एफिसीहरू 4:12

अनलक शाब्दिक बाइबल

ख्रीष्‍टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्‍वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 12:27 : 27 अब तिमीहरू ख्रीष्‍टका शरीर हौ अनि व्यक्‍तिगत रूपले यसका अङ्ग हौ ।
  • एफिसी 4:16 : 16 ख्रीष्‍टले विश्‍वासीहरूको शरीरलाई सँगै जोड्नुहुन्छ । प्रेममा सम्पूर्ण शरीरको विकास होस् र आफैँ वृद्धि होस् भनेर, त्यो हरेक सहयोगी तन्तुहरूद्वारा सँगै गाँसिएको हुन्छ ।
  • १ थेस 5:11-14 : 11 यसकारण, तिमीहरूले अगिदेखि गरेजस्तै एक अर्कालाई सान्त्वना देऊ र निर्माण गर । 12 भाइहरू हो, हामीले तिमीहरूमाझ परिश्रम गर्नेहरूप्रति र तिमीहरूलाई उत्साह दिनेलाई प्रभुमा तिमीहरूभन्दा माथि भएकाहरूप्रति कृतज्ञ हुनलाई आग्रह गर्छौं । 13 हामीले तिनीहरूलाई तिनीहरूको कामको खातिर प्रेममा उच्‍च आदरको सम्झनलाई पनि आग्रह गर्छौं । तिमीहरू आपसमा शान्तिमा रहो । 14 भाइहरू हो, हामी तिमीहरूलाई गोलमाल गर्नेहरूलाई चेतावनी दिन, निरुत्साहित भएकाहरूलाई उत्साह दिन, कमजोरलाई समर्थन गर्न र सबैसँग धैर्यवान् हुनलाई उत्साह दिन्छौँ ।
  • १ तिमो 1:12 : 12 र म ख्रीष्‍ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु, जसले मलाई शक्ति दिनुभयो, किनभने उहाँले मलाई विश्‍वासयोग्य ठानेर सेवामा नियुक्‍त गर्नुभयो ।
  • रोमी 14:19 : 19 यसैले, शान्तिका कुराहरूका र एक-अर्कालाई निर्माण गर्ने कुराहरूका पाछि लागौँ ।
  • १ कोरि 14:26 : 26 भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।
  • २ कोरि 5:18 : 18 यी सबै कुरा परमेश्‍वरबाट भएका हुन् । उहाँले हामीलाई ख्रीष्‍टद्वारा उहाँसँगै मिलापमा ल्याउनुभयो र हामीलाई मिलापको सेवा दिनुभएको छ ।
  • २ कोरि 6:3 : 3 हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ ।
  • १ कोरि 14:4-5 : 4 अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ । 5 तिमीहरू सबै जना अन्य भाषा बोल भन्‍ने म चाहना गर्दछु । तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहना गर्दछु । (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ ।
  • १ कोरि 14:12 : 12 तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।
  • रोमी 15:14 : 14 मेरा भाइहरू हो, म आफैँ पनि तिमीहरूको बारेमा विश्‍वस्त छु । म विश्‍वस्त छु, कि तिमीहरू आफैँ पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्‍वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।
  • एफिसी 1:23 : 23 उहाँले सबै तरिकामा सबै कुरा पूरा गर्नुहुन्छ, र उहाँको पूर्णता उहाँको शरीर, मण्डली हो ।
  • इब्रा 6:1 : 1 ¶ त्यसकारण, सुरुमा सिकेको ख्रीष्‍टको वचनलाई छोडेर हामी परिपक्‍वतातिर अगाडि बढौँ । परमेश्‍वरमा विश्‍वास र मरेका कामहरूबाट पश्‍चात्तापको जग बसाल्ने काम फेरि नगरौँ,
  • इब्रा 13:17 : 17 तिमीहरूका अगुवाहरूको अधीनमा बस र आज्ञा मान, किनभने जसले हिसाब दिनुपर्नेले जस्तै गरी तिनीहरूले तिमीहरूका आत्माको रेखदेख गर्दछन् । आज्ञा मान ताकि तिम्रा अगुवाहरूले आनन्‍दसाथ तिमीहरूको वास्ता गरून्, दुःखसँग होइन, जुन तिमीहरूका लागि प्रयोगयोग्य छैन ।
  • एफिसी 4:4 : 4 शरीर एउटै छ र आत्मापनि एउटै हुनुहुन्छ, जसरी तिमीहरू पनि एउटै निश्‍चित आशामा बोलाइएका थियौ ।
  • रोमी 15:29 : 29 म जान्दछु, कि जब म तिमीहरूकहाँ आउँछु, म ख्रीष्‍टको आशिष्‌को पूर्णतामा‌ आउनेछु ।
