • १ कोरि 10:23 : 23 “हरेक कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा न्यायसङ्गत छन्”, तर सबै कुराले मानिसको निर्माण गर्दैनन् ।
  • १ कोरि 14:31 : 31 किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्‍तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् र सबै जना नै उत्साहित बनून् ।
  • २ कोरि 1:4 : 4 परमेश्‍वरले हाम्रा सारा दुःख कष्‍टमा हामीलाई सान्त्वना दिनुहुन्छ । त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ । परमेश्‍वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ ।
  • २ कोरि 2:7 : 7 त्यसैले, अब सजायको साटो उसलाई क्षमा र सान्त्वना देओ । उसले धेरै दुःखबाट हरेस नखाओस् भनेर यसो गर ।
  • एफिसी 4:12-16 : 12 ख्रीष्‍टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्‍वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो । 13 विश्‍वासको एकता र परमेश्‍वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्छ । ख्रीष्‍टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्छ । 14 हामी अब बालकहरू जस्तै नहोऔँ भनेर यो जरूरी छ । हामी अब उसो यता-उता नबरालिऔँ भनेर यो जरूरी छ । सबै शिक्षाको बेगसँगै र मानिसहरूको धोखा दिने चलाखीपनको छलद्वारा हामी नबहकिऔँ भनेर यो जरूरी छ । 15 बरु हामी प्रेममा सत्य बोल्नेछौँ र हाम्रो शिर, ख्रीष्‍टमा हामी सबै क्षेत्रमा वृद्धि हुनेछौँ । 16 ख्रीष्‍टले विश्‍वासीहरूको शरीरलाई सँगै जोड्नुहुन्छ । प्रेममा सम्पूर्ण शरीरको विकास होस् र आफैँ वृद्धि होस् भनेर, त्यो हरेक सहयोगी तन्तुहरूद्वारा सँगै गाँसिएको हुन्छ ।
  • एफिसी 4:29 : 29 तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्‍ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् ।
  • १ कोरि 14:17 : 17 किनकि तिमीले त निश्‍चय नै प्रशस्‍त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्‍तिको वृद्धि गर्दैन ।
  • लू 3:18 : 18 उहाँले मानिसहरूलाई अझ धेरै उत्साह दिँदै सुसमाचार प्रचार गर्नुभयो ।
  • प्रेरि 9:31 : 31 यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।
  • २ थेस 3:12 : 12 यस्ताहरूलाई हामी ख्रीष्‍ट येशूमा उत्साह र आज्ञा दिँदछौँ, ताकि तिनीहरू शान्तसँग काम गरून् र आफ्नै मेहनतद्वारा जीविकोपार्जन गरून् ।
  • १ तिमो 1:4 : 4 नत तिनीहरूले कथाहरू र अनन्त वंशावलीहरूतिर ध्यान दिऊन, जसले विश्‍वासद्वारा आउने परमेश्‍वरको योजनालाई सहायता पुर्‍याउनु साटो विवाद उत्पन्‍न गर्छ ।
  • १ तिमो 6:2 : 2 विश्‍वास गर्ने मालिक भएको नोकरले तिनीहरू दाजुभाइ हुन् भन्‍दैमा अवहेलना गर्नु हुँदैन । बरू तिनीहरूले अझ बढी सेवा गर्नुपर्छ ।
  • कलस्सी 4:8 : 8 यही कार्यको निम्ति मैले तिनलाई तिमीहरूकहाँ पठाएँ, ताकि तिमीहरूले हामीहरूको विषयमा जान्‍न सक, र तिनले तिमीहरूका हृदयलाई प्रोत्साहित पार्न सकून् ।
  • १ थेस 2:3 : 3 किनभने हाम्रो उत्साह गलत कुराबाट होइन न त अशुद्ध, न छलबाट नै आएको हो,
  • १ थेस 2:11 : 11 तिमीहरूलाई पनि थाहा छ, कि हामीले तिमीहरू हरेकलाई कसरी एउटा बुबाले आफ्ना छोराछोरीलाई गरे झैँ तिमीहरूलाई उत्साह, सान्त्वना दियौँ र गवाही दियौँ,
  • १ थेस 3:2 : 2 तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।
  • १ थेस 4:1 : 1 ¶ अन्तमा भाइहरू हो, येशू ख्रीष्‍टमा हामी तिमीहरूलाई उत्साह र अर्ती दिन्छौँ, जसरी तिमीहरूले हामीबाट कसरी चल्नुपर्ने र परमेश्‍वरलाई रिजाउनुपर्ने हो भन्‍ने अर्ती पायौ र त्यसरी नै तिमीहरू चलेका छौ र त्यसभन्दा बढी पनि गरेका छौ ।
  • १ थेस 4:18 : 18 त्यसकारण, यी वचनले एक अर्कालाई सान्त्वना देऊ ।
  • तीत 2:15 : 15 यी कुराहरू भन, र उत्साह देऊ, र सारा अधिकारसहित सच्याऊ । तिमीलाई कसैले अनादर नगरोस् ।
  • इब्रा 3:13 : 13 बरु, जबसम्म “आजको दिन” भन्‍ने कुरा छ, दिनहुँ एकले अर्कोलाई उत्साह देओ । त्यसकारण, तिमीहरूमध्ये कसैले पनि छलकपटको पापद्वारा हृदय कठोर नपारोस् ।
  • इब्रा 10:25 : 25 हामी एक-अर्कामा सँगसँगै भेला हुन नछोडौँ, जसरी कतिले छोडेका छन् । बरु, दिन नजिकै आएको हुनाले जतिसक्दो एकले अर्कालाई झन् बढी उत्साह देओ ।
  • इब्रा 13:22 : 22 अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु ।
  • १ पत्रु 5:12 : 12 म सिलासलाई विश्‍वासयोग्य भाइको रूपमा लिन्छु र तिनीबाट मैले तिमीहरूलाई केही कुरा छोटकरीमा लेखेको छु । म तिमीहरूलाई आग्रह गर्छु र तिमीहरूलाई साक्षी दिन्छु कि मैले लेखेको कुरा परमेश्‍वरको साँचो अनुग्रह हो । त्यसमा खडा होओ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ कोरि 14:4-7
    4 पदहरू
    87%

