यशैया 9:15

अनलक शाब्दिक बाइबल

अगुवाहरू र भद्र मानिसहरू मुखिया हुन् । झुटो सिकाउने अगमवक्ता पुच्छर हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 29:10 : 10 किनकि परमप्रभुलले तिमीहरूमाथि गहिरो निद्राको आत्‍मा खन्याउनुभएको छ । उहाँले तिमीहरू अर्थात् अगमवक्ताहरूका आँखाहरू बन्द गर्नुभएको छ र तिमीहरू अर्थात् दर्शीहरूलाई शिरहरू ढाक्‍नुभएको छ ।
  • मत्त 24:24 : 24 किनकि झुटा ख्रीष्‍टहरू र झुटा अगमवक्‍ताहरू आउनेछन् र हुन सके, चुनिएकाहरूलाई समेत बहकाउनलाई ठुला-ठुला चिन्हहरू र चमत्कारहरू देखाउनेछन् ।
  • यशा 3:2-3 : 2 वीर मानिसहरू र योद्धाहरू, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्नेहरू र धर्मगुरुहरू, 3 पचास जनाका कप्‍तानहरू र आदरणिय नागरिक, सल्‍लाहकारहरू, सिपालु कारीगरहरू र निपुण जादूगरहरू हटाउन लाग्‍नुभएको छ ।
  • यशा 3:5 : 5 हरेक मानिस एउटाले अर्कोलाई, हरेक आफ्नै छिमेकीद्वरा मानिसहरूले अत्याचार गर्नेछन् । बालकले वृद्धको अपमान गर्नेछ र तुच्छले आदरणियलाई चुनौति दिनेछ ।
  • यशा 5:13 : 13 यसकारण सुझबुझको कमीला गर्दा मेरा मानिसहरू निर्वासनमा गएका छन् । तिनीहरूका आदरणिय अगुवाहरू भोक-भोकै हुन्छन् र तिनीहरूका साधारण मानिससँग पिउनलाई कुनै कुरा छैन ।
  • यशा 28:17 : 17 न्यायलाई म नाप्‍ने लट्ठी र धर्मिकतालाई साहुल बनाउनेछु । असिनाले झुटको शरणस्थानलाई बढार्नेछ र बाढीले लुक्‍ने ठाउँलाई डुबाउनेछ ।
  • १ शमू 9:6 : 6 तर सेवकले तिनलाई भने, “सुन्‍नुहोस्, यो सहरमा एक जना परमेश्‍वरका मानिस हुनुहुन्छ । तिनी आदर पाएका मानिस हुन् । तिनले भनेका हरेक कुरा पुरा हुन्छ । हामी त्यहाँ जाऔं । सायद हामी कुन बाटो जानुपर्छ भनी तिनले हामीलाई भन्‍नेछन् ।”
  • १ राजा 13:18 : 18 त्यसैले ती वृद्ध अगमवक्ताले तिनलाई भने, “तपाईंजस्तै म पनि अगमवक्ता हुँ, र परमप्रभुको वचनद्वारा एउटा स्वर्गदूतले मलाई यसो भने, 'तिनलाई तिमीसँगै घरमा फर्काएर ल्याउनू ताकि तिनले रोटी खान सकून् र पानी पिउन सकून्' ।” तर तिनले परमेश्वरका जनलाई झुट बोल्दै थिए ।
  • १ राजा 22:22-24 : 22 आत्माले जवाफ दियो, 'म बाहिर जाने छु, र तिनका सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा बन्ने छु ।' परमप्रभुले भन्नुभयो, 'तैँल त्यसलाई बहकाउने छस्, र तँ सफल पनि हुने छस् । अब जा र त्यसै गर् ।' 23 त्यसैले अब हेर्नुहोस्, परमप्रभुले तपाईंका यी सबै अगमवक्ताका मुखमा झुट बोल्ने आत्मा हालिदिनुभएको छ, र परमप्रभुले तपाईंको लागि विपत्तिको घोषणा गर्नुभएको छ ।” 24 तब केनानका छोरा सिदकियाह माथि उक्लेर आई मीकायाको गालामा थप्पड हानेर भने, “तिमीसित बोल्न परमप्रभुका आत्मा मबाट कुनचाहिँ बाटो भएर जानुभयो त?”
  • २ कोरि 11:13-15 : 13 किनकि त्यस्ता मानिसहरू झुटा प्रेरितहरू र छली काम गर्नेहरू हुन् । तिनीहरूले ख्रीष्‍टको प्रेरितको भेस धारण गर्छन् । 14 र यो कुनै अचम्मको कुरा होइन, किनकि शैतानले पनि ज्योतिर्मय स्वर्गदूतको भेस धारण गर्छ । 15 यदि त्यसका सेवकहरूले पनि धार्मिकताको सेवकको रूपमा भेस धारण गरे भने, यो अचम्मको कुरा होइन । तिनीहरूको अन्त्य तिनीहरूको कामअनुसार नै हुनेछ ।
  • गलाती 1:8-9 : 8 तर हामीले तिमीहरूका माझमा जुन सुसमाचार घोषणा गर्‍यौँ, त्योभन्दा बाहेक अरू कुनै सन्देशलाई यदि हामी वा स्वर्गबाट आएका स्वर्गदूतले नै प्रचार गरे तापनि त्यो श्रापित होस् । 9 हामीले पहिले नै भनिसकेका छौँ र म अहिले फेरि पनि भन्दछु, “कसैले तिमीहरूले स्वीकार गरेको भन्दा बाहेक तिमीहरूका सामु अर्को सन्देशको घोषणा गर्दछ भने, त्यो श्रापित होस् ।”
  • २ थेस 2:9-9 : 9 शैतानका सबै शक्‍तिशाली काम, चिन्हहरू र झुटा आश्‍चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ । 10 त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्‍वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् । 11 यसकारण, तिनीहरूले झुटो विश्‍वास गरून् भनी परमेश्‍वरले भ्रमको काम पठाई रहनुभएको छ, 12 ताकि अधार्मिकतामा रमाउने तर सत्यतालाई विश्‍वास नगर्ने सबैको न्याय होस् ।
  • २ तिमो 4:2-3 : 2 वचन प्रचार गर, सजिलो र असजिलो दुवै अवस्थामा तयार बस । सबै प्रकारका धैर्य र शिक्षाद्वारा सुधार गर, हप्काऊ र अर्ती देऊ । 3 त्यस्तो समय आउनेछ जब मानिसहरूले असल शिक्षा सहने छैनन् । तर तिनीहरू आफ्नो अभिलाषाअनुसारको शिक्षा दिने शिक्षकहरूबाट घेरिनेछन् । यसरी तिनीहरूले आफूलाई मन परेको कुरा मात्र सुन्दछन् ।
  • २ पत्रु 2:1-3 : 1 ¶ इस्राएलीहरूकहाँ झुटा अगमवक्ताहरू आए, अनि तिमीहरूकहाँ पनि झुटा शिक्षकहरू आउनेछन् । तिनीहरूले आफूसँग गोप्य रूपमा विनाशसकारी झुटा शिक्षाहरू ल्याउनेछन् र तिनीहरूलाई उद्धार गर्नुहुने गुरुलाई पनि इन्कार गर्नेछन् । तिनीहरूले आफूमाथि चाँडै विनाश ल्याउनेछन् । 2 धेरैले तिनीहरूको विलासी आचरणको अनुसरण गर्नेछन् र तिनीहरूद्वारा सत्यताको मार्ग निन्दित हुनेछ । 3 लोभको कारण तिनीहरूले छलपूर्ण कुरा गरेर तिमीहरूबाट फाइदा उठाउनेछन् । तिनीहरूको विरुद्धमा श्राप आउन लामो समय लाग्दैन । तिनीहरूको विनाश निष्क्रिय छैन ।
  • १ यूह 4:1 : 1 ¶ प्रिय हो, हरेक आत्मालाई विश्‍वास नगर, तर ती आत्माहरू परमेश्‍वरबाट आएका हुन् वा होइनन् भनी जाँच गर, किनभने धेरै झुटा अगमवक्‍ताहरू संसारमा आइसकेका छन् ।
  • प्रका 19:20 : 20 उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो ।
  • यिर्मि 5:31 : 31 अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ?”
  • यिर्मि 14:14-15 : 14 परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।” 15 त्यसकारण परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले नपठाएका अगमवक्ताहरू जसले मेरो नाउँमा अगमवाणी बोल्छन्, जसले यस देशमा कुनै तरवार वा अनिकाल पर्नेछैन भन्छन्, यी अगमवक्ताहरू तरवार र अनिकालले नष्‍ट पारिनेछन् ।
  • यिर्मि 23:9 : 9 अगमवक्ताहरूको सम्बन्धमा मेरो हृदय टुटेको छ, र मेरा सबै हड्‍डी काम्दछन् । परमप्रभु र उहाँको पवित्र वचनको कारणले म एक जना मातेको मान्छेजस्तै भएको छु, जसलाई मदिराले नियन्त्रण गरेको हुन्‍छ ।
  • यिर्मि 23:14-15 : 14 यरूशलेमका अगमवक्ताहरूका बिचमा मैले अति घिनलाग्दा कुराहरू देखेको छु । तिनीहरू व्यभिचार गर्छन्, र झूटो चालमा हिंड्छन् । खराब काम गर्नेहरूका हात तिनीहरूले बलियो पार्छन्, र कोही पनि आफ्नो खराबीबाट पछि हट्दैन । मेरो लागि तिनीहरू सबै सदोमझैं र यसका बासिन्दाहरू गमोराझैं भएका छन् ।” 15 त्यसकारण सर्वशक्तिमान् परमप्रभु अगमवक्ताहरूको विषयमा यसो भन्‍नुहुन्छ, “हेर, मैले तिनीहरूलाई ऐरेलु खुवानै लागेको छु, र विषालु पानी पियाउनै लागेको छु, किनकि यरूशलेमका अगमवक्ताहरूबाट प्रदुषण सबै देशमा फैलिएको छ ।”
  • यिर्मि 23:25-27 : 25 मेरो नाउँमा छलको अगमवाणी बोलिरहेका अगमवक्ताहरूले के भनेका छन्, त्‍यो मैले सुनेको छु । तिनीहरूले भने, 'मैले एउटा सपना देखेँ! मैले एउटा सपना देखेँ!' 26 अगमवक्ताहरूले आफ्नै मनबाट झूटा कुराहरूको अगमवाणी बोल्‍ने, र तिनीहरूले आफ्ना हृदयबाट छली अगमवाणी बोल्‍ने कुरा कहिलेसम्म भइरहन्‍छ? 27 जसरी बाल देवताको नाउँमा मेरा मानिसहरूका पुर्खाहरूले मेरो नाउँ बिर्से, त्यसरी नै तिनीहरू प्रत्‍येकले आफ्नो छिमेकीलाई बताएका सपनाहरूद्वारा उनीहरूलाई मेरो नाउँ बिर्साउने योजना तिनीहरूले बनाउँदैछन् ।
  • यिर्मि 27:9-9 : 9 त्यसैले 'बेबिलोनका राजाको सेवा नगर्नू' भनेर तिमीहरूसँग बोलिरहने तिमीहरूका अगमवक्ताहरू, जोखना हेर्नेहरू, सपनाको अर्थ खोल्नेहरू, भूतप्रेत खेलाउनेहरू र जादुगरी गर्नेहरूको कुरा नसुन्‍नू । 10 तिमीहरूलाई आफ्नो देशबाट टाढा पठाउन भनेर तिनीहरूले तिमीहरूलाई झूटा कुराको अगमवाणी बोल्दैछन्, किनकि म तिमीहरूलाई धपाउनेछु, र तिमीहरू मर्नेछौ ।
  • यिर्मि 27:14-15 : 14 ती अगमवक्ताहरूको वचन नसुन जसले तिमीसित बोल्‍छन् र यसो भन्‍छन्, 'बेबिलोनका राजाको सेवा नगर,' किनकि तिनीहरूले तिमीलाई झूटो कुराको अगमवाणी बोल्दैछन् । 15 ‘किनकि यो परमप्रभुको घोषणा हो, मैले तिनीहरूलाई पठाएको छैनँ, किनकि तिनीहरूले मेरो नाउँमा झूटा कुरो अगमवाणी बोल्दैछन् जसको कारणले म तँलाई धपाउनेछु, अनि तिमी र तिम्रो निम्‍ति अगमवाणी बोलिरहने अगमवक्ताहरू दुवै मर्नेछौ' ।”
  • यिर्मि 28:15-16 : 15 अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, “हे हनन्याह, सुन, परमप्रभुले तिमीलाई पठाउनुभएको होइन, तर तिमी आफैले यी मानिसलाई झूटो कुरामा विश्‍वास गर्न लगाएका छौ । 16 त्यसैले परमप्रभु यसो भन्‍नुहुन्छ, 'हेर्, तँलाई मैले पृथ्वीबाट हटाउनै लागेको छु । तैंले परमप्रभुको विरुद्धमा विद्रोही कुराको घोषणा गरेको हुनाले तँ यही वर्ष मर्नेछस्' ।”
  • यिर्मि 29:21-22 : 21 'कोलायाहका छोरा आहाब र मासेयाहका छोरा सिदकियाह, जसले मेरो नाउँमा तिमीहरूलाई झूटा अगमवाणी बोल्‍छन्, हेर्, तिनीहरूको विषयमा सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छः मैले तिनीहरूलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा दिनै लागेको छु । उसले तिनीहरूलाई तिमीहरूकै आँखाको सामु मार्नेछ । 22 त्‍यसपछि बेबिलोनमा भएका यहूदाका सबै निर्वासितद्वारा यी व्यक्तिहरूको बारेमा सरापको वचन बोलिनेछ । सराप यस्‍तो हुनेछ, 'परमप्रभुले तिमीहरूलाई सिदकियाह र आहाबजस्तै बनाऊन्, जसलाई बेबिलोनका राजाले आगोमा पोलेका थिए ।
  • यहे 13:1-9 : 1 ¶ फेरि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “ए मानिसको छोरो, इस्राएलमा अगमवाणी बोलिरहेका अगमवक्ताहरूका विरुद्धमा अगमवाणी बोल्, र आफ्‍नै कल्‍पनाहरूका अगमवाणी बोल्‍नेहरूलाई यसो भन्, 'परमप्रभुको वचन सुन । 3 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नै आत्‍माका कुरा पछ्याउने तर केही पनि नदेख्‍ने मूर्ख अगमवक्ताहरूलाई धिक्‍कार । 4 ए इस्राएल, तिमीहरूका अगमवक्ताहरू त उजाड-स्‍थानहरूमा बस्‍ने स्‍यालहरूजस्‍ता भएका छन्‌ । 5 परमप्रभुको दिनमा हुने युद्धमा सुरक्षा होस् भनेर इस्राएलका घरानाको वरिपरिका पर्खालमा भएका भत्‍केका ठाउँहरू मरम्‍मत गर्न पनि तिमीहरू गएका छैनौ । 6 मानिसहरूसँग झूटा दर्शनहरू छन्‌ र तिनीहरू झुटा भविष्‍यवाणी गर्छन् । तिनीहरू यसो भन्‍छन्, “परमप्रभुको घोषणा यस्‍तो-यस्तो छ ।” परमप्रभुले तिनीहरूलाई पठाउनुभएको होइन । तापनि आफ्‍ना सन्‍देश पुरा हुनेछन् भनी तिनीहरूले मानिसहरूलाई आशा गर्ने बनाएका छन् । 7 के तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा भविष्‍यवाणीहरू बोलेका होइनौ र, तिमीहरू जसले “परमप्रभु यस्‍तो-यस्तो भन्‍नुहुन्‍छ,” भन्‍दछौ, जबकि म आफैले ती भनेकै होइन? 8 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः किनभने तिमीहरूले झूटा दर्शनहरू देखेका र झुटा बोलेको छौ । त्‍यसकारण तिमीहरूका विरुद्धमा परमप्रभु परमेश्‍वरको घोषणा यस्‍तो छः 9 मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्‍य दर्शनहरू देख्‍छन्‌ र झूटा जोखनाहरू भन्‍छन्‌ । तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन्, वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् । तिनीहरू इस्राएल देशमा जानुहुँदैन । किनकि परमप्रभु परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ । 10 यो कारणले र तिनीहरूले मेरो मानिसहरूलाई टाढा लगेका र यसो भनेका कारणले, “शान्‍ति,” जब शान्‍ति नै छैन । तिनीहरू एउटा पर्खाल बनाउँदैछन् जसलाई तिनीहरूले चुन लगाउनेछन् ।' 11 ती पर्खालमा चुना लगाउनेहरूलाई यसो भन्, 'यो ढल्नेछ । घनघोर वृष्‍टि हुनेछ र यसलाई ढाल्नलाई ठुला असिना र यलाई नष्‍ट गर्नलाई आँधीबेहरी म पठाउनेछु । 12 हेर, त्‍यो पर्खाल ढल्‍नेछ । के अरूले तिमीहरूलाई यसो भनेका छैनन् र, “तिमीहरूले पोतेको चुन कहाँ छ?” 13 यसैकारण परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म आफ्‍नो क्रोधमा एउटा डरलाग्‍दो आँधीबेहरी ल्याउनेछु, र मेरो रिसमा पानीको बाढी आउनेछन् । मेरो क्रोधको असिनाले त्यसलाई पूर्ण रूपमा भत्काउनेछ । 14 किनकि तिमीहरूले चुना पोतेको त्‍यो पर्खाललाई भत्‍काउनेछु र त्‍यसलाई म भूइँसम्‍मै लडाउनेछु, र त्‍यसको जग देखाउनेछु । यसरी त्‍यो ढल्‍नेछ र तिमीहरू सबै पनि त्‍यसको माझमा नष्‍ट हुनेछौ । तब म नै परमप्रभु हुँ भनी तिमीहरूले जान्‍नेछौ । 15 किनकि म आफ्‍नो क्रोधमा त्यो पर्खाल र त्‍यसलाई चुनले पोत्‍नेहरूलाई नष्‍ट पार्नेछु । म तिमीहरूलाई भन्‍नेछु, “त्‍यो पर्खाल अब छैन न त त्‍यसलाई चुनले पोत्‍ने मानिसहरू नै छन्— 16 यरूशलेमको बारेमा अगमवाणी बोल्‍ने इस्राएलका यी अगमवक्ताहरू र त्‍यसको निम्‍ति शान्‍तिको दर्शन देख्‍नेहरू । तर त्यहाँ शान्ति नै छैन! यो परमप्रभु परमेश्‍वरको घोषणा हो' ।”
  • यहे 13:19 : 19 मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्‍ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्‍ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्‍यौ ।
  • यहे 13:22 : 22 किनकि तिमीहरूले झुटा बोलेर धर्मीहरूलाई निराश तुल्‍याएका हुनाले, जबकि मैले उसलाई निरास तुल्याउने इच्छा गरिनँ, र तिमीहरूले दुष्‍ट व्‍यक्‍तिका कामहरूलाई उत्‍साह दियौ ताकि आफ्‍नो प्राण बचाउन आफ्‍ना चालबाट ऊ फर्कनेछैन—
  • हो 9:8 : 8 अगमवक्ताचाहिं एफ्राइममाथि मेरा परमेश्‍वरको निम्ति रेखदेख गर्ने व्‍यक्‍ति हो । तर त्यसका सबै मार्गहरूमा चराको पासो थापिएको छ, र त्‍यसको परमेश्‍वरको मन्‍दिरमा त्योप्रति शत्रुता छ ।
  • मल 2:9 : 9 “यसैले मैले पनि तिमीहरूलाई सारा मानिसहरूका अगाडि तुच्छ र निंदनीय बनाएको छु, किनभने तिमीहरू मेरा मार्गमा हिँडेका छैनौ, तर शिक्षा दिइएका कुराहरूमा पक्षपात गरेका छौ ।”
  • मत्त 7:15 : 15 झुटा अगमवक्‍ताहरूदेखि होसियार बस, जो भेडाको भेषमा आउँदछन्, तर वास्तवमा तिनीहरू भोका ब्‍वाँसाहरू हुन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 14यसकारण परमप्रभुले इस्राएलबाट टाउको र पुच्छर, खजूरको हाँगा र नर्कट एकै दिनमा नष्‍ट पार्नुहुनेछ ।

  • 16यी मानिसहरूलाई डोर्‍याउनेहरूले तिनीहरूलाई पथभ्रष्‍ट पार्छन् र तिनीहरूद्वारा डोर्‍याइनेहरू निलिन्छन् ।

  • 13परमप्रभुले तिमीहरूलाई शिर तुल्याउनुहुने छ, पुच्छर होइन । तिमीहरू केवल माथि हुने छौ, तल होइन । आज मैले तिमीहरूलाई आज्ञा गरेका यी वचनहरू पालन गर्न र मान्‍न तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्‍वरको कुरा सुन्यौ भने,

  • 11तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”

  • 44त्यसले तिमीहरूलाई ऋण दिने छ, तर तिमीहरूले त्यसलाई ऋण दिने छैनौ । त्यो शिर हुने छ भने तिमीहरू पुच्छर हुने छौ ।

  • 2वीर मानिसहरू र योद्धाहरू, न्यायकर्ता र अगमवक्ता, जोखना हेर्नेहरू र धर्मगुरुहरू,

  • 31अगमवक्ताहरूले छलपूर्ण अगमवाणी गर्छन्, र पुजारीहरूले आफ्नै शक्तिले शासन गर्छन् । मेरो मानिसहरूले यही तरिका मन पराउँछन्, तर अन्त्यमा के हुने छ?”

  • 9कुनै एक जना अगमवक्ता छलमा पर्छ र यस्‍तो सन्देश भन्‍छ भने, म परमप्रभुले त्‍यस अगमवक्ता छलमा पार्नेछु । म आफ्‍ना हात त्‍यसको विरुद्धमा पसार्नेछु, र मेरो मानिस इस्राएलको बिचबाट त्‍यसलाई नाश गर्नेछु ।

  • 15मिश्रदेशको निम्ति शिर वा पुच्छर वा खजूरको हाँगा वा नर्कट, कसैले केही गर्न सक्दैन ।

  • 9अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्‍ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन ।

  • 5हरेक मानिस एउटाले अर्कोलाई, हरेक आफ्नै छिमेकीद्वरा मानिसहरूले अत्याचार गर्नेछन् । बालकले वृद्धको अपमान गर्नेछ र तुच्छले आदरणियलाई चुनौति दिनेछ ।

  • 31फुलेको कपाल शोभाको मुकुट हो । ठिक तरिकाले जिएर यसलाई प्राप्‍त गर्न सकिन्छ ।

  • 9यो परमप्रभुको घोषणा हो, “त्यस दिन राजा र तिनका अधिकारीहरूका हृदय काम्नेछन् । पुजारीहरू भयभीत हुनेछन्, र अगमवक्ताहरू त्रसित हुनेछन् ।”

  • 15अनि यर्मिया अगमवक्ताले हनन्याह अगमवक्तालाई भने, “हे हनन्याह, सुन, परमप्रभुले तिमीलाई पठाउनुभएको होइन, तर तिमी आफैले यी मानिसलाई झूटो कुरामा विश्‍वास गर्न लगाएका छौ ।

  • 5परमप्रभु यस्तो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् ।

  • 12शासकले झुटो कुरोलाई ध्यान दियो भने त्यसका सबै कर्मचारी दुष्‍ट हुने छन् ।

  • यहे 13:3-4
    2 पदहरू
    67%

    3परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः आफ्नै आत्‍माका कुरा पछ्याउने तर केही पनि नदेख्‍ने मूर्ख अगमवक्ताहरूलाई धिक्‍कार ।

    4ए इस्राएल, तिमीहरूका अगमवक्ताहरू त उजाड-स्‍थानहरूमा बस्‍ने स्‍यालहरूजस्‍ता भएका छन्‌ ।

  • 1¶ यो परमप्रभुको घोषणा हो, “मेरो खर्कका भेडाहरूलाई नष्‍ट गर्ने र छरपष्‍ट पार्ने गोठालाहरूलाई धिक्‍कार!”

  • 9मेरो हात ती अगमवक्ताहरूका विरुद्धमा हुनेछ, जसले असत्‍य दर्शनहरू देख्‍छन्‌ र झूटा जोखनाहरू भन्‍छन्‌ । तिनीहरू मेरो मानिसहरूका सभामा हुनेछैनन्, वा इस्राएलका घरानाको सूचीमा तिनका नाउँ लेखिनेछैनन् । तिनीहरू इस्राएल देशमा जानुहुँदैन । किनकि परमप्रभु परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ ।

  • 9एफ्राइमको मुख्‍यालय सामरिया हो र सामरियाको मुखिया रमल्याहको छोरा हो । तिमी विश्‍वासमा दृढ रहँदैनौ भने, निश्‍चय नै तिमी सुरक्षित हुनेछैनौ ।”

  • यशा 30:9-10
    2 पदहरू
    66%

    9किनकि यी विद्रोही मानिसहरू, झुट बोल्ने छोराछोरी, परमप्रभुको शिक्षा नसुन्‍ने छोराछोरी हुन् ।

    10तिनीहरूले दर्शीहरूलाई भन्छन्, “नहेर्नुहोस्,” र अगमवक्ताहरूलाई भन्छन्, “हामीलाई सत्य अगमवाणी नगर्नुहोस् । हाम्रा निम्‍ति चापलुसी कुरा गर्नुहोस्, भ्रम अगमवाणी गर्नुहोस् ।

  • 10तिमीहरूलाई आफ्नो देशबाट टाढा पठाउन भनेर तिनीहरूले तिमीहरूलाई झूटा कुराको अगमवाणी बोल्दैछन्, किनकि म तिमीहरूलाई धपाउनेछु, र तिमीहरू मर्नेछौ ।

  • 21तैंले तालिम दिएकाहरूलाई नै तेरा खास मित्रहरू हुन परमेश्‍वरले तँमाथि राख्‍नुहुँदा तैंले के भन्‍नेछस्? के यी एउटी स्‍त्रीले प्रसव-वेदनामा पीडा भोगेजस्तै तैंले भोग्‍ने पीडाको थालनी होइन र?

  • 29अगमवक्ताहरूले तेरो विषयमा झूटो दर्शनहरू देखे तापनि, तेरो लागि झूटो धार्मिक विधिहरू गरे तापनि, यो तरवार मारिन लागेका दुष्‍टहरूको घाँटिमा पर्नेछ, जसको दण्डको दिन आएको छ र जसको अधर्मको समय सकिन लागेको छ ।

  • 13सानादेखि ठुलासम्म सबै जना बेइमान आर्जनको लागि लोभी भएका छन्, यो परमप्रभुको घोषणा हो । अगमवक्तादेखि पुजारीसम्म सबैले छलको अभ्यास गर्छन् ।

  • 14परमप्रभुले मलाई भन्‍नुभयो, “अगमवक्ताहरूले मेरो नाउँमा छलको अगमवाणी बोल्छन् । मैले तिनीहरूलाई पठाइनँ, न मैले तिनीहरूलाई कुनै आज्ञा दिएँ वा तिनीहरूसित बोलेँ । तर छली दर्शन र बेकम्मा, छली मन्त्रतन्त्र तिनीहरूका आफ्नै समझबाट आएका हुन्, जुन तिनीहरूले तिमीहरूलाई अगमवाणी बोल्दैछन् ।”

  • 32फुलेका केश भएकाहरूका उपस्थितिमा खडा होओ र वृद्ध मानिसको उपस्थितिलाई आदर गर । तिमीहरूका परमेश्‍वरको भय मान । म परमप्रभु हुँ ।

  • 11यदि कोही झुट र असत्यताको आत्मामा तिमीहरूकहाँ आएर “म मद्य र कडा मदिराको विषयमा तिम्रो निम्ति अगमवाणी बोल्‍नेछु,” भनेर भन्दछ भने त्यसका मानिसहरूको निम्ति त्यो अगमवक्‍ता हुनेछ ।

  • 12मेरा मानिसहरू—बालबालिका तिनीहरूका अत्‍याचारी हुन् र स्‍त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन् । मेरा मानिसहरू, तँलाई अगुवाइ गर्नेहरूले तँलाई भड्काउनेछन् र तेरा मार्ग कता जाने भन्‍ने कुरा नै अलमलमा पार्नेछन् ।

  • 4त्यसका अगमवक्ताहरू ढीट र विश्‍वासघाती मानिसहरू हुन् । त्यसका पूजाहारीहरुले पवित्र कुरालाई अशुद्ध बनाएका छन् र व्यवस्थाको विरुद्ध हिंसा गरेका छन् ।

  • 4त्यस दिन हरेक अगमवक्ता, अगमवाणी गर्न लाग्दा आफ्नो दर्शनको कारण शर्ममा पर्नेछ । यी अगमवक्ताहरूले अब मानिसहरूलाई धोकामा पार्न रौँ भएका लबेदा लगाउनेछैनन् ।

  • 9“परमप्रभु यसो भन्‍नुहुन्छ, 'त्यसरी नै यहूदा र यरूशलेमको ठुलो अहंकारलाई म नाश गर्नेछु ।

  • 26विपद्‌माथि विपद्‌ आउनेछ, र त्‍यहाँ हल्‍लामाथि हल्‍ला हुनेछ । तब तिनीहरूले अगमवक्ताबाट दर्शन खोज्‍नेछन्‌, तर पुजारीबाट व्‍यवस्‍था र धर्म-गुरुहरूबाट सल्‍लाह नष्‍ट हुनेछ ।

  • 5सूर्यमूनि मैले एउटा खराबी देखेको छु, जुन शासकबाट आउने एक किसिमको त्रास होः

  • 11निनवे, तिमीहरूका बिचमा कोही खडा भयो, जसले परमप्रभुको विरुद्धमा योजना बनायो, र त्यसले दुष्‍टतालाई बढुवा दियो ।

  • 3यसैकारण परमप्रभु यस्तो भन्‍नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।

  • 2किनकि घरका मूर्तिहरू झुट बोल्छन्, र भविष्य बताउनेहरू झुटा दर्शनहरू देख्‍छन् । तिनीहरू छलपूर्ण सपनाहरू बताउँछन् र व्यर्थका सान्त्वना दिन्छन् ।यसैकारण तिनीहरू भेडाझैँ बरालिन्छन् र गोठालो नभएकोले समस्यामा पर्छन् ।

  • 9बुद्धिमान् मानिसहरू लज्‍जित हुनेछन् । तिनीहरू हताश भएका छन् र पासोमा परेका छन् । हेर, तिनीहरूले परमप्रभुको वचन इन्कार गर्छन्, यसैले तिनीहरूको बुद्धिको के काम?

  • 14त्यसैले ए गिल्ला गर्नेहरू हो, तिमीहरू जसले यरूशलेममा भएका यी मानिसहरूमाथि राज्‍य गर्छौ, तिमीहरूले परमप्रभुको वचन सुन ।

  • 1¶ मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?

  • 5परमप्रभुले दुष्‍टहरूको लट्ठी र ती शासकहरूको राजदण्ड भाँच्‍नुभएको छ,

  • 17धिक्‍कार, आफ्नो बगाललाई त्याग्‍ने बेकामको गोठालो! त्यसको पाखुरा र दाहिने आँखाको विरुद्ध तरवार चलाइयोस्! त्यसको पाखुरा सुकोस् र त्यसको दाहिने आँखा अन्धो होस्!”

  • 15किनकि सबै जातिहरूमाथि परमप्रभुको दिन नजिकै छ । तैंले जस्तो गरेको छस्, तँलाई त्यस्तै गरिनेछ । तेरा कामहरू तेरो आफ्‍नै थाप्‍लोमा फर्किनेछन् ।

  • 13परमप्रभु भन्‍नुभयो, “यी मानिसहरू आफ्‍ना मुखले मेरो नजिक आउँछन् र आफ्‍ना ओठले मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय मबाट टाढा छ । मेरो निम्ति तिनीहरूले गर्ने आदरचाहिं मानिसहरूले सिकाएका आज्ञा मात्र हुन् ।

  • 9यसकारण, ए गोठालाहरू हो, परमप्रभुको वचन सुनः

  • 15परमप्रभुले मलाई भन्‍नुभयो, “फेरि, मूर्ख गोठालोको उपकरण तेरो निम्ति ली,

  • 10किनकि परमप्रभुलले तिमीहरूमाथि गहिरो निद्राको आत्‍मा खन्याउनुभएको छ । उहाँले तिमीहरू अर्थात् अगमवक्ताहरूका आँखाहरू बन्द गर्नुभएको छ र तिमीहरू अर्थात् दर्शीहरूलाई शिरहरू ढाक्‍नुभएको छ ।

  • 3परमप्रभु घोषणा गर्नुहुन्छ, “आफ्‍ना झूटका धनुहरूलाई तिनीहरूले आफ्ना जिब्राले दबाउँछन्, तर तिनीहरूको विश्‍वसनीयताको कारणले तिनीहरू पृथ्वीमा बलिया भएर बढ्ने होइनन् । तिनीहरू एउटा दुष्‍ट कामदेखि अर्को दुष्‍ट काम गर्छन् । तिनीहरूले मलाई चिन्दैनन् ।”