  • १ कोरि 4:1-2 : 1 ¶ यसरी कुनै व्यक्‍तिले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरको गोप्य सत्यताको भण्डारे ठान्‍नुपर्छ । 2 यस सम्बन्धमा, भण्डारेहरू विश्‍वासयोग्य हुन आवश्‍यक छ ।
  • १ कोरि 12:7 : 7 सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ ।
  • १ कोरि 14:14 : 14 किनकि यदि मैले अन्य भाषामा प्राथना गर्छु भने मेरो आत्माले प्रार्थना गर्छ तर मेरो दिमागचाहिँ निष्फल हुन्छ ।
  • लू 22:32 : 32 तर मैले तिम्रो निम्ति प्रार्थना गरेको छु, ताकि तिम्रो विश्‍वास नचुकोस् । तिमी फेरि फर्केपछि तिम्रा भाइहरूलाई बलियो बनाओ ।
  • यूह 21:15-17 : 15 तिनीहरूले खाजा खाइसकेपछि येशूले सिमोन पत्रुसलाई भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा पनि बढी प्रेम गर्छौ?” पत्रुसले उहाँलाई भने, “हो प्रभु, तपाईं जान्‍नुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा थुमाहरूलाई खुवाऊ ।” 16 उहाँले तिनलाई फेरि दोस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुसले उहाँलाई जवाफ दिए, “हो प्रभु, तपाईं जानुहुन्छ कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूको हेरचाह गर ।” 17 उहाँले तिनलाई तेस्रो पटक भन्‍नुभयो, “यूहन्‍नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” पत्रुस निराश भए, किनकि येशूले तिनलाई “के तिमी मलाई प्रेम गर्छौ?” भनी तेस्रो पटक सोध्‍नुभएको थियो । तिनले उहाँलाई भने, “प्रभु, तपाईं सबै थोक जानुहुन्छ, कि म तपाईंलाई प्रेम गर्छु ।” येशूले तिनलाई भन्‍नुभयो, “मेरा भेडाहरूलाई खुवाऊ ।”
  • प्रेरि 1:17 : 17 किनभने त्यो हामीमध्ये एक जना थियो र त्यसले आफ्नो सेवाकाइको हिस्सा प्राप्‍त गर्‍यो ।”
  • प्रेरि 1:25 : 25 यहूदाले अपराध गरेर उसको ठाउँमा गएपछि खाली भएको यो सेवाकाइ र प्रेरितको पद तिनले लिऊन् ।”
  • प्रेरि 9:31 : 31 यसरी सारा यहूदिया, गालील र सामरियाभरिका मण्डलीमा शान्ति छायो र मण्डली मजबुत भयो । परमप्रभुको भय र पवित्र आत्माको सान्त्वनामा मण्डली सङ्ख्यामा बढ्दै गयो ।
  • प्रेरि 11:23 : 23 जब उनी आए र परमेश्‍वरको वरदानलाई देखे, तब उनी खुसी भए, र तिनीहरूको सम्पूर्ण हृदयले प्रभुसँगै रहिरहन उनले उत्साह दिए ।
  • प्रेरि 14:22-23 : 22 तिनीहरूले चेलाहरूको मनलाई दह्रिलो बनाउँदै र विश्‍वासमा रहिरहनका निम्ति उत्साहित दिने काममा लागिरहे । तिनीहरूले उनीहरूलाई धेरै दुःख र सातवटहरूबाट भएर नै हामी परमेश्‍वरको राज्यमा पस्‍नुपर्छ भनी बताए । 23 जब तिनीहरूले विश्‍वासीहरूको हरेक समूहमा एल्डरहरू नियुक्त गरे र उपवाससहित प्रार्थना गरे अनि तिनीहरूले विश्‍वास गरेका प्रभुमा उनीहरूलाई सुम्पिदिए ।
  • प्रेरि 20:24 : 24 तर म आफ्नो जीवनलाई कुनै मूल्यको ठान्दिनँ, ताकि परमेश्‍वरको अनुग्रहको सुसमाचारको गवाही बन्‍नको निम्ति मेरो दौड र प्रभु येशूबाट मलाई प्राप्‍त भएको सेवा-कार्य पुरा गर्न सकूँ ।
  • प्रेरि 20:28 : 28 त्यसकारण तपाईंहरू आफ्नै निम्ति र सारा बगालको बारेमा होसियार हुनुहोस्, जुन बगालका लागि पवित्र आत्माले तपाईंहरूलाई देखरेख गर्ने तुल्याउनु भयो ताकि प्रभुले आफ्नै रगतले किन्‍नुभएका उहाँको बगालका गोठाला भई तपाईंहरू काम गर्नुहोस् ।
  • रोमी 12:7 : 7 यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् ।
