लूका 19:15

अनलक शाब्दिक बाइबल

तब राज्य प्राप्‍त गरी फर्केर आएपछि उनले सिक्‍का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्‍ने इच्छा गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 2:4-6 : 4 स्वर्गमा विराजमान हुनुहुनेचाहिं तिनीहरूलाई उपहास गर्नुहुन्छ । परमप्रभुले तिनीहरूलाई खिसी गर्नुहुन्छ । 5 तब उहाँ तिनीहरूसँग आफ्नो रिसमा बोल्नुहुन्छ र तिनीहरूलाई आफ्नो क्रोधमा यसो भनेर त्रसित पार्नुहुन्छ, 6 “मेरो पवित्र पर्वत सियोनमा म आफैंले मेरो राजालाई अभिषेक गरेको छु ।”
  • मत्त 18:23-35 : 23 यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे । 24 जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्‍का तिर्नुपर्ने थियो । 25 तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्‍नी, त्यसका बालबच्‍चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए । 26 त्यसैले, त्यस नोकर घुँडा टेक्दै तिनको अगि घोप्‍टो पर्‍यो, अनि भन्यो, ‘मालिक, मसँग धैर्य गर्नुहोस्, अनि म हजुरलाई सब थोक तिर्नेछु ।’ 27 त्यसैले, त्यस नोकरका मालिक दयाले भरिएको कारण तिनले त्यसलाई छोडिदिएर ऋणमुक्त गरिदिए । 28 तर त्यस नोकर बाहिर गयो र त्यसले आफ्नो सहकर्मी एउटा नोकर भेट्टायो जसले त्यसलाई एक सय दिनार तिर्नुपर्ने थियो । त्यसले उसलाई पक्रियो, र घाँटीमा समात्यो, र भन्यो, ‘तैँले मलाई जे तिर्नुपर्नेछ, त्यो तिरिहाल ।’ 29 तर त्यसको नोकरले घुँडा टेक्यो र त्यसलाई बिन्ती गर्‍यो, ‘मसँग धैर्य गर्नुहोस्, अनि म तपाईंलाई सबै ऋण तिरिदिनेछु ।’ 30 तर त्यो पहिलो नोकरले इन्कार गर्‍यो । बरु, त्यो गयो र उसले तिर्नुपर्ने ऋण चुक्ता नगरेसम्म उसलाई झ्यालखानामा हालिदियो । 31 जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे, उनीहरू अत्यन्तै निराश भए । उनीहरू आए, र जे भएको थियो त्यो सबै उनीहरूका मालिकलाई सुनाइदिए । 32 त्यसपछि त्यस नोकरका मालिकले त्यसलाई बोलाए र भने, ‘तँ दुष्‍ट नोकर, तैँले मलाई बिन्ती गरेको हुनाले मैले तेरा सबै ऋण तँलाई माफ गरिदिएँ । 33 मैले तँमाथि दया गरेझैँ के तैँले पनि आफ्नो सहकर्मी नोकरमाथि दया गर्नु पर्दैनथ्यो?’ 34 त्यसका मालिक रिसाए र त्यसले तिर्नुपर्ने सबै ऋण चुक्ता नगरेसम्म त्यसलाई सताउनेहरूका हातमा सुम्पिदिए । 35 यदि तिमीहरू हरेकले आफ्नो हृदयबाट आफ्नो भाइलाई क्षमा गरेनौ भने, मेरा स्वर्गीय पिताले पनि तिमीहरूसित यस्तै गर्नुहुनेछ ।
  • मत्त 25:19 : 19 अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।
  • लू 12:48 : 48 तर जसले थाहै नभईकन मुक्‍का पाउने योग्यको काम गर्दछ, उसलाई थोरै मात्र मुक्‍काहरू दिइनेछ । हरेक जसलाई धेरै दिइएको छ, उसबाट पनि चाहिए जति असुलिने छ, जसलाई तिनीहरूले धेरै जिम्मा दिइएको छ उसबाट धेरै नै फिर्ता मागिनेछ ।
  • लू 16:2-9 : 2 तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’ 3 त्यो व्यवस्थापकले आफैँसँग भन्यो, ‘मेरा मालिकले अब मलाई व्यवस्थापकको कामबाट हटाउन लागेका छन्, म के गरूँ? मेरो खन्‍ने तागत छैन; मलाई माग्‍न पनि लाज लाग्दछ । 4 मैले के गर्नेछु भन्‍ने कुरा मलाई थाहा छ । मलाई व्यवस्थापकको कामबाट हटाइएपछि मानिसहरूले मलाई तिनीहरूका घरमा निम्त्याऊन् भनी म यसो गर्नेछु ।’ 5 तब त्यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो र पहिलो चाहिँलाई भन्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ? ’ 6 उसले भन्यो, ‘एक सय माना जैतूनको तेल ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक लेऊ, तुरुन्तै बसेर पचास लेख ।’ 7 तब त्यस व्यवस्थापकले अर्कोलाई भन्यो, ‘तिम्रोचाहिँ ऋण कति छ?’ उसले भन्यो, ‘एकसय माना गहुँ ।’ उसले त्यसलाई भन्यो, ‘तिम्रो तमसुक ल्याऊ र असी लेख ।’ 8 तब ती मालिकले त्यस अधर्मी व्यवस्थापकको प्रशंसा गरे किनकि उसले चतुर्‍याइँसँग काम गरेको थियो । किनकि आफ्ना मानिसहरूसँग व्यवहार गर्दा ज्योतिका सन्तानभन्दा यस संसारका सन्तानहरू बढी चतुर हुन्छन् । 9 म तिमीहरूलाई भन्दछु, अधर्मी धनले तिमीहरूले अफ्ना लागि मित्र बनाओ, र यो धन सकिएपछि तिनीहरूले तिमीहरूलाई अनन्त वासस्थानमा स्वागत गरून् । 10 जो अत्यन्तै थोरैमा विश्‍वासयोग्य हुन्छ, त्यो धेरैमा पनि विश्‍वासयोग्य हुन्छ र जो अत्यन्तै थोरैमा अधर्मी हुन्छ, त्यो धेरैमा पनि अधर्मी हुन्छ । 11 त्यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र? 12 त्यस्तै अरू मानिसहरूको सम्पत्तिमा तिमीहरू विश्‍वासयोग्य भएनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति तिमीहरूलाई कसले देला र? 13 कुनै पनि सेवकले दुई जना मालिकको सेवा गर्न सक्दैन, किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ अथवा एउटाप्रति भक्‍ति देखाउनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ । तिमीहरूले परमेश्‍वर र धनको सेवा गर्न सक्दैनौ ।”
  • रोमी 14:10-12 : 10 तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्‍वरको न्याय आसनको सामु खडा हुनेछौँ । 11 किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्‍नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्‍नेछ र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ ।” 12 यसैले, हामी हरेकले परमेश्‍वर स्वयम्‌लाई लेखा दिनुपर्नेछ ।
  • १ कोरि 4:1-5 : 1 ¶ यसरी कुनै व्यक्‍तिले हामीलाई ख्रीष्‍टका सेवकहरू र परमेश्‍वरको गोप्य सत्यताको भण्डारे ठान्‍नुपर्छ । 2 यस सम्बन्धमा, भण्डारेहरू विश्‍वासयोग्य हुन आवश्‍यक छ । 3 तर म तिमीहरूबाट र मानिसको अदालतबाट जाँचिनु मेरो निम्ति अति सानो कुरा हो । किनकि म आफैँ पनि मेरो जाँच गर्दिनँ । 4 मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्‍ने चाहिँ होइन । परमेश्‍वरले नै मेरो न्याय गर्नुहुन्छ । 5 यसकारण समय आउनुभन्दा अगि वा येशू आउनुभन्दा अगि कुनै पनि कुराको बारेमा न्याय नगर । उहाँले अन्धकारमा लुकाइएका कुराहरूलाई ज्योतिमा ल्याउनुहुनेछ, र हृदयका उद्देश्‍यहरू प्रकट गर्नुहुनेछ । त्यसपछि हरेकले परमेश्‍वरबाट आफ्नो प्रशंसा पाउनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • लू 19:16-20
    5 पदहरू
    86%

    16पहिलो नोकर उनको अगाडि आयो र भन्यो, ‘मालिक, मैले तपाईंको सिक्‍काबाट अरू दस सिक्‍का कमाएँ ।’

    17ती भलादमी मानिसले त्यसलाई भने, ‘स्याबास, असल नोकर । तिमी धेरै सानो कुरामा विश्‍वासयोग्य भयौ, त्यसकारण तिमीले दसवटा सहर अधिकार गर्नेछौ ।’

    18दोस्रो नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍काबाट मैले पाँच सिक्‍का कमाएँ ।’

    19ती भलादमी मानिसले त्यस नोकरलाई भने, ‘तिमीले पाँचवटा सहरमा राज्य गर्नेछौ ।’

    20अनि अर्को नोकर आयो र भन्यो, ‘मालिक, तपाईंको सिक्‍का यहाँ छ, जसलाई मैले कपडाभित्र सुरक्षितसाथ राखेको थिएँ ।

  • लू 19:12-14
    3 पदहरू
    85%

    12त्यसकारण, उहाँले भन्‍नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्‍त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए ।

    13उनले आफ्ना दस जना नोकरलाई बोलाए र तिनीहरूलाई दस सिक्‍का दिँदै भने, ‘म फर्की नआउँदासम्म यसलाई व्यापारमा लगाओ ।’

    14तर उनका मानिसहरूले घृणा गर्दै यसो भन्‍ने सन्देश दिएर दूतहरू पठाए, ‘यो मानिसले हामीमाथि शासन गरेको हामी चाहँदैनौँ ।’

  • मत्त 25:14-24
    11 पदहरू
    83%

    14किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।

    15उनले तिनीहरूमध्ये एक जनालाई पाँच सिक्‍का दिए; अर्कोलाई दुई सिक्‍का र फेरि अर्कोलाई उनले एक सिक्‍का दिए । प्रत्‍यकले आफ्नो क्षमताअनुसार ती रकमहरू लिए, अनि त्‍यो मानिस तुरुन्तै आफ्नो यात्रामा हिँड्यो ।

    16पाँच सिक्‍का पाउने तुरुन्तै गयो र उसले त्यसलाई लगानी गर्‍यो, र त्‍यसबाट अर्को पाँच सिक्‍का कमायो ।

    17त्यसै गरी, जसले दुई सिक्‍का पाएको थियो, उसले पनि त्‍यसबाट अर्का दुई सिक्‍का कमायो ।

    18तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।

    19अब धेरै समयपछि ती नोकरहरूका मालिक फर्केर आए अनि तिनीहरूसँग हिसाब लिए ।

    20पाँच सिक्‍का पाएको नोकर आयो र उसले अर्को पाँचवटा सिक्‍का ल्यायो । उसले भन्यो, ‘मालिक, तपाईंले मलाई पाँचवटा सिक्‍का दिनुभएको थियो, हेर्नुहोस्, मैले अर्का पाँचवटा सिक्‍का कमाएको छु ।’

    21उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्नो मालिकको खुसीमा सामेल होऊ ।’

    22दुईवटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मालिक तपाईंले मलाई दुईवटा सिक्‍का दिनुभएको थियो । हेर्नुहोस्‌, मैले अर्का दुईवटा सिक्‍का कमाएको छु ।’

    23उसको मालिकले उसलाई भने, ‘स्‍याबास, असल र विश्‍वासयोग्‍य नोकर! तिमी थोरै कुरामा विश्‍वासयोग्‍य भएका छौ । म तिमीलाई धेरै कुरामाथि अधिकार दिनेछु । तिमी पनि आफ्ना मालिकको खुसीमा सामेल होऊ ।’

    24त्यसपछि एउटा सिक्‍का पाएको नोकर आयो र भन्यो, ‘मलाई थाहा छ, कि तपाईं कडा स्‍वभावको मानिस हुनुहुन्‍छ । तपाईंले आफूले नरोपेको ठाउँबाट कटनी गर्नुहुन्छ र नछरेको ठाउँबाट फसल निकाल्नुहुन्छ ।

  • लू 19:22-27
    6 पदहरू
    80%

    22ती भलादमी मानिसले त्यसलाई भने, ‘तँ दुष्‍ट नोकर, म तँलाई तेरो आफ्नै वचनले न्याय गर्नेछु । जहाँ राखेको छैन त्यहाँबाट लिन खोज्‍ने र जहाँ छरेको छैन त्यहाँबाट कटनी गर्न खोज्‍ने म कठोर मानिस हुँ भनी तँलाई थाहा थियो ।

    23त्यसो भए, तैँले मेरो सिक्‍का किन बैङ्कमा राखिनस्, ताकि फर्की आउँदा ब्याजसहित मैले यो रकम पाउने थिएँ?’

