रोमीहरू 12:6

अनलक शाब्दिक बाइबल

हामीलाई दिइएको अनुग्रहअनुसार हामीसँग फरक-फरक वरदानहरू छन् । यदि कसैको वरदान अगमवाणी हो भने, उसको विश्‍वासको परिमाणअनुसार गरोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 7:7 : 7 सबै जना मजस्तै भएको म इच्छा गर्दछु । तर हरेकले परमेश्‍वरबाट आ-आफ्नो वरदान पाएको छ । एक जनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको वरदान पाएको छ ।
  • १ पत्रु 4:10-11 : 10 जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर । 11 यदि कोही बोल्‍छ भने उसले परमेश्‍वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । महिमा र शक्‍ति सदासर्वदा उहाँकै हुन् । आमेन ।
  • रोमी 12:3 : 3 किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस् । बरु, परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ ।
  • १ कोरि 12:28-31 : 28 अनि परमेश्‍वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्‍ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्‍तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्‍तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्‍न भाषाका वरदान पाएकाहरूलाई नियुक्‍त गर्नुभएको छ । 29 के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्‍ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के हामी सबैले शक्‍तिशाली कार्यहरू गर्छौं? 30 के तिनीहरू सबैसँग निको पार्ने वरदान छन्? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन्? के तिनीहरू सबैले अन्य भाषाहरूको अर्थ खोल्छन्? 31 जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर । अनि म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु ।
  • १ कोरि 13:2 : 2 मानौँ, मसँग अगमवाणी गर्ने वरदान छ र म लुकेका रहस्यहरू बुझ्‍न सक्छु र मसँग पहाडहरू हटाउन सक्‍ने सम्मको विश्‍वास छ, तर मसँग प्रेम छैन भने म केही पनि होइनँ ।
  • १ कोरि 14:1 : 1 ¶ प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी अगमवाणी बोल्ने चाहना गर ।
  • १ कोरि 14:3-5 : 3 तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ । 4 अन्य भाषामा बोल्नेले आफैँलाई निर्माण गर्छ तर अगमवाणी गर्नेले मण्डलीलाई निर्माण गर्दछ । 5 तिमीहरू सबै जना अन्य भाषा बोल भन्‍ने म चाहना गर्दछु । तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहना गर्दछु । (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ ।
  • प्रेरि 13:1 : 1 ¶ एन्टिओखियाको सभामा त्यहाँ केही अगमवक्‍ताहरू र शिक्षकहरू थिए । तिनीहरूमा बारनाबास, सिमियोन (जसलाई नाइजर भनिन्‍थ्यो), कुरेनीका लुसियस मनेन (जो पालनपोषण गरेर हेरोदसँगै हुर्किएका भाइ) र शाऊल थिए ।
  • १ कोरि 1:5-7 : 5 उहाँले तिमीहरूलाई सारा बोली र ज्ञानमा हर प्रकारले धनी बनाउनुभएको छ । 6 ख्रीष्‍टको विषयमा भएको गवाही सत्य छ भनेर तिमीहरूका माझमा पुष्‍टि भएको छ, 7 ताकि तिमीहरूले उत्सुकतासाथ हाम्रा प्रभु येशू ख्रीष्‍ट प्रकट हुने कुराको प्रतीक्षा गर्दा तिमीहरूमा आत्मिक वरदानहरूको अभाव नहोस् ।
  • १ कोरि 4:6-7 : 6 अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो । 7 किनकि कसले तिमीहरू र अरू मानिसहरूका बिचमा फरक देख्छ? तिमीहरूसँग भएको कुन कुरा तिमीहरूले सितैँमा पाएका होइनौ र? तिमीहरूले त्यो सितैँमा पाएका छौ भने तिमीहरूले त्यसरी नपाएको झैँ गरेर किन घमण्ड गर्छौ?
  • १ कोरि 12:4-9 : 4 वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ । 5 सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्छ । 6 कामहरू विभिन्‍न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्‍वर एउटै हुनुहुन्छ । 7 सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ । 8 किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ । 9 त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्‍वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ । 10 एउटालाई शक्‍तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्‌ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ । 11 तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।
  • रोमी 1:11 : 11 म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ ।
  • एफिसी 4:11 : 11 ख्रीष्‍टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू ।
  • फिलि 3:15 : 15 यसकारण, हामी परिपक्‍व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्‍न प्रकारले विचार गर्दछौ भने परमेश्‍वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ ।
  • १ थेस 5:20 : 20 अगमवाणीलाई अवहेलना नगर ।
  • प्रेरि 15:32 : 32 यहूदा र सिलास पनि अगमवक्‍ताहरू भएकोले धेरै वचनहरूद्वारा भाइहरूलाई उत्साह दिए र तिनीहरूलाई बलियो पारे ।
  • प्रेरि 18:24-28 : 24 अब अपोलोस नाउँ गरेका एक जना यहूदी जो जन्मका आधारमा एलेक्जेन्ड्रियाका थिए, उनी पनि एफिससमा आए । उनी धर्मशास्‍त्रीय ज्ञानमा र बोल्नमा दक्ष थिए । 25 अपोलोस प्रभुको वचनका बारेमा ज्ञान पाएका व्यक्ति थिए । आत्मामा जोशिलो हुँदै येशू ख्रीष्‍टको बारेमा ठिक कुराहरू बोल्थे र सिकाउँथे तर उनलाई यूहन्‍नाको बप्‍तिस्माको बारेमा मात्र ज्ञान थियो । 26 अपोलोसले सभाघरहरूमा बडो साहसका साथ बोल्न थाले । जब अकिला र प्रिस्किलाले उनको बारेमा सुने तब तिनीहरू उनको साथ लागे र उनलाई परमेश्‍वरको वचनको बारेमा अझै ठिकसँग बताइदिए । 27 जब उनले अखैया हुँदै जाने इच्छा गरे, भाइहरूले उनलाई त्यहाँ जान प्रोत्साहन दिए र अखैयाका चेलाहरूले उनलाई ग्रहण गरून् भनेर पत्र लेखे । त्यहाँ आइपुगेपछि उनले अनुग्रहद्वारा विश्‍वास गर्नेहरूलाई ठूलो मद्दत गरे । 28 धर्मशास्‍त्रद्वारा येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा सबैका सामु प्रमाणित गरेर देखाउन सक्‍ने अपोलोको शक्ति र सीप देखेर यहूदीहरू नाजवाफ भए ।
  • प्रेरि 21:9 : 9 यी मानिसका चार जना कुमारी छोरी थिए, जसले अगमवाणी गर्थे ।
  • मत्त 23:34 : 34 त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।
  • लू 11:49 : 49 त्यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्‍ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् ।
  • प्रेरि 2:17 : 17 ‘परमेश्‍वर भन्‍नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्‍नेछन् ।
  • प्रेरि 11:27-28 : 27 अब यी दिनहरूमा केही अगमवक्‍ताहरू यरूशलेमबाट तल एन्टिओखियामा आए । 28 तिनीहरूमध्ये एक जना अगाबस नाउँ गरेका उभिएर संसारभरि नै ठुलो अनिकाल आउन लागेको छ भनी आत्माले देखाउनुभयो । क्लाउडियसका दिनहरूमा यस्तो भयो ।
  • १ कोरि 14:24 : 24 तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्‍वासी वा बाहिरको व्यक्‍ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ ।
  • १ कोरि 14:29 : 29 दुई वा तिन जना अगमवक्‍ता बोलून् र अरूले त्यो भनिएको कुरालाई ध्यानसँग त्यसको जाँच गर्दै सुनून् ।
  • १ कोरि 14:31-32 : 31 किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्‍तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् र सबै जना नै उत्साहित बनून् । 32 अगमवक्‍ताका आत्माहरू अगमवक्‍ताकै नियन्‍त्रणमा हुन्छन् ।
  • २ कोरि 8:12 : 12 किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्‍तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन ।
  • एफिसी 3:5 : 5 यो सत्यता अरू पुस्ताहरूको मानिसहरूलाई बताइएको थिएन । तर अहिले उहाँमा समर्पित प्रेरितहरू र अगमवक्ताहरूलाई आत्माद्वारा यो प्रकट गराइएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • रोमी 12:7-8
    2 पदहरू
    77%