  • २ कोरि 7:1 : 1 ¶ प्रियहरू, हामीसँग यी प्रतिज्ञाहरू भएका कारण हाम्रो शरीर र आत्मामा हामीलाई अशुद्ध पार्ने कुराहरूबाट आँफैलाई शुद्ध पारौँ । परमेश्‍वरको भयमा पवित्रतालाई पछ्याऔँ ।
  • २ कोरि 12:19 : 19 के यतिञ्‍जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्‍ने तिमीहरू सोच्छौ? परमेश्‍वरको दृष्‍टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्‍टमा बोलिरहेका छौँ ।
  • २ कोरि 13:9 : 9 किनकि हामी दुर्बल हुँदा र तिमीहरू सामर्थी हुँदा हामी रमाउँछौँ । तिमीहरू पूर्ण होओ भनी हामी प्रार्थना गर्छौं ।
  • २ कोरि 3:8 : 8 पवित्र आत्माको काम झन् कति धेरै महिमित होला?
  • २ कोरि 4:1 : 1 ¶ त्यसकारण, हामीसँग यो सेवा-कार्य भएको र हामीले यो दया पाएको कारणले गर्दा हामी निराश हुँदैनौँ ।
  • रोमी 15:2 : 2 जे असल छ त्यसको निम्ति त्यसलाई निर्माण गर्नको लागि हरेकले आफ्नो छिमेकीलाई खुसी पारोस् ।
  • २ तिमो 4:5 : 5 तर तिमी सबै कुरामा सचेत होऊ; कष्‍ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर ।
  • २ तिमो 4:11 : 11 लूका मात्र मसँग छन् । मर्कूसलाई तिमीसँगै लिएर मकहाँ आऊ, किनकि काममा तिनी मेरो लागि उपयोगी हुनेछन् ।
  • एफिसी 4:29 : 29 तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्‍ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् ।
  • फिलि 1:25-26 : 25 यस कुरामा म निश्‍चित भएको कारणले म जान्दछु, कि विश्‍वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्तरता दिनेछु । 26 परिणामस्वरूप, तिमीहरूकहाँ मेरो पुनः उपस्थितिको कारण तिमीहरूले ख्रीष्‍ट येशूलाई मेरो निम्ति महिमा दिने काम अझ धेरै प्रशस्त हुनेछ ।
  • फिलि 3:12-18 : 12 मैले यी सबै कुराहरू प्राप्‍त गरिसकेको छु, वा म पूर्ण भइसकेको छु भन्‍ने कुरा साँचो होइन । तर जे कुराको निम्ति म ख्रीष्‍टद्वारा चुनिएको थिएँ, ती मैले पक्रन सकूँ भनेर म जोड दिन्छु । 13 भाइहरू हो, मैले यी सबै कुराहरू पक्रिसकेको छु भनी म ठान्दिनँ । तर एउटा कुराचाहिँ मैले पक्रन सकेकेछुः म पछाडिका कुराहरूलाई बिर्सेर अगाडिका कुराहरूका निम्ति परिश्रम गर्दछु । 14 म ख्रीष्‍ट येशूमा परमेश्‍वरको माथिल्लो बोलावटको इनाम जित्‍ने लक्ष्यतर्फ अगाडि बढ्नमा जोड दिन्छु । 15 यसकारण, हामी परिपक्‍व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्‍न प्रकारले विचार गर्दछौ भने परमेश्‍वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ । 16 तथापि, हामीले जे प्राप्‍त गरिसकेका छौँ, हामी त्यसमा अडिग रहौँ । 17 भाइहरू हो, मेरो अनुकरण गर्नेहरू होओ । हामीमा तिमीहरूले पाएका उदाहरणअनुसार हिँड्नेहरूलाई ध्यान दिएर हेर । 18 ती धेरै व्यक्‍तिहरू जसको विषयमा मैले तिमीहरूलाई बारम्बार बताएको थिएँ, र अहिले आँसुका साथ म बताउँदै छु, कि तिनीहरू ख्रीष्‍टको क्रुसका शत्रुहरूझैँ हिँडिरहेका छन् ।
  • कलस्सी 1:24 : 24 तिमीहरूका लागि मेरो कष्‍टमा म अब आनन्द मनाउँछु । ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु ।
  • कलस्सी 1:28 : 28 उहाँ त्यही व्यक्‍ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।
  • कलस्सी 4:17 : 17 अर्खिप्पसलाई भन, “तिमीले प्रभुमा पाएको सेवा-कार्य र यसलाई पुरा गर्नुपर्ने कुरालाई ध्यान देऊ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • एफिसी 4:10-11
    2 पदहरू
    84%

