मत्ती 25:15
उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्का दिए; अर्कोलाई दुई सिक्का र फेरि अर्कोलाई उनले एक सिक्का दिए । प्रत्यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो ।
उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्का दिए; अर्कोलाई दुई सिक्का र फेरि अर्कोलाई उनले एक सिक्का दिए । प्रत्यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
16पाँच सिक्का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्यो, र त्यसबाट अर्को पाँच सिक्का कमायो ।
17त्यसै गरी, जसले दुई सिक्का पाएको थियो, उसले पनि त्यसबाट अर्का दुई सिक्का कमायो ।
18तर एउटा मात्र सिक्का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।
19अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।
20पाँच सिक्का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्का कमाएको छु ।’
21उसको मालिकले उसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’
22दुईवटा सिक्का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्का दिनुभएको थियो । हेर्नुहोस्, मैले अर्का दुईवटा सिक्का कमाएको छु ।’
23उसको मालिकले उसलाई भने, ‘स्याबास, असल र विश्वासयोग्य नोकर! तिमी थोरै कुरामा विश्वासयोग्य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’
24त्यसपछि एउटा सिक्का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्वभावको मानिस हुनुहुन्छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।
25मलाई डर थियो । त्यसकारण, म गएँ र तपाईंको सिक्कालाई जमिनमुनि लुकाइराखेँ । ‘हेर्नुहोस्, जे तपाईंको हो यसलाई लिनुहोस् ।’
26तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।
27त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्याजसहित पाउने थिएँ ।
28त्यसकारण, त्योसँग भएको एक सिक्का लेओ र जुन नोकरसँग दस सिक्का छ त्यसलाई देओ ।
29किनकि जससँग छ त्यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्यससँग भएको पनि त्यसबाट खोसिनेछ ।
30त्यो बेकम्मा नोकरलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’
14किनकि यो परदेश जानै लागेको मानिसजस्तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्पत्तिको जिम्मा दिए ।
15तब राज्य प्राप्त गरी फर्केर आएपछि उनले सिक्का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्ने इच्छा गरे ।
16पहिलो नोकर उनको अगाडि आयो र भन्यो, ‘मालिक, मैले तपाईंको सिक्काबाट अरू दस सिक्का कमाएँ ।’
17ती भलादमी मानिसले त्यसलाई भने, ‘स्याबास, असल नोकर । तिमी धेरै सानो कुरामा विश्वासयोग्य भयौ, त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ ।’
18दोस्रो नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्काबाट मैले पाँच सिक्का कमाएँ ।’
19ती भलादमी मानिसले त्यस नोकरलाई भने, ‘तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ ।’
20अनि अर्को नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ ।
12त्यसकारण, उहाँले भन्नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए ।
13उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’
23त्यसो भए, तैँले मेरो सिक्का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?’
24ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्का खोसेर जससँग दस सिक्का छ, त्यसलाई देओ ।’
25तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्का छ ।’
26‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।
23यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।
24जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्का तिर्नुपर्ने थियो ।
25तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्नी, त्यसका बालबच्चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए ।
25किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”
1¶ किनकि परमेश्वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए ।
2ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए ।
12किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।
5तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।
14जे तिम्रो हो त्यो लेऊ र आफ्नो बाटो लाग । मैले तिमीलाई दिए जत्तिकै म यी अन्त्यमा काममा लगाइएका कामदारहरूलाई पनि दिने इच्छा गर्दछु ।
9जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए ।
10जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्त गरे ।
10जसरी तिमीहरू हरेकले वरदान पाएका छौ । परमेश्वरले दिनुभएका सित्तैँका वरदानहरू उहाँको असल भण्डारेजस्तै एक-अर्काको सेवाको लागि प्रयोग गर ।
4उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए ।
1¶ तब स्वर्गको राज्य ती दस कन्याजस्तै हुनेछ जसले आ-आफ्ना बत्तीहरू लिएर दुलहालाई भेट्न गए ।
2तिनीहरूमध्ये पाँच जना निर्बुद्धि र पाँच जना बुद्धिमती थिए ।
5तब त्यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो र पहिलो चाहिँलाई भन्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ? ’
47साँच्चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ ।
1¶ येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए ।
2तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’
34यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ ।
1¶ त्यसपछि येशूले तिनीहरूलाई दृष्टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि उनी यात्रामा लागे ।
12त्यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्वासयोग्य भएनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र?