२ पत्रुस 2:16

अनलक शाब्दिक बाइबल

तर त्यसले आफ्नै अपराधको निम्ति हप्की पायो । एउटा नबोल्ने गधाले मानिसको आवाजमा बोलेर अगमवक्ताको पागलपनलाई रोकिदियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 22:21-33 : 21 बालम बिहान उठे र तिनका गधामा काठी कसे र मोआबका अगुवाहरूसँगै गए । 22 तर तिनी गएकाले परमेश्‍वरको क्रोध दन्क्यो । परमप्रभुका स्वर्गदूतले गधामा सवार बालामप्रति कोही वैरीको रूपमा बाटोमा प्रस्तुत भए । बालामका दुई जना नोकर तिनीसँगै थिए । 23 गधाले तरवार थुतेर हातमा लिई बाटोमा उभिरहेका स्वर्गदूत देख्यो । गधा बाटोबाट तर्किएर खेततिर लाग्यो । बालामले गधालाई बाटोमा ल्याउन त्यसलाई कुटे । 24 त्यसपछि परमप्रभुको दूत दाहिने र देब्रेपट्टि पर्खाल भएको दाखबारी बिचको बटोको साँघुरो ठाउँमा गएर उभिए । 25 गधाले फेरि पनि परमप्रभुको दूतलाई देख्यो । त्यो पर्खालमा सेपिँदै गयो र बालामको खुट्टालाई पर्खालामा चेपिदियो । बालामले त्यसलाई फेरि पनि पिटे । 26 त्यसपछि परमप्रभुका दूत अझै अगाडि साँघुरो ठाउँमा गएर उभिए, जहाँ यता-उता कतै फर्कने ठाउँ थिएन । 27 गधाले परमप्रभुको दूतलाई देख्यो र त्यो बालामको मुनि थचक्‍क बस्यो । बालाम रिसले आगो भए र तिनले गधालाई आफ्नो लहुरोले पिटे । 28 त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो, त्यसैले त्यो बोल्न सक्यो । त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु र तपाईंले मलाई तिन पटक पिट्नुभएको?” 29 बालामले गधालाई भने, “तैँले मसँग यति मूर्खतापूर्ण व्यवहार गरिस् । मेरो हातमा तरवार भएको भए हुन्थ्यो । यदि मेरो हातमा तरवार भएको भए, मैले तँलाई मारिसक्‍ने थिएँ ।” 30 गधाले बालामलाई भन्यो, “के म तपाईंले आजको दिनसम्म र आफ्नो जीवनकालभरि चढ्नुभएको गधा होइन र? के यसअघि कहिल्यै तपाईंसँग यसो गर्ने मेरो बानी थियो र?” बालामले जवाफ दिए, “थिएन ।” 31 तब परमप्रभुले बालामको आँखा खोलिदिनुभयो र तिनले परमप्रभुको दूत तरवार थुतेर हातमा लिएर उभिएरहेका देखे । बालामले आफ्नो शिर निहुराए र मुख अँध्यारो बनाए । 32 परमप्रभुका दूतले तिनलाई भने, “तैँले तेरो गधालाई किन तिन-तिन पटकसम्म कुटिस्? हेर्, म तेरो शत्रुको रूपमा आएको छु, किनभने तेरा कार्यहरू मेरो नजरमा दुष्‍ट भएका छन् । 33 गधाले मलाई देखेर तिन-तिन पटकसम्म मबाट तर्क्यो । यदि त्यो मबाट नतर्केको भए, निश्‍चय नै मैले तँलाई मार्नेथिएँ र त्यसलाई छोड्नेथिएँ ।”
  • उप 7:25 : 25 बुद्धि र वास्तविकताको विषयमा सिक्‍न, जाँच गर्न र खोज्न अनि खराबी बेवकुफ हो र मूर्खताचाहिँ पागलपन हो भनी बुझ्न मैले मेरो मन लगाएँ ।
  • उप 9:3 : 3 सूर्यमूनि गरिने हरेक कुराको लागि एउटा खराब दशा छ । तिनीहरू सबैमा उही कुरो आइपर्छ । मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्छ । त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जाने छन् ।
  • हो 9:7 : 7 दण्डका दिनहरू आउँदैछन् । बदलाका दिनहरू आउँदैछन् । सबै इस्राएलीहरूले यी कुरा जानून् । तिमीहरूका घोर अधर्म र वैरभावका कारणले, अगमवक्ता मुर्ख हुन्‍छ र प्रेरणा पाएको मानिसचाहि बौलाह हुनेछ ।
  • लू 16:11 : 11 त्यसकारण, तिमीहरू अधर्मी सम्पत्ति प्रयोग गर्ने कुरामा विश्‍वासयोग्य भएनौ भने, साँचो सम्पत्तिमा तिमीहरूलाई कसले भरोसा गर्ला र?
  • प्रेरि 26:11 : 11 मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्‍वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।
  • प्रेरि 26:24-25 : 24 पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्‍च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।” 25 तर पवालले भने, “म पागल होइनँ, सम्माननीय फेस्तस, तर म साहसकासाथ यी सत्य र गम्भीर वचनहरू बोल्छु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • गिन 22:25-35
    11 पदहरू
    79%

    25गधाले फेरि पनि परमप्रभुको दूतलाई देख्यो । त्यो पर्खालमा सेपिँदै गयो र बालामको खुट्टालाई पर्खालामा चेपिदियो । बालामले त्यसलाई फेरि पनि पिटे ।

    26त्यसपछि परमप्रभुका दूत अझै अगाडि साँघुरो ठाउँमा गएर उभिए, जहाँ यता-उता कतै फर्कने ठाउँ थिएन ।

    27गधाले परमप्रभुको दूतलाई देख्यो र त्यो बालामको मुनि थचक्‍क बस्यो । बालाम रिसले आगो भए र तिनले गधालाई आफ्नो लहुरोले पिटे ।

    28त्यसपछि परमप्रभुले गधाको मुख खोलिदिनुभयो, त्यसैले त्यो बोल्न सक्यो । त्यसले बालामलाई भन्यो, “मैले तपाईंलाई के गरेको छु र तपाईंले मलाई तिन पटक पिट्नुभएको?”

    29बालामले गधालाई भने, “तैँले मसँग यति मूर्खतापूर्ण व्यवहार गरिस् । मेरो हातमा तरवार भएको भए हुन्थ्यो । यदि मेरो हातमा तरवार भएको भए, मैले तँलाई मारिसक्‍ने थिएँ ।”

    30गधाले बालामलाई भन्यो, “के म तपाईंले आजको दिनसम्म र आफ्नो जीवनकालभरि चढ्नुभएको गधा होइन र? के यसअघि कहिल्यै तपाईंसँग यसो गर्ने मेरो बानी थियो र?” बालामले जवाफ दिए, “थिएन ।”

    31तब परमप्रभुले बालामको आँखा खोलिदिनुभयो र तिनले परमप्रभुको दूत तरवार थुतेर हातमा लिएर उभिएरहेका देखे । बालामले आफ्नो शिर निहुराए र मुख अँध्यारो बनाए ।

    32परमप्रभुका दूतले तिनलाई भने, “तैँले तेरो गधालाई किन तिन-तिन पटकसम्म कुटिस्? हेर्, म तेरो शत्रुको रूपमा आएको छु, किनभने तेरा कार्यहरू मेरो नजरमा दुष्‍ट भएका छन् ।

    33गधाले मलाई देखेर तिन-तिन पटकसम्म मबाट तर्क्यो । यदि त्यो मबाट नतर्केको भए, निश्‍चय नै मैले तँलाई मार्नेथिएँ र त्यसलाई छोड्नेथिएँ ।”

    34बालामले परमप्रभुका दूतलाई भने, “मैले पाप गरेको छु । तपाईं बाटोमा मेरो विरुद्ध खडा हुनुभएको छ भन्‍ने मैले थाहा पाइनँ । त्यसैले यदि तपाईंलाई मन पर्दैन भने, म फर्कने छु ।”

    35तर परमप्रभुका दूतले बालामलाई भने, “यी मानिसहरूसँग जा । तर तैँले म जे भन्‍छु सो मात्र भन्‍नुपर्छ ।” त्यसैले बालाम बालाकका अगुवाहरूसँग गए ।

  • गिन 22:20-23
    4 पदहरू
    78%

    20परमेश्‍वर राती बालामकहाँ आउनुभयो र तिनलाई भन्‍नुभयो, “यी मानिसहरू तँलाई डाक्‍न आएका हुनाले उठ् र तँ तिनीहरूसँग जा । तर मैले भनेको कुरा मात्र गर् ।”

    21बालम बिहान उठे र तिनका गधामा काठी कसे र मोआबका अगुवाहरूसँगै गए ।

    22तर तिनी गएकाले परमेश्‍वरको क्रोध दन्क्यो । परमप्रभुका स्वर्गदूतले गधामा सवार बालामप्रति कोही वैरीको रूपमा बाटोमा प्रस्तुत भए । बालामका दुई जना नोकर तिनीसँगै थिए ।

    23गधाले तरवार थुतेर हातमा लिई बाटोमा उभिरहेका स्वर्गदूत देख्यो । गधा बाटोबाट तर्किएर खेततिर लाग्यो । बालामले गधालाई बाटोमा ल्याउन त्यसलाई कुटे ।

  • 15तिनीहरूले सही मार्गलाई त्यागेका छन् । तिनीहरू बरालिएर अधार्मिक कामको ज्याला लिन मन पराउने बोअरको छोरा बालामको पछि लाग्छन् ।

  • नीति 26:3-5
    3 पदहरू
    74%

    3कोर्रा घोडाको लागि हो; लगाम गधाको लागि हो र लट्ठी मूर्खहरूको पिठिउँको लागि हो ।

    4मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ नदे, नत्रता तँ त्योजस्तै हुने छस् ।

    5मूर्खलाई जवाफ दे र त्यसको मूर्खतामा मिल् ताकि त्यो त्यसको आफ्नै दृष्‍टिमा बुद्धिमान् नहोस् ।

  • १ राजा 13:26-28
    3 पदहरू
    71%

    26जब तिनलाई फर्काएर ल्याउने अगमवक्ताले यो कुरा सुने तिनले भने, “तिनी परमप्रभुको वचन नमान्ने परमेश्वरका जन हुन् । त्यसकारण परमप्रभुले तिनलाई सिंहको मुखमा पर्न दिनुभयो जसले तिनलाई टुक्राटुक्रा पारी मारिदियो जस्तो परमप्रभुको वचनले तिनलाई चेताउनी दिएको थियो ।”

    27त्यसैले ती वृद्ध अगमवक्ताले आफ्ना छोराहरूलाई यसो भने, “मेरो गधमा जीन काठी कस ।” तिनीहरूले त्यसै गरे ।

    28तिनी बाटो लागे र तिनले बाटोमा लाश पडिरहेको अनि लाशको छेउमा गधा र सिंह उभिरहेका देखे । सिंहले लाशलाई खाएको थिएन न त गधालाई आक्रमण गरेको थियो ।

  • 17यी मानिसहरू मूलविनाको पानीजस्ता छन् । तिनीहरू आँधीले उडाई लैजाने बादलजस्ता छन् । तिनीहरूको निम्ति घोर अन्धकार साँचिएको छ ।

  • 9घोडा वा खच्‍चरजस्तो नहो, जसको कुनै समझ हुँदैन । जहाँ तैंले इच्‍छा गर्छस् त्यहाँ तिनीहरूलाई लान तिनीहरूलाई अधीन गर्न लगाम र मुखारीले मात्र सकिन्‍छ ।

  • १ राजा 13:23-24
    2 पदहरू
    69%

    23जब ती परमेश्वरका जनले रोटी खाइसके र पानी पिइसके तब अगमवक्ताले तिनीसँगै तिनको घरमा फर्केर आएका परमेश्वरका जनका लागि गधामा जीन काठी कसे ।

    24परमेश्वरका जन गइसकेपछि बाटोमा एउटा सिंहसित तिनको जम्काभेट भयो । सिंहले तिनलाई मारिदियो, र तिनको लाश बाटोमै पडिरह्‍यो । तब गधा र सिंह लाशको छेउमा उभिएका थिए ।

  • 15बालामले अगमवाणी गर्न थाले, “बओरका छोरा बालाम भन्छ, त्यो मानिस जसको आँखा खुला छन्, त्यसको वाणी ।

  • 3तिनले यो अगमवाणी पाए र भने, “बओरका छोरा बालाम बोल्न लाग्दै छ, जुन मानिसका आँखा खुला छन्, त्यसका वाणी ।

  • 13त्यसैले तिनले आफ्ना छोराहरूलाई भने, “मेरो निम्ति गधामा काठी कस ।” त्यसैले तिनीहरूले गधामा काठी कसी त्यसमा चढेर गए ।

  • 12बालामले जवाफ दिए र भने, “के परमप्रभुले मेरो मुखमा जे हाल्नुहुन्छ सो मात्र भन्‍न म सावधान हुनुपर्दैन र?”

  • गिन 23:16-17
    2 पदहरू
    68%

    16त्यसैले परमप्रभुले बालामलाई भेट्नुभयो र तिनको मुखमा सन्देश हालिदिनुभयो । तिनले भने, “बालाककहाँ जा र तिनलाई मेरो सन्देश दे ।”

    17बालाम तिनीकहाँ फर्केर आए र तिनी आफ्नो होमबलिको छेउमा उभिरहेका थिए र मोआबका अगुवाहरू तिनीसँग थिए । अनि बालाकले तिनलाई भने, “परमप्रभुले के भन्‍नुभयो?”

  • 5के वनको गधाले घाँस पाउँदा यो निराशमा कराउँछ र? वा के गोरुले कुँडो पाउँदा यो डुक्रन्छ र?

  • 12तर मूर्ख मानिसहरूको समझशक्ति हुँदैन । जङ्गली गधाले मानिसलाई जन्म दिंदा तिनीहरूले यो प्राप्‍त गर्छन् ।

  • 5वन-गधालाई कसले छाडा छोडेको हो? कुद्‍ने गधाको बन्धन कसले फुकालेको हो,

  • 5परमप्रभुले बालामको मुखमा वचन हालिदिनुभयो र भन्‍नुभयो, “बालाककहाँ फर्केर जा र त्यसलाई भन् ।”

  • 10गोरु र गधा सँगसँगै नारेर नजोत्‍नू ।

  • 12तर यी अज्ञानी पशुहरू स्वाभाविक रूपमा नाश र नियन्त्रणको निम्ति बनाइएका हुन् । तिनीहरूले जे कुराको निन्दा गर्छन् त्यो जान्दैनन् । तिनीहरू नष्‍ट पारिनेछन् ।

  • यहू 1:9-10
    2 पदहरू
    67%

    9तर प्रधान दूत मिखाएलले पनि दुष्‍टसँग बहस गर्दा र मोशाको शरीरको विषयमा त्यससँग विवाद गर्दा, त्यसको विरुद्धमा निन्दा गर्ने इन्साफ ल्याउने साहस गरेनन् । बरु तिनले भने, “परमप्रभुले तँलाई हप्काऊन्!”

    10तर यी मानिसहरूले आफूले नबुझ्ने कुराहरूको विरुद्धमा निन्दा गर्दछन् । र यिनीहरूले बुझ्ने कुराहरू जुन विवेकहीन पशुहरूले स्वाभाविक रूपमा जान्‍दछन् यी कुराहरूले नै यिनीहरूलाई नष्‍ट गरेका छन् ।

  • 19कुराले मात्र नोकरलाई सुधार्न सकिँदैन, किनकि त्यसले बुझे तापनि त्यहाँ कुनै प्रतिक्रिया हुँदैन ।

  • 15घोडाहरू र खच्‍चरहरू, ऊँटहरू र गधाहरू, र ती छाउनीहरूमा भएका सबै पशुहरूमा त्यही महामारी फैलिनेछ ।

  • 12त्यसपछि बालामले बालाकलाई जवाफ दिए, “तपाईंले मकहाँ पठाउनुभएका सन्देशवाहकहरूलाई भने,

  • 3गोरुले आफ्नो मालिक चिन्छ र गधाले आफ्नो मालिकको डूँड चिन्छ, तर इस्राएलले चिन्दैन र इस्राएलले बुझ्दैन ।”

  • 16हेर, यिनै महिलाहरूले परमप्रभुका समुदायमाझ विपत्ति फैलिँदा बालामको सल्लाहमा पोरको विषयमा परमप्रभु विरुद्ध पाप गर्न लगाएका थिए ।

  • 3आज्ञा पालन गराउनको निम्ति अब यदि हामीले घोडाको मुखमा लगाम लगायौँ भने, हामीले त्यसको सारा शरीरलाई नै नियन्‍त्रण गर्न सक्छौँ ।

  • 7जब उसले एउटा रथ, एक जोडी घोडचढी, गधामाथि चढ्नेहरू र उँटमाथि चढ्नेहरू देख्छ, तब उसले ध्यान दिनुपर्छ र निकै सजग हुनुपर्छ ।”

  • 14म त्‍यो मानिसजस्‍तो भएको छु, जसले सुन्‍दैन, अनि जवाफ फर्काउँदैन ।

  • 14एउटा समाचारवाहक अय्यूबकहाँ आयो र भन्यो, “आफ्‍ना छेउमै गोरुहरू जोतिरहेका थिए, र गधाहरू चरिरहेका थिए ।

  • 24तँ उजाड-स्थानमा बस्‍न आदत भएको कामातुर भएर हावा सुँघ्‍दै हिंड्ने वन-गधैनी हो। त्यसको कामवासनालाई कसले नियन्त्रण गर्न सक्छ? त्यसको पछि लाग्‍ने कुनै पनि गधा थकित हुनुपर्दैन । मैथुनको समयमा तिनीहरूले त्यसलाई फेला पार्नेछन् ।