व्यवस्थाविवरण 5:21

अनलक शाब्दिक बाइबल

आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।'

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रोमी 13:9 : 9 किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।”
  • निर्ग 20:17 : 17 आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।”
  • १ राजा 21:1-4 : 1 ¶ यो केही समय बितेपछिको कुरा हो । सामरियाका राजा आहाबको दरबार नजिकै यिजरेलमा यिजरेली नाबोतको एउटा दाखबारी थियो । 2 आहाबले नाबोतलाई यसो भने, “सागबारी लगाउन मलाई तिम्रो दाखबारी देऊ किनकि यो मेरो घर नजिकै छ । यसको सट्टामा म तिमीलाई अझै राम्रो दाखबारी दिने छु वा तिमीले चाह्यौ भने म तिमीलाई यसको दाम तिरिदिने छु ।” 3 नाबोतले आहाबलाई जवाफ दिए, “मेरा पुर्खाहरूका पैतृक सम्पत्ति मैले तपाईंलाई दिनदेखि परमप्रभुले मलाई निषेध गरून् ।” 4 त्यसैले आहाब उदास भए, र रिसाएर आफ्नो दरबारमा गए किनकि यिजरेली नाबोतले तिनलाई यसो भनी जवाफ दिएका थिए, “म मेरा पुर्खाहरूको पैतृक सम्पत्ति तपाईंलाई दिन्नँ ।” तिनी आफ्नो ओछ्यानमा ठुस्स परेर सुते, र तिनले खाना खान इन्कार गरे ।
  • मीका 2:2 : 2 तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् ।
  • हब 2:9 : 9 ‘धिक्‍कार त्यसलाई जसले दुष्‍टको हातबाट आफैँलाई सुरक्षित राख्‍नलाई आफ्नो गुँड उच्‍च स्थानमा बनाउन सकोस् भनेर आफ्नो घरको निम्ति दुष्‍टताका मुनाफाबाट चीजहरू बनाउँछ ।’
  • लू 12:15 : 15 र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हेर आफैँलाई लोभी इच्छाहरूबाट अलग राख, किनभने कसैको पनि जीवन उसको प्रशस्त धन सम्पत्तिको कारणले गर्दा जीवन प्रशस्ततामा रहन सक्दैन ।”
  • रोमी 7:7-8 : 7 त्यसो भए, हामी के भनौँ त? के व्यवस्था आफैँ पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ । 8 तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ ।
  • १ तिमो 6:9-9 : 9 अब, धनी हुन चाहनेहरू परिक्षामा पर्छन, पासोमा फस्‍छन् । तिनीहरू धेरै मूर्ख र हानिकारक वासनाहरूमा फस्छन्, र मानिसलाई बरवादी र विनाशमा दुब्छन् । 10 रूपैयाँ पैसाको मोह नै सबै किसिमको खराबीहरूको जड हो । यसको चाह गर्ने केही मानिसबाट टाढा भडकाइएका छन् र धेरै पीडाले आफैलाइ घोचेको छन् ।
  • इब्रा 13:5 : 5 तिमीहरूका चालचलनलाई रुपियाँ-पैसाको प्रेमबाट अलग राख । तिमीहरूसँग भएका थोकहरूमा सन्‍तुष्‍ट होओ । किनकि परमेश्‍वर आफैँले यसो भन्‍नुभएको छ, “म तिमीहरूलाई कहिल्यै छोड्नेछैनँ, न त म तिमीहरूलाई त्याग्‍नेछु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • निर्ग 20:14-17
    4 पदहरू
    94%

    14कसैसित व्यभिचार नगर्नू ।

    15कसैबाट केही नचोर्नू ।

    16आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।

    17आफ्नो छिमेकीको घरको लालच नगर्नू; आफ्नो छिमेकीकी पत्‍नीको लालच नगर्नू; आफ्नो छिमेकीको कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।”

  • व्यव 5:17-20
    4 पदहरू
    85%

    17हत्या नगर्नू ।

    18व्यभिचार नगर्नू ।

    19चोरी नगर्नू ।

    20आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।

  • लैव्य 18:18-20
    3 पदहरू
    79%

    18आफ्नी पत्‍नीकी दिदी वा बहिनीलाई विवाह नगर् र आफ्नो पहिलेकी पत्‍नी जीवितै हुँदासम्‍म त्यसकी दिदी वा बहिनीसँग नसुत् ।

    19कुनै स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सहवास नगर् । त्यो समयमा त्यो अशुद्ध हुन्छे ।

    20आफ्नो छिमेकीकी पत्‍नीसँग नसुत् र यसरी आफैलाई अशुद्ध नबना ।

  • 9किनकि, “तिमीले व्यभिचार नगर, तिमीले हत्या नगर, तिमीले नचोर, तिमीले लालच नगर” र यदि अरू आज्ञाहरू पनि छन् भने यसलाई यही वाक्यमा सारांशमा ल्याउन सकिन्छ, “आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर ।”

  • 22परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बिचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरमा भन्‍नुभयो । उहाँले अरु कुनै पनि वचन थप्‍नुभएन । उहाँले दुईवटा शिला-पाटीमा ती लेख्‍नुभयो र मलाई दिनुभयो ।

  • 29आफ्नो छिमेकीकी पत्‍नीसित सुत्‍ने पुरुष पनि त्यस्तै हुन्छ । त्यससित सुत्‍ने मानिस दण्डविना उम्कने छैन ।

  • 11चोरी नगर्नू । झुटो नबोल्नू । एक-अर्कालाई धोका नदिनू ।

  • मत्त 5:27-28
    2 पदहरू
    72%

    27तिमीहरूले यसरी भनिएको सुनेका छौ, ‘व्यभिचार नगर ।’

    28तर म तिमीहरूलाई भन्दछु, कि यदि कसैले एउटी स्‍त्रीलाई अभिलाषाको दृष्‍टिले हेर्दछ भने, त्यसले आफ्नो हृदयमा त्यससँग व्यभिचार गरिसकेको हुन्छ ।

  • 14परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई निज सम्पत्तिको रूपमा अधिकार गर्न दिन लाग्‍नुभएको देशमा लामो समयदेखि राखिएको आफ्नो छिमेकीको सिमानाको ढुङ्गो नहटाओ ।

  • 10अर्कै पुरुषको पत्‍नीसँग व्यभिचार गर्ने मानिस अर्थात् आफ्नो छिमेकीकी पत्‍नीसँग व्यभिचार गर्ने त्यो व्यभिचारी मानिस, र व्याभिचारिणी दुवैलाई मारिनुपर्छ ।

  • 18बदला नलिनू वा आफ्ना मानिसहरूका विरुद्धमा कुनै इख नराख्‍नू, बरु आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नू । म परमप्रभु हुँ ।

  • 15त्‍यो छोरोले डाँडाका थानहरूमा खाँदैन, र उसले इस्राएलका घरानाका मूर्तिहरूतिर आफ्‍ना आँखा लगाउँदैन, र उसले आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्दैन । उसको बारेमा के भन्‍न सकिन्छ?

  • 14तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस् । तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून् ।

  • व्यव 7:25-26
    2 पदहरू
    71%

    25खोपेर बनाइएका तिनीहरूका देवी-देवताहरूका प्रतिमूर्तिहरू जलाइदिनू । तिनलाई ढाक्‍ने सुनचाँदीको लोभ गरेर ती आफ्नो निम्ति नराख्‍नू । तिमीहरूले त्यसो गर्‍यौ भने तिमीहरू त्यसद्वारा पासोमा पर्ने छौ किनकि यो परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्ति घृणित कुरो हो ।

    26तिमीहरूका घरमा कुनै पनि घृणित वस्तु ल्याएर त्यसको पुजा गर्न नथाल्नू । त्यसलाई पूर्ण रूपमा घृणा गर्नू र तिरस्कार गर्नू किनकि यो विनाशको निम्ति अलग गरिएको हो ।

  • 25त्यसको सुन्दरताको कारण तेरो हृदयमा कामवासनाले नजल, र त्यसका आँखाले तँलाई नफसाओस् ।

  • व्यव 5:7-8
    2 पदहरू
    71%

    7तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्‍नू ।

    8आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।

  • गिन 5:11-13
    3 पदहरू
    70%

    11फेरि, परमप्रभुले मोशालाई भन्‍नुभयो,

    12“इस्राएलका मानिसहरूलाई भन् । 'कुनै मानिसकी पत्‍नी बहकिन्छे र आफ्नो पतिको विरुद्ध पाप गर्छे ।

    13त्यसपछि अर्को पुरुष त्यससँग सुत्छे । त्यस अवस्थामा त्यो अशुद्ध हुन्छे ।

  • व्यव 28:30-31
    2 पदहरू
    70%

    30तिम्रो मगनी भएकी केटीलाई अर्को पुरुषले लगेर बलत्कार गर्ने छ । तिमीहरूले घर बनाउने छौ, तर त्यसमा बस्‍न पाउने छैनौ ।

    31तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन ।

  • मत्त 19:18-19
    2 पदहरू
    70%

    18त्यो मानिसले उहाँलाई भन्यो, “कुन आज्ञाहरू?” येशूले भन्‍नुभयो, “हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू,

    19आफ्ना बुबा र आमालाई आदर गर्नू, र आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू ।”

  • 29डाहको नियम यही हो । आफ्नो पतिबाट बरालिने र अशुद्ध हुने महिलाको नियम यही हो ।

  • 10गोरु र गधा सँगसँगै नारेर नजोत्‍नू ।

  • 13आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्‍नू । ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस् ।

  • 14तिमीहरूले आफ्नो छिमेकीलाई आफ्नो जग्‍गा बेच्‍दा वा आफ्नो छिमेकीबाट जग्‍गा किन्दा तिमीहरूले एक-अर्कालाई धोका नदिनू ।

  • 11(उसका बुबाले यी कुरामध्‍ये एउटै पनि नगरेको भए पनि) । उसले डाँडाहरूमा खान्‍छ, र आफ्‍नो छिमेकीकी पत्‍नीलाई बिटुलो पार्छ । उसको बारेमा के भन्‍न सकिन्छ र?

  • 10कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा कुनै पशु राख्‍नलाई दिँदा त्यो मर्‍यो वा त्यसलाई चोट लाग्यो वा कसैले नदेखीकन त्यसलाई भगाइयो भने

  • 4आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।

  • 29तेरो नजिकै बस्‍ने र तँमाथि भर पर्ने आफ्नो छिमेकीको हानि गर्ने योजना नबना ।

  • 10तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्‍वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गाईवस्तु वा तिमीहरूको द्वारभित्र भएका परदेशीले कुनै काम नगरोस् ।

  • 19तिमी यी आज्ञाहरू जान्दछौः हत्या नगर्नू, व्यभिचार नगर्नू, चोरी नगर्नू, झुटो गवाही नदिनू, ठगी नगर्नू, आफ्ना बुबा र आमालाई आदर गर्नू ।”

  • 1¶ खराब मानिसहरूको लालच नगर्, न त तिनीहरूसित सङ्गत गर्ने चाहना राख् ।

  • 17आफ्नो छिमेकीको घरमा अक्सर जाने नगर् । त्यो तँदेखि वाक्‍क भएर तँलाई घृणा गर्छ ।

  • 17तिनले आफ्ना लागि धेरै पत्‍नीहरू नल्याऊन् नत्रता तिनको हृदय बरालिने छ । तिनले सुन र चाँदीको थुप्रो नलगाऊन् ।

  • 11परमप्रभु तिमीहरूका परमेश्‍वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्ने छैनँ ।

  • 11तब तिमीहरूले बन्दीहरूका बिचमा सुन्दरी स्‍त्री देख्यौ र त्यसलाई आफ्नी पत्‍नी बनाउने इच्छा गर्‍यौ भने

  • 12छ दिनसम्म आफ्नो काम गर, तर सातौँ दिनमा चाहिँ विश्राम गर । तिमीहरूका गोरु र गधाले पनि विश्राम पाउन सकून् भनेर यसो गर अनि तिमीहरूका कमारीको छोरो र परदेशीले पनि ताजा महसुस गर्न सकून् भनेर यस गर ।