    7यदि कसैको वरदान सेवाको हो भने, त्यसले सेवा गरोस् । यदि कसैसँग सिकाउने वरदान छ भने, त्यसले सिकाओस् ।

    8यदि कसैको वरदान उत्साह दिने हो भने, त्यसले उत्साह देओस् । यदि कसैको वरदान दिने छ भने, त्यसले उदारतासाथ गरोस् । यदि कसैको वरदान अगुवाइ गर्ने हो भने, त्यसले होसियारीसाथ गरोस् । यदि कसैको वरदान दया गर्ने हो भने, त्यसले यो प्रसन्‍न भएर गरोस् ।

  • रोमी 12:3-5
    3 पदहरू
    76%

    3किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस् । बरु, परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ ।

    4किनभने हाम्रो एउटा शरीरमा धेरै अङ्गहरू छन्, तर अङ्गहरूको काम एउटै हुँदैन ।

    5त्यसरी नै, हामीहरू जो धेरै छौँ ख्रीष्‍टमा एउटै शरीर हौँ, र हामी सबै एक-अर्काका अङ्गहरू हौँ ।

  • 7हामी हरेकलाई ख्रीष्‍टको वरदानको नापअनुसार वरदान दिइएको छ ।

  • 76%

    10जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्‍वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर ।

    11यदि कोही बोल्‍छ भने उसले परमेश्‍वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्‍वरले दिनुहुने शक्‍तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्‍टद्वारा परमेश्‍वर महिमित हुनुभएको होस् । महिमा र शक्‍ति सदासर्वदा उहाँकै हुन् । आमेन ।

  • १ कोरि 12:4-12
    9 पदहरू
    76%

    4वरदानहरू फरक फरक भए तापनि प्रभु त एउटै हुनुहुन्छ ।

    5सेवाका कार्यहरू फरक फरक छन्, तर प्रभु एउटै हुनुहुन्छ ।

    6कामहरू विभिन्‍न किसिमका छन्, तर तिनीहरूलाई हरेकको जीवनमा सम्भव तुल्याउनुहुने परमेश्‍वर एउटै हुनुहुन्छ ।

    7सबैको भलाइको निम्ति हरेकलाई आत्माको बाहिर देखिने चिह्न दिइएको छ ।

    8किनभने एउटालाई आत्माद्वारा बुद्धिको कुरा बोल्ने वरदान दिइएको छ भने उही आत्माद्वारा अर्कोलाई ज्ञानको कुरा गर्ने वरदान दिइएको छ ।

    9त्यसरी नै कसैलाई एउटै पवित्र आत्माद्वारा विश्‍वासको वरदान दिइएको छ भने अझ अर्कोलाई उही आत्माद्वारा निको पर्ने वरदान दिइएको छ ।

    10एउटालाई शक्‍तिको काम गर्ने वरदान दिइएको छ भने अर्कोलाई अगमवाणीको । एउटालाई आत्माहरू छुट्‌ट्याउने वरदान दिइएको छ भने अर्कोलाई भाषाहरूमा बोल्ने अनि कसैलाई भाषाहरूको अर्थ खोल्ने वरदान दिइएको छ ।

    11तर यिनीहरू सबैमा एउटै आत्माले काम गर्नुहुन्छ । उहाँको इच्छाबमोजिम उहाँले हरेकलाई व्यक्‍तिगत रूपमा वरदानहरू दिनुहुन्छ ।

    12जसरी शरीर एउटै हुन्छ र अङ्गहरू धेरै हुन्छन् अनि ती सबै अङ्ग एउटै शरीरको भएझैँ ख्रीष्‍टमा पनि त्यस्तै हुन्छ ।