    24ती भलादमी मानिसले त्यहाँ उभिएका मानिसहरूलाई भने, ‘योसँग भएको सिक्‍का खोसेर जससँग दस सिक्‍का छ, त्यसलाई देओ ।’

    25तिनीहरूले उसलाई भने, ‘मालिक उसँग त दस सिक्‍का छ ।’

    26‘म तिमीलाई भन्दछु, जससँग छ त्यसलाई अझ धेरै दिइने छ, तर जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।

    27तर, मैले तिनीहरूमाथि शासन गरेको नचाहने मेरा यी शत्रुहरूलाई यहाँ ल्याओ र मेरो अगाडि मार’ ।”

  • मत्त 25:26-29
    4 पदहरू
    78%

    26तर उसको मालिकले जवाफ दिए र भने, ‘ए दुष्‍ट र अल्छी नोकर, मैले नरोपेको ठाउँबाट कटनी गर्छु र नछरेको ठाउँबाट फसल निकाल्छु भनेर तँलाई थाहा थियो ।

    27त्यसकारण, तैँले मेरो पैसा साहुकहाँ दिनुपर्ने थियो, र म आउँदा मैले आफ्नो पैसा ब्‍याजसहित पाउने थिएँ ।

    28त्‍यसकारण, त्योसँग भएको एक सिक्‍का लेओ र जुन नोकरसँग दस सिक्‍का छ त्‍यसलाई देओ ।

    29किनकि जससँग छ त्‍यसलाई अझ धेरै दिइनेछ अर्थात् अझ प्रशस्त गरी दिइनेछ । तर जससँग छैन, त्‍यससँग भएको पनि त्यसबाट खोसिनेछ ।

  • मत्त 18:23-25
    3 पदहरू
    77%

    23यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।

    24जब तिनले हिसाब लिन थाले, एउटा नोकर तिनको अगाडि ल्याइयो जसले तिनलाई दस हजार सुनका सिक्‍का तिर्नुपर्ने थियो ।

    25तर त्यस नोकरसित त्यो चुक्ता गर्ने केही उपाय नभएकोले, त्यसका मालिकले त्योसहित त्यसकी पत्‍नी, त्यसका बालबच्‍चा र सबथोक बेचेर त्यो तिर्न आदेश दिए ।

  • 5तब त्यस व्यवस्थापकले उसका मालिकका ऋणीहरू प्रत्येकलाई बोलायो र पहिलो चाहिँलाई भन्यो, ‘तिमीले मेरा मालिकलाई कति तिर्नु छ? ’

  • लू 16:1-2
    2 पदहरू
    76%

    1¶ येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए ।

    2तब ती धनी मानिसले उसलाई बोलाएर भने, ‘तिम्रो बारेमा म यो के सुन्दै छु? तिम्रो व्यवस्थापनको बारेमा हिसाब देऊ । अब उप्रान्त तिमी व्यवस्थापक रहन सक्दैनौ ।’

  • 31जब त्यसका अरू सहकर्मी नोकरहरूले जे भएको थियो त्यो देखे, उनीहरू अत्यन्तै निराश भए । उनीहरू आए, र जे भएको थियो त्यो सबै उनीहरूका मालिकलाई सुनाइदिए ।

  • 26उनले सेवकहरूमध्ये एक जनालाई बोलाएर के कुराहरू भइराखेको होला भनेर सोधे ।

  • 21त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ ।’

  • मत्त 20:9-10
    2 पदहरू
    73%

    9जब पाँच बजे काममा लगाइएका कामदारहरू आए, तिनीहरू सबैले एक दिनार पाए ।

    10जब सुरुका कामदारहरू आए, तिनीहरूले धेरै पाउनेछन् भनी तिनीहरूले विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनार नै प्राप्‍त गरे ।

  • लू 12:43-44
    2 पदहरू
    73%

    43धन्य हो त्यो सेवक, जसले आफ्नो मालिक फर्कंदा यी कार्यहरू गरिरहेको भेट्टाउनेछ ।

    44म साँचो भन्दछु, कि उसले सबै सम्पत्तिको हक उसलाई दिनेछ ।

  • 47साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि मालिकले उसित भएका सबै कुराको जिम्मा उसलाई दिनेछ ।

  • 34जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।

  • 9उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।

  • 37धन्य हुन् ती सेवकहरू, जो आफ्नो मालिक फर्केर आउँदा उसले जागा रहेको भेट्टाउनेछ । म तिमीहरूलाई साँचो भन्दछु, कि उसले आफ्नो लामो वस्‍त्रलाई पेटीले कसेर भित्री भागमा सुरक्षित राखी खानामा बसाल्दछ र आएर उनीहरूको सेवा गर्नेछ ।

  • 2ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।

  • 5तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।

  • 6जब ऊ घर आउँछ, उसले आफ्ना साथीहरू र छिमेकीहरूलाई बोलाउँछ र यसो भन्छ, ‘मसँग आनन्दित हुनुहोस्, किनभने मैले मेरो हराएको भेडालाई भेट्टाएको छु ।’

  • 3येशूले तिनीहरूलाई यो दृष्‍टान्‍त भन्‍नुभयो,