    4अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ ।

    5तिमीहरू सबै जना अन्य भाषा बोल भन्‍ने म चाहना गर्दछु । तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहना गर्दछु । (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ ।

    6तर भाइहरू हो, यदि म तिमीहरूकहाँ अन्य भाषामा बोल्दै आएँ भने मैले तिमीहरूलाई कसरी फाइदा पुर्‍याउँछु र? जबसम्म मैले प्रकाश वा ज्ञानमा वा अगमवाणी वा शिक्षाको लागि मा तिमीहरूसँग बोल्दिनँ तबसम्म फाइदा पुर्‍याउँदिनँ ।

    7यदि मुरली वा वीणाजस्ता निर्जीव साधनहरूले फरक खालका आवाजहरू निकाल्दैनन् भने कसैले कसरी कुनचाहिँ साधन बजाइएको हो भनेर जान्‍न सक्छ?

  • १ कोरि 14:1-2
    2 पदहरू
    81%

    1¶ प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी अगमवाणी बोल्ने चाहना गर ।

    2किनभने अन्य भाषामा बोल्नेले मानिसहरूसँग होइन, तर परमेश्‍वरसँग बोल्दछ । उसले गुप्‍त कुराहरूलाई आत्मामा बोल्दछ र उसको कुरा कसैले पनि बुझ्‍न सक्दैन ।

  • १ कोरि 14:21-32
    12 पदहरू
    81%

    21व्‍यवस्थामा यस्तो लेखिएको छ “अनौठो भाषामा बोल्ने मानिसहरूद्वारा र विदेशीहरूका ओठद्वारा म यी मानिसहरूसँग बोल्नेछु, तर पनि तिनीहरूले मलाई सुन्‍नेछैनन्” परमप्रभु भन्‍नुहुन्छ ।

    22त्यसकारण, अन्य भाषा विश्‍वास नगर्नेहरूको लागि चिह्न हो, विश्‍वासीहरूको लागि होइन । तर अगमवाणीचाहिँ विश्‍वासीहरूका लागि चिह्न हो, विश्‍वास नगर्नेहरूका लागि होइन ।

    23त्यसकारण, यदि सम्पूर्ण मण्डली भेला हुँदा सबै जनाले अन्य भाषा बोल्दा बाहिरकाहरू तथा विश्‍वास नगर्नेहरू त्यहाँ आउँदा तिनीहरूले तिमीहरू पागल हौ भनेर भन्दैनन् र?

    24तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्‍वासी वा बाहिरको व्यक्‍ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ ।

    25उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् । परिणामस्वरूप, उसले परमेश्‍वरको सामु घोप्टो परी आराधना गर्नेछ । उसले परमेश्‍वर साँच्‍चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।

    26भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।

    27यदि कसैले अन्य भाषामा बोल्छ भने दुई वा तिनले पालैपालो बोलून् । र कसैले बोलिएको कुराको अर्थ खोलोस् ।

    28तर यदि त्यहाँ अर्थ खोल्ने कोही पनि छैन भने मण्डलीमा रहेको हरेक व्यक्‍ति चुप बसोस् । ऊ आफैँ र परमेश्‍वरसँग एकलै बोलोस् ।

    29दुई वा तिन जना अगमवक्‍ता बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् ।

    30तर यदि त्‍यो सेवामा बसिरहेको कसैलाई अन्‍तर्दृष्‍टि प्राप्‍त भयो भने बोलिरहेको व्यक्‍ति चुप लागोस् ।

    31किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्‍तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् र सबै जना नै उत्साहित बनून् ।

    32अगमवक्‍ताका आत्माहरू अगमवक्‍ताकै नियन्‍त्रणमा हुन्छन् ।

  • १ कोरि 14:39-40
    2 पदहरू
    76%

    39यसैले भाइहरू हो, अगमवाणी गर्ने दृढ चाहना गर र कसैलाई पनि अन्य भाषा बोल्नदेखि नरोक ।

    40तर सबै कामहरू उचित तरिकाले र व्यवस्थित रूपमा गर ।

  • १ कोरि 14:12-19
    8 पदहरू
    75%

    12तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।

    13यसरी नै अन्य भाषामा बोल्ने व्यक्‍तिले त्यसको अर्थ खोल्न सकोस् भनेर प्रार्थना गरोस् ।

    14किनकि यदि मैले अन्य भाषामा प्राथना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिँ निष्फल हुन्छ ।

    15मैले के गर्ने त? म मेरो आत्माले प्रार्थना गर्नेछु, तर म मेरो दिमागले पनि प्रार्थना गर्नेछु । म मेरो आत्माले गाउनेछु र म मेरो दिमागले पनि गाउनेछु ।

    16नत्रता यदि तिमीले आत्मामा धन्यवाद दिँदा यदि तिमीले भनेका कुरा बाहिरकाहरूले बुझेनन् भने कसरी तिनीहरूले आमेन भन्‍ने?

    17किनकि तिमीले त निश्‍चय नै प्रशस्‍त मात्रामा धन्यवाद दिन्छौ, तर त्यसले अर्को व्यक्‍तिको वृद्धि गर्दैन ।

    18म परमेश्‍वरलाई धन्‍यवाद दिन्छु कि म तिनीहरू सबैभन्दा बढी नै अन्य भाषाहरूमा बोल्दछु ।

    19तर म मण्डलीमा अन्य भाषामा दस हजारवटा शब्द बोल्नुको साटो आफ्नै समझमा पाँचवटा शब्द बोल्न चाहन्छु ।

  • २ कोरि 1:3-4
    2 पदहरू
    72%

    3हाम्रा पिता परमेश्‍वर येशू ख्रीष्‍टलाई प्रशंसा भएको होस् । उहाँ दयाका पिता र सबै सान्त्वनाका परमेश्‍वर हुनुहुन्छ ।

    4परमेश्‍वरले हाम्रा सारा दुःख कष्‍टमा हामीलाई सान्त्वना दिनुहुन्छ । त्यसैले, हामी पनि दुःखमा परेकाहरूलाई सान्त्वना दिन सक्छौँ । परमेश्‍वरले हामीलाई सान्त्वना दिनको निम्ति प्रयोग गर्नुभएको सान्त्वनाद्वारा नै हामी अरूलाई सान्त्वना दिन्छौँ ।

  • १ कोरि 14:9-10
    2 पदहरू
    72%

    9तिमीहरूका लागि पनि त्यस्तै हो । यदि तिमीहरूले नबुझिने तरिकाले बोल्यौ भने तिमीहरूले बोलेका कुरा कसरी बुझ्ने? तिमीहरू बोलिरहन्छौ र कसैले पनि तिमीहरूको कुरा बुझ्‍नेछैन ।

    10संसारमा धेरै भाषाहरू छन् भन्‍ने कुरामा कुनै शङ्का छैन र कुनै पनि अर्थ बिनाका छैनन् ।

  • 11यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर ।

  • 18त्यसकारण, यी वचनले एक अर्कालाई सान्त्वना देऊ ।

  • 17हरेक असल काम र वचनमा तिमीहरूका हृदयलाई सान्त्वना र स्थिर गराऊन् ।

  • 10एउटालाई शक्‍तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्‌ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ ।

  • 12ख्रीष्‍टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्‍वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो ।

  • 17ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।

  • 7सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ ।

  • 19यसैले, शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ ।

  • 14भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।

  • 9किनकि हामी थोरै जान्दछौँ र थोरै अगमवाणी बोल्छौँ ।

  • 2तिमीहरूको विश्‍वास दह्रिलो पार्न र तिमीहरूलाई सान्त्वना दिन हामीले हाम्रा भाइ तिमोथीलाई पठायौँ जो ख्रीष्‍टका सुसमाचार र परमेश्‍वरका सेवक हुन् ।

  • 11यदि कोही बोल्‍छ भने उसले परमेश्‍वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । महिमा र शक्‍ति सदासर्वदा उहाँकै हुन् । आमेन ।

  • 11साच्‍चै, यी मानिहरूसँग उहाँले गिल्‍ला गर्ने ओठहरू र विदेशी भाषामा बोल्‍नुहुनेछ ।

  • 6हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, उसको विश्‍वासको परिमाणअनुसार गरोस् ।

  • 20अगमवाणीलाई अवहेलना नगर ।

  • 1¶ तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ, “सान्त्वना, मेरा मानिसहरू सान्त्वना ।

  • 13हामी यी कुराहरू मानिसको बुद्धिले सिकाउन नसक्‍ने वचनहरूमा बोल्छौँ, तर आत्माले हामीलाई सिकाउनुहुन्छ । आत्माले आत्मिक वचनहरूलाई आत्मिक बुद्धिले प्रकाश पार्नुहुन्छ ।

  • 7यसैले गर्दा, भाइहरू हो, हाम्रा सबै निराश र कष्‍टकर अवस्थामा तिमीहरूको विश्‍वासद्वारा हामीलाई सान्त्वना मिलेको छ ।