  • १ कोरि 12:27-31
    5 पदहरू
    72%

    27अब तिमीहरू ख्रीष्‍टका शरीर हौ अनि व्यक्‍तिगत रूपले यसका अङ्ग हौ ।

    28अनि परमेश्‍वरले मण्डलीमा पहिलो प्रेरितहरू, दोस्रो अगमवक्‍ताहरू, तेस्रो शिक्षकहरू, त्यसपछि शक्‍तिशाली कार्य गर्नेहरू, निको पार्ने वरदान पाएका व्यक्‍तिहरू, मदत गर्नेहरू, प्रशासन चलाउनेहरू र विभिन्‍न भाषाका वरदान पाएकाहरूलाई नियुक्‍त गर्नुभएको छ ।

    29के तिनीहरू सबै प्रेरितहरू हुन्? के सबै अगमवक्‍ताहरू हुन्? के सबै शिक्षकहरू हुन्? के हामी सबैले शक्‍तिशाली कार्यहरू गर्छौं?

    30के तिनीहरू सबैसँग निको पार्ने वरदान छन्? के तिनीहरू सबै अन्य भाषाहरूमा बोल्छन्? के तिनीहरू सबैले अन्य भाषाहरूको अर्थ खोल्छन्?

    31जोसिलो भई अझ ठुला वरदानहरूको खोजी गर । अनि म तिमीहरूलाई अझ उत्तम मार्ग देखाउनेछु ।

  • 12तिमीहरूका निम्ति पनि यस्तै हो । तिमीहरू आत्माको प्रकटीकरणको लागि उत्सुक भएझैँ मण्डलीलाई निर्माण गर्ने कार्यमा जोसिलो बन ।

  • 1¶ प्रेममा लागिरहो र आत्मिक वरदानहरूका लागि जोसिलो होओ, विशेष गरी अगमवाणी बोल्ने चाहना गर ।

  • 10त्यसकारण, हामीले मौका पाउन साथ, सबैको निम्ति भलाइ गरौँ । विशेष गरी विश्‍वासको परिवारको निम्ति हामीले भलाइ गरौँ ।

  • एफिसी 4:11-12
    2 पदहरू
    69%

    11ख्रीष्‍टले यस्ता वरदानहरू दिनुभयोः प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, पास्टरहरू र शिक्षकहरू ।

    12ख्रीष्‍टको शरीरलाई निर्माण गर्ने सेवाको कार्यको निम्ति विश्‍वासीहरूलाई निपुण गर्नलाई उहाँले यो गर्नुभयो ।

  • 7तर तिमीहरू सबै कुरामा बढेर गएका छौ, अर्थात् विश्‍वासमा, बोलीवचनमा, ज्ञानमा, सबै लगावमा र हामी प्रतिको प्रेममा । त्यसकारण, उदारको यो काममा पनि तिनीहरू बढेर जाने कुरामा ख्याल राख ।

  • 26भाइहरू हो, अब के त? जब तिमीहरू भेला हुन्छौ, तब कसैसँग भजन, शिक्षा, प्रकाश, अन्य भाषा वा अर्थ खोल्ने काम हुन्छ । सबै कुरा मण्डलीको वृद्धिको लागि गर ।

  • 9किनकि हामी थोरै जान्दछौँ र थोरै अगमवाणी बोल्छौँ ।

  • 10परमेश्‍वरको अनुग्रहअनुसार उहाँले मलाई दिनुभएको कारिगरको क्षमतालाई प्रयोग गरेर मैले जग बसालेँ, र अर्कोले त्यसमाथि घर बनाउँदै छ । तर हरेक व्यक्‍तिले कसरी बनाउँदै छ भन्‍ने बारेमा सावधान रहनुपर्छ ।