    10उहाँ जो तल ओर्लनुभयो, उहाँ नै सबै स्वर्गहरूभन्दा धेरै माथि उक्लनुभयो । उहाँले सबै कुराहरूलाई पूर्ण गर्नको निम्ति यो गर्नुभयो ।

    11ख्रीष्‍टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू ।

  • 13विश्‍वासको एकता र परमेश्‍वरका पुत्रको ज्ञानमा हामी नपुगेसम्म उहाँले यो गर्नुहुन्छ । ख्रीष्‍टको उचाइमा पूर्ण रूपमा पुगेकाहरू झैँ हामी परिपक्व नभएसम्म उहाँले यो गर्नुहुन्छ ।

  • रोमी 12:4-7
    4 पदहरू
    78%

    4किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन ।

    5त्यसरी नै, हामीहरू जो धेरै छौँ ख्रीष्‍टमा एउटै शरीर हौँ, र हामी सबै एक-अर्काका अङ्गहरू हौँ ।

    6हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, उसको विश्‍वासको परिमाणअनुसार गरोस् ।

    7यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् ।

  • एफिसी 4:15-16
    2 पदहरू
    77%

    15बरु हामी प्रेममा सत्य बोल्नेछौँ र हाम्रो शिर, ख्रीष्‍टमा हामी सबै क्षेत्रमा वृद्धि हुनेछौँ ।

    16ख्रीष्‍टले विश्‍वासीहरूको शरीरलाई सँगै जोड्नुहुन्छ । प्रेममा सम्पूर्ण शरीरको विकास होस् र आफैँ वृद्धि होस् भनेर, त्यो हरेक सहयोगी तन्तुहरूद्वारा सँगै गाँसिएको हुन्छ ।

  • 17ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।

  • १ कोरि 12:27-29
    3 पदहरू
    75%

    27अब तिमीहरू ख्रीष्‍टका शरीर हौ अनि व्यक्‍तिगत रूपले यसका अङ्ग हौ ।

    28अनि परमेश्‍वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्‍ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्‍तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्‍तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्‍न भाषाका वरदान पाएकाहरूलाई नियुक्‍त गर्नुभएको छ ।

    29के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्‍ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के हामी सबैले शक्‍तिशाली कार्यहरू गर्छौं?

  • 12जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्‍टमा पनि त्यस्तै हुन्छ ।

  • 12तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।

  • 72%

    24तिमीहरूका लागि मेरो कष्‍टमा म अब आनन्द मनाउँछु । ख्रीष्‍टका कष्‍टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु ।

    25परमेश्‍वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्‍वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ ।

  • एफिसी 2:20-22
    3 पदहरू
    72%

    20तिमीहरू प्रेरित र अगमवक्ताहरूको जग माथि बसालेर निर्माण गरिएका हौ । ख्रीष्‍ट येशू आफैँ कुने-ढुङ्गो हुनुहुन्छ ।

    21येशू ख्रीष्‍टमा उहाँको सारा निर्माण मिल्दै जान्छ र प्रभुमा एउटै मन्दिरको रूपमा बढ्दै जान्छ ।

    22अनि उहाँमा नै तिमीहरू पनि पवित्र आत्मामा परमेश्‍वरको वासस्थानको रूपमा सँगै निर्माण भइरहेका छौ ।

  • 28उहाँ त्यही व्यक्‍ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्‍तिलाई ख्रीष्‍टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।

  • 21उहाँको इच्‍छा पुरा गर्न तिमीहरू हरेकलाई सुसज्जित पारून् । परमेश्‍वरको दृष्‍टिमा जे कुरा ग्रहणयोग्य छ ख्रीष्‍ट येशूद्वारा त्यही गर । उहाँलाई नै सधैँभरि महिमा भइरहोस् । आमेन ।

  • एफिसी 4:3-4
    2 पदहरू
    71%

    3आत्माको एकतालाई शान्तिको बन्धनमा राख्‍नलाई उत्कृष्‍ट तरिकाले प्रयत्‍न गर ।

    4शरीर एउटै छ र आत्मापनि एउटै हुनुहुन्छ, जसरी तिमीहरू पनि एउटै निश्‍चित आशामा बोलाइएका थियौ ।

  • 12इपाफ्रासले तिमीहरूलाई अभिवादन गरेका छन् । यिनी पनि तिमीहरूमध्येकै एक जना हुन् र ख्रीष्‍ट येशूका दास हुन् । यिनी तिमीहरूका निम्ति सधैँ प्रार्थनामा परिश्रमसाथ लागिरहन्छन्, ताकि परमेश्‍वरको इच्छाअनुसार तिमीहरू सम्पूर्ण रूपले निश्‍चित भई खडा हुन सक ।

  • 14किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ ।

  • १ कोरि 3:9-10
    2 पदहरू
    71%

    9किनकि हामीहरू परमेश्‍वरका सहकर्मी हौँ । तिमीहरू परमेश्‍वरका बगैँचा र उहाँका भवनहरू हौ ।

    10परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्‍तिले कसरी बनाउँदै छ भन्‍ने बारेमा सावधान रहनुपर्छ ।

  • एफिसी 4:7-8
    2 पदहरू
    70%

    7हामी हरेकलाई ख्रीष्‍टको वरदानको नापअनुसार वरदान दिइएको छ ।

    8जसरी धर्मशास्‍त्रले भन्दछः “जब उहाँ उच्‍च स्थानमा जानुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्‍नुभयो । उहाँले मानिसहरूलाई वरदानहरू दिनुभयो ।”

  • 4वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ ।

  • 10उहाँको योजनाको पूर्णताको समय जब पूरा हुन्छ, तब ख्रीष्‍टमा परमेश्‍वरले स्वर्ग र पृथ्वीका सबै थोकलाई एक साथ ल्याउनुहुनेछ ।

  • 23उहाँले सबै तरिकामा सबै कुरा पूरा गर्नुहुन्छ, र उहाँको पूर्णता उहाँको शरीर, मण्डली हो ।

  • 5तर तिमी सबै कुरामा सचेत होऊ; कष्‍ट भोग; प्रचारकको काम गर; आफ्नो सेवा पुरा गर ।

  • एफिसी 3:10-11
    2 पदहरू
    70%

    10परिणाम स्वरूप, अब मण्डलीद्वारा स्वर्गीय स्थानहरूमा भएका शासकहरू र अधिकार गर्नेहरूले परमेश्‍वरको विवेकको बहुपक्षिय प्रवृत्तिबारे थाहा पाउनेछन् ।

    11हाम्रा प्रभु, ख्रीष्‍ट येशूमा उहाँले पूरा गर्नुभएको अनन्त योजना अनुसार यो हुनेछ ।

  • १ कोरि 14:3-4
    2 पदहरू
    69%

    3तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ ।

    4अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ ।

  • 10जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर ।

  • १ कोरि 12:24-25
    2 पदहरू
    69%

    24देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्‍जत पाएका छन् । तर परमेश्‍वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ ।

    25शरीरमा कुनै विभाजन नहोस्, बरु हरेक अङ्गले उही स्‍नेहसाथ एक अर्कोलाई वास्ता गरून् भनेर उहाँले यसो गर्नुभएको हो ।

  • 12किनकि सेवाको काम गर्दा विश्‍वासीहरूको खाँचो मात्र पुरा हुँदैन । यसले परमेश्‍वरलाई धन्यवाद दिने काममा वृद्धि गराउँछ ।

  • 10किनकि हामीहरू परमेश्‍वरले धेरै पहिले देखि नै योजना गर्नुभएको असल काम गर्नको निम्ति र हामीहरू ती बमोजिम हिडौँ भनेर ख्रीष्‍ट येशूमा सृजना गरिएका उहाँको हातका सिप हौँ ।

  • 40हामीविना तिनीहरू सिद्ध नहोऊन् भनी परमेश्‍वरले हाम्रा लागि अझ उत्तम कुरा अघिबाटै योजना गरिदिनुभएको थियो ।

  • 26भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।

  • 6कामहरू विभिन्‍न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्‍वर एउटै हुनुहुन्छ ।

  • 10म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन ।

  • 18तर परमेश्‍वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्गहरू मिलाएर राख्‍नुभयो ।

  • 12यही कारणले, हामीमा मृत्युले काम गर्दछ, तर जीवनले तिमीहरूमा ।

  • 13म नआउदासम्म वचन पढाईमा, अर्ति दिने कुरामा, र शिक्षा दिने कुरामा ध्‍यान देऊ ।