मत्ती 22:5

अनलक शाब्दिक बाइबल

तर तिनीहरूले केही वास्ता नै गरेनन्, र एउटा आफ्नो खेतबारी, र अर्को आफ्नो व्यवसायतिर लाग्यो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • इब्रा 2:3 : 3 हामीले यति ठुलो मुक्‍तिको बेवास्‍ता गर्‍यौँ भने, तब हामी कसरी उम्कन सक्छौँ र? यो मुक्‍ति जुन पहिलो पल्ट प्रभुद्वारा नै घोषणा गरिएको थियो र जसले यो सुने हाम्रा निम्ति त्यो पक्‍का गरियो ।
  • १ यूह 2:15-16 : 15 संसारलाई प्रेम नगर, न त संसारमा भएका थोकहरूलाई नै । कसैले संसारलाई प्रेम गर्छ भने पिताको प्रेम त्‍यसमा हुँदैन । 16 किनभने संसारमा भएका सबै थोकहरू अर्थात् शरिरको अभिलाषा, आँखाको अभिलाषा र जीवनको शेखी पिताबाट आएका होइनन्, तर संसारबाट आएका हुन् ।
  • उत्प 19:14 : 14 लोत बाहिर गए, र तिनले आफ्ना छोरीहरूलाई विवाह गर्न प्रतिज्ञा गरेका जुवाइँहरूसँग यसो भने, “छिट्टै, यस ठाउँबाट निस्किहाल, किनभने परमप्रभुले यस सहरलाई नष्‍ट पार्न लाग्‍नुभएको छ ।” तर तिनका जुवाइँहरूलाई तिनले ठट्टा गरेझैँ लाग्यो ।
  • उत्प 25:34 : 34 याकूबले एसावलाई रोटी र दालको सुरुवा दिए । एसावले खानपान गरे अनि उठेर आफ्‍नो बाटो लागे । यसरी एसावले आफ्‍नो ज्‍येष्‍ठ-अधिकारलाई लत्त्याए ।
  • भजन 106:24-25 : 24 त्‍यसपछि तिनीहरूले फलवन्त देशलाई घृणा गरे । तिनीहरूले उहाँको प्रतिज्ञामा विश्‍वास गरेनन्, 25 तर आफ्‍ना पालहरूमा गनगन गरे र पमरप्रभुको आज्ञा पालन गरेनन् ।
  • नीति 1:7 : 7 परमप्रभुको भय नै ज्ञानको सुरु हो । मूर्खहरूले बुद्धि र निर्देशनलाई तुच्छ ठान्छ ।
  • नीति 1:24-25 : 24 मैले बोलाएको छु, तर तिमीहरूले सुन्‍न इन्कार गरेका छौ । मैले मेरा हात फैलाएँ, तर ध्यान दिने कोही थिएन । 25 तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ, र मेरो सुधारलाई वास्तै गरेका छैनौ ।
  • मत्त 13:22 : 22 काँडाघारीमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ, तर संसारको वास्ता र धनीहरूको कपटले वचनलाई निसासिदिन्छ, अनि ऊ निष्फल हुन्छ ।
  • मत्त 24:38-39 : 38 किनकि ती दिनहरूमा जलप्रलय आउनुभन्दा अगि नोआ जहाजभित्र नपसुन्जेल तिनीहरू खाँदै र पिउँदै, विवाह गर्दै र विवाह गराउँदै थिए, 39 अनि प्रलय आएर तिनीहरू सबैलाई नलगुन्जेलसम्म तिनीहरूलाई केही पनि थाहा थिएन । मानिसका पुत्रको आगमन पनि त्यस्तै हुनेछ ।
  • लू 14:18-20 : 18 तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले । पहिलोले भन्यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ 19 र अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्‍नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’ 20 र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ ।’
  • लू 17:26-32 : 26 यस्ता घटनाहरू नोआको समयमा पनि भएको थिए र मानिसका पुत्रको समयमा पनि ती कुराहरू हुनेछन् । 27 नोआ जहाजभित्र नपसुन्जेलसम्म तिनीहरू खाँदै, पिउँदै, र विवाहमा सहभागी भएका थिए । त्यसपछि बाढी आयो र सबै कुरालाई विनाश गर्‍यो । 28 यस्तै घटनाहरू लोतको समयमा पनि घटेको थियो । त्यस समयमा तिनीहरूले खाँदै, पिउँदै, किन्दै, बेच्दै, र ती विभिन्‍न कुराहरूको निर्माण गर्दै थिए । 29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो । 30 अब मानिसका पुत्रको समयमा पनि यस्तै कुराहरू हुनेछन् । 31 त्यस दिनमा घरको माथिल्लो तल्‍लाबाट आफ्ना असल चिज लिनको लागि तल नआओ । र कोही खेतमा छ भने, नफर्क । 32 लोतकी पत्‍नीलाई सम्झ ।
  • प्रेरि 2:13 : 13 तर अरूले चाहिँ गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्‍न भएका छन् ।”
  • प्रेरि 24:25 : 25 तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए; अनि उनले जवाफ दिए, “अहिलेलाई जाऊ, तर जब मलाई फेरि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।”
  • रोमी 2:4 : 4 अथवा के तिमी उहाँको कृपाको प्रशस्तता, उहाँको दण्डको ढिलाइ र उहाँको धैर्यलाई तुच्छ ठन्छौ? के उहाँको भलाइ तिमीहरूलाई पश्‍चात्तापमा डोर्‍याउनलाई हो भन्‍ने तिमीहरू जान्दैनौ?
  • रोमी 8:6 : 6 शरीरको मानसिकता मृत्यु हो, तर आत्माको मानसिकता जीवन र शान्ति हो ।
  • १ तिमो 6:9-9 : 9 अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् । 10 रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन् ।
  • २ तिमो 3:4 : 4 ठगाहा, जिद्धिवाल, घमण्डी, परमेश्‍वरको प्रेमको साटो सुखविलास रुचाउने हुनेछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 22:1-4
    4 पदहरू
    81%

    1¶ तिनीहरूसँग यसो भन्दै येशू दृष्‍टान्तमा बोल्नुभयो,

    2“स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।

    3उनले भोजमा आउनको निम्ति निम्त्याइएकाहरूलाई बोलाउन आफ्ना नोकरहरू पठाए, तर तिनीहरू आउन मानेनन् ।

    4फेरि राजाले यसो भन्दै आफ्ना अरू नोकरहरू पठाए, ‘ती निम्त्याइएकाहरूलाई यसो भन्‍नू, ‘मैले मेरो भोज तयार पारेको छु । मेरा गोरुहरू र मोटा पशुहरू मारिएका छन्, र सबै कुरा तयार छन् । विवाहको भोजमा आओ ।’

  • मत्त 22:6-10
    5 पदहरू
    79%

    6अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे ।

    7तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए ।

    8त्यसपछि उनले आफ्ना नोकरहरूलाई भने, ‘विवाहको निम्ति सबै तयार छन्, तर जसलाई निम्त्याइएको थियो तिनीहरू योग्यका थिएनन् ।

    9त्यसैले, तिमीहरू सडकहरूमा जाओ र तिमीहरूले सक्‍ने जति सबै मानिसलाई विवाह भोजमा सहभागी हुन बोलाओ ।’

    10ती नोकरहरू सडकहरूमा गए र तिनीहरूले भेट्टाए जति असल र खराब दुवै थरीका मानिसलाई एकसाथ भेला गरे । त्यसैले, विवाहको घर पाहुनाहरूले भरियो ।

  • लू 14:16-21
    6 पदहरू
    79%

    16तर येशूले त्यसलाई भन्‍नुभयो, “एक जना मानिसले ठुलो भोजको आयोजना गर्‍यो र धेरैलाई निम्तो दियो ।

    17जब भोज तयार भयो, तब उसले आफ्नो सेवकलाई निम्तो गरिएकाहरूलाई बोलाउन पठायो ‘आउनुहोस् सबै कुरा तयार भइसक्यो ।’

    18तिनीहरू सबैले फरक-फरक किसिमको बहाना बनाउन थाले । पहिलोले भन्यो, ‘मैले भर्खर खेत किनेको छु र मैले गएर त्यो हेर्नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’

    19र अर्कोले भन्यो, ‘मैले पाँच हल गोरु किनेको छु र मैले तिनीहरूलाई जोत्‍नुपर्छ । कृपया मलाई माफ गर्नुहोस् ।’

    20र अर्को मानिसले भन्यो, ‘मैले श्रीमती विवाह गरेको छु, त्यसकारण म आउन सक्दिनँ ।’

    21त्यो सेवक फर्केर आएर आफ्ना मालिकलाई ती कुराहरू सुनाइदियो, तब त्यस घरका मालिक रिसाए र सेवकलाई भने, ‘छिटो बाहिर गल्ली र सहरका खुल्ला मैदानमा जाऊ र गरिब, लुला, लङ्गडा, दृष्‍टिविहीनहरूलाई यहाँ ल्याऊ ।’

  • मत्त 21:33-36
    4 पदहरू
    77%

    33अर्को दृष्‍टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्‍का दिए । त्यसपछि उनी अर्कै देशमा गए ।

    34जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।

    35तर दाखबारीका खेतालाहरूले उनका नोकरहरूलाई वशमा लिए; एउटालाई पिटे; अर्कोलाई मारे, र अर्कोलाई चाहिँ ढुङ्गाले हिर्काए ।

    36फेरि, मालिकले पहिले भन्दा अझ धेरै नोकरहरू पठाए, तर ती दाखबारीमा काम गर्नेहरूले तिनीहरूलाई पनि त्यस्तै व्यवहार गरे ।

  • लू 20:9-12
    4 पदहरू
    75%

    9उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।

    10तोकिएको समयमा तिनीहरूले आफ्नो हिस्साको फल दिऊन् भनी तिनले आफ्नो एक जना नोकरलाई ती कामदारहरूकहाँ पठाए । तर ती कामदारहरूले त्यसलाई पिटेर रित्तो हात पठाइदिए ।

    11तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटेर बेइज्‍जत गरी रित्तै हात पठाए ।

    12तिनले तेस्रो नोकरलाई पनि पठाए, तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकाली दिए ।

  • मर 12:1-5
    5 पदहरू
    75%

    1¶ त्यसपछि येशूले तिनीहरूलाई दृष्‍टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि उनी यात्रामा लागे ।

    2ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।

    3तर तिनीहरूले त्यसलाई समातेर पिटे र केही पनि नदिईकन पठाइदिए ।

    4फेरि उनले अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि टाउकोमा चोट पुर्‍याए र लज्‍जास्पद रूपमा व्यवहार गरे ।

    5अझै पनि उनले अर्कोलाई पठाए र त्यसलाई तिनीहरूले मारे । तिनीहरूले अरू धेरैलाई पनि त्यस्तै व्‍यवहार गरे, कसैलाई कुटे र अरूलाई मारे ।

  • 10जब तिनीहरू तेल किन्‍न बाहिर गए, दुलहा आइपुगे अनि जति जना तयार थिए तिनीहरू विवाहको भोजमा उनीसँगै गए, अनि ढोका बन्‍द गरियो ।

  • लू 20:14-16
    3 पदहरू
    74%

    14तर कामदारहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो । हामी यसलाई मारौँ र सम्पत्तिको हक हाम्रो हुनेछ ।’

    15अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे । अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?

    16उनी आएर ती कामदारहरूलाई मार्नेछन् र दाखाबरी अरूहरूलाई दिनेछन् ।” यो सुनेर तिनीहरूले भने, “यस्तो कहिल्यै नहोस्!”

  • मर 12:7-8
    2 पदहरू
    74%

    7तर मोहीहरूले एक-आपसमा भने, “यो त उत्तराधिकारी हो । आओ, यसलाई मारौँ र सम्पत्ति हाम्रो हुनेछ ।”

    8तिनीहरूले उसलाई पक्रे; उसलाई मारे र उसलाई दाखबारी बाहिर फालिदिए ।

  • मत्त 21:28-30
    3 पदहरू
    74%

    28तर तिमीहरू के विचार गर्दछौ? एक जना मानिसका दुई जना छोरा थिए । उनी पहिलोकहाँ गएर भने, ‘छोरा आज दाखबारीमा गएर काम गर ।’

    29त्यो छोराले जवाफ दियो र भन्यो, ‘म जान्‍नँ,’ तर केही समयपछि उसले आफ्नो मन बद्‌ल्यो र गयो ।

    30र त्यो मानिस आफ्नो दोस्रो छोराकहाँ गए र त्यही कुरा भने । यो छोराले जवाफ दियो र भन्यो, ‘हजुर, म जानेछु,’ तर त्यो गएन ।

  • 5दुलहा आउन ढिला भएको हुनाले तिनीहरू सबै निन्‍द्रामा परे र सुते ।

  • 18तर एउटा मात्र सिक्‍का पाएको नोकर गयो र उसले एउटा खाल्डो खन्यो, र आफ्नो मालिकको पैसा त्यहाँ लुकायो ।

  • 12त्यसकारण, उहाँले भन्‍नुभयो, “एउटा भलादमी मानिस आफ्नो राज्य प्राप्‍त गर्नको निम्ति एउटा टाढा देशमा गएर फर्की आउनलाई गए ।

  • 4उनले तिनीहरूलाई भने, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ, त्यो म तिमीहरूलाई दिनेछु ।’ यसैकारण तिनीहरू काम गर्न गए ।

  • 14किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।

  • 13त्यसपछि राजाले आफ्ना नोकरहरूलाई भने, ‘यस मानिसका हात र खुट्टा बाँध, र यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।’

  • मत्त 21:38-39
    2 पदहरू
    72%

    38तर जब दाखबारीमा काम गर्नेहरूले मालिकका छोरालाई देखे, तिनीहरूले एक आपसमा भने, ‘यो त उत्तराधिकारी हो । आओ, हामी यसलाई मारौँ र यसको उत्तराधिकार लिऔँ ।’

    39यसैले, तिनीहरूले उसलाई पक्रे, दाखबारीबाट बाहिर फ्याँकिदिए, र उसलाई मारे ।

  • 7जब येशूले ख्याल गर्नुभयो कि कसरी ती जो बोलाइएकाहरूले आदरको आसन छान्‍ने गर्दथे, तिनीहरूलाई उहाँले एउटा उखान भन्‍नुभयो ।

  • मत्त 20:1-2
    2 पदहरू
    72%

    1¶ किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए ।

    2ती कामदारहरूसँग दिनको एक दिनारमा काम गराउन उनी सहमत भएपछि उनले तिनीहरूलाई दाखबारीमा पठाए ।

  • 41तिनीहरूले उहाँलाई भने, “उनले ती दुष्‍ट मानिसहरूलाई सबैभन्दा भयानक तरिकाले नाश गर्नेछन् र त्यो दाखबारी ती मानिसहरूलाई ठेक्‍कामा दिनेछन्, जसले फल पाकिसकेपछि त्यसको निम्ति मोल तिर्दछन् ।”

  • 15तब राज्य प्राप्‍त गरी फर्केर आएपछि उनले सिक्‍का पाएका नोकरहरूलाई बोलाए र तिनीहरूले व्यापारबाट कति आर्जन गरे भनेर जान्‍ने इच्छा गरे ।