व्यवस्थाविवरण 22:10
गोरु र गधा सँगसँगै नारेर नजोत्नू ।
गोरु र गधा सँगसँगै नारेर नजोत्नू ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
11ऊन र सुती मिसाएर बनाइएको लुगा नलगाउनू ।
9तिमीहरूले दाखबारीमा दुई किसिमका बिउ नलागाउनू । नत्रता तिमीहरूले त्यसो गर्यौ भने तिमीहरूले लगाएको बिउ मात्र नभई दाखबारीसमेत अपवित्र हुने छ ।
4दाइँ गर्दा गोरुलाई महला नलागाओ ।
19तिमीहरूले मेरा आज्ञाहरू मान्नू । आफ्ना पशुहरूलाई अर्कै प्रजातिका पशुसँग मिलन नगराओ । आफ्नो खेतमा दुई प्रकारका बिउहरू नछर । दुई प्रकारको सामग्री मिसिएको कपडा नलगाओ ।
3त्यसको गधाको मामलामा पनि यसै गर्नू; त्यसको लुगाको सवालमा पनि यसै गर्नू । तिम्रो इस्राएली छिमेकीको हराएको कुनै पनि कुरो पाइएको खण्डमा यसै गर्नू । तिमीले आफ्नै लागि नलुकाउनू ।
4तिम्रो इस्राएली छिमेकीको गधा वा गोरु बाटोमा लोटेको देख्यौ भने नदेखेको जस्तो नगर्नू । त्यसलाई उठाउन मदत गर्नू ।
5पुरुषले लगाउने वस्त्र स्त्रीले लगाउनुहुँदैन न त स्त्रीले लगाउने वस्त्र पुरुषले लगाउनुहुन्छ । किनकि यी कुरा गर्ने जोसुकै परमप्रभु तिमीहरूका परमेश्वरका लागि घृणित हुने छ ।
24जमिन जोत्ने गोरुहरू र गधाहरूले बेल्चा र नाङलोले निफनिएका दाना खानेछन् ।
4आफ्नो शत्रुको गोरु वा गधा बिच्केर जाँदै गरेको देख्यौ भने त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदेओ ।
5तिमीहरूलाई घृणा गर्ने कुनै व्यक्तिको गधा भारीले थिचिएर भुइँमा लडेको देख्यौ भने त्यसलाई त्यत्तिकै नछोड । गधासँगै मदत गर ।
6मुद्दा मामिलामा गरिबहरूको न्याय हरण नगर ।
12छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर ।
20तिमीहरू जसले नदीहरूका किनारहरूमा बीउ छरेका छौ, तिमीहरूका जसले आफ्ना गोरु र गधालाई चर्न पठाएका छौ, आशिषित् हुनेछौ ।
9कुनै पनि विवादको बारेमा अथवा गोरु, गधा, भेडा, लुगाफाटा वा कुनै पनि हराएको वस्तुको विषयमा कसैले “यो मेरो हो” भन्यो भने दुवै पक्षका दाबीलाई न्यायकर्ताहरूको सामु ल्याइनुपर्छ । न्याकर्ताहरूले जसलाई दोषी पाउँछन् त्यसले आफ्नो छिमेकीलाई दुई गुणा तिरोस् ।
10कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा कुनै पशु राख्नलाई दिँदा त्यो मर्यो वा त्यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्यसलाई भगाइयो भने
1¶ तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको लागि कुनै पनि खोट लागेको वा खराब भएको बलि नचढाउनू किनकि त्यो परमप्रभु तिमीहरूका परमेश्वरको लागि घृणित कुरो हुने छ ।
1¶ आफ्नो इस्राएली छिमेकीको गोरु वा भेडा तर्केर गएको देख्दा त्यसलाई नदेखेको जस्तो नगर्नू । तिमीले त्यसलाई फर्काएर त्यसकहाँ ल्याइदिनू ।
17आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।”
30तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्न पाउने छैनौ ।
31तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन ।
28गाई वा भेडीलाई एकै दिनमा त्यसको बच्चासमेत नमार्नू ।
22स्त्रीसँगझैँ गरी अरू पुरुषहरूसँग नसुत्नू । यो दुष्टता हो ।
23कुनै पशुसँग सहवास गरेर आफैलाई अशुद्ध नबनाउनू । कुनै पनि स्त्री कुनै पशुसँग नसुत्नू । यो अस्वाभाविक दुराचरण हो ।
9मोशाको व्यवस्थामा यस्तो लेखिएको छ, “दाइँ गर्दा गोरुलाई मोहोला नलगाओ ।” के परमेश्वरले साँच्चै गोरुहरूको मात्र वास्ता गर्नुहुन्छ?
13तिमीहरूले आफ्नो झोलामा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्नू ।
14तिमीहरूको घरमा पनि एउटै नापको लागि फरक किसिमका माना-पाथी नहोऊन् ।
21आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।'
35एउटा मान्छेको गोरुले अर्को मान्छेको गोरुलाई चोट पुर्याएर त्यो मर्यो भने त्यसले जिउँदो गोरुलाई बेची तिनीहरूले त्यसको मूल्य बाँडफाँड गर्नुपर्छ र तिनीहरूले मरेको गोरुलाई पनि बाँडफाँड गर्नुपर्छ ।
36तर त्यस गोरुको विगतमा पनि हान्ने बानी रहेछ र त्यसको मालिकले त्यसलाई बाँधेर राखेको रहेनछ भनी थाहा हुन आयो उसले गोरुको सट्टा गोरु तिर्नुपर्छ अनि मरेको पशु त्यसको मालिकको हुनेछ ।
32गोरुले कमारा वा कमारीलाई हान्यो भने त्यसको मालिकले चाँदीको तिस सिक्का देओस् र गोरुलाई चाहिँ ढुङ्गाले हानेर मारियोस् ।
33कुनै मानिसले खाडललाई उदाङ्गै राख्यो वा त्यसले खाडल खनेर त्यसलाई ढाकेन र त्यसभित्र गोरु वा गधा खस्यो भने
19पशुसित सुत्ने जोसुकै पनि मारिनैपर्छ ।
25यसैकारण तिमीहरूले शुद्ध र अशुद्ध पशु, अनि शुद्ध र अशुद्ध पक्षीबिच भेद राख्नू । मैले तिमीहरूका निम्ति अशुद्ध भनेर छुट्ट्याएको अशुद्ध पशु वा पक्षी वा जमिनमा घस्रने प्राणीद्वारा आफैलाई अशुद्ध नबनाउनू ।
4तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई त्यसरी आराधना नगर्नू ।
9घोडा वा खच्चरजस्तो नहो, जसको कुनै समझ हुँदैन । जहाँ तैंले इच्छा गर्छस् त्यहाँ तिनीहरूलाई लान तिनीहरूलाई अधीन गर्न लगाम र मुखारीले मात्र सकिन्छ ।
4गाईवस्तु नभएको ठाउँमा भकारी खाली हुन्छ, तर गोरुको बलद्वारा प्रशस्त फसलको कटनी हुन सक्छ ।
14तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस् । तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून् ।
2खराबी गर्न भिडको पछि नलाग, न त न्यायलाई बङ्ग्याउन भिडको पक्ष लेओ ।
14एउटा समाचारवाहक अय्यूबकहाँ आयो र भन्यो, “आफ्ना छेउमै गोरुहरू जोतिरहेका थिए, र गधाहरू चरिरहेका थिए ।
23गधाले तरवार थुतेर हातमा लिई बाटोमा उभिरहेका स्वर्गदूत देख्यो । गधा बाटोबाट तर्किएर खेततिर लाग्यो । बालामले गधालाई बाटोमा ल्याउन त्यसलाई कुटे ।
14तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्गा बेच्दा वा आफ्नो छिमेकीबाट जग्गा किन्दा तिमीहरूले एक-अर्कालाई धोका नदिनू ।
14परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ ।
3कोर्रा घोडाको लागि हो; लगाम गधाको लागि हो र लट्ठी मूर्खहरूको पिठिउँको लागि हो ।
7अब एउटा नयाँ गाडासँगै कहिल्यै जुवा नलागाइएका दुई वटा दुहुना गाई तयार पार्नुहोस् । गाईहरूलाई गाडामा बाँध्नुहोस्, तर तिनीहरूका बाछाबाछीलाई तिनीहरूबाट छुट्टाएर घरमा नै राख्नुहोस् ।
14अविश्वासीहरूसँगै ननारिओ । किनकि धार्मिकताको व्यवस्थाविहीनहरूसित के सहभागिता? अनि ज्योतिको अन्धकारसित के सङ्गति?
30त्यस्तै गरी तिमीहरूका गोरु र भेडाहरूलाई पनि यसै गर । सात दिनसिम्म तिनीहरू आ-आफ्ना माउसित बस्न सक्छन् तर आठौँ दिनमा चाहिँ तिमीहरूले ती मलाई देओ ।
25तिमीहरू आफ्नो छिमेकीको अन्न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्नका बाला टिप्न सक्छौ, तर पाकेको बालीमा हँसिया नलगाओ ।
21तिमीहरूले छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनमा चाहिँ विश्राम गर्नू । हलो जोत्ने र कटनी गर्ने समयमा पनि विश्राम गर्नू ।
28कुनै गोरुले पुरुष वा स्त्रीलाई सिङले हानेर मार्यो भने त्यसलाई ढुङ्गाले हानेर मारिनुपर्छ, र त्यसको मासु खाइनुहुँदैन ।
3तिमीहरूले कुनै घृणित खानेकुरो नखाओ ।