  • 6जसलाई वचन सिकाइएको छ, उसले शिक्षकसँग सबै असल कुराहरू बाँड्नुपर्छ ।

  • 5तिमीहरू सबै जना अन्य भाषा बोल भन्‍ने म चाहना गर्दछु । तर त्योभन्दा पनि अझ बढी अगमवाणी गर भन्‍ने म चाहना गर्दछु । (मण्डली वृद्धि होस् भनेर कसैले त्यसको अर्थ नखोलेसम्म) अन्य भाषा बोल्नेभन्दा पनि अगमवाणी गर्ने महान् हुन्छ ।

  • 15हामीले अरूको परिश्रमको बारेमा सीमाभन्दा बढी घमण्ड गरेका छैनौँ । बरु, हामी आशा गर्छौं, कि तिमीहरूको विश्‍वास बढ्दा हाम्रो कामको दायरा पनि बृहत् रूपमा फैलनेछ, तापनि यो उचित सीमाभित्र नै रहनेछ ।

  • 13तर हामी सीमाभन्दा बाहिर गएर घमण्ड गर्नेछैनौँ । बरु, परमेश्‍वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्दछौँ, जुन सीमा तिमीहरूसम्म पुग्दछ ।

  • 7उहाँको शक्तिको कामद्वारा मलाई दिइएको परमेश्‍वरको अनुग्रहको वरदानद्वारा म यस सुसमाचारको सेवक भएको छु ।

  • 5उहाँको नाउँको खातिर सबै जातिमाझ विश्‍वासको आज्ञाकारिताको निम्ति हामीले उहाँद्वारा अनुग्रह र प्रेरितको सेवा पाएका छौँ ।

  • 14किनकि शरीर एउटै अङ्गले मात्र होइन, तर धेरै अङ्गहरूले बनेको हुन्छ ।

  • 4त्यही समयमा परमेश्‍वरले यसलाई चिह्नहरू, अचम्मका काम र विभिन्‍न शक्‍तिशाली कामहरूबाट अनि उहाँको आफ्नै इच्छाअनुसार पवित्र आत्माका वरदानहरूको वितरणद्वारा प्रमाणित गरिदिनुभयो ।

  • 31किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्‍तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्‍न सकोस् र सबै जना नै उत्साहित बनून् ।

  • 6म प्रार्थना गर्छु, कि ख्रीष्‍टमा हामीमा भएको हरेक असल कुराको ज्ञानको निम्ति तिम्रो विश्‍वासको सहभागिता प्रभावकारी हुन सकोस् ।

  • 24देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्‍जत पाएका छन् । तर परमेश्‍वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ ।

  • 7सबै जना मजस्तै भएको म इच्छा गर्दछु । तर हरेकले परमेश्‍वरबाट आ-आफ्नो वरदान पाएको छ । एक जनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको वरदान पाएको छ ।

  • 1¶ भाइहरू हो, आत्मिक वरदानहरूको बारेमा तिमीहरू अनभिज्ञ रहेको म चाहन्‍नँ ।

  • 3तर अगमवाणी गर्नेले मानिसहरूसँग बोलेर तिनीहरूलाई निर्माण गर्ने, उत्साह प्रदान गर्ने र सान्त्वना दिने काम गर्दछ ।

  • 18तर परमेश्‍वरले शरीरको स्वरूप निर्माण गर्दा नै यसका अङ्गहरू मिलाएर राख्‍नुभयो ।

  • 13“मैले विश्‍वास गरेँ, यसैले मैले बोलेँ ।” भनेर लेखिएजस्तै हामीसँग विश्‍वासको उस्तै आत्मा छ ।

  • 12किनकि यदि तिमीहरू यो काम गर्न इच्छुक छौ भने, यो असल र ग्रहणयोग्य कुरा हो । यो कुनै व्यक्‍तिसँग भएको कुरामा त्यसमा भर पर्नुपर्छ, उसँग नभएको कुरामा होइन ।

  • 11यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्‍वास गर्‍यौ ।

  • 15उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्‍का दिए; अर्कोलाई दुई सिक्‍का र फेरि अर्कोलाई उनले एक सिक्‍का दिए । प्रत्‍यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्‍यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो ।