१ कोरिन्थीहरू 11:4
कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्वरको अपमान गर्छ ।
कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्वरको अपमान गर्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
5तर यदि कुनै स्त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्तै हो ।
6यदि कुनै स्त्रीले आफ्नो शिर ढाक्दिन भने, उसले आफ्नो केश छोटो गरी काटोस् । यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस् ।
7पुरुषले आफ्नो शिर नढाकोस् किनकि ऊ परमेश्वरको प्रतिरूप र गौरव हो । तर स्त्रीचाहिँ पुरुषको गौरव हो ।
8किनकी पुरुष स्त्रीबाट बनिएको होइन, तर स्त्री पुरुषबाट बनिएकी हो ।
9न त पुरुष स्त्रीको निम्ति सृष्टि गरिएका हो, तर स्त्री पुरुषको निम्ति बनिएकी हो ।
10यसै कारणले स्वर्गदूतहरूका खातिर स्त्रीले आफ्नो शिरमा अधिकारको चिह्न लगाउनुपर्छ ।
11तापनि प्रभुमा स्त्री पुरुषबाट स्वतन्त्र हुन्न न त स्त्रीबाट पुरुष नै ।
12किनकि जसरी स्त्री पुरुषबाट आउँछे त्यसरी नै पुरुष पनि स्त्रीबाट आउँछ । र सबै कुरा परमेश्वरबाट आउँछन् ।
13तिमीहरू आफैँ विचार गरः के स्त्रीले आफ्नो शिर नढाकी परमेश्वरसँग प्रार्थना गर्नु उपयुक्त हो?
14कुनै पुरुषले लामो केश पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
15कुनै स्त्रीको लामो केश हुनु, उसको निम्ति गौरवको कुरो हो भन्ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?
16तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्वरको मण्डलीसँग छ ।
3म तिमीहरूले यो बुझ भन्ने चाहन्छु कि येशू ख्रीष्ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्त्रीको शिर हो, र परमेश्वरचाहिँ ख्रीष्टको शिर हुनुहुन्छ ।
8यसकारण, म सबै ठाउँमा पुरुषहरूले विना क्रोध र शंका, पवित्र हात उचाल्दै प्रार्थना गरेको चाहन्छु ।
9यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्त्र पहिरेर होइन,
34स्त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।
35यदि तिनीहरूले केही सिक्ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।
36के परमेश्वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?
37यदि कसैले आफैँलाई अगमवक्ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ ।
38तर यदि कसैले यसलाई स्वीकार गर्दैन भने उसलाई पनि स्वीकार नगरियोस् ।
10आफ्ना दाजुभाइहरूका बिचमा प्रधान पुजारी भएको मानिस जसको शिरमा अभिषेकको तेल खन्याइएको छ, र प्रधान पुजारीको विशेष पोशाक लगाउनको निम्ति अर्पण गरी पवित्र गरिएको छ, त्यसले आफ्नो केश खुला नछोडोस् वा आफ्ना लुगाहरू नच्यातोस् ।
4त्यस दिन हरेक अगमवक्ता, अगमवाणी गर्न लाग्दा आफ्नो दर्शनको कारण शर्ममा पर्नेछ । यी अगमवक्ताहरूले अब मानिसहरूलाई धोकामा पार्न रौँ भएका लबेदा लगाउनेछैनन् ।
11एउटा स्त्रीले सारा आज्ञापालन चुपचापसित सिकून् ।
12म स्त्रीलाई सिकाउन र पुरुषमाथि अधिकार गर्न अनुमति दिन्न तर तिनी चुपचाप रहून् ।
3यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्त्रहरूजस्ता बाहिरी सजावट नगर ।
4तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्वरको दृष्टिमा अनमोल हुने किसिमले यसो गर ।
5किनकि पहिलेका पवित्र स्त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे । तिनीहरूले परमेश्वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे ।
22पत्नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस ।
23किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट पनि मण्डलीको शिर हुनुहुन्छ । उहाँ शरीरको उद्धारकर्ता हुनुहुन्छ ।
24तर जसरी मण्डली ख्रीष्टप्रति समर्पित छ, त्यसरी नै पत्नीहरूलेपनि आफ्ना पतिहरूप्रति सबैथोकमा त्यसै गर्नुपर्दछ ।
4ताकि कसरी आदर र सम्मानसाथ आफ्नै पत्नीलाई लिनुपर्छ भनी तिमीहरू हरेकले जान्न सक ।
17यसकारण परमप्रभुले सियोनकी छोरीहरूका टाउकोमा घावै-घाउ पार्नुहुनेछ, र परमप्रभुले तिनीहरूलाई मुडुलो पार्नुहुनेछ ।
30तर यदि त्यो सेवामा बसिरहेको कसैलाई अन्तर्दृष्टि प्राप्त भयो भने बोलिरहेको व्यक्ति चुप लागोस् ।
31किनकि तिमीहरू एक-एक गरेर हरेक व्यक्तिले अगमवाणी गर्न सक्छौ ताकि हरेकले सिक्न सकोस् र सबै जना नै उत्साहित बनून् ।
32अगमवक्ताका आत्माहरू अगमवक्ताकै नियन्त्रणमा हुन्छन् ।
24तर तिनीहरू सबै जनाले नै अगमवाणी गर्छौ र कोही अविश्वासी वा बाहिरको व्यक्ति भित्र आयो भने उसले सुनेको कुराले उसलाई पापको बोध हुनेछ । भनिएका सबै कुराहरूद्वारा ऊ जाँचिनेछ ।
25उसको हृदयका गोप्य कुराहरू प्रकट हुन्छन् । परिणामस्वरूप, उसले परमेश्वरको सामु घोप्टो परी आराधना गर्नेछ । उसले परमेश्वर साँच्चै तिनीहरूका बिचमा हुनुहुन्छ भनेर घोषणा गर्नेछ ।
4आफ्नो शरीरमाथि पत्नीको अधिकार हुँदैन; उसको पतिको हुन्छ । र यसरी नै आफ्नो शरीरमाथि पतिको आफ्नो अधिकार हुँदैन, तर पत्नीको भने हुन्छ ।
7त्यसरी नै पतिहरू हो, आफ्ना पत्नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस । तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर ।
29यदि कुनै पुरुष वा स्त्रीको टाउको वा चिउँडोमा सरुवा रोग लागेको छ भने,
40यदि कुनै मानिसको केश झरेको छ, र त्यो तालु खुइले भएको छ भने पनि त्यो शुद्ध रहने छ ।
41यदि त्यसको शिरको अगिल्लो भागको केश झरेको छ, र यदि त्यसको निधार खुइलेको छ भने, त्यो शुद्ध रहने छ ।
6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्लोसले यी सिद्धान्तहरू प्रयोग गर्यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।
9यदि कोही त्यसको सामु अचानक मर्छ र त्यसले अर्पण गरेको शिरलाई अशुद्ध बनायो भने, त्यसपछि त्यसले शुद्धिकरणको दिनमा आफ्नो कपाल खौरनुपर्छ, त्यसले यसलाई सातौँ दिनमा खौरनुपर्छ ।
11यदि कोही बोल्छ भने उसले परमेश्वरको मुखबाट निस्केको कुरा बोलोस्; यदि कसैले सेवा गर्छ भने उसले परमेश्वरले दिनुहुने शक्तिमा गरोस्, ताकि सबै कुरामा ख्रीष्टद्वारा परमेश्वर महिमित हुनुभएको होस् । महिमा र शक्ति सदासर्वदा उहाँकै हुन् । आमेन ।
9बुद्धिले तेरो शिरमा आदरको माला पहिराइदिने छ । त्यसले तँलाई सुन्दर मुकुट दिने छ ।”
5पुरुषले लगाउने वस्त्र स्त्रीले लगाउनुहुँदैन न त स्त्रीले लगाउने वस्त्र पुरुषले लगाउनुहुन्छ । किनकि यी कुरा गर्ने जोसुकै परमप्रभु तिमीहरूका परमेश्वरका लागि घृणित हुने छ ।
15अगुवाहरू र भद्र मानिसहरू मुखिया हुन् । झुटो सिकाउने अगमवक्ता पुच्छर हो ।
33तथापि, तिमीहरू प्रत्येकले आफ्ना पत्नीलाई आफूलाई जस्तै प्रेम गर्नुपर्छ, र पत्नीले पतिलाई सम्मान गर्नुपर्छ ।
24देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्जत पाएका छन् । तर परमेश्